Friday, 6 December 2013

वास्तविकता ओकल्दै छन माओबादी हरु ।

१९ मंसीर, काठमाडौ । शनिबार साँझ एमाओवादीका नेता नारायणकाजीले क्रान्तिकारी पत्रकारका १० जना नेतालाई घरमै बोलाएर खाजा काँदै गरेको अन्तरंग कुराकानी हो यो, ‘बाटाबाटामा जसलाई भेट्यो त्यसैलाई केन्द्रीय सदस्य बाड्दै हिड्ने, कार्यालयमा बसेका हामीले पछि मात्र थाहा पाउनुपर्ने ?’ तितो पोख्दै अगाडि थपे, ‘नेताहरू बादशाह जस्तो हुने, हाम्रै त यो हालत छ, अरूको झन् के बिजोग होला ! आवेगमा आएर निर्णय बहिष्कार गर्या छ, मध्यराति ‘मतगणना बहिष्कार गर’ भन्या छ । त्यस्तो चालले जितिन्छ चुनाव ?’ उनी आफ्नै नेताको खोइरो खन्दै थिए ।

‘अरूलाई देखाएर आफ्नो कमजोरी ढाक्न पाइन्न, मुख्य समस्या आफूभित्रै छ भनेर स्विकारे जनताले राम्रो मान्लान् । आवेगमा आएर जनताको अपमान गर्दा केटाकेटीपन भन्लान् ।’ आफ्नो रायको सुनुवाई नभएकोमा उनको गुनासो थियो, ‘मैले अन्तिमसम्म पनि खिलराजलाई जिम्मा नदिँऊ भनिरहे तर अध्यक्षले पेलेरै ‘यति कुरा चाँही मान्दिनुस् क्या, म जिम्मा भएँ’, भन्नुभयो । निलकण्ठलाई प्रमुख निर्वाचन आयुक्त नबनाउ भन्ने मै हुँ । वैद्यलाई नलिई चुनावमा नजाऊँ भन्दा पनि अध्यक्षले मिच्दै जानुभयो, संगठन शुन्य देखियो । कमिटीमा ठग र ठेकेदारहरू हावी भए ।’ चुनावपछीका पार्टी निर्णयमा समेत उनी सहमत थिएनन्, ‘संविधानसभामा सबैको सहमति चाहिन्छ रे ! के भनेको त्यस्तो ? राप्रपाको पनि सहमति चाहिने ? गलत कुरा कहिल्यै गर्नुहुन्न । शान्ति प्रक्रियामा सहभागीबीचको सहमति भन्नु एउटा कुरा तर जम्मैलाई समेट्ने भनेर कहाँ जायज हुन्छ ?’

उनले पार्टीका ६ वटा कमि बताए, ‘मान्छे छन्, संगठन छैन् । पहिला भोट हाल्नेलाई पनि समेट्न सकिएन, व्यक्तिगत निर्णय हुन थाले- संस्थागततिर ध्यान गएन, कांग्रेस र बुर्जुवामा भन्दा गए गुज्रेका, गन्हाएका संस्कार हावी भए, गाऊँ र जनतालाई भुलियो, राष्ट्रियतामा चुकियो, कांग्रेस-एमालेले समेत भारतको पिछलग्गु भएको आरोप लगाउने अवस्था आउनु दुःखलाग्दो कुरा हो ।’ एमाओवादीले बडो महत्व दिएका कतिपय एजेन्डाबारे पनि मतभिन्नता राखे, ‘ पहिचानसहितको समघियताबारे या त हामीले जनालाई बुझाउन सकेनौ या यस मामिलामा हामी गलत छौ । नेवार र तामाङलाई राज्य दिेने भन्यौ, तिनलै हामीलाई भोट दिएनन, उल्टै हराइदिए ।’

चुनावलाई बुझ्ने सवालमा पनि उनी भ्रममा रहेनछन्, भन्दै थिए, ‘संसदीय चुनाव भनेको जसको लाठी उसको भैसी भनेजस्तो व्यवस्था हो । जसले सक्छ उसैले लट्टीपट्टी पार्छ ।’ उनको कुरा सुनेपछी पत्रकार खिलबहादुर भण्डारीले भने, ‘हाम्रो मनको कुरा भन्नुभयो । अघि बढ्नुस्, साथ दिन्छौ ।’ पत्रकार महासंघका महासचिव ओम शर्माचाहीँ, ‘मैले र पहिलेदेखी नै एमाओवादीले जित्दैन भन्दै आएको हुँ ।’ भन्दै थिए !

यो समाचार आजको जनआस्था साप्ताहिकले प्रकाशित गरेको !

Sunday, 24 November 2013

फ्रसटेसन

दिमाख अस्थीर छ, यी आँखा फुस्रा भा छन कैई सोच्न सकेको छैन सपनाहरु धुजा धुजा हुदै छन, जब म हार्छु उठ्नै नसकीने गरी लड्छु !!!!! ......... भाग्यमानी झै लाग्थो जब कोई आउछ मेरो जिवनषआ समालीदीने काँध थापेर उठाई दिने, मैलै धेरै कोसीष गरे उठ्ने सम्हालीने तर तिनै कोषीसले झनै नराम्रो सँ पछारेका छन । लाग्छ हरेक आसाका दियो निभ्ने तरखरमा छन, म आफैमा छोडीयको छु आफैमा हराउदै छु ,मलाई था"छ अब सहन सक्ने शक्ती म मा छैन ।

 


Monday, 26 August 2013

खस बाहुन, क्षेत्री

कुरा नयाँ होइन तर सान्दर्भिक भयो । त्यसैले केही लेख्नु जरुरी ठानेँ । म लिंग, नश्ल, वर्ण र रंगका आधारमा समाज र राज्यको परिभाषा खोज्ने प्राचीन मानव चेतनाको पक्षधर होइन । वर्तमानका मेरा सर्वजाति अभिभावक, संगी र भावी सन्ततिहरूबीच परस्पर घृणा फैलाउने र बदलाको भावना सिर्जना गर्ने कुरा म सोच्नसम्म पनि सक्तिनँ । तसर्थ, मेरै विगत र सन्निकट इतिहासको अतिव्याख्या, अल्पव्याख्या र अपव्याख्या भइरहेकाले तथ्य र यथार्थको उजागर गर्नु यो लेखको पहिलो अभिलाषा हो । इतिहासका नाममा चर्को स्वरले आफ्ना मनोगत स्वार्थहरूलाई भरमार व्याख्या गर्ने वर्तमानको नांगो ‘राजनीतिक’ प्रवृत्तिलाई खबरदारी गर्नु दोस्रो अभिलाषा हो ।

कुरा वर्तमानबाटै थालौँ । म नेपालको मेची महाकाली फैलिएर जुगौँदेखि बसोबास गरिरहेको   । खस बाहुन, क्षेत्री ! एनेकपा (माओवादी) र केही कम्युनिस्ट कलेबरका जनजाति नेताहरूले हिजोआज चित्रण गर्ने गरेको सदिऔँदेखिको शासक र शोषणको पर्याय । नेपालको अन्तरिम संविधान–२०६३ को शब्दमा भन्दा म अन्य जाति । मेरो परिचय सत्ता राजनीतिको उन्मादले पटकपटक परिवर्तन गरिरहन्छ, जसले गर्दा मेरो विगत, वर्तमान र भविष्यको परिचय सत्ता स्वार्थका उन्मादी व्याख्याताहरूले आफ्नो अनुकूल व्याख्या गरे, गरिरहेका छन् र गरिरहने पनि छन् । भविष्यमा म कसरी परिचित हुन्छु, ठ्याम्मै थाहा छैन । तर, मेरो इतिहास, विगत र वर्तमानका बारेमा तपाईंलाई भन्नै पर्ने अब मसँग केही तथ्य, यथार्थ र सन्दर्भहरू छन् ।

अढाई सय वर्षअघिको नेपालको कुरा गर्ने हो भने यहाँ बाइसी चौबिसी राज्य थिए । ती राज्यमा वंशजका आधारमा राजा हुन्थे, शाह वंश, सेन वंश, मल्लवंश आदि । वंशजका आधारमा राजा हुनु भनेको जात वा सम्प्रदायको प्रतिनिधित्व गर्नु होइन । त्यसैले यस्ता राज्य व्यवस्थालाई इतिहासकारहरूले जहानियाँ शासन भने । त्यसबेला मेरो परिचय वंशीय राज्यको रङ्क थियो ।
मलाई पढाइएको इतिहासकै शब्दमा भन्दा विसं १८३० को सुरुआतसम्ममा गोरखाका शाहावंशीय राजा पृथ्वीनारायण शाहले बाइसी चौबिसी राज्यहरू एकीकरण गरी नेपाल देश बनाए । राजा पृथ्वीनारायणले १८३१ साउन २२ गतेको मुलुकी लाममोहरमा ‘किरात–लिम्बुवान क्षेत्र लिम्बू कुलभाइलाई दियौँ’ भनी लेखिदिए ।

यसैगरी रणबहादुर शाहले १८४३ सालमा लाममोहोर लगाई तिरो लिने अख्तियारी उनीहरूलाई दिए । राणाकालमा ठेक्काथितिअनुसार ३० रुपियाँ उठ्ती हुने ६० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई सुब्बाको दर्जा र १५ रुपियाँ उठ्ती हुने ३० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई राई दर्जा दिए । अहिले त्यही राणा शासकले दिएको दर्जा कमरेड अशोक राईहरूको चिनारी भएको छ । किपटीयाले आफ्नो किपटमा चलानीद्वारा अरू जातका मानिसलाई बसाउन पाउँथे । यसरी बसाइएका मानिसलाई रैती भनिन्थ्यो । उनीहरू रैतीबाट तिरो असुल्थ्ये । तिरोका अतिरिक्त सुव्बा जिम्मावालहरूले रैतीबाट असुल्ने ठेकीबेठी, नगद नजराना, झारा, दशैँभाग पर्थे ।

त्यसबेलाका अरू नानाभाँती थितिको अहिले धरै बयान नगरौँ । कमरेड सूर्य कन्दङवाले किसान मुक्तिका लागि सुब्बा जिम्मावालको यही शोषणका विरुद्ध आठराईभेगमा संघर्ष गरेर आफ्नो कम्युनिस्ट राजनीतिक यात्रा सुरु गरेका थिए । यसरी नेपालमा जग्गा नापी सुरु नभएसम्म म रैती भएँ । र, मैले चिठी पाउने ठेगाना थिए–वल्लो किरात, माझ किरात, पल्लो किरात नेपाल आदि इत्यादि । मलाई कतै सुब्बा, कतै राई, कतै घलेले शासन गरे, कतै मुखियाले अनि कतै चौधरीले । ०३५/३६ सालसम्ममा नेपालका धेरै भागमा नापी भइसकेको थियो । नापीपछि ती भेकमा मेरो परिचय शाह वंशीय राजाको प्रजामा बदलियो र म प्रजा भएँ ।

यी थरीथरीका वंशीय शासन र तिनसँग साठगाँठ गरेर राज्य चलाइरहेका सुब्बा, राई, मुखिया, घले र चौधरीका विरुद्ध म इतिहासभरि मुक्तिको संघर्ष गरिरहेँ । मकै पर्व मैमाथि आइलाग्यो, राजद्रोहको भागीदार पनि ठूलो संख्यामा मै बन्नुपर्यो । सर्वस्वहरण, देश निकाला, जेल सजायँ आदि इत्यादि सजायँ मैमाथि आइपरे । यसरी म मुक्तिको आन्दोलनमा वंशीय शासनका विरुद्ध अग्रिम मोर्चामा डटिरहेँ । १९९७ साल होस् कि ००७ साल, ०३६ साल होस् कि ०४६ अनि ०६३ साल । ०४६ सालको जनआन्दोलनपछि म जनता भएँ भनी गर्व गर्न थालेँ । ०५८ सालमा फेरि मलगायत सबै नेपाली जनतामाथि अनिष्ट आइलाग्यो । ०६१ सालमा त वज्रपातै भयो । फेरि ०६३ सालमा शाहवंशको विरुद्धमा अन्तिम लडाइँमा सामेल भएँ । ०६४ पछि अबचाहिँ नागरिक भएँ भनी मख्ख परेका बेला मेरो परिचय अचानक फेरि बदलियो र म सदिऔँदेखिको शासक र शोषणको पर्याय बनेछु ।

तिनै मलाई रंङ्क, रैती, प्रजा बनाउनेहरू नै यो आरोप लिएर चर्को स्वरमा कराउन थाले । कस्तो विडम्बना ! यसैबेला मौकाको फाइदा उठाउन तराईका बाहुन क्षेत्री मैमाथि खनिए– खस बाहुन क्षेत्रीहरू शोषक हौ भनेर । तिमी मधेसी बाहुन क्षत्री अर्थात् वैदिक बाहुन । हिन्दूशास्त्रका हेपाहा थिति तिमीले बसाल्यौ, जयस्थिति मल्ललाई नेपालमा वर्णाश्रम व्यवस्थाको सुरुआत गर्न तिमीले नै सिकायौ, मुलुकी ऐन तिमी झा बाहुनहरूले लेख्यौ । युएनडिपी, नेपालले निकालेको हालसालैको मानव विकास प्रतिवेदनमा नेपालको सबै हिसाबले अति सम्पन्न जातिको सूचकांकमा पनि तिमी तराई बाहुन–क्षेत्री एक नम्बरमा छौ । कस्तो गज्जब ! धान खाने मुसो चोट पाउने भ्यागुतो ।

म सुब्बाहरूको थिचाइमा परेँ तर लिम्बूहरूको होइन । म राईको पेलाइमा परेँ तर किरातीहरूको होइन, म मुखिया, घले र चौधरीको मिचाइमा परेँ तर मगर, गुरुङ र थारूहरूको होइन । त्यसबेला धेरै लिम्बू, धेरै किराती, धेरै मगर, गुरुङ, थारूहरू मजस्तै निरीह जीवन बाँच्न बाध्य थिए । जुन वंशीय, जातीय शासनको स्वभाव पनि हो ।

सत्रौँ शताब्दीसम्म विश्वमा जातीय शासन थियो । त्यहाँ रंगले, नश्लले र लिंगले शासन गथ्र्यो । त्यसबाट मुक्तिका लागि पुँजीवादी, समाजवादी आन्दोलनहरू सुरु भए । प्रजातान्त्रिक र साम्यवादी व्यवस्थाको सुरुआत र वकालत हुन थाल्यो । शोषण, अन्याय, असमानता र विभेदबाट मुक्तिका लागि अनेकन सिद्धान्त प्रतिपादन भए । मार्क्सवादी विचारधाराले समाज वर्गीय हुन्छ र शोषण पनि वर्गीय हुन्छ भन्ने कुरालाई अघि सार्यो । अर्को संरचनावादी विचारधारा आयो । यस विचारधाराअनुसार राजनीतिक तथा राज्य संरचनाले गर्ने स्रोत र शक्तिको असमान वितरणका कारण समुदाय गरिब हुन्छ भन्ने मत सुरु गर्यो । अर्को स्थान विचारधारा भनी सुरु भयो ।

जसअनुसार मानिस गरिब हुन्छन् किनभने उनीहरू कमजोर स्रोतको आधार भएको अनकन्टार स्थानमा बसोबास गर्छन् । यस विचारधाराले स्रोतलाई सीमित गरी मान्छेका आवश्यकताहरू खुम्च्याउने प्रकृतिले नै गरिब बनाउँछ भन्ने मत अघि सार्यो । अर्को सामुदायिक विचारधाराले परम्परागत समुदायमा आफ्नैखाले मूल्य, मान्यता र वर्ग संरचना हुन्छन् । ती मूल्य, मन्यता र वर्ग संरचनाअनुसार नै त्यहाँको भौतिक, प्राकृतिक, बित्तीय र मानव पुँजी एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । सामुदायिक विचारधाराले सीमित र अपर्याप्त यिनै पुँजीहरूका कारण समुदायका बासिन्दा गरिब र विपन्न हुँदै जान्छन् भन्ने मन्यता स्थापित गर्यो ।

यी सबै मत र विचारधाराहरू असमानता, विभेद, अन्याय र शोषणबाट मुक्तिका लागि उपायका रूपमा समस्यालाई बुझ्न सुरु गरिएका थिए । अहिले यहाँ केही माओवादी र जनजाति नेताहरूले भनेजस्तो जातीय राज्य असमानता, विभेद, अन्याय र शोषणबाट मुक्तिको उपाय हो भन्ने सिद्धान्त वा विचारधारा कतै फेला पर्दैन । यदि मुक्ति हुने भए डा. कृष्ण भट्टचनहरूले अन्याय र शोषणमा परेको गिडगिडाहट गर्नुपर्ने थिएन, किनभने ०६४ सालमा नेपालबाट राजतन्त्रको समाप्ति नभएसम्म मुस्ताङमा जिग्मेपरवर विष्ट राजा थिए । र, यो पूर्ण स्वायत्त पनि थियो, जसको प्रमाण हो उपल्लो लोमानथाङ जान विदेशीहरूले जिग्मेपरवरबाट छुट्टै प्रवेशाज्ञा लिनुपर्थ्यो । नीति सिद्धान्त र जनताको सामूहिक तागतभन्दा अन्तैबाट आनन्द खोज्ने नेताहरूका बानीले अहिले जातीय राज्य नै मुक्तिको बोटोका रूपमा चित्रित हुँदै छ । नेता हुँ भन्ने हठबाट जन्मेका यस्ता इच्छा धेरै खतरनाक छन् । मैले सुनेको थिएँ बुद्धि खारिएको हुन्छ, भाँडिएको होइन । तर, शक्ति र सुख भोग गर्ने हडबडे इच्छा नै हाम्रा नेताको चेतना रहेछ । हाम्रा नेतासँग बुद्धिभन्दा बढ्ता आवश्यकताहरू रहेछन्, जसले उनीहरूलाई मूर्ख बनाइरहेछ ।

त्यसैले अहिले मानव मुक्तिका लागि होइन, आत्मस्वार्थको होसियारीले हाम्रा नेताहरू चिच्याइरहेछन् । तिमी नेताहरूले हामी जनतालाई त्यस्तो बालकझैँ ठानेका छौँ, जो क्षितिजलाई आकाश र धर्ती जोडिएको ठान्छ । तर, नेताहरूले नेपाली जनताको चेतनालाई कमजोर ठानेर विरोल्न सक्छु भन्ने दु:स्वप्ना नदेखे हुन्छ । ००७ सालमा राई र सुब्बाहरूले पूर्वी नेपालमा अन्य जाति लखेट्ने अभियान थाल्दा त्यसका विरुद्धमा धेरै लिम्बू र किरातीहरू ध्यानबहादुर राई, मुलुक सिहं राई, बयान सिंह राई, रामप्रसाद राई, अक्कलबहादुर कन्दङ्वा, सेतु कन्दङ्वा, जयप्रसाद लिम्बू, हर्कजंग मादेन र रामबहादुर नेम्वाङहरू सशक्त रूपमा उभिएका थिए । अहिले त नेपाली जनताको ००७ सालको मात्र होइन, ०७० सालको चेतना हो । नेपाली जनताको यो आधुनिक चेतनाले बरु उल्टै भनिरहेछ– तिमी नेताका अहिलेसम्म सार्वजनिक भएका बुद्धि र भूगोलको क्षितिजमा समान गुण छन्, यी दुवै भ्रम हुन् ।

सोर्स ः-  साभार

Sunday, 11 August 2013

मेरो प्यारो, आफ्नै गाँउ

बिना कारण गार्लुग जाने नियतीनै भाको थियो, बिहान,दिउसो वा साझ कुनै बिषेस काम वा कारण चाहीदैन थो । चिया पिउने बाहाना होस  या अरु कुनै,अज भनै चक्कर चल्थो तन्नेरीहरुको फेरी स्कुल कलेज पनी तेतै । साँँच्चै भन्दा बरालीने ठाँउ भाथो गार्लुङ । तन्नेरी हरुको लागी ।म पनी गार्लुङको चउर हुदै यस्सो छेउ बाट एरपोटको चउरको डिल के पुगेथे माछापुछ्ररे र अन्नपुण टुप्पलुक्क उभीय । अहो ।। फुत्कीहाले छ मुख बाट । कती सुन्दर । कसको मन नलोभ्याउला हँ यो ठाँऊले ?आफै सँग प्रश्न गर्छु । आँँखाले नाप्न नसकीने चउर त्यस माथीका हिम दृृष्यले तेस ठाँउले दुर्लभ प्राकृतीक रुप धारण गरेको छ । साँच्चै भन्दा जहाज नआको ठिकै भा छ भन्छ एक मनले । साँझ पख भागदैड गर्ने ओझिलो ठाँउ भाछ । साँझपखको सिरसिर हावा त्यस माथी कालीको सुस्साईले त्यस ठाँउ लाई थप मोहीत तुल्यायको छ । अनायास काँट आयो एक हुल हावा पत्तो भयन ? सल्लाका पात हल्लेसी मात्र मेरो नजर उतै हानीयो । नहानीयोस पनी कसरी ति एकनासे रुख, रुखमाथी बाट देखिने मनमोहक हिमशिखरहरु साँच्चै भन्दा मनै लोभ्याने दृष्य छ त्यो ।

Saturday, 10 August 2013

भर्खर जन्मेकी छोरीलाई बाबुको पत्र

भर्खर जन्मेकी छोरीलाई बाबुको पत्र 
A LETTER TO A NEWBORN DAUGHTER 

प्रिय नानु सम्प्रदा तिमीलाई यो मर्त्यमन्डलमा स्वागत छ । नानु तिमी जहाँ जुनसुकै भूगोलमा जन्मे पनि भोलि आफ्नो देश नेपाल नभुल्नु है ?नानु सम्प्रदा तिमी भोलि हाम्रो देशका पुर्खाहरूलाई सम्झनु है गाऊको माटो शहरको माटो देशको माटो विदेशको माटो छुट्याउनु है । हुन सक्छ तिम्रो बाबाले जीवनमा धेरै संघर्ष गरेको छ तिम्रो प्राप्तीमा तिम्री आमा धेरै तड्पिएकी छन् । तिम्रो बाबा तिम्रो लागि हजारौं काडेतार कुच्दै नयाँ बाटो पहिल्याउने प्रयास गर्ने नै छ । प्रिय नानु सम्प्रदा तिम्रो आगमनमा संसार खुशी भएको छ तिम्री हजुर आमा सात समुन्द्र पारबाट खुशीले बलिन्द्र आशुका धारा बगाउनु भएको छ । तिम्री हजुरबुवा दु:खको अचानोमा घाटी राखेर भएपनि खुशिले गदगद हुनु भएको छ । तर पनि नानु संघर्ष नै जीवन् हो संघर्ष बाट जीवन् सफल हुन्छ भन्ने कुरा सम्झनु । नानु सम्प्रदा तिम्रो लागि अवश्य पनि जीवनमा म धेरै दु:ख गर्नेछु । नानु जीवनमा यी कुराहरू कहिल्यै नभुल्नु है बाबा ,आमा ,जन्मभुमी एवम् हजुर बुवा हजुर आमा साथै उहाँहरू बसेको ठाउ । नानु प्रतिस्प्रधात्मक संसारमा आइसकेपछि धेरै कुराहरू सिक्नु पर्ने हुन्छ । । प्रिय नानु सम्प्रदा तिमी हामिहरूको पवित्र सम्बन्ध हौ । तिमी हाम्रो लागि पवित्र माया हौ । तिमी हाम्रो लागि सुन्दर फूल हौ । तिमी हाम्रो लागि एउटी पवित्र देबी हौ जुन बेला तिमिलाइ समस्या आइपर्छ त्यसबेला तिमिले तिम्रो जन्मदिनमा लेखेको यो बाबाको पत्र पढ्ने प्रयास गर्नु है । नानु जब तिमीलाई समस्या आइपर्नेछ तब तिमिले बाबालाई सोध्नु आमालाई सोध्नु हजुरबुवालाई सोध्नु हजुर आमालाई सोध्नु । उहाँहरूले सदा सदा तिम्रै भलो हुने काम गर्नुहुनेछ । नानु सिप सिक्नमा लाज नमान्नु । नानु नेपाली भाषा सिक्नमा कुनै कन्जुस्याइ नगर्नु ।नेपाली भाषा हाम्रो आत्मा हो, हाम्रो प्राण हो, नेपाली संस्कार हाम्रो पहिचान हो । नानु तिम्रो बाबा आमा जतिसुकै आर्थिक गरीब भएपनि तिम्रो विवाह पश्चात हुने तिम्रो धन सम्पत्ति को रवाफ कहिले पनि नदेखाउनु है तिम्रो जन्म घर नै तिम्रो ईतिहास हो तिम्रो जन्म घर नै तिमी फूल्ने बगैचा हो । समाजले के भन्छ र अर्कोले के भन्छ भन्दा पनि आफूले सोचेर समाज् एवम् परिवारको राम्रो काम गर्ने प्रयास गर्नु है । घाटी हेरेर हाड निल्ने जमर्को गर्नु है । जन्म र मरण त ध्रुव सत्य कुरा हो जन्मे पछि त मर्नै पर्छ । जन्म र मरणको बिचमा नानु बाबा आमाको लागि एवम् समाजको लागि अनुकरणीय एवम् उदहरणीय नारी भएर जिउनु है । समय सन्दर्भलाई आत्मसाथ गर्दै आफ्नो बाटोमा अगाडी बढिरहनु है । धेरै कुरा हरू नानुलाई बाबाको कर्तव्य गर्दै सिकाउनेछु नै । तर पनि नानु सम्प्रदा तिमी जन्मेको दिन तिम्रो आगमन भएको दिन २०१३ अगस्त  १० गतेलाई बिशेष दिन मान्दै यो सानो पत्र तिमिलाइ लेख्ने जमर्को गरेको छू । कुनै दिन नानु सम्प्रदा तिमी मबाट टाढा हुनु पर्‍यो अथवा यस संसारमा म भएन भने नानु तिमिले तिम्रो बाबाले लेखेको यो सानो पत्र सुरक्षित राख्नु जब जब मेरो याद आउनेछ ,जब जब तिमिलाइ समस्या पर्नेछ तब तब यो पत्र पढ्नु र बाबाको निति आदर्श लाई समाउने प्रयास गर्नु है । संसारमा कोहि पनि सन्तुस्ट छैन यो ध्रुव सत्य कुरा पनि मनन गर्नु सबै भोका छन् बिल गेट्स जो संसारको धनी पनि भोकै छन् ओबामा जो संसारको शक्तिशाली पनि भोकै छन् तर बिल गेट्स पैसाको भोका छन् । ओबामा भोटको भोका छन् । जो मानिस दाल भातको भोका छन् तिनीहरूको लागि काम गर्नु । त्यसैले नानु यदि समयले तिमिलाइ ठुलो बनायो भने वस्तविक भोकाहरूको हितमा काम गर्नु त्यही नै तिम्रो बाबाको चाहना हो । नानु भोलि तिमी जहाँ भए पनि मात्र तिमिले तिम्रो बाबा एवम् आमालाई सम्झे पुग्छ । तिमिले तिम्रो हजुरबुवालाई सम्झे पुग्छ ,हजुर आमालाई सम्झे पुग्छ ,तिमिले आफ्नो समाजलाई सम्झे पुग्छ । अनावश्यक स्वतन्त्रता पनि न खोज्नु है । तिम्रो आँशु नै मेरो आँशु हो तिम्रो दु:ख नै मेरो दु:ख हो । तिम्रो सुखमा म सधैं हास्नेछु तिम्रो दुखमा म सधैं रुनेछु । नानु सम्प्रदा तिमी यो धर्तिमा आगमन भएकोमा खुशीले यो मन गद्गद हुँदै जन्म दिनको खुसियालीमा तिम्रो नाममा यो पत्र समर्पण गर्दछु ।

सपाट लीयको :- मित्र लाल पार्दे 

बाबुरामले भने- 'ख्यालख्यालमै बिग्रिएँ'

भाई,मेरो घरमा आउ,नत्र तिम्रै घरमा आउँछु ।
—नाई । आउदिन । मेरोमा पनि नआउनुस् ।
किन ?
—तपाईसग डर लाग्छ । मैले तपाईका नराम्रा कामका बारेमा लछप्पै लेख्यालेख्यै छु । तपाईले ठोक्न के बेर ?
सत्ते! धरोधर्म, केही गर्दिन । तिमीसग म मेरा दुखका कुरा गर्छु ।
ओके ।
                                                      ...................
२०६९ माघ १२ गते । मध्यरातको कुरो । सपनामा बाबुरामले बालुवाटार बोलाए । म पनि सपनामै पुगे । उनले मसंग लामो गफ गरे । गफ गर्दागर्दै डाको छोडेर रोए । प्रधानमन्त्री रोएको देखेर म तर्सिए । अनि ब्युझिए । सपनाका गफ बिर्सने डरले हतारहतार कापीकलम फुकाए । मुखै नधोई सम्झेजति टिपें । त्यै टिपोट हो यो ।
                                                        .................
मैले मुस्ताङ चढें । नौटंगी गर्न चढेको हुँदै हैन । सस्तो टिकटमा अमेरिका उडें । गुरुआमाले दिनुभएको पाचसय डलर देशको खातामा हालें । जनतालाई राहत दिन खोजें । चामल बाड्न खोजें । कन्टेनरका चापी हत्तपत्त बुझाएँ। बाटो बढाए । फोहोर बढारें । जनताका घरघरमा पुगे । जनताका ईमेल लिएँ । रेडियोमा सोझै बोलें । राम्रैराम्रो मात्रै गर्न खोजेको हुँ । मायाप्रेमले यो देशको प्रम बिग्रियो ।
                                                           .....................
Photo:nepaliblogger.com
प्रभु शाहलाई मन्त्री बनाएँ । ज्यानमारा हो त्यो । त्योमात्रै ज्यानमारा हो र बरा ? हामीचाहि होईनौ  ? हाम्रो पार्टीको नेतृत्वमा यस्ता कुरालाई ठुलो मानिदैन । खै दुनियाले बुझेको? अग्नी कमरेड मन्त्री बनेको देखेर प्रभु कमरेडलाई मन्त्री बनाएको थिएँ  । दुनियाले आकाशै खसेझै गरे । त्यो रमेश खरेललले समात्ने आदेश दिएपछि म त जिउँदै मरेझै भएँ। प्रभुलाई मन्त्रीमण्डलमा हुलेपछि मेरा दिनदशा शुरु भए ।
                                                                      ................
आफ्नाको माया लाग्दो रहेछ । मलाई निरस मान्छे भन्ठान्छन । तर, म त्यस्तो छैन । तपाई आफै भन्नुस, मैले प्रभु शाहलाई माया गरिन ? बालकृष्ण ढुंगेललाई माया गरिन ? नागेन्द्र झालाई माया गरिन ? अध्यक्ष पुत्रलाई माया गरिन ? कर्णेल लामालाई माया गरिन ? लक्ष्मीराम घर्तीलाई माया गरिन ? दिज्यूहरुलाई माया गरिन ? म बडो भावुक मान्छे । सप्रिएकालाई मायाको त्यतिसारो खाचो छैन । बिग्रेका मान्छेलाई मायाप्रेम गरेर सुधार्नुपर्छ भन्ने मेरो मान्यता हो । यस्तो बैज्ञानिक मान्यता यस्तो मुढे देशमा कसले बुझ्ने ? अबुझहरुले मलाई सढाएँ । म उल्लुले पनि बुझाउन सकिन । अनि म बिग्रिएँ । 
                                                                         ....................
म किसानको छोरो । गरिब गाउँले । हिसिला मन्त्रीकी छोरी । म जोगीजस्तो मान्छे । लाउनु खानु कमाउनु र रमाउनुको सोख छैन । हिसिलालाई कमाईधमाई बाहेक अर्थोकमा 'इन्ट्रेस्ट' छैन । ‘मेरी स्वास्नीले मलाई डुबाई’ भन्दै चिच्याएर हिड्न मिलेन। आफ्नै श्रीमतीलाई कारबाही गर्ने आँट नेल्सन मण्डेलामा होला, ममा छैन । हिसिलेले मलाई साच्चै डुबाई । कोकोसग हो, मन्त्री बनाएबापत करोडौ खाई अरे । केशव स्थापीतसग खान खोजी अरे । दिदिलाई हाकीम बनाइ । मैले सम्झाउन खोज्दा काचै आउलाझैं गरी । मैले १५ लाखको मुस्ताङ चढे । उल्ले माधव घिमिरेलाई तर्साएर २ करोडको गाडी चढी । ‘नगर है यस्तो’ भन्यो भने ‘टिमीलाई के मतलव?’ भन्दै हप्काउछे । येल्ले छोरीलाई समेत बिर्गान आटी । अहिले मेरो अभागी थाप्लोमा ८ वटा मन्त्रालय छन । सचिवहरुलाई थर्काउदै फाईल खोस्दै हिड्छे अरे । ठेकेदारहरुसग डिल गर्दै हिडछे अरे । म लम्फूले केही गर्न सकिन । महिला हिंसा भयो भन्दै बालुवाटार गेटमा धर्ना दिएका दियै छन् । भित्र म महिलाको हिंसा सहेर बसेको छु । हिसिलाले मलाई नराम्रोसग बिगारी ।
                                                                  .....................
कमरेड सुखदेव मुनी (एस डी मुनी)ले मलाई जिउदै नर्कमा हाले । गुरुबा मानेको थिए, खत्तमै पारे । भारतबिरोधी काम गर्दिन भनेर लेखेको चिठीलाई दुनियाका मुखेन्जी सुनाईदिए । भारतले समेत मलाई डुबाउने खेल खेल्दैछ । 'बिप्पा ले' भन्यो । दिए । 'एयरपोर्ट ले' भन्यो । दिन आटेको दिए, दलालहरुले हल्ला गरिदिए । सबैथोक दिन तयार छु म, उ बजिया चाहि अलिअलि बत्तीपनि दिदैन । मलाई सत्तामा राखिराख्नी अनि पत्तासाफ बनाएर फाल्ने षडयन्त्र हो त्यसको । यतिजाबो बुझदिन म ? तर क्यार्नु ? छोडन सक्दिन । चाउरिन्छु । बसिराख्छु ।
                                                                        ....................
पार्टी फुट्यो । यै एउटा कुरोले मात्रै मलाई सन्तोष दिन्छ । बैद्यसग लाईन मिलाएर कम्ता दुख दिन्थे अध्यक्षले ? नारानकाजी फुलस्केप हो । त्योसग लाईन हुने कुरै आएन । अब कोसग लाईन मिलाउछौ ए औठाछाप अधक्षे ? प्रधानमन्त्री भएपछिको उपलब्धी भनेकै यै भो । मेरो बिरोध गर्ने पापीहरु पाखा लागे । यसमा चाही सन्तोष छ । 
                                                                        .................
कस्तो दिन ट्वीटर खाता खोलिएछ गाठे । यै विश्वदिपेले उक्साएर मर्यो नी । 'ओबामाले चलाउछन । मनमोहन सिहले चलाउछन् । हजुरले किन नचलाउने ' ? भन्यो । लौतनी भनेर खोलियो । अहिले कुकुरलाई झै गाली गरेको लाज पचाएर पढ्नपरेको छ । एउटा मुर्दारले त 'के छ लाले, भात खाईयो' ? भनेर ट्वीटेछ । कसैले लाले भनेका छन् । कसैले ध्वजे भनेका छन् । कसैले कालध्वज भनेका छन । कोही ज्यानमारा भन्छन । प्रधानमन्त्री भएरमात्रै । नत्र तिनलाई गाला फुटने गरी बजाउथे । मैले..............
                                                                            .................
यसै बिग्रिएँ उसै बिग्रिएँ । सुध्रिने चान्स कम देखिरहेछु । तैपनि हार खाएको छैन बाबु । सकेछु भने केही कमाल गरेरै देखाउछु । नयाँ धमाका गर्न सकियो भने पुराना हिसाबकिताब बिर्सिहाल्छन। नेपालीको स्मरणशक्ति अलि कमजोर छ बाबु । स्यानो काम गरिदियो भने ठूला पाप भुलिदिन्छन । काम गर्न सकिन भने पनि टास्सिएर बसिराख्छु । अब यो जुनीमा कुर्सीमा आउन सकिएला जस्तो छैन । ओर्लेपछि मलाई धोबीको कुकुर बनाउछन् । पार्टी बाहिरका शुभचिन्तक सप्पै मास्सिए । पत्रकार 'शत्रु नम्बर एक' भईहाले । पार्टीकाले बिप्पा भनेर लोप्पा खुबाउछन् । यस्तो बेलामा छोडें भने मेरो खैरियत छैन । भारत फकाउछु । अधक्षे फकाउछु । कुर्सी धान्छु । मेरो जय होस् । कमरेड मुक्ति मानवलाई लाल सलाम ! 
                                          --------------------------
यति भनिसक्नासाथ उनी डाको छोडेर रोए ।

@कपी

Saturday, 3 August 2013

को हुन् खस-बाहुन ?

चाणक्यले व्राह्मणलाई चार भागमा विभाजित गरेका छन् । जो व्राह्मण बनमा
बसेर फलफूल, कन्दमूल खान्छ र नित्य श्राद्ध र तर्पण गर्छ त्यो ऋषि हो । जो
व्राह्मण एक छाक खान्छ, ६ कर्म(पढ्नु, पढाउनु, यज्ञादिकर्म गर्नु र गराउनु,
दान दिनु । लिनु) गर्न तयार हुन्छ र पत्नीसँग ऋतुकालमा मात्रै सहवास गर्छ
त्यो द्विज हो । जो व्राह्मण सांसारिक दुनियादारी काम गर्छ, गाईवस्तु
पाल्छ, खेतीपाती गर्छ त्यो वैश्य व्राह्मण
हो र जो खोटो, लाहा, तील, तेल, नीर कुंकुम, मह, घ्यु मदिरा, मासु आदिको
काम गर्छ त्यो शुद्र व्राह्मण हो । साथै उनी यो पनि भन्छन् कि अर्काको काम
बिगार्ने, घमण्डी स्वभाव भएको, आफ्नो स्वार्थ मात्र हेर्ने, अर्काको डाहा
गर्ने, झुट र छलकपटको सहारा लिने, पेटमा कपट राखेर अगाडि मीठो बोल्ने
त्यस्ता व्राह्मणलाई मार्जार या बिरालो भनिन्छ । ईनार, कुवा, तलाउ, बगैँचा,
देवालय भत्काउने म्लेच्छ व्राह्मण हुन् र देवगुठी खाने, गुरुको धन हडप्ने,
परपत्नीलाई संभोग गर्ने र सर्वभक्षीलाई चाण्डाल व्राह्मण भनिन्छ 
ऋषि व्राह्मणहरू अब भेटिदैनन् । द्विज व्राह्मण २।४ वटा पाइएलान् । अब त
हामीले बाहुन भएसकेका वैश्य र शुद्र व्राह्मण मात्र पाउछौँ । मार्जार,
म्लेच्छ र चाण्डाल व्राह्मणको त बिगबिगी नै छ हामीकहाँ ।खसआर्य
समाज पितृसत्तात्मक समाज हो । छोरो बाबुको हो र उसले बाबुको गोत्र, थर,
पुर्ख्यौली समात्नु पर्छ । यो परम्परा पुस्तापुस्तादेखि चली आएको हो । त्यो
हिसाबले बाहुनहरू चार थरी गन्न सकिन्छ अथवा एकै पुर्खाका उपाध्याय, जैसी,
खत्रीछेत्री र दलित हाँगाहरू छन् । त्यसैले उनीहरूलाई उपाध्याय, जैसी,
खत्री र दलित बाहुन भनिन्छ । चारवटै हाँगाका गोत्र, थर मिल्छन् र खत्रीमा
आमापक्षका रगतबाट बनोटमा केही फरक देखिए पनि बाँकी तीन वटामा शुद्ध आर्य
बनोट छर्लङ्ग देखिन्छ । यसै मेसोमा झापामा केही समय अघि गरिएको दलित
बटुकहरूको व्रतबन्ध सही देखिन आउछ तर ती तागाधारी बटुकहरूले डोरी मात्रै
बाँध्ने हुन् कि मनुस्मृतिले भने झैँ पञ्च महायज्ञ या चाणक्यले सुझाए झैँ ६
कर्म गर्ने हुन् या उनीहरू द्विज वा शुद्र के बन्ने हुन्, सो थाहा छैन ।
उनीहरूको व्रतबन्धले खसदलित पनि बाहुन हुन् भन्ने कुरा भने मान्नु पर्छ
किनकि जातच्यूत हुन सक्ने खसबाहुन मात्रै थिए र अरू जातमा सो चलन थिएन ।
त्यसैले अब बाहुनका यी चार हाँगालाई एकै मूल बाहुनमा स्वीकार गरौँ 

Monday, 29 July 2013

झस्काएर गई

सपनीमा आई आज, झस्काएर गई
निको भा को घाऊ फेरी, चस्काएर गई

सचीकोझैँ मुहार् उस्को, ईन्द्रै मात खाने
नयनका वाँण दिल्मा, धस्काएर गई 

निदरीमा सँगै थिई, खेल्दै लुकामारी
खुले आँखा मुटु मेरो, खस्काएर गई

स्वप्न बनी देखीएर, भागी कता कता
अँगालोमै बेरी कसी, मस्काएर गई

Sunday, 21 July 2013

गुरुपूर्णिमा

हिन्दू धर्मावलम्बीले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई आज सोमबार गुरुपूर्णिमाका रूपमा मनाउँदैछन्। द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् गुरु पूर्णिमाकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो।

चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यलाई दर्शन दिएकाले यो दिनलाई गुरुपूर्णिमाका दिनमा मनाउने परम्परा बसेको हो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई प्रथम सर्वश्रेष्ठ गुरु मानिन्छ र आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ। यो पूर्णिमाको दिन गुरुका रुपमा ज्ञानको पूजा गरिन्छ। अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी आफ्ना शिष्यलाई उज्यालोतर्फ लानुहुने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट आशीर्वाद थाप्ने चलन छ। संस्कृत भाषामा 'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञान हटाउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ। हिन्दू मान्यताअनुसार सङ्गीतलगायत ६४ कला सिकाउने, गायत्री–दीक्षामन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन्। विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो। त्रेतायुगमा रामसहित उनका भाइ र द्वापरयुगमा भगवान् कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ। गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश गुरु पूर्णिमाकै दिन दिनुभएकाले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने गरिआएका छन्।

Friday, 19 July 2013

यो गाउँको हैजा अरुतिरै लैजा…

हिजो साउने संक्रान्ति। यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। हिजोबाट गर्मीको अन्त्य र जाडोको सुरुवात हुन्छ भन्ने मान्यता पनि छ। हिजोकै दिनबाट सूर्य कर्कट रेखाबाट मकर रेखातर्फ लाग्छ भन्ने ज्योतिषी मान्यता छ। यो दिनलाई नेपाली हिन्दू धर्मावलम्वीहरुले ठाउँ अनुसार फरक फरक ढंगले मनाउने गर्छन्। सानो हुँदा हामीलाई यो पर्वको खुवै चासो रहन्थ्यो। त्यसैले लुतो फाल्ने दिनको प्रतीक्षामा रहन्थ्यौं।
भौगोलिक भाषामा साउने क्रान्तिलाई कर्कट क्रान्ति भने पनि खासगरी गाउँघरतिर लुतो फाल्ने दिन भनेर चिनिन्छ। 'एउटा गाउँको लुतो अर्को गाउँमा लैजा' भनेर रात परेपछि ठूलो स्वरले करायो भने त्यो गाउँका मानिसलाई वर्षभरी लुतो लाग्दैन भन्ने जनविश्वास छ।


प्राय गाउँमा मध्य असारदेखि खेत रोपाइँ सुरु हुने भएकोले स्कुलमा बर्खे बिदा हुन्थ्यो । सक्ने ठूलाहरु बिदा भरी खेतमा काम गर्थे हामी साना केटाकेटी भने गोरु र बाख्रा चराउन खट्टिन्थ्यौँ

हामी तीन भाइ (दुई दाइ) ले दुई हल गोरु र लगभग ५० वटा बाख्रालाई दिनभरी पहरा दिन्थे। जता जता गोरु र बाख्रा जान्थे हामी त्यतै। बर्खा मास आँप पाक्ने मौसम भएर पनि होला हामी गोठालो जाने भनेपछि मख्ख पर्थ्यौ। उसो त गोठालो गएपछि पढ्ने टन्टा पनि हुन्नथ्यो। गाइबाख्रा फुकाएर वन पुर्‍याएपछि हाम्रो काम भनेकै आँपको रुख हेर्दै हिँड्ने। कुन रुखमा आँप पाकेको छ, कुनमा कति फलेको छ? यसरी रुखको टुप्पो हेर्दै हिँड्दा कतिचोटी लडेर घुँडामा घाउ समेत लाग्थे।
सानो बेला बारीमा केही फलेको देख्यो कि मुखबाट पानी आइहाल्थ्यो । मनमनै लाग्थ्यो 'टिपेर खान पाए कस्तो मज्जा हुन्थ्यो।' त्यही भएर हजुरआमाले हामीलाई भन्नुहुन्थ्यो 'खानाका काल।
हाम्रो बारीमा नभएका फलफूल कमै थिए। बोटभरी बेलौती, नास्पाती, रुख कटहर, भुइँ कटहर, सुन्तला, कागती, अनार, भोगटे, जुनार लगायतका सबै । तर, ती हामीले चाहेको बेला र मन लागेको बेला सजिलै खान पाउँदैन थियौँ । यसको लागि साउने संक्रान्ति पर्खनै पर्थ्यो । साउने संक्रान्तिपछि चाहिँ हजुरआमाले 'खाओ' भनेर स्वीकृति दिएपछि मात्रै खान पाउँथ्यौँ।
असारतिरै खान खोज्यो भने हजुरआमाले भन्नुहन्थ्यो, 'साउने संक्रान्ति नै आ'छैन खान हुन्न।'
'किन नि आमा ?'
'लुतो फालेसी मात्रै खाने,' हजुर आमाको उत्तर हुन्थ्यो।
अनि हामी त्यही दिनको प्रतीक्षामा ‌औंला गनेर बस्थ्यौ।
जब साउने संक्रान्तिको दिन आउँथ्यो हामी बिहानैदेखि खुशी हुन्थ्यौँ। हामीमा चमकधमक नै बेग्लै हुन्थ्यो। 'ल गोठालो जाँदा लुतो फाल्ने सबै कुरा ल्याओ है,' हजुरआमाको उर्दी हुन्थ्यो।
फलफूल खाने धोकोलाई पोको पारेर बसेका हामी आजैको दिन देखि धित मर्ने गरी फलफूल खान पाइन्छ भनेर चाँडै नै खाना खाइवरी गाइबाख्रा फुकाएर वन छिर्थ्यौ।
वनमा पुगेपछि तीन जनाले लुतो फाल्न चाहिने कुकर डाइनो, पानी सरो, भलायोको पात, अनि सुकेको पातीको सिठो खोज्न व्यस्त हुन्थ्यौँ।
लुतो फाल्ने भएर होला हामीले घरमा चाँडै गाइबाख्रा लगे पनि गाली खादैनथ्यौँ यो दिन।
गोठालोबाट घर फर्केपछि खाजा खाइवरी फेरी हाम्रो काम भनेको बारीमा भएजति फलफूलको जोडी खोज्ने काम सुरु हुन्थ्यो ।
नासपाती, अमिलो (निबुवा), कागती, सुन्तला, भोगटे, जुनार, अनार लागयतका फलफूलका जोडी र केराको पात। लुतो फाल्न चाहिने आवश्यक सामग्री जोहो गरिसकेपछि तुलसीको मठ नजिकै केराको पात माथि राख्थ्यौँ ।

जब झिसमिसे साँझ हुन्थ्यो हजुरआमाले दियो बालेर मठमा ल्याउँदै भन्नुहुन्थ्यो, 'ल है लुतो फाल्ने बेला भयो आओ।'

हामी हस्याँङफस्याँङ गर्दै मठछेउ जान्थ्यौँ ।
हजुरबाले मन्त्र पढ्दै पुजा गर्न थाल्नुहुन्थ्यो अघि बटुलेर ल्याएको सामाग्रीलाई। हामी पातीको सिठा बाल्न थाल्थ्यौँ। हजुरबाले पुजा गरिरहँदा हामीलाई कतिखेर लुतो फालुम्ला भन्ने लाग्थ्यो। यती नै बेला वल्लोगाउँ पल्लो गाउँमा पनि लुतो फाल्ने तयारी हुन्थ्यो। हरेक गाउँलेको घरमा जुनकिरीको पिलिकपिलक बत्ति जस्तै घरको मठमा दियो बलेका हुन्थे।
हाम्रो घर पारी ठ्याक्कै धादिङको ढोला र खाल्टे गाउँ थियो । हजुरबाले ल अब लुतो फालो भनेर भन्नुभएपछि हामी जोडले कराउँथ्यौँ, 'गाउँको हैजा ढोलालीलाई लैजा। वा अरु कुनै गाउँको नाम लिएर झन् जोडले चिच्याउँथ्यौँ। चुनाव हुने वर्ष वा चुनाव हुँदैछ भने त हामी मन नपर्ने दलको ठूलै नेताको नाम लिएर समेत यो पालीको हैजा ….नेतालाई लैजा भनेर नामै तोकेर भन्थ्यौँ। फेरी अर्को गाउँबाट हामीतिर लक्षित गरेर त्यसको जवाफ आउँथ्यो।
लुतो फालेर साँच्चै हैजा जाने हो हैन अहिलेसम्म मलाई थाहा छैन तर पनि आफ्नो गाउँघरतिरको यो चलन अहिले हराउँदै गएको छ। साउने संक्रान्तिको दिन घरमा फोन गरेको हजुरबाले लुतो फाल्नको लागि सबै तयार पार्नु भएको रहेछ । एक्कासी लाग्यो : अब घर गएको बेला सबैखाले फलफूल खान पाइन्छ।

म मुकुन्द

आफ्नो बंश मासेर शाहबंशको सेवा गर्ने प्रचण्डे की जेठी बुहारी प्रभा बोगटीको पेटमा छोरो आएको Ultra Sound Report हेरेर नाति तुहाई कन बुहारी धपाइएको हो .


दोश्री बुहारी सिर्जना त्रिपाठी ले पनि छोरो नै पाएकी हुदा घर न घाटकी बनाइएकी छे.
बाउ चाहिले पनि पहिलेइ हेरिभ्याई सकेकी साहिली बुहारी बिना मगर्नी ले पनि छोरो नै पाइछे भने यो पनि स्वयम् Bomboy मा बेचिन्छे , छोरी पाए मात्र घरजम हुने हो.

तर प्रचण्डे स्वयम् भने चौथो बेतमा पनि छोरो नजन्मेको भए आत्महत्या गर्नेथियो. र प्रचंडे ज्ञानेन्द्रको राजनीतिमा नलागेको भए त्यसका छोरी हेम्जाका गुरुङ ले पनि लाने थिएनन.
...
बाबुरामको छोरो ३ बर्ष पछि दबाइएको छ, अनुहार आकार रुप रंग केहि नमिल्ने मुसा जत्री छोरीको न्वारान भट्टराई ले गरिदियो.
गनाउने बुढो कृष्ण प्रसाद भट्टराई अपुताली पर्यो, गोर्खाली पाडो नारायण काजि अबिबाहित सुतेको छ।
माडेको छोरो पाल्ने शेरबहादुर का कुरै नगरु ! छोरो Abortion गराई छोरी मात्र पाल्ने गनगन थापा घर्ती हरुका पनि ब्यथा उस्तै छन. चिम्पान्जी मोहन बैद्य पनि अपुत्रो नै हो.

पापी जाली छद्म राजनीति गर्ने CID नेताहरुका सन्तान किन मासिन्छन् ?
छोराहरुले मालिक ज्ञानेन्द्र हरुका पोल खुलाउछ्न, गाडधन थाहा पाउछ्न. त्यसैले कैयन केटाहरुको भ्रुण हत्या भैरहेको छ.
छोरा भनेका रानिबासका तामा जस्ता हुन्, धर्ति छेडेर आकाशमा सास फेर्छन सुसेली हाल्छन, भाषण ठोक्छ्न.
जब कि छोरी बिचारी हरु बासका नांग्ली पट्यास सरह झरेर घरघर गइ कुनामा रोइबस्ने जात हो.

बाचुन्जेल बिरेन्द्र, BP लाइ पीर दिने गणेशमान को छोरो प्रकाशमानले Black Mailing गरेर पद खायो, त्यसै गर्लान सबैका छोराले भनेर अपुत्रो बस्ने कबोल गराएर केटाहरुलाई राजनीतिमा घुसाइएको हुन्छ .
तर म बिचरो मुकुन्द भने इन्दिरा फेला नपरेकी ले धर्मका जुम्ल्याहा टुशाहरु हान्ने रहरमै सिमित भएको बिडम्बना पुर्ण अबस्था छ. यद्यपि आउदो मंशिर को लगनमा MIss Nepal कोही त होली नै तर यस बर डाड़ोमा एउटी पिपल सारेर जगाइने नै छ.

मन्दिर जस्तो मेरो आत्मा माथिको गजूर जस्तो शीर मा अढाई Kg . तौल को श्रीपेच 
चट्ट सुहाउछ ,थाम्नु म र मेरा सन्तानको बाध्यता हुनेछ.
प्रचण्डे, बाबुरामे र मोहन वैद्य चिम्पान्जी का जाली खप्परमा प


रिवार नियोजनको साधन ठिक्क सुहाउने हो.

बिचरा कम्निस्ट , मंगोल , पशु र आइमाई माथि दया गर !


आन्द्रा सुकाएर म रास्ट्रपति हुनेछु, लोभी, मोटे,भुडे हरु चिनी रोगले मरून !
भोलि हिमालयको मापदण्ड नै म हुनेछु, म भन्दा मोटा फर्सिहरु माथि चौथी खेलिनेछ. म भन्दा अग्ला चिलाउने हरु ढलाइने छन्.
शहर बनियो ठग्न , मलद्वार बनियो हग्न !
शहरमा खेतबारी छैन गाइभैसी छैनन् तर यिनर्कै भुडी ठुल्ठुला कसरी भए ?
गाउमा गाइ दुब्ला छन्, शहरमा किर्ना कसरी मोटाए ?
गाउमा सुन्तला ओइलाइरहदा शहरका ऐंजेरु कसरी पाउलिए ?


गाउले कुमारी केटीहरु बुढिकन्या बस्दा शहरिया भालुहरुको धुमधाम बिहे किन गरिदैछ ?
बजारमा मात्र बिकास गरेर देश बन्दैन, खलेगारो खुर्केर मात्र धान फल्दैन. छेउकुना मा खनजोत गरि मलजल पुर्याउनु पर्छ.

अपशब्द नेपाल भन्न प्रतिबन्ध लाउ,
शुभनाम Mukunda Land जप्दै स्वर्ग जाउ !
अब नेपाली भन्ने दमाइ दाइलाई मात्र हो। महेन्द्रमाला को काल्पनिक पृथ्वीनारायण शाह भन्ने झुठा कथा को पात्र मात्र हो, सबैको प्यारो म मुकुन्द घिमिरे आजको जिउदो यथार्थ हुं।
जितेपछि इतिहास लेखिन्छ, ऐना जस्ता पुराना किताबले दृश्य उल्टो देखाए, 


कसैलाई फेरी राजा चाहियो भने
 म मुकुन्द घिमिरे स्वयम् श्रीपेच लगाई दिन मन्जुर छु. भाइमारा, इतिहास ढटुवा शाह बंश गयो , हिन्दुराजा घिमिरे बंश स्थापित हुन तयार छ.

आमा



आफ्नो भन्नु तिमि नै थियौ तर आज छोडी गएउ
मलाई खुसि दिलाउन किन यति दुख सहेउ

पुर्णिमा को जुन तिमि आधारात मै लुके पछी
औसी सदबाहार भयो नजर तिम्रो झुके पछी

बध्याताले छाडी गएउ कसैकोनि साथ छैन
आँखा बाट आँशु खस्दा पुछी दिने हात छैन

आमा तिम्रो याद आउदा आँशु धारा पिउदैछु म
मातृ प्रेमको भिरबाट लडेर नि जिउदै छु म

तिम्रो हाँसो खुसि देख्न दुख पिडा खपीदिन्छु
जीवनको हरघडिमा तिम्रै नाम जपी दिन्छु

तक्दिरलाइ दोष दिदै आफ्नै टाउको ठोक्दै छु म
विरहको गित गाउदै दुख पिडा पोख्दै छु म

आमा तिमीलाई आजभोलि सपनीमा देख्ने गर्छु
बियोगको पिडा बोक्न नजाने नि लेख्ने गर्छु

Tuesday, 16 July 2013

साउन, हरियो चुरा, हाम्रो संस्कृति र भित्रिएको विक्रिति


जब साउन महिना लाग्छ तब महिलाहरूले हातलाई हरियो चुरा र मेहन्दीले सजाउन थाल्दछन् । एकातिर साउने सोमबारमा ब्रत बस्न महिलाहरू अग्रसर भईरहेका हुन्छन् भने अर्को तिर उनीहरू बिदेशी सँस्कृतिको नक्कल गर्न तर्फ लालाइत हुँदैछन् । साउन लाग्न नपाउँदै उनीहरू रंगी बिरंगी हुनको लागि बजार तथा ग्रमीण क्षेत्रका चोक चोकमा रहेको चुरा पसल र श्रृंगार पसलमा चाहार्न थाल्दछन् ।
साउनमा ब्रत बस्ने कुरा त एक हिसाबले राम्रो कुरा पनि हो । विज्ञानले पनि पुष्टि गरेको छ कि एक स्वस्थ्य मानिस हप्तामा एक दिन ब्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाईदा नै गर्दछ । तर असक्त तथा बिरामी पनि सोमबार भन्दै सकि नसकि ब्रत बसेको देख्दा कता कता काउकुती लागेर आउँछ अनि सहानुभुती पनि हुन्छ उनीहरूप्रति । आँफू अस्वस्थ्य छ भने आखिर ब्रत के का लागि ? यो कुरा तपाईँ तमाम आमाहरू तथा दिदी बहिनीहरूप्रति तेर्साउँदछु ।
साउनमा हातमा मेहन्दि र हरियो चुराले सजिँदै

फलानी त ब्रत बसी म किन नबस्ने ? पल्लाघरे सुन्तली त ब्रत बसेकी छे सानी तँ बस्दिनस् ? यस्तो वाक्य सुन्ने गरिन्छ हाम्रो समाजमा । ब्रत त स्वेच्छिक रूपमा बस्ने हो न कि अर्काको करकापमा । अनि फेरि शरिरले नसकी नसकी ब्रत बसेर के फल प्राप्त गर्न सकिन्छ ? उल्टै आफ्नो आत्माले श्राप गर्न थाल्दछ । किनकी बिरामी अवस्थामा त सन्तुलीत आहार विहार तथा उचित आराम आवश्यकता पर्दछ ।

आखिर किन लागाउँछन् त महिलाहरूले आफ्ना हातमा साउनमा हरियो चुरा अनि थरि थरिका मेहन्दीहरू ? भन्ने गर्छन् यो हाम्रो संस्कृति हो, साउनमा हरियो चुरा अनि मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुन्छ, सर्प दंशबाट जोगिइन्छ आदि आदि । तर न त यो हाम्रो पूर्विय संस्कृतिको उपज हो, न त माथि भनिए जस्तै हरियो चुरा र मेहन्दी लगाउँदा घर परिवारमा कुनै अनिष्ट हुनबाट बचाउँछ । वास्तबमा यो हामी नेपालीहरूको अर्काको नक्कल चोर्ने परिपाटि हो ।
खै, कुन दर्शन अथवा कुन धर्मको धार्मिक ग्रन्थ वा दर्शनशास्त्रमा भनेको छ साउन महिनामा हरियो चुरा अनि मेहन्दी लगाउनु पर्छ भनेर ? कि मैले कुनै त्यस्तो धार्मिक ग्रन्थ र दर्शनशास्त्र पढ्न नपाएको हुनुपर्छ या त यो सबै अवाफा कपोल कल्पित र देखासिकी गर्ने प्रचलन हो हामी नेपालीहरूको । मैले महिलाहरूले प्रयोग गर्ने सामानहरूको बिरोध गरेको होईन । मैले त एउटा बिसंगती र बिकृतिको बारेमा सानो कुरा उठान गर्न मात्र चाहेको हुँ । हो ! चुरा तथा मेहन्दी महिलाहरूको श्रृंगारका बस्तु हुन् । यो उनीहरूको गहना हो तर के श्रृंगारको बस्तु भन्दैमा कपोलकल्पित कुराहरूको पछाडि लाग्नु राम्रो हो त ? अनि यसैलाई आफ्नो संस्कृति तथा प्रचलन हो भन्दै अन्धो भक्त भएर अनुशरण गर्नु के उचित हुन्छ र ?
यस्तरी रंगाउँछन् आफ्ना हातहरू

अझै आधुनिक दिदी बहिनीहरू जो समाजका शिक्षित वर्गमा पर्दछन् उनीहरूले पनि यसलाई आफ्नो संस्कृतिको रूपमा वकालत गर्नु कतिको न्यायोचित कुरा हो ? नबुझेकाहरूले त अनुशरण गरे ठिकै छ । तर एउटा शिक्षित मानिसले अन्धोभक्त हुनु, के उचित कुरा हो त ? यो बारेमा खै कहिले सोँच्ने हो ? बेलैमा बिचार पु¥याउन सकियो भने अनाहकमा करोडौँ रूपैयाँ बिदेशीने थिएन होला ।
सायद एउटा कुरा तपार्इँहरू कतिलाई थाहा होला भने धेरैलाई थाहा नहुन पनि सक्छ । जुन हाम्रा दिदी बहिनीहरूले लगाउने चुरा अनी मेहन्दी छ त्यो हाम्रो देशमा उत्पादन हुँदैन । सबै भारत तथा तेस्रो मुलुकबाट आयातीत वस्तुहरू हुन् । साउन महिनामा यसको बढी नै खपत हुने गरेको छ । यसबाट ठुलै रकम बिदेशीने क्रम जारी छ । अनि व्यापार घाटाको त कुरै नगरम् ।
जुन हरियो चुरा र मेहन्दी तपार्इँले लगाउनुहुन्छ त्यसको मूल्य कमसेकम पनि ५० रूपैयाँ भन्दा बढी नै हुन्छ । अनि कुरा एक जनाले मात्र लगाउनेको होइन यहाँ त महिलाहरूको जनसंख्या करिब १ करोड ३७ लाखको हाराहारी रहेको तथ्य नेपालको राष्ट्रिय जनगणना २०६८ को नतिजाले देखाएको छ । जसमध्ये थोरैमा पनि १ करोड महिलाहरूले मात्रै यो महिनामा हरियो चुरा र मेहन्दी लगाए भने पनि करिब करिब ५० करोड नेपाली रूपैयाँ बिदेशीने कुरा प्रष्ट हुन्छ ।
आफु सिंगारिनको लागि हातमा चुरा र मेहन्दी लगाएको हो भने आखिर साउन नै किन कुर्नु प¥यो र ? के सिंगारिने समय अरू छैन र ? फुर्सदको समय पनि त हुन्छ नि, जुनबेला कुनै पनि काम नभएको समय हुन्छ । यो त रोपाईँको चटारो हुने समय हो । उता रोपाई गर्न भ्याई नभ्याई हुने गर्दछ भने यता श्रृंगारको सामान खरिद गर्नको लागि महिलाहरूलाई फुर्सद नै हुँदैन ।
साउनमा फस्टाउने साउजीको व्यापार
अब यो हिलाम्य हुने समयमा कताको फुर्सद निकालेर हातमा हरियो चुरा र मेहन्दी लगाउन दगुर्ने होला नि ? बरु साउनको महिनामा लुटतो फाल्ने, खिर खाने आदि इत्यादी गरेर संस्कृतिको जगेर्ना तर्फ लाग्ने हो कि ? यसै त हामी नेपाली कला र संस्कृतिमा धनि छौँ यसमा विकृति भित्राएर दरिद्र बन्ने कुचेष्टा नगर्दा राम्रो हुने थियो होला ।

Saturday, 13 July 2013

आउनुहोस्, दस्तालाई दोस्तीमा बदलौं


“मेरो घर सिराहाको लाहान हो। पहिला अँगालो हालेर सँगसँगै हिंडेका साथीभाई पनि अहिले पराई जस्ता लाग्छन्। आफै जन्मेको ठाउँ जाँदा पनि इराक र अफगानिस्तान गए जस्तो लाग्छ।” एकजना मित्रले केही दिनअघि मात्रै मसँग यो कुरा गरेका थिए। उनी को हुन र के हुन, म खोल्न चाहान्नँ। (गोपनियताको हक)
यस्तो अनुभूति अहिले सबै जाति र समुदाय (मधेसी, पहाडी, दलित, जनजाति, क्षत्री, ब्राह्मण) सबैले गरीरहेको म पाउछु। हिजो हाम्रो समाज यस्तो थिएन। आज किन भयो? उत्पिडनको परिणाम यस्तै हुन्छ भन्लान कतिपयले। एउटा समुदाय प्रति अर्को समुदाय त्रसित र सशंकित हुनुपर्ने कस्तो परिणाम हो यो? के हामी सहि बाटोमा त छौं ?
जसले उत्पिडनको कारणले यसो भएको हो भन्छ उसको ‘सनक’ प्रति मेरो केवल करुणा भाव छ। उसको मनको हिंसक तत्वले पोखिन चाहीरहेको छ र पोखिने बाटो खोजीरहेछ भनेर म बुझ्छु। उत्पिडनकै कुरा गर्ने हो भने मेरो पुर्खा र म आफै पनि कुनै मधेसी, जनजाती वा कुनै अमुक पछाडी पारिएको समुदाय भन्दा कम उत्पिडित होइन। अझ मधेसी र जनजातिबाट समेत उत्पिडित भएको हुँ म र मेरो पुर्खा। त्यसको बदला लिन के म सबैको घाँटी न्याक्दै हिडौं अहिले ? एउटा विवेकशिल मान्छेले त्यसो गर्न सुहाउछ ?
फेसबुकमा मलाई (जबरजस्ती) एड् गरिएका अनेकौं ग्रुपहरुमा भएका वहस र टिप्पणीहरु पढ्छु। अनेकौं जाति र समुदायको नाममा खोलिएका ति ग्रुपहरुमा कसैले पहाडेलाई गोली ठोक्ने सम्मका कुरा लेखीरहेको छ। कसैले हामी मुलबासी भएकोले अरु जहाँबाट आएका हुन् उतै लखेटौं भनेर लेख्न भ्याउछ। कसैले कथित उच्च जाति हाम्रा शत्रु हुन भनेर लेख्दैछ। कसले दियो यो कुबुद्धी ? बुद्धको यो तपोभूमीमा एकाएक हामी एकअर्काको रगतको प्यासी किन हुन खोजीरहेका छौं?
इतिहासका कुरा मानवशास्त्रीहरुलाई बुद्धिविलास गर्नको लागि छोडीदिउँ अहिलेलाई। ति बुढाहरुसँग हिजोको भूत मात्रै छ तर हामीहरुसँग कठोर वर्तामान र अनिश्चित भविष्य छ। हाम्रो चिन्तन यसलाई उज्ज्वल बनाउन केन्द्रित हुनुपर्छ न कि तँ फलाना समुदायको म फलाना समुदायको भनेर लड्नमा।
म दोष युवा पुस्तालाई दिन चाहान्नँ। यो जोशले भरिएको पुस्ता अबोध बालक झैं छ। जे अह्रायो त्यही गर्छ। केही नेता, केही प्रध्यापक, केही डाक्टरहरुले नयाँ पुस्ताको दिमागमा भाइचारा होइन, भाइरस भरिदीए। भाइरस फैलदैछ।
हाम्रा अग्रज भनाउदाहरुले शसक्तिकरणको नाममा जातीय र क्षत्रीय लडाकु दस्ता बनाउन सिकाएछन्। इतिहासमा भएको उत्पिडनको कहानीमा फुलबुट्टा भरेर नयाँ पुस्तालाई अर्को समुदाय प्रति घृणा र वैरभाव फैलाउन सिकाएछन्। सबैले बुझौं, इतिहासको कुरा सम्झेर अहिले गलत ठाउँमा उर्जा खेर फाल्ने समय होइन यो। समयमै बुझेनौं भने,  पछि हामीले पश्चाताप गर्नको लागि समेत समय पाउने छैनौं। आउनुहोस्, दस्तालाई दोस्तीमा बदलौं।
मैले यस्ता कुरा गर्दा धेरैले ब्राम्हणवादीको चाकडी गरेको भने। कसैले भाडाको चम्चा भने। मेरै प्रियजनहरुले समेत तेरो  अघायो र यस्तो कुरा गर्न थालिस् भने तर मलाई अफसोस् छैन।
म सबैसँग विनम्र अनुरोध गर्छु, कसैले हेपिएको महशुस गर्छ भने हेपिने वातावरण सिर्जना नगरौं। पछाडी पारिएको महशुस गर्छ भने अगाडी ल्याउन सहयोग गरौं। अधिकार माग्दा अरुलाई शत्रु नभनौं। अधिकार दिदा आफ्नो भाग खोसिएको पनि नठानौं। जे गरेर हुन्छ विभाजनको रेखा मेट्न तिर लागौं। फेरि भन्छु, आउनुहोस्, दस्तालाई दोस्तीमा बदलौं।

Saturday, 22 June 2013

प्यारी जुनकिरी

प्यारी जुनकिरी,

पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन त्यै पाखामा जान्छु, तिमी कतै देखिन्छौ कि भन्ने आस लागिरन्छ। हुन त हाम्रा गाउमा मनग्गे चरन छ, त्यती पर सम्म तिमीलाई नै हेर्न धाँउछु, सत्ते । हिजो सन्सरबार पनि गजुरेकोमा गा’को थें। थुप्रै मान्छे जम्मा भा’थे रेडियो सुन्न। तिम्रा साथीहरु असर्फी, चमेली, मिठ्ठी, केसरी पनि आका’थे। यि आँखाले तिमीलाई चारैतिर खोजे, भेटेनन, दिनै खल्लो भयो। जोर हप्ता भयो दर्शन नपाको, गाह्रो सारो पर्यो कि? मन भारी भयो, अनी थाम्नै नसकी यो चिट्ठी बच्चु केसबलाई लेख्न लाएँ। उसैले पढेर सुनाउला तिमीलाई पनि। धन्दा नमान बच्चु मेरो मिल्ने साथी हो। तिम्रा घरमा पनि बिहे हुने गाँइगुइ सुन्दैछु। पल्लो घरकी चिनीचम्पाले उस्का साथीहरु सँग कुरा गरेको सुनेथेँ। यदी त्यसो हो भने, हामीले ढिला नगरौँ, भागौं। 
असार लाग्यो, खहरे खोला उर्लिनु भन्दा पहिले नै हामी निस्कनु पर्छ। पोहोर साल कतीको घर खेत सखापै पार्यो, फेरी त्यही खोला नतरी डाँढा काटिदैन, बाटैमा पर्छ। तीन दिन, दुई रात हिंड्यो भने मुग्लन  पुगिन्छ रे । अब हामीले  बलेवा छोड्नै पर्छ जुनकिरी । मैले सबै जोरजाम मिलाई सकेको छु, तिमीले धन्दा मान्नु पर्दैन। बनारसमा एउटा साथी छ, दया गर्तौला, जाने बेलामा ‘लु केही पर्यो भने म छु, मजाले आए हुन्छ’ भन्दै गाकोथ्यो। साह्रै राम्रो मान्छे छ, अप्सज लाउने ठाउँ छैन। भर्खरै मेट्रिक पास गरेर पुर्होत्याइ गरेर बस्छ रे। केही दिन उसैकामा बसौला, पढेको मान्छे केही बाटो उस्ले पनि बताउला, सके मुग्लनतिर रोजगार लगाइदेला ।
मुग्लन साह्रै फराकिलो छ रे, तेत्रा मान्छे अटाकाछन, हामी कसो नअट्लाउ त…फेरी मनग्गे, बार्है मास खेती हुन्छ रे। हलोकोदालो मैले जानेकै छ, बिउ चिनेकै छु, दाउरा काट्न, टाटी लाउन, परालको माच लाउन त म खप्पीसै छु। ज्याला मज्दुरी गरौँला, फेरी अधिँयामा पनि पाईन्छ रे जग्गा कमाउन। मेरो काकाको छोरो नि यस्तै काम गरेर ५ जनाको जहान छोराछोरी पालीरा’छ रे। बुहारीले नि काम गर्छिन रे एउटा खार्पाको पोख्रेलकाँ – त्यही लिप पोत, भात भान्सा, घाँस-दाउरा, उही आईमाईको काम। काम गरे बापत महिनाको ५ नगद पाउछिन रे अनी बेला मौकामा पोख्रेल्नीको साडी, लत्ता कपडा पनि। तिम्रो बारेमा पनि मैले यस्तै सोचेको छु । हामी दुईको ज्यान पालिन्छ तिमीले सुर्ता लिनु पर्दैन। त्यस्तै परे म नि बाहुनको छोरो हुँ, अली अली कार्जे गर्न जानेकै छु। मधेसमा पनि त श्राद्ध, पूजा, बिहे, ब्रतबन्ध, रुद्री, पास्नी, न्वारान हुँदो हो। बा सँग यि सबमा जाँदा जाँदा मैले पनि रिती पुर्याएर गर्न सिकी सकेको छु। मैले त अली पछी गाई पाल्ने पनि सोचीसकें। गाइको दुध बेचेर खर्च टार्न पनि हुने आफुलाई दही घिउ पनि हुने।
हामी चार भाई र दुइटी दिदी छौं । दिदीहरु बिहा गरेर गए पनि, दाई-भाउजु, र दुई भाई छदैछन घरमा आमा-बा, घर खेत हेर्न। हुन त कती नै पो छ र हेर्नलाई नि। तिम्रा पनि २ भाई र एक बहिनी छे। सबै हुर्केकै छन, जान्ने बुझ्ने उमेरका भइसकेका छन। घरको राम्रो ख्याल राख्लान। पछी हामीले पनि सक्दो गर्नु पर्छ, हाम्रो कर्तब्य पनि हो। हुन त मलाई यसरी भगाएर लान मन छैन तर अर्को बाटो पनि देख्दिन। झ्याँइ-झ्याँइ पञ्चे बाजा ठोकेर भित्राउने रहर अधुरै हुने भयो। बा आमालाई कती सम्झाउन कोशीस गरें तर आफु भन्दा तल्लो जात, छेत्रीकी छोरीसँग हुँदै हुँदैन भनेर अड्डी लेर बस्नु भा’छ। हुन त वहाँहरुलाई पनि यो समाज, छर छिमेकको डर छ नै। के गर्नु यस्तै छ चलन। आफुलाई जन्माउने हुर्काउने आमा बा सदा आदर्णीय हुन्छन। उहाँहरुले आफ्नो छोरा छोरी माथि हक जनाउनु भनेको, अधिकार पनि हो। सारा दुनियाँले धिकार्ला, छि: छि: धुर धुर गर्लान तर आफ्नो सन्तानको सधैं भलो चिताउने आमा नै हुन्छिन। संस्क्रितमा एउटा स्लोकनै छ नि- “मातृवत परदारेषु परद्रव्येषु लोष्टवत्। आत्मवत् सर्वभूतेषु यः पश्यति स पंडितः” तसर्थ हामीले एउटा राम्रो, सक्षम, सबल परिवारको स्रीजना गरेर वहाँहरुको मन पगाल्न सक्नु पर्छ र वहाँहरुको सेवा गर्न सक्नु पर्छ जुनकिरी । मलाई विश्वाश छ तिमीले साथ अवस्य दिने छौ।
हो जुनकिरी मैले धेरै सोचेरै यो कदम उठाउदै छु, यो अचानकको निर्णय होइन। आज ५ गते भो, असार पन्द्रको रात सबै थाकेर अबेर सम्म ओछ्यानमै हुन्छन, हामीले १६ को मिर्मिरेमै डाडा काट्नु पर्छ।मुग्लन पुगेर घरमा सबै खुलस्त पारेर चिट्ठी लेखुँला। मैले अली अली दुध बेचेको पैसा जम्मा पारेको छु, हामीलाई बनारससम्म जाने र केही दिन टुङगो नलागुन्जेल चलखेल गर्न पुग्छ। बरु तिमी पनि बिस्तार बिस्तार आफ्नो लाउने लत्ता कपडा पोको पार्न थाल। बाटोमा खानलाई २-३ माना चिउरा र गुन्द्रुक्को अचार पनि हाल्ने छु, अनी मिल्छ भने तिम्रो बारीको २-४ वटा काँक्रो हाल्नु, सार्है रसिला छन ति काक्रा । तिमीलाइ दिन भनेर गोजिमा काकाको छोरोले नेपाल खाल्टोबाट ल्याइदिएको पुस्टकारी गोजीको गोजिनै छ। त्यो पनि बाडेर खाँउला बाटोमा । म तिमीलाई त्यही चौतारीमा कुरेर बस्ने छु। भाले बास्नु भन्दा अगाडिनै निस्कनु तिमीले। केही पर सम्म बच्चु पनि आउछु भन्दैछ। पर्दैन भनेको अड्डी लेर बसेको छ। म तिम्रो प्रतिक्षामा हुनेछु।
तिमीलाई माया गर्ने,

Wednesday, 19 June 2013

Poem


म को हुँ?

कसले दिन्छ उत्तर मलाई
बनायौ फगत किन
लाज लागेन
सराप लागेन
नाफा घाटाको हिसाव गर्यौ
गणित गर्यौ 
व्यवस्थामा नभएको 
िरती-थितीको चलन बनायौ
अहँ तिमीले न्याय गरेनौ 
छुत अछूत बनायौ 
जात बनायौ ।

तिमी को थियौ
कहाँबाट आएका थियौ
कहाँ गयौ
तिमीले नठिक गर्यौ ।

तिम्रो विचारमा लोक तड्पीयो
रोगको दलदलमा
सम्राहन्त र विक्रान्तमा
आकुल र व्याकुलतामा
आशा र निराशामा ।

तिम्रो विचार समाजमा पचेन
जसको विरूद्ध 
बुद्ध जन्मिए
नानक, जैन, आेशो जन्मिए
अनेकानेक जन्मिए
मरे 
युगौं युग चल्दै गयौ
चारै युगमा नभएको
के बनायौ
ब्राह्मण, क्षेत्री,वैस्य,शुद्र किन बनायौ?

तिमी को हौ
मलाई ितम्रो पहिचान जान्नु छ
जवाफ सुन्नु छ
समानता बनाउनु छ
मानवता हुर्काउनु छ
नारी पुरूष
दुई बनाउनु छ ।

ितमी फेरी अाउ
हिसाव किताब गर्नु छ
नाफा घाटाको गणित मिलाउनु छ
पैचो फर्काउनु छ
निती सच्याउनु छ
न्यायालय बनाउनु छ
ितमीलाई लोकको सजायँ भोगाउनु छ ।

हामी को हौँ
हाम्रो परिभाषा बदलियको छ
पहिचान जन्मिसकेको छ
जन्माउनु ितमीलाई छ
तिम्रो लागि बुद्धात्मा जन्मने छन्
न्यायको कठघरामा 
धर्मको न्यायालयमा 
उभ्याउने छम् ।

आउ तिमी आउ
हिसाव किताब गर्नु छ
गणित मिलाउनु छ
बराबर बनाउनु छ
पैचो फर्काउनु छ
छिटो आउ
तिम्रो जन्मको लागि 
यो न्यायधिश पत्र लेख्दै छ
हुलाक जाँदै छ।

समाज रूपान्तरणको लागि
___________________
पृथक

Sunday, 9 June 2013

कविता


हावाको वेग के होला त्यस्तो आएथ्यो उडेर 
जान्छु नि छैन जान्न नि छैन गैगयो छोडेर 

कति हो कति गरेको जस्तो मायाँ नै पवित्र
सकिन बुझ्न रचेको रैछ नाटक बिचित्र

न चिनाजानी न देखादेख झुल्केको त्यो दिनै
भन ए पापी पठाथ्यो कसले बदला यो लिनै

सम्झिंदा मुटु भक्कानो फुट्छ उसैको यादमा 
नरोई दिन कटेको छैन रोएछु रातमा 

नराम्रो मैले गरेको भए परोस रून मै 
होइन भने हे दैब उहाँ रुवाऊ मेरो झैं 

नेताज्यू देखियो नयाँ नेपाल पनि !

‘राजनीतिको कुरा नगर यहा, यो गाडी हो देश होइन,
झुटो बोल्ने बानी छैन, म खलांसी हुं प्रचण्ड होइन ।’
‘भनुं भने नेताहरु रिसाउने भए
नभनु भने देश बिगार्ने भए ।’
ना ४ ख ३३८२- ‘नेताज्यू, देखियो नया नेपाल पनि ।’
‘सतिले सरापेको यो देशमा
नेता चिप्लेका छन् लिगलिगे रेसमा ।’
‘दल बढेर देश दलदलमा फस्न बेर छैन ।’
बा २ ख ५६२६ -’कस्तो लाग्यो नया नेपाल ?’
ना ४ ख २४७०-’सुधारियो नेपाल भनी आको हतारैहतारमा
पाइन्छ दुःख नजाउ है अब त्यो साउदी र कतारमा
देखियो नया नेपालको ताल पनि ।’
ना २ ख ५१५४-’मान्छे कहाँबाट कहाँ पुगिसक्यो
पिइसक्यो ब्रम्हान्ड नै तनतनी
हामी नेपाली मख्ख छौं
समाई टुप्पी, जनै अनि कन्दनी ।’
ना २ ख ८२९६-’हामी त बबाल पार्टी ।’
‘नेताले कहिल्यै पनि चुनाव हार्छु भन्दैन
डाइभरले कहिल्यै पनि मान्छे मार्छु भन्दैन ।’
ना ४ ख १६१० -’हिमाल छ, पहाड छ, बिभिन्न ताल छ
बुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल छ ।’
ना ४ ख १९२१-’बुद्धको देशमा बुद्धिको अकाल ।’
ना २ ख ९८६३ -’सधैंभरि चक्काजाम बन्द अनि हडताल
ढुंगा हान्ने, कुर्सी तान्ने यही हो नया नेपाल ?’
‘एउटा सडक बन्द हुदा सयौं मुख बन्द हुन्छन् ।’
-

Friday, 24 May 2013

संसारी माया विचित्र

संसारी माया विचित्र , मरेर के पो लान्छ र
नगर व्यर्थै लोभी मन , छोडेर जान्छ व्यर्थैको धन
आखेरी एक पेट खानु छ , हाँसी खुशी जीउँनु छ
अधर्म कहिल्यै नसोच्नु , सके पुण्य कमाउँनु ॥

हरियाली रानी बन , सन्तोष राख्नु आफ़्नै मन
नराम्रो कहिल्यै नसोचौं , दु:खको बिउँलाई नछरौं
नराम्रो हुन्छ पापीको मन , नरमाउँनु व्यर्थै मन
लोभीको हुन्छ धेरै धन , हुँदैन सत्य उसको मन ॥

मृत्युको चक्र छ लोकमा , जन्म मृत्यु यो लोकमा
अरुलाई आँखा नतर्नु , कु-बिचारले नहेर्नु
मायाले हेर्नु सबैलाई , शत्रु मित्र दुवैलाई
दुष्ट बिचार हटाउनु , ज्ञानी बनी मन जित्नु ॥

हिँडौं शान्तिको बाटोमा , छोडी असत्य मार्गमा
उच्च राखौं आफ़्नो मन , सत्य गरौं आफ़्नो काम
नजलाउँनु हरियो बन , नरुवाउँनु अरुको मन
सके सबको भलो सोचौं , कुभलो कहिल्यै नसोचौं ॥

बत्ती बालौं मन्दिरमा , पुण्य कमाउँने खातिरमा
शुद्ध मनले ध्यान गरौं , सत्यको बाटोमा मन डोरयौं
बाटोमा काँढा हटावो , सुन्दर फ़ूल फ़ुलावो
मान्छेमा भेद भाव नगरौं , कु बिचारलाई सुधारौं ॥

वैगुणीलाई गुण गर्नु , रिस राग फ़ाल्दिनु 
नदिनु दु:ख कसैलाई , धनि गरिब दुवैलाई
बिचार ठूलो लिएर , सबलाई माया गरेर
अमुल्य बन्छ जीवन यो , राम्रो काम गरेर ॥

हिरा मोती भन्दा महंगो यो , अमुल्य छ है जीवन यो
संसार छ है बिचित्र , राम्रो सोचौं मन भित्र
मनमा धर्म भरेर , हिडौं धर्म गरेर
गरौं मनलाई फ़ूल जस्तो , पूर्णीमाको जून जस्तो ॥

शरिर पापले भरेता , जादैन सागर तरेर
सङ्लो राख्नु जल जस्तो , नपार्नु धमिलो हिलो जस्तो
सोच्नु हुन्न अधर्म , मनमा राख्नु सत्कर्म 
धर्मले गर्छ सबको हित , ईश्वर सित लाउँनु मित ॥

पञ्च त्वत्वले बनेको , खै कस्तो मान्छेको शरिर यो
कुन दिन मर्छ थहा छैन , मरेर जन्मिने हो की हैन
यस्तो मान्छेको चोलामा , मनलाई राखौं धर्ममा
शरिर त एक दिन मर्नु छ , ढुँगा माटोमा मिल्नु छ ॥

आत्मा त उडेर गई जान्छ , पाप लोक भएरै रहन्छ
उडेर जाने यो आत्मा , पुगिन्छ कुनी कुन ठाउँमा
शरिर त आगोले खाईजान्छ , खरानी पो भईजान्छ
धर्म गरे स्वर्गमा , पाप गरे नर्कमा ॥

Saturday, 18 May 2013

आमा

भूपिन व्याकुल

आमा

अब मेरो हड्डिभित्र 
कुनै बल बाँकि छैन । 

मेरो जीवनका आविष्कारहरु
जिन्दगीको कुनै सडक छेउमा उभिएर
म तिमीलाई नै पर्खिरहेछु अहिले
आऊ 
आसाको अन्तिम उज्यालो छ मसँग
ननिभ्दै लिएर जाऊ ।

थुप्रै पृथ्वीलाइ 
हुर्काएँ पाठेघरको न्यानो ओछयानमा
र थुप्रै चन्द्रमालाई
आकाशको घुम्तिमा मोडिन सिकाएँ 
कसैलाइ छायाँ र कसैलाइ आकृति दिएँ
हावा दिएँ, पानी दिएँ
यो दुनियाँलाई सुन्दर बनाउँन
बैंस दिएँ, जवानी दिएँ ।

मेरा प्यारा सन्तानहरु
मसँग अब पुग्नका लागि
दिवंगत लोग्नेको ठेगाना पनि छैन
र बस्नका लागि
समयको ओतलाग्ने घर पनि छैन
म,उड्दा उड्दै चुडिएको चङ्गाजस्तो 
म, बग्दा बग्दै रोकिएको गङ्गाजस्तो 
मसँग बाँच्नका लागि
आँखामा सजाएको कुनै सहर पनि छैन ।

हजार चन्द्रमाहरु बगेर 
उमेरका खोलाहरु सकिए
आँखाको सपना र नसाको ताकत सकियो
अब मसँग सिर्फ एक चिज बाँकि छ
आऊ
मायाका यी अन्तिम चुम्बनहरु
लिएर जाऊ । 

अब मेरो हड्डिभित्र 
कुनै बल बाँकि छैन ।

Wednesday, 1 May 2013

Hello

पाँच रूपे नभयर टिम मा नपरेको सम्झना ताजै छ । प्राय जसो शनीवार रमेश ले होस वा सिनीयर दाई हरू ले प्रायोजन गर्ने फुडबल गेम सम्झदा लाग्छ ति दिन हरू एकादेशका कथा थिय साथकोहरू खेल भावना र एकता साचिकै उदारणीय थीय
ति दिन हरू । बिरलै फुर्सदीलो हुने यो चऊर मा सिनीयर दाईहरू वा भाईहरू को जमघट ले चउर को माहोलै बेग्लै हुन्थो । केही वर्ष पछी यो ठाँऊमा पुग्दा बिगतका दिन हरूको नमज्जाले याद आयो । यो ठाँऊले तिनै दीन र
सहयात्री लाई पर्खेर बसेको छ ।

Sunday, 7 April 2013

हरिवंश आचार्य : हाँसोभन्दा पर.........


बाथरुमको एउटा कुनामा साबुन देखे, सेतो रङको। निष्प्राण केही रौं साबुनमा टाँसिएका थिए। त्यो रौं मीराको थियो! अब उनी कति रुनु? टाउकोबाट निधार र निधारबाट आँखाको डिलमुनि आइपुगेको पानी आँसु भएर बग्न थाल्यो। सावरबाट पानी झरिरहेकै थियो र हरिवंश आचार्यको आँखाबाट आँसु। यो घटना उनलाई बुढानीलकण्ठबाट भक्तपुर सार्ने एउटा कारण बन्यो। तर पत्नीको सम्झनाचाहिँ मनबाट सरेन, टाँसिएरै बस्यो।
नेपालीलाई लगातार साढे तीन दसकयता हँसाइरहेका छन् यिनले। यिनको चरित्रको पानीफोटो पनि अनगिन्ती दर्शकको मनमा नमेटिने गरी टाँसिएको छ। सोह्रखुट्टेस्थित 'मह संचार' को कार्यालयका ठूला-ठूला भित्ताभरि हाँसिरहेका छन्, उनलाई मिलेका सम्मान तथा प्रशंसाका रंगीबिरंगी सिल्हौटहरू। बजारमा आउनै लागेको आफ्नो पुस्तक 'चिना हराएको मान्छे' को अन्तिम रङरोगनमा उनी लागिरहेका थिए, भेटिँदा। छेउमा रमिला थिइन्। हँसिली। आफ्नै अनुहारझैं गुलाबी रङको कुर्ता लगाएकी। कुराकानीको क्रममा हरिवंशले बारम्बार पर कतै हेरेको जस्तो देखिन्थ्यो। लाग्थ्यो प्रत्येक प्रश्नका जवाफ दिनुअघि उनले आकाशतर्फ हेरेर कसैको सल्लाह मागिरहेका थिए। सायद मीरासँग!
मीरा देउता भइन्, रमिला मान्छे हुन्
मीराले भन्ने गर्थिन्, 'पति मेरो मात्रै, मान्छे सबैको बन्नुस् है!' पर्दामा बहुरूपी र जीवनमा एकरूपी हरिवंश, पत्नी मीराको देहान्तमा शोकले यति व्याकुल भए कि उनी झन्डै शून्यरूपी भएका! उनले दोस्रो बिहे गरे, अरूले घच्घच्याएर। छोराहरू त्रिलोक र मोहितको भविष्य सोचे, आफूलाई खै गर्ने मानिस चाहिएला भन्ने ठाने। त्यसपछि उनको जीवनमा रमिला आइन्। र, अहिले सबैथोक सोचेझैं भइरहेको छ। पहिलो प्रेम मीरासँग, दोस्रो रमिलासँग गरे। नभएकी मीराको खुब याद आउँछ उनलाई र भएकी रमिलालाई साह्रै माया गर्छन्। अल्लारे हुँदा मीरालाई खुब प्रेम गरे, विवाह भयो। विवाहपछि पनि उस्तै प्रेम गरे। प्रौढ हुँदाचाहिँ मीराले छाडेर गइन्। तर फेरि यो प्रौढतामा उनले प्रेम गर्ने रमिला पाए। त्यसैले मान्छेहरूले भन्दा हुन् उमेरले प्रेमलाई छेक्दैन! बोल्दै गर्दा छेउमा बसेकी रमिलालाई हेरे, हातमा स्पर्श गरे। लाज मान्दै रमिलाले भुइँमा हेरिन्। भित्तामा निर्बाध हाँसिरहेकी मीरालाई पनि हेरे। अनि भने, 'मान्छेको हृदयमा मायाको खानी हुन्छ रे क्या! जति झिके पनि सकिँदैन।' एउटालाई धेरै माया गर्न अर्कोलाई गर्ने मायामा कटौती गर्नै पर्दैन भन्छन् उनी।
भित्ताभरि जूनजस्तै हाँसिरहेकी मीराका फोटा छन्। देखेर उनी कमजोर होइन बलियो हुन्छन्। भित्ताको फोटो नदेख्ने ठाउँमा हुँदा हृदयमा देखिरहन्छन्। हृदयको मूर्तिलाई हजार रेक्टर स्केलको भुइँचालोले पनि ढाल्न सक्दैन। घर सरेर दुःख कम होला, सम्झनाले अलि थोरै डस्ला भनेर बुढानिलकण्ठबाट भक्तपुर सरे। तर अहिले बुझे- 'घर सरेर गल्ती गरें।' त्यहाँको समाजलाई खुब मिस गर्छन्।
मीराले छाडेर गएपछि रस निचोरिएको कागतीजस्ता भएका हरिवंश रमिलाको आगमनपछि फेरि तंग्रिन थाले। पत्नीको प्रेममा भएको जादु गजबको लाग्छ त्यसैले उनलाई।
'मीरालाई गुमाउँदा म यति दुःखी भएँ....' बोल्दै गर्दा उनका आँखा बर्सन ठिक्क परेको बादल जस्तै बनेका थिए। अगाडि बोल्नै सकेनन्। पत्नीको वियोगमा उनको दुःखको आयतन कति थियो उनले भन्न सकेनन्, शब्दमार्फत्। एकै छिनपछि आफै सम्हालिए, रमिलाले छेउमै राखिदिएको मिल्क कफी सुरुप्प पारे अनि भने, 'सुनिएका भन्दा सुन्न नसकिएका आवाज गहिरा हुन्छन् हगि।' अनि मुटुका दुई पाटामा बसेका मीरा र रमिलालाई यसरी व्याख्या गर्छन्, एउटा दार्शनिकले जस्तै, 'मीरा देउता भइन् रमिला मान्छे हुन्।'
यो हरिवंशको घर हो!
हरिवंशलाई लाग्छ धेरै मानिसले आफ्नो जिन्दगीमा एकपटक मात्र संघर्ष गर्नुपर्छ। बाँकी भनेका तपसिलका कुरा हुन्। यिनको जिन्दगीमा पनि तपसिलहरू धेरै आए। ठूलो साधना गरे। धेरै दुःख झेल्दै यो अवस्थामा उक्लिए। आफैंलाई कुकुरसँग तुलना गर्छन्, 'म जन्मेको महिना कात्तिक, मैले अभिनय सुरु गरेको कुकुर भुकेर, मैले एउटा कुकुरले पाउने सुख र दुःख दुवै पाएँ।'
हाँसो भन्ने शब्द आम मानिसलाई हरिवंशकै लागि बनेजस्तो त लाग्छ। तर जिन्दगीले उनलाई धेरै ठाउँमा व्यंग्य गरेको छ। 'हरिवंश त सधैंभरि हाँसिरहन्छन् होला है?' आम मानिस ठान्छन्। उनीहरूलाई थाहा छैन, हरिवंशको वास्तविक जीवनमा हाँसोले कति धेरै व्यंग्य गर्छ भनेर! हाँस्नेहरू त उनको घर देखेर पनि खितिति हाँस्छन् र भन्छन्, 'यो हरिवंशको घर हो।' अरू त के, मानिसलाई हरिवंशको घरले पनि हसाउँछ। उनलाई केही छैन; किनभने यो पनि माया गर्ने एउटा तरिका हो।
रेलको लिकमा सुत्न सकिनँ
दुनियालाई हँसाउने यी मानिस आफू भने जिन्दगीमा धेरै रोएका छन्। सानै हुँदा बाआमा बिते। टुहुरा हरिवंशलाई धेरैले हेप्न खोजे। जिन्दगीले सबैथोक सिकाउँदै लग्यो। मीराको देहावसान पछि 'अब म किन बाँच्ने?' भन्ने भावना पनि आयो। रेलको लिकमा चुपचाप गएर सुतौं जस्तो पनि लागेको थियो रे! तर तत्कालै मनमा बिजुली चम्कियो, अन्तरवार्ता दिँदा बाबाको दाहिने छेउमा बसेका छोरा मोहितलाई हेरे। भर्खर नुहाएर कपाल सर्लक्क पारेका मोहितको कपाल बिगारिदिए र भने 'आमाको झल्को मेट्ने छोराहरू छँदै छन्। अनि मलाई माया गर्ने दर्शकहरू पनि।' यही भावना बन्यो सालको बलियो टेको जसले उनलाई धानिरहेको छ निरन्तर। आफूले राम्रो कामबारे मात्रै सोच्न ठूलो जिम्मेवारी छ उनलाई। हरिवंशले जे गर्योे उसै गर्नेहरूलाई पाठ पनि त सिकाउने जिम्मा उनैको हो।
आत्मकथामा जीवन
अरूको जीवनकथा पढ्न धेरै रुचाउने यिनलाई कहिलेकाहीँ लाग्थ्यो रे, कुनै दिन आउला अनि आफ्नो पनि जीवनकथा लेख्न पाउँला भन्ने। आयो त। जिन्दगीमा धेरैथोक दिएकी पत्नीले मृत्युपछि पनि किताब लेख्ने ऊर्जा दिइन्। पत्नीवियोगलाई लेख्ने उर्जामा ढाले हरिवंशले। फाइनप्रिन्टले प्रकाशन गर्न लागेको यो किताब बजारमा आउनुअघि उनलाई खुसीमिश्रित डर लागिरहेको छ। आख्यानकार अमर न्यौपानेले भाषा मिठ्याउन सघाउँदैछन्। पुस्तकमा उनका बिठ्याइँ, दुःख-सुख छन्।
हरिवंश अचम्मका मान्छे छन्। उनलाई आफ्नै हाउभाउ देखेर हाँसो उठ्छ। आफूले निभाएको पात्रलाई टेलिभिजनमा देखेर पनि हाँस्छन् अनि भन्छन्, 'ऊ त्यो मान्छेले कति हँसाएको है!'
जनआन्दोलनमा सहभागिता:
देश बिग्रिएकोमा हरिवंशलाई रुन मन लाग्छ। पुरानो टेलिसिरियलको संवादको झल्को दिँदै भन्छन्, 'अरे क्यानाम भान्छाकै छेउमा भको पाइखाना त दुरुस्त राख्न सकिन्छ। ठाउँमै आची गर्ने जहीँतहीँ नगर्ने, दिनहुँ सफा गरे त भैगो। अनि क्यानाम देश पनि आच्छा बनाउन सकिन्छ!' गफ गर्दा विम्ब धेरै प्रयोग गर्छन्, जस्तो आफ्ना प्रहसनहरूमा गर्छन्। देशमा चलेका प्रत्येक परिवर्तनकामी आन्दोलनहरूमा भाग लिए, आफ्ना विम्बात्मक प्रहसन लिएर गाउँ-गाउँ डुले। मान्छेहरूलाई व्यवस्थाका विरोधमा उत्रिन शंखनाद गरे। जनआन्दोलन २०६२/६३ घाइते भएकाहरूलाई मलम लगाइदिए। यो कामले आम मानिसको हृदयको कन्दराबाट अपार सम्मान र श्रद्धा दिलायो। त्यही त हो एउटा कलाकारलाई आम जनताले दिने अमूल्य बक्सिस!
...
आफ्नो जन्म सही समयमा भएको उनी मान्छन्। यिनले ढिँडो खाए, भोक लाग्दा सपासप गुन्द्रुक-भात खाए, खट्टे पनि खाए। विद्यालय जाँदा मकै-भटमास पोको पारेर लगे। 'त्यो समय साह्रै सही थियो' भन्छन्। उति बेला बोलिने मौलिक भाषाहरूको प्रयोग गर्न पाए। यिनकै पालामा त हो मानिसहरूले टिकट काटेर थियटर जान थालेका। दिल खोलेर यिनको बहुरूपी प्रतिभा हेर्न पुगे, आफ्ना पीडाहरू एकै छिन भए पनि त बिर्सन पाए। यिनकै पालामा हो प्रविधिको विस्तार हुन थालेको। रेडियोमा नाटक बजाइन थाल्यो, एउटा बाकसजस्तो भाँडोमा मानिसहरू बोल्ने, नाच्ने, हाँस्ने गर्न थाले जसलाई टेलिभिजन भनियो। यस्ता प्रविधि यिनकै पालामा सुरु भयो। हलुका चाउरिन थालेका औंला भाँच्न थाले हरिवंशले अनि भने, 'हामीले खासगरी तीन ओटा कुरामा फड्को मार्दै त्यसको उपभोग गर्न सक्यौं। एउटा रंगमञ्चको विकास, अर्को टेलिभिजनको सुरुआत र प्रसार, तेस्रो इन्टरनेट पनि।' हो यी व्याख्या सुन्दा लाग्छ हरिवंश सही समयमा पृथ्वीमा आए।
कलाकारिताका पण्डित
प्रतिभा जन्मजात हुन्छ। प्रतिभा तिखारियो र संघर्ष गर्दै उनी यो अवस्थासम्म आइपुगे। जे गरे आफ्नै बुताले गरे। यसैले उनले संघर्षको परिभाषा राम्ररी दिन जानेका छन्। बाआमाले त उनलाई पण्डित बनाउन चाहन्थे। पण्डित बन्न पाठशाला पठाउँथे, दौरा सुरुवाल लगाइदिएर। तर हरिवंश भने बीचबाटोमा गएर दौरासुरुवाल झोलामा राख्थे र सर्ट पाइन्ट लगाएर अन्तै हिँड्थे। भृकुटीमण्डपमा पौडी खेल्न, समूह बनाएर मान्छे पिट्न, दर्जन फिट माथिबाट साँढेको ढाडमा हाम फाल्न, ठगेर पुस्टकारी खान वा पैसा नतिरी सिनेमा हेर्न; ती कुरा अहिले सम्झेर हाँस्छन्। यिनलाई संस्कृतका मोटा किताब पढ्नुपर्थ्यो। हरिवंशका हात लागेपछि किताब आफसेआफ दुब्लाएर रिठ्ठोझैं हुन्थे। एकपटक आमाले थाहा पाएर गालामा दनक दिनुभयो। तर किताब दुब्लाउन छाडेनन्। बाआमाले भनेझैं यिनी पण्डित त बनेनन् तर आफ्नै परिभाषाअनुसारको पण्डित बने, कलाकारिताको पण्डित। आफ्नो पण्डित्याइँले दुनियाँलाई चकित गराइरहेका छन्। त्यो देखाउन पाएको भए हरिवंश र तिनको बाआमाको चित्त हाँस्ने थियो।
मदनकृष्ण भेटिए
कलाकारिताको घोडेटोमा एक्लै हिँडिरहँदा कुनै दिन मदनकृष्ण भेट भए। मदनकृष्णलाई देखेको दिन हरिवंशलाई आफ्नै दाइझैं लाग्यो; आफन्त हुन्झैं लाग्यो। 'मदन दाइको आँखामा हेरें अनि हामी वर्षौंदेखि परिचित छौं जस्तो लाग्यो।' मदनकृष्णसँग हत्केला जोडेर खिचेका तस्बिर हेरेर बोल्दैछन् उनी, 'कस्तो अचम्म है, पहिलोपटक देख्दा पनि मदन दाइबारे त्यस्तो आत्मीय अनुभव भएको!' मदनकृष्णसँग भेट भएपछि एउटाले तानिरहेको गाडा तान्न अर्का थपिए। मदनकृष्णसँग गुण थियो र पो हरिवंश तानिए। र हरिवंशसँग भएको गुण पनि मदनकृष्णले देखे। अनि यी दुई एक हर्सको पावरबाट दुई हर्स पावरका हुनगए। यिनीहरूको सहकार्यले समाजलाई ठूलो सन्देश दिएको छ, तर मानिसहरूले खै किन हो नबुझेका! बाहुन र नेवार कलाकार मिलेर पृथ्वीको फन्को लाइरहेका छन्। एकअर्काको सांस्कृतिक भेलामा सँगै जान्छन्, खानपीन गर्छन्। अनि मान्छेहरू खासखुस गर्छन्, 'कति मिलेका है यी दुर्ई।' 'जगदम्बाश्री पुरस्कार' बाट विभूषित पनि भए दुवै। 'यसबाहेक म अर्को ठूलो पुरस्कारले विभूषित छु,' हरिवंश भन्छन्, 'त्यो हो मदनकृष्ण श्रेष्ठ पुरस्कार।' मदनकृष्णसँगको सहकार्य उनलाई सबैभन्दा ठूलो पुरस्कार लाग्छ। मदनकृष्ण भेट नभएको भए उनी सामान्य मान्छे हुन्थे रे!
यी दुई एकअर्कालाई पन्छाएर कहिल्यै अघि बढ्दैनन्। दुइटैको लक्ष्य एउटै हुन्छ। गोल हान्ने। कतिपय ठाउँमा मदनकृष्णले पास दिएर हरिवंशले गोल ठोके भने कतिपयमा हरिवंशले पास दिएर मदनकृष्णले गोल ठोके! गाईजात्रा, नाटक, प्रहसन, सिनेमाहरूमा दुईजना कहिले नेगेटिभ कहिले पोजेटिभ भएर चरित्र निभाए। 'बत्ती बाल्न नेगेटिभ र पोजेटिभ दुवै मिल्नुपर्छ। हाम्रो उद्देश्य बत्ती बाल्नु थियो नि!' उनी भन्छन्।
कामहरू सन्तुलित रूपमा बाँडफाँट गरे। जहिल्यै सफल भए। टिमलाई सधैं सफल बनाए। यिनले बुझेका छन् रंगमञ्चमा कुनै पनि कलाकार कमजोर हुनुहुँदैन। भए रंगमञ्चै गर्ल्यामगुर्लुम ढल्छ। त्यसैले यिनीहरू उक्लिएको रंगमञ्च जहिल्यै बलियो भयो।
नारायणगोपालसँग दोस्ती
नारायणगोपालसँग पनि हरिवंशको गजबको दोस्ती थियो। बालखा हुँदैदेखि नारायणगोपाललाई सुन्थे। र, त्यति बेला कल्पना गरेका थिएनन्, कुनै दिन तिनै गायकसँग मिलेर एउटै स्टेजमा कार्यक्रम गर्न पाइएला भनेर; त्यो पनि पाए। दर्शकहरूको रोजाई नै 'मह' को प्रस्तुति र नारायणगोपालको गीत हुन्थ्यो। यी दुवै एकअर्काका फ्यान हुन्। एक जना साह्रै गम्भीर देखिने अर्कोचाहिँ फन्नी!
नारायणगोपालले गाउने सबै गीत आफ्नै लागि गाएका हुन् जस्तो लाग्छ रे हरिवंशलाई। 'ए हरि तिम्रो पनि स्वर राम्रो छ। रियाज गर।' नारायणगोपालले भन्दा हरिले पत्याएनन्, कालान्तरमा थाहा पाए, 'हो रहेछ।' किनकि, हरिवंशले गाएका गीतहरू पनि मान्छेले उत्तिकै रुचाए। हरिवंश पनि गायक भएर चर्चा बटुलेको नारायणगोपालले सुन्न पाएनन्। पाएको भए भन्थे होलान्, 'देख्यौ मैले भनेको होइन तिमी गाउन पनि सक्छौ भनेर!' नारायणगोपालको मृत्यु 'मह' को आँखैअगाडि भयो। धेरै दिनदेखि नारायाणगोपाल अस्पतालमा थिए, 'मह' 'लोभीपापी' को सुटिङमा। 'मह' भेट्न गए। नारायणगोपालका आँखा 'मह' लाई अन्तिमपटक हेर्न कुरिरहेका रहेछन्, किनकि अन्तिमपटक 'मह' लाई हेरेपछि मात्र उनले केही सेकेन्डमै आँखा चिम्लिए, सधैंको लागि।
राजनीति मेरो काम होइन
उनी सानो हुँदा देशमा जस्तो अस्थिरता थियो त्यस्तै छ अहिले। 'मह' को मित्रतबाट नेपालका राजनीतिक दलले पाठ सिक्न सकेनन्। नेताहरूले सारेगमको नोटेसनमा व्यवस्था चलाउन जानेनन्, हरिवंश गुनासो गर्छन्। देश राम्रो बनाउन आफ्नो पक्षबाट दिनरात लागिरहेका छन् उनी। तर नेताले केही गरेनन्। 'सबैले आफ्नो ठाउँबाट सकिने काम गरे पो देश बन्छ,' उनी भन्छन्, 'भारत र चीनको बीचमा नेपाल रहेकोले पनि विकास हुन अप्ठ्यारो पर्यो ।'
'भारतको विकासको ईर्ष्या गर्नेहरू पनि यहीँ खेले, चीनको विकासको ईर्ष्या गर्नेहरू पनि यहीँ। एक अर्कालाई बिगार्न नेपाललाई सुरक्षित ठाने। तर ती दुई देश माथि उठे अनि नेपाल जहाँको त्यहीँ,' टिप्पणी गर्छन्, 'देश धनी भए सबै धनी हुन्छन् नि, खै कुरो बुझेका नेताले।' यति सामान्य कुरा पनि नेताले नबुझेकामा हरिवंश च्याँठि्ठन्छन्। कतिपय व्यक्ति यी दुई हास्य नायकलाई देश चलाइदिन गुहार्न आउँछन्। यी दुवैले बुझेका छन्, यिनको काम राजनीति गर्ने होइन। कलाकारिता मात्र हो। र, नेताको काम कलाकारिता होइन।
...
व्यंग्य गरिएको मान्छेले पनि नरिसाएरै हेर्योप भने कलाकारिता सबभन्दा सफल मानिन्छ, उनी भन्छन्। त्यसैले उनका व्यंग्य अधिक शक्तिशाली छन्। घुमाउरा हुन्छन्, सीधा हुँदैनन्। सुम्सुम्याएर ठाउँमै हान्ने खालका! शब्दलाई लुकाएर प्रहार गर्नुमा हरिवंशलाई मज्जा लाग्छ। उनको एउटा प्रहसन छ, 'बोसेइ आन्द्रा भुँडी'। हरिवंशलाई त्यसमा आफूहरूले गरेको प्रहार खुब मनपर्छ। रसियाबाट नेपाल आएको एउटा कम्युनिस्ट नेता (जसले रसियनबाहेक केही पनि बु‰दैन) ले प्रजातन्त्रको पक्षमा चर्को भाषण दिन्छ। नेपालका कम्युनिस्टहरूलाई योभन्दा ठूलो व्यंग्य के र!
फ्यानले ढुंगा हाने
हरिवंशका लागि रंगमञ्च आमाजस्तै हो। टेलिभिजन भनेको श्रीमती र ठूलो पर्दाचाहिँ भाउजु। माया कमबेसी हुँदैन। सबैमा उनले नकारात्मक र सकारात्मक भूमिका बरोबरी निभाएका छन्। 'लक्ष्मी', 'बनपाले' जस्ता टेलिफिल्ममा उनी असाध्यै छुचो बनेका छन्। 'लालपूर्जा' मा उनी सोझो र ठगिएको तल्सीङ बनेका छन्। कुनमा बढी सफल र असफल भन्ने नै लाग्दैन यिनलाई। किनकि यी यस्ता कलाकार हुन् जसले जे काम गरे त्यसमा सफलता मात्र हात पारे। यसमा उनको भाग्यभन्दा प्रतिभा बलियो भएर हो, किनकि उनी भाग्यमा विश्वास गर्दैनन्। प्रतिभा आफैंसँग जत्ति भने पनि छ। हरिवंशले 'लक्ष्मी' नामक टेलिफिल्ममा यस्तो दमदार अभिनय गरे उनलाई कसैकसैले ढंुगाले हान्ने गरी मन पराए। हरिवंश बाटोमा हिँड्दा एउटी महिलाले उनलाई ढुंगाले प्रहार गरिछन्। उनले छले। 'लक्ष्मी' टेलिफिल्ममा हरिवंशले गरेको नकारात्मक भूमिका मन (न)पराएर उनले त्यसो गरेकी। बु‰दै जाँदा, ती महिलाकी छोरी पनि बोल्न नसक्ने रहिछन्! 'कान्तिपुर' मा उनले 'ऊ गरेर ऊ गरे' को जनताले मन पराए। 'वनपाले' मा धोद्रो स्वरमा 'पानको पात' गाएर बदमासी गरे, त्यो पनि मन पराए। र 'बलिदान' सिनेमामा उनी क्रान्तिकारी हिरो भए र आमालाई यसरी फकाए, 'एकफेर तिमी एक्लै रोइदेऊ न आमा। तिमी रोए सारा आमाहरू हाँस्न पाउँछन्।' यो पनि दर्शकले उसैगरी मन पराए।
'पेसा मेरो हास्य हो,' उनी भन्छन्, 'तर कलाकार हुनु मेरो इथिक्स हो।' एउटा कलाकारले जस्तो पनि भूमिका गर्न सक्नुपर्ने सार्वभौम इथिक्स हरिवंशमा पूरापूर लागू हुन्छ। उनी अल्लारे केटो हुन सक्छन्, बुढी आमा बन्न सक्छन्, क्रान्तिकारी बन्न सक्छन्, बोल्न नसक्ने मानिस बन्न सक्छन्, नेता बन्न सक्छन्, फटाहा बन्न सक्छन्, केटाकेटी बन्नसक्छन्! के सक्दैनन् र! त्यसैले अन्य क्षेत्रका कलाकारले जसरी आफ्नो नाम भन्नेबित्तिकै एउटै किसिमको भूमिकाको ब्रान्ड बनाएका छन्, हरिवंशले त्यो बनाएका छैनन्। किनकि कलाकार भएकोले यिनको ब्रान्ड बहुरूपी छ।
...
हरिवंश 'लार्जर देन लाइफ' प्रतिभा हुन्। उनको समग्र जीवन यति विशाल छ कि, ती सबैलाई शब्दको स्केच कोरेर पुस्तकमा उतार्न पनि सम्भव भएन। 'कति सम्भि्कएर लेखें। कति नसम्भि्कएर लेख्न सकिनँ,' उनी भन्छन्। यी मानिस काँचको पर्दामा देखिएजस्ता 'फन्नी' छन्, तर त्यहाँ देखिए जस्तै बदमास भने छैनन्। उनी जीवनजस्तै छन्! नेताहरूलाई धेरैपछि चेतना आउला। आयो भने 'हरिवंश संग्रहालय' बन्ला। त्यहाँ हरिवंशले प्रयोग गरेको जुत्ता, कोट, गाडी, ऐना, चप्पल पनि संग्रहित होलान्। अनि ती मानिस हरिवंशको घर देखेर हाँसेझैं संग्रहालयमा उनका सामान देखेर पनि हाँस्लान्?