Saturday, 28 July 2012

असफल नेताको सफल घोषणा

 - डा.रामकुमार पाँडे हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल घोषणा गर्न गइरहेको छु । सफललाई असफल पार्नमा सघाउने हरूवा चरूवा पानी मरूवालाई अघाउने गरी बधाइ ज्ञापन गर्दैछु । असफललाई सफल पार्ने कार्यक्रम अगाडि ल्याएको छु । मन्त्रालयको व्यापक हेरफेर गरेर द्वन्द्व, बन्द र गन्ध त्रि-मन्त्रालय खडा गरी यसलाई अझ अघि बढाउने र एकापसमा लडाउने महामन्त्री नियक्त गरिएको छ । द्वन्द मन्त्रालयको कार्यक्षेत्र जोइपोइको झगडादेखि दलले फलमा बल गर्ने भागबण्डामा डण्डा चलाउने अधिकार दिइएको छ । मेरो गोरूको बार्‍है टक्का एवं झुट बोल्ने छुटका अतिरिक्त लूट खुलेआम गर्ने व्यवस्था मिलाइएको छ । बन्द मन्त्रीले बाटोबन्द, नेपाल बन्ददेखि ढोका बन्द र नियोजनका बन्ध्याकरणको जिम्मा दिँदै चित्त नबुझेमा आँखाबन्द गर्ने तर मुख बन्द नगर्ने निर्णय गरिएको छ । बन्ध व्यापार एवं कमिशन नआउने काम बन्द र आफूलाई नोक्सान पर्ने परिबन्दमा बन्दोबस्ता मिलाउनु एकमतले सहमत गर्ने निर्णय भएको छ । गन्ध मन्त्रालयले काठमाडौँको बिगे्रको वायु देखि अपचले छोडिने अमानवायु जम्मा गरी कुमन्त्रीहरूको ग्याँस आपूर्ति हुनेछ । गन्ध बन्द भएमा नगरका वासिन्दा बाँच्न नसक्ने भएकाले जतिसक्दो फोहर थुपार्ने काम सम्बद्ध मन्त्रालयलाई प्रदान गरिएको छ । बुद्धिजीवीहरूको दिमागमा गोवर भरिँदै गएकामा खुशी प्रकट गर्दै यसलाई मलका रूपमा प्रयोग गरी दुनियाँलाई दङ्गदास पारिनेछ । दिमागमा गोबर भरिँदै गएका सांसद, मन्त्रीदेखि नेताहरूको टाउका माथि थप जीवजन्तुको लिदी हालेर लिदिनै बढाउने प्रविधिबाट देशमा हाइसन्चो हुने हुँदा कुकुर, मुसा, गधा, भालु आदिको सङ्ख्या बढाउन बल गरिनेछ । अब उप्रान्त प्रशासनलाई बलियो बनाउन एउटा सचिवबाट काम नचल्ने देखिँदा अनुकूल र प्रतिकुल दुई दुईजना सचिव, निर्देशकदेखि हेडमास्टर र ढोल पिट्ने बेन मास्टर खटाइने र काम पटाइने काम हुनेछ । एउटाले भन्या नटेरे अर्काले गर्न बाध्य पारिनेछ । घूसको भत्ता व्यवस्था त्रिपक्षीय वार्ताबाट मिलाइनेछ । डबल नियुक्ति पाउनेले नियुक्ति पत्र पाउनेबित्तिकै कार्यालयको कुर्सीमा दौडेर पहिला पुग्नेलाई कुर्सीमा पदस्थापन गरिनेछ । देशमा वन मासिँदै गएकाले हरियो देख्न नपाइने गुनासोलाई सरल उपायबाट जनतालाई राहत दिन हरियो चस्मा वितरण गरिनेछ । यसको प्राथमिकता सम्बद्ध जिम्मेवार संस्थालाई अग्राधिकार प्राप्त हुनेछ । देशमा शान्ति भएन र असफल भयौँ भन्नेहरूका लागि अति उत्तम उपाय अपनाइनेछ । जो शान्ति माग्न आउँछ उसलाई श्रीमतीको नाम फेरेर शान्ति राखि शान्तिसँग बस्न बाध्य पारिनेछ । अविवाहितलाई शान्तिका लागि एकान्तमा बस्न, उठ्न सुत्न सुरक्षा प्रदान गरी स्वतन्त्र रूपमा लठ्याउने औषधि प्रयोगमा पनि छुट हुनेछ । बाँकीलाई शान्तिवाटिका स्वरूप सार्वजनिक स्थलमै खुला विचरण आचरण गराइनेछ । शान्ति सुरक्षाको जिम्मा चोरलाई साँचो सुम्पने नीति अख्तियार गरी जेल परेका र पर्ने आचरण गरेकालाई बाहिर छोडिनेछ । शान्ति सुरक्षामा लागेकालाई चोरको जिम्मेवारी सुम्पिइनेछ । दल दलका बुद्धिजीवीले आˆनो बुद्धि प्रयोग गर्न नसकेको असक्त अवस्था सुधारका लागि बेवकूफलभन्दा दलदलले नै हण्डी स्वरूप बाँड्न बाध्य पारिनेछ । यसरी ख्वाइने र पाइने हण्डी नेतादेखि कार्यकर्तासम्म आयकर लाग्नेछैन । बरू कर आय हुनेछ । सबै सफललाई असफल र असफललाई सफल पार्न मन्त्री र मन्त्रालय हेरफेर र फेरहेर गरिनेछ । विद्युत्मा विरोध बढेकाले 'लोडसेडिङ मन्त्री नियुक्ति गरिएको छ । पानी खुवाउन नसक्ने पानीमरूवा जलमन्त्रीलाई मलस्रोत मन्त्री बनाइएको छ । मान्छे मर्नेभन्दा मार्ने बढेकाले मलामी मन्त्री नियुक्त गरिएको छ । देशमा सजिलो आम्दानीको स्रोत विचार गरी लूटपाटलाई सङ्गठित रूप दिनुका अतिरिक्त सुरक्षा निकायबाटै चोरलाई सुरक्षा दिने व्यवस्था सुरू गरिएको छ । सबै व्यापार फेल भएकाले बढी आम्दानी भित्र्याउने लागू औषध व्यापारमा प्रोत्साहन गर्न सबै सम्बद्ध मन्त्रीले लागू औषधि खाएको अभिनय गर्न सिकाइनेछ । बेकारी बढेकाले त्यसलाई रोजगारी स्वरूप राजनीतिक नियुक्ति पाउने टिके हाकिम, प्राज्ञ, कवि, कलाकार सबैलाई विभेद विना आ-आˆनो क्षत्रेमा भ्यासेक्टोमी कार्य गर्न खटाइनेछ । नगद दिने सम्भावना भएमा बडेमानको सम्मान भिडाइने छ । दलका नेताहरूमा कुकुरको स्वभाव देखिएकाले रेविज कन्ट्रोलका लागि पशु चिकित्सालय बढाउने निर्णय जनतालाई सुम्पनु पर्ने र प्रधानमन्त्री चुन्न कठिन परेकाले उपाय पत्ता लगाउनेलाई नै प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण पुरस्कार स्वरूप प्रदान गरिनेछ । यसरी जनताले असफलमा सफल नेतालाई अबको आन्दोलनमा सहिदको सङ्ख्या घटाउने गरी नेता नेतालाई नै घाँटीमा इजार कस्ने र हात खुट्टामा फलामको चूरा बस्ने गरी बाटा दोबाटामा जिउँदो सहिद स्वरूप प्रदर्शन गरी असफललाई सफल गरिनेछ । नेताको कठालो समाउने काम नेतालाई नै सुम्पिएको छ । असफल नेताको सफल घोषणामा विश्वास नलागे आन्दोलनमा भाग नलिने जनता जमातलाई सोध्नु होला । यो असफल नेतालाई सफल बनाउने घोषणा हो । नसंशय ।


समकालीन साहित्यिक रचना



Thursday, 26 July 2012

बल्ड्याङ खानुको मजा -

नरनाथ लुइँटेल

एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ’ भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ । उहिलेका कुरा खुइलिए, अहिलेका कुरा फैलिए । ठक्कर र ठेसको कुरै नगरौं, अहिले त मान्छे भन्ने जन्तुको तन्तु सात बल्ड्याङ्ग खाँदा पनि एक बुद्धि नपलाउने भइसक्यो । मानिसको जात कहलाएको यो दुईखुट्टे जनावरलाई अहिले संसारको सबैभन्दा बढी बुद्धि भएको सर्वश्रेष्ठ प्राणी भनिन्छ तर यसैको हालत यस्तो छ । झन् प्रवृत्ति कस्तो छ भने बल्ड्याङ्ग खाएर तीन कान्ला तल खँदारिएको छ, कसैले “होइन तँ त लडिस् कि क्या हो” भन्यो भने अररो–अररो हुँदै जुरूक्क उठ्छ र धूलो टक्टक्याउँदै उल्टै भन्छ– धत्तेरिका म कहाँ लडेको हुँ र ? म जस्तो जवाँमर्द मान्छे पनि कहीँ लड्छ ? बरु तपाईंको आँखा र चस्माको पावर घटबढ भएको हो कि ? परेन फसाद, सोध्ने मनुवाले पो लाजले रातो मुख लगाउनु पर्दछ । बल्ड्याङ्ग खाँदाको स्वाद काँचो टिम्मुर खाँदाको भन्दा ओठ–मुख बढी पर्पराउने खालको हुन्छ । मनस्थितिको कुरै नगरौं, अनुहारले नै सबै कुरा बताइरहेको देखिन्छ । बल्ड्याङ्ग अरूअरू प्राणीले पनि खान्छन् तर मान्छेले खाने बल्ड्याङ्गको भने भिन्नै महत्व रहेको छ । फेरि मान्छेहरू पनि हेर्नाका न छन् । कोही लाटा हुन्छन्, कोही हुन्छन् बित्पातका बाठा । जिब्रो छुराजस्तै लाग्ने भए पनि बुद्धिले अधिक गोज्याङ्ग्रो मानिस विलकुल लाटो हो । तर बोलीमा बक नफुटे पनि कोही हुन्छन् मन, ज्ञान र बुद्धिले अत्यन्त चलाख । यस्तालाई लाटो भन्नु मुर्खताको परिचय दिनु हो । उनीहरू हामीले भनिआएका ‘बाठा’हरू भन्दा धेरै गुना बढी बाठा हुन्छन् । यी लाटा र बाठाहरूकै प्रसङ्गमा यसो पनि भनिन्छ– ‘लाटो लड्छ एक बल्ड्याङ्ग, बाठो लड्छ तीन बल्ड्याङ्ग’ । लाटा मान्छे र बाठा मान्छेका बीच पनि यत्रो विधि अन्तर कसरी परेको हो कुन्नि ? लाटाले समेत एकपल्ट लडेपछि कुरो बुभ्mदछ– यसो गर्दा, यस ठाउँमा, यसरी लडिने रहेछ । यो सोझो कुरो बुझेपछि लाटो मान्छेको दिमागले सोझै अर्थ लगाउँछ र फेरिफेरि लड्नबाट आफूलाई जोगाउँछ । तर जो बित्पातको बाठो छ, अरु लाटा–गाँडालाई बाटो देखाउँने अगुवामा दरिएको छ, सबका सबलाई नलडी हिँड्न सिकाउँछ, त्यही मान्छे डङ्ग्रङ्ग लड्छ त्यो पनि एक बल्ड्याङ्ग होइन तीन–तीन बल्ड्याङ्ग । यस किसिमको बल्ड्याङ्ग लरतरो र चानचुने हुनै सक्दैन । आखिर बाठाहरू नै बढी बल्ड्याङ्ग खान्छन् कसरी ? खोतलेर जवाफ खोज्नुपर्ने प्रश्न नै यही हो । एकजना मनुवा हुनुहुन्छ यही देशका । प्रजातान्त्रिक आन्दोलनमा तीस वर्ष खर्लप्प खर्चिंदा खर्चिंदै उहाँका केश सेताम्य फुल्न थालेका छन् । छयालीसपछि प्रजातान्त्रिक परिपाटीको केन्द्रमै घुमिरहनु भएका उहाँ जस्ता सक्कली प्रजातन्त्रवादी नेताको त्याग तपस्या अरू जौडेजौडेहरूका निम्ति अनुकरणीय मानिदै आएको छ । उहाँ बाठाहरू मध्येका पनि अधिक बाठा हुनुहुन्छ । त्यसैले त होला उहाँ संसदीय प्रजातन्त्रका पछिल्ला आमुखमा समेत आरूढ हुनुभएको छ । वर्तमानमा प्रजातन्त्र समाप्त भइसक्यो भन्नेहरू पनि छन् । कोही भने कको प्रजातन्त्र मात्रै श्र लोकतन्त्र आइसक्यो भन्नेहरू पनि छन् । यो विवादपूर्ण विषयमा प्रवेश गरिरहनु परोइन । उहाँ जस्तो अधिक बाठो मान्छे पनि यसपाली बेस्वादसँग डङ्ग्रङ्गै लड्नु भयो । लडेर बल्ड्याङ्ग खाँदै तीन कान्ला तल पछारिएको मान्छे देखेर कोही मरी मरी हाँस्न थाले, कोही औधी माया पलाएर रून थाले । सहानुभूति व्यक्त गर्दै छेउमा पुगेका आफन्तजनलाई बकाइदा उहाँले हपार्नु भयो । लडेर लबेदा सुरूवालमा लागेको धूलो र अनुहारमा पोतिएको हिलो टकटक्याउनु भयो र खरो स्वर एवम् दह्रो शैलीमा घोषणा गर्नुभयो— कसैले मलाई तीन बल्ड्याङ्ग खाएर तीन कान्ला तल झरेको देख्यो होला, तर यो त भ्रम हो, विशुद्ध भ्रम । म लडेकै होइन बरू बडेको हुँ । तीन कान्ला तल झरेकै होइन बरू तीन कान्ला माथि चढेको हुँ । बल्ड्याङ्ग खाएपछि प्रायः मान्छेको मनोविज्ञान बदलिन्छ । यही मनोवैज्ञानिक परिवर्तनका कारण उसले आफूलाई लडे पनि बढेको देख्न थाल्छ । झरे पनि उक्लेको महसुस गर्छ । शर्मनाक हारलाई पनि जीतैजीतको स्वर्ग देख्छ र गालीका कोर्रालाई पनि तालीका पर्रा सम्झन थाल्छ । देख्नेका आँखा फुटे सुन्नेका सही । पाहा पछारिए झैं पछारिएर अररो भएको शरीर देख्नेहरूका आँखाले केवल भ्रम मात्र देखेका हुन् । उहाँ तीन कान्ला तल झरेको, पछारिएको बल्ड्याङ्ग खाएको यो सब केही होइन त्यस्तो देख्नु नै भ्रम हो । त्यसो त बल्ड्याङ्ग खानेहरू उहाँ मात्रै कहाँ हो र भन्या । उदाहरणमा उहाँ नै अगाडि पर्नुभयो । हाम्रो जस्तो देशमा बल्ड्याङ्ग खानेहरूको हूल नै छ । बल्ड्याङ्ग खाएर आफ्नो हुर्मत खुस्किए पनि अर्कालाई त्यस्तै बल्ड्याङ्ग ख्वाउन मौका ढुकेर बस्नेहरूको बथान नै छ । मौका पर्नासाथ उसले उसलाई पछारेको छ, दाउ हेरीहेरी उसले उसलाई लतारेको छ । मसलाका मरिचहरू र ऋतुका शरदहरू एक समयका गतिला बल्ड्याङ्गवीरहरू मानिन्थे । समयले कति चाँडो प्वाँख फेरेको हो कुन्नि । अहिले उनीहरूको फूर्तिफार्ती राम्रैसँग प्रकट भइरहेको छ । पर्दाभित्रका पुरुषार्थी बल्ड्याङ्गवाजहरू पर्दाभित्रैबाट कतिलाई बल्ड्याङ्ग ख्वाएर तीन कान्ला तल पछारिरहेका छन् भन्ने कुरा पनि कुनै न कुनै रूपमा प्रकट भइरहेकै छ । साँच्चै भन्ने हो भने हाम्रो इतिहास नै बल्ड्याङ्गै बल्ड्याङ्गको विवरण हो । एउटाले अर्कोलाई चीत नख्वाई सत्ताको भ¥याङ्ग उक्लिनै सकिन्न । मल्लकालीन इतिहास हेरौं वा राणाकालीन इतिहास पढौं । पृथ्वीनारायण शाहको एकीकरण अभियानको कुरा गरौं वा श्री ५ त्रिभुवनको दिल्ली गमन प्रसङ्ग सम्झौं । सबै बल्ड्याङ्ग खाने र बल्ड्याङ्ग ख्वाउने क्रियाकलापका वृतान्त बाहेक केही होइनन् । हाम्रा पूर्खाहरू बल्ड्याङ्ग खाएरै वीर कहलाएका हुन् । अर्काको देशमा गएर, अर्कैको निम्ति आफूले बल्ड्याङ्ग खाएर बहादुरीको पगरी लगाएका हुन् । जुन देशको इतिहास बल्ड्याङ्गको आडमा अडिएको छ, त्यो देशको वर्तमान बल्ड्याङ्गविहीन हुनै सक्दैन । अहिले हाम्रो राजनीति बल्ड्याङ्गग्रस्त बनेको छ । हाम्रो अर्थ–राजनीतिले बल्ड्याङ्ग खाएको छ । हाम्रो विकासले बल्ड्याङ्ग खाँदैछ । हाम्रो शिक्षा नीति र शैक्षिक गतिविधिले स्वादसँग बल्ड्याङ्ग खाइरहेको छ । भर्खरै एस्.एल्.सी.को परिणाम प्रकाशित भयो, ठूलो प्रतिशत परीक्षार्थीले बल्ड्याङ्ग खाए । यो मुलुकका हजारौं होनहार नागरिकहरूले बल्ड्याङ्ग खाएपछि मात्रै बुद्धिको बिर्को अलिकति खुल्यो र वार्ता शुरू भएथ्यो, त्यही वार्ताले पनि बल्ड्याङ्ग खाँदैछ । हाम्रो माटो नै यस्तै छ त हामी के गरूँ, धेरैले बल्ड्याङ्ग खाएर प्राप्त भएको हाम्रो लोकतन्त्रले बल्ड्याङ्ग खाँदैछ । बल्ड्याङ्ग खानु हाम्रो शौभाग्य हो । बल्ड्याङ्ग ख्वाउनु हाम्रो सभ्यता हो । स्वादमा जीरे खुसार्नी जतिकै पीरो होस् वा काँचो टिम्मुर जतिकै पर्पराउँदो होस् हामीले बल्ड्याङ्ग खानै पर्दछ । बल्ड्याङ्ग खानु हाम्रो धर्म हो, हाम्रो आफ्नै मौलिक संस्कृति हो । बल्ड्याङ्ग खानु र बल्ड्याङ्ग ख्वाउनु नै हाम्रो परम पौरख हो । त्यसैले आउनुस् हामी बल्ड्याङ्ग खादै बाँचौं र बल्ड्याङ्ग ख्वाउँदै हासौं ।


समकालीन साहित्यिक रचना

Sunday, 15 July 2012

नानि कान्छा !


नानि कान्छा ! तैले अस्ति फोन गरेको रैछस.. म घरमा थिइन, यहाँ छिमेकमा एकजना बुढा मान्छे बित्नु भएर,म त्यही गएकी थिएँ l फर्किदा मलाई नि नातिनी ले नै सुनाइ l बोलि सुन्न सार्है मन लागेथ्यो, तैले आज पनि 'आमा' भनेर बोलाउदा खेरि, तेरो पहिलो बोलि फुट्दा मलाई, 'आमा'भनेर बोलाको उस्तै जस्तो लाग्छ l एक बोलि सुन्न लाइ पनि लालायित हुन्छु म, खैर केहि छैन सन्चो-बिसन्चो थाहा पाइहालें, म 'बुढी' लाइ पुगिगयो नि l अनि तैले मलाइ सम्झेर 'कम्पुटर' मा केहि लेखेको रैछस, तल्ला घर कि 'सानी' ले 'मुबेल'बाट पढेर सुनाइन l अनि मैले पनि उनी सानिको मद्दत ले यो खबर त सम्म पठाउदै छु l पुग्छ कि पुग्दैन ? म 'भट्याउदै' छु, अनि उ लेख्दै छ l तैले दुख मनाउ गरिछस, मेरो दांत को बारेमा. के भयो त, सार्है दुखे, फुकाल्न लगाईदिएँ l सके भोलि पर्सि लगाउला, नसके नि के भाको छ र ? बुहारी ले खाने कुरो पिसेरै पनि खान देकै छे l गिलो-सारो जेनतेन खाइ नै राखेकी छु, फेरी दांत खोल्ने बित्तिकै लाइहालने नि हैन नि लाटा, केहि समय पर्खिनु पर्छ, डाक्टर ले भनेको ! चश्मा भाचियो भनेर किन दुख मनाउ गर्छस ? काम चलेकै छ नि, खाँचै भाको छैन, हेर्न भाकै छ, फेरी तेरा छोरा-छोरी नै मेरा निम्ति आँखा का नानि-ज्योति छदैछन नि, बाहिर फेर निस्कने बेलामा, नाति ले हात समाएर/डोर्याएर लैजान्छ, ल्याउछ, मलाई पुगिगयो नि, अनि किन पिर लिन्छस l तेरो कमि महसुस हुन देकी छैन बुहारी ले l मेरो चिन्ता गर्न भन्दा बरु उसैलाई सम्झाईदे, कहिले काँही 'मजेत्रो' ले मुख ढाकेर सुँक्क-सुँक्क गर्छे ! यहाँ को बारेमा पिर लिन पर्दैन नानि तैले, यहाँ गाउँ-समाज, छिमेकी, अनि हाम्रै परिवार छ, हामी ४ जना छौं, बरु त्यहा त एक्लै छस l आफ्नो ख्याल गरेस, बेलामा खाने-सुत्ने-उठ्ने गरेस l तेरो लागी नाक-कान का पहेला सामान मात्र के भयो, म मेरो मुटु कलेजी नै बेची दिन सक्छु, तेरो लागी, तेरो खुशीको लागी, किन कि तँ नै मेरो मुटु/कलेजो होस, मलाई जिउन को निम्ति अर्को मुटुको के नै जरुरि पर्छ र ? त्यस्ता कुरा किन सम्झिन्छस अब, जो बिते, सकिए ! अब सम्झेर केहि फाइदा छैन नानि...!! 'सन्तुलित आहार' को कुरो गरेर कता कता घोचिस, हामि गरिब दुखियालाइ बिहान बेलुकी कै समस्याले सताउने l यहाँ नि झन्नै झन्नै उस्तै हालत छ, चामल भन्दा नि 'कनिका' नै 'निका' लाग्न थालेका छन् l खै कसरि टार्छे-पुर्याउछे बुहारी ले ? केटाकेटी नै बरु कहालिन्छन कहिले काही, भनेको नपुग्दा, ठुलो चै त बरु अलि बुझ्न थालेको छ, छैन भन्ने पत्तो पायो भने, भुँडी थिचेर, घोप्टो परेर नि सुत्छ, सानी केटि बरु झगडिया छे, जिद गर्छे l तलाई थाहा छ, कहिले काँही घरमा खाना बनाउन लाइ केहि नहुदा, बुहारी ले 'पानी' मात्रै पकाउछे, धेरै बेर सम्म, ता कि, मिठो खाने कुरो पाक्दैछ अनि खान पाइएला भन्ने लोभै लोभ मा, नानि हरु सुतुन भन्ने उदेश्यले...l जब आँखा खुल्छ उनीहरुको, 'खोइ.हाम्रो भाग' उनीहरु चिच्याउछन्, अनि हामी हरु, 'तिमेरु निदाएको ले गर्दा,तिमि हरु लाइ नराखी कन हामीले मात्रै खायौ, अब फेरी पकाइदिने भन्दै, उनीहरुको भोको पेटलाइ आस्वासन को 'परिकार' ले, थुमथुम्याएर केहि क्षण लाइ भए पनि शान्त गर्छौ ll सानी नानि, तेरै मात्र कुरो गर्छे, 'बाबा' आए पछी मासु ल्याएर खाने ल आमा'...l उसको अबोध बोलिले मुटु छिनाल्छ मेरो ! म उसलाई 'हस' भन्दै काख मा राखेर, कपाल सुम्सुम्याउदै सुताउने प्रयास गर्छु, उसलाई म राजा-रानी राज कुमारी को कथा सुनाउछु, उ मलाई, 'आमा....भात को कथा भन्नु न.... खसी काटेको, अनि मासु भात खाको कथा भन्नु न'... भन्छे ll उसकी आमा ओढ्ने ले मुख छोपेर हुंक्क..हुंक्क गर्दै कुनामा बसेर रोइ दिन्छे, म आफै डाको छोडेर रुन मन लाग्छ, तर पनि सम्हालिन्छु, यिनी हरुको तोते बोलिमा पनि तेरै झल्को आउछ l गरिब लाइ किन मान्छे बनाउनु परेको होला, भगवानले ...!! होस हुन दे यस्ता कुरा, नसम्झी केहि पनि...! सधै जिन्दगि एकनास को हुदैन, हामी पनि यत्ति सारो थिएनौ नै..! तेरो बाबा को 'मुटु'को रोग, सकेसम्म को औसधि उपचार, अनि मृत्यु, कलिलै उमेर बाट ब्यबहिरिक जिम्मेवारी आइलाग्यो तँलाई l अनि फेरी युद्दकाल मा जर्जर भएको हाम्रो पारिवारिक अवस्था, अझै बसाईं नै सर्नु पर्ने बाध्यता..... त्यसबेला देखि कै ऋण ले थिच्यो तँलाई/हामीलाई !! अब सम्झेर के गर्नु छ र..? हुने हार-दैब नटार भन्छन, जे होला ! यत्तिको अबश्था सम्म ल्याएकै छस, आज राम्रो होस भन्ने शुभासिस तलाई...म बुढी को l घर व्यवहार सम्झेर काम गरेस, धेरै चिन्ता नगर्नु, घर को पिर नगरेस, आज भोलि त मैले पनि, 'बृध्द' भत्ता पाउन थालेकी छु, अड्को पड्को भर अभर, घर को नुन-भुटुन त्यसैले नि चल्छ l बरु कसरि हुन्छ, साहुको चर्को ब्याज बाट छुटकारा पाउन पाए, दुख जिलो गरेर यतै, संगै बसेर रुखो-सुखो खान पाए, मलाई पनि सन्तोक हुने थ्यो ! म पनि अब अस्ताउन लागेको घाम जस्तै भएँ, मेरो नि केहि भर हुन्न नानि.. सक्छस भने यसपाली को दशैँ चै नछुटा....! तेरी... आमा !!
'भोटे कुकुर पाल्छु बरु गोरु पाल्दिन।
ज्यान जाला म निर्बाचनमा भोटै हाल्दिन॥
 भरुवा बन्दुक थोत्रो भाछ ठाकठुक पार्नु पर्ला।
 बन्दुक टाल्छु बरु घरका भित्ता टाल्दिन।।
भरुवा बन्दुक भरेर कुर्छु नेतालाई।
 एउटा नेता नठोकी त दियो बाल्दिन।।
 ज्यान जाला म निर्बाचनमा भोटै हाल्दिन!!!'
नेपाली लोकगीतको इतिहास

नेपाली लोकगीतको झन्डै २०० वर्ष पुरानो इतिहासमा धौलागिरि अञ्चल यसको विकास र प्रवद्र्धनका हिसाबले अग्रभागमा देखिएको छ । लोकगीतको आधारभूत लय भनेको झ्याउरे लय नै भएका कारण लोकगीतको लामो विकासक्रममा यस क्षेत्रको योगदान महत्वपूर्ण रहेको प्राज्ञ एवम् अन्वेषक प्रेम छोटा बताउछन् ।
 ‘लोकगीत पुरानो झ्याउरे लयको विकसित रुप हो, झ्याउरे गीतको उद्गमस्थल बागलुङ भएकाले पनि लोकगीतको क्षेत्रमा धौलागिरि अगाडि आउने नाम हो’–छोटाले भने– ‘लोकगीतको सूत्रपात बागलुङबाटै भएको अनुसन्धानले पुष्टि गरेको छ ।
’ बागलुङ जिल्लालाई लोकगीतको उद्गमस्थलका रुपमा मानिएको छ । विसं १८७४ मा बागलुङ, बलेवा नेपानेका मनवीर मुखिया र राङखानीका गो¥या श्रीषले पहिलोचोटि झ्याउरे भाकामा ‘सालैजो’ गाएको इतिहासमा उल्लेख भएको छोटाले जानकारी दिए ।
 तत्कालीन समयमा अङ्ग्रेज र गोर्खाली फौजबीच भएको युद्धमा गोर्खालीले हार बेहोरेपछि पराजित मानसिकतामा ‘हाई गोरी’ भन्ने बोलको गीत गाइएको थियो । त्यो नेपाली झ्याउरे भाकाको पहिलो गीत भएको अनुसन्धानले पुष्टि गरेको छोटाले जानकारी दिए ।
 यसलाई विश्वविद्यालयले पनि मान्यता दिइसकेको छोटाको दाबी छ । गण्डक क्षेत्र र विशेषगरी धौलागिरिआसपास लोकगीतका लागि उर्वर क्षेत्र मानिन्छ । यहाँ प्रचलनमा रहेका सालैजो, यानिमायाँ, सुनिमाया, विनासालैजो, नानीलैजस्ता मौलिक लोकभाका झ्याउरे गीतबाटै विकसित भएको छोटाले तर्क थियो । विसं १८७४ तिर गाइएको ‘हाई गोरी’ देखि हालसम्म आइपुग्दा नेपाली लोकगीतसङ्गीतमा कायापलट नै भएको यस क्षेत्रका जानकारको भनाइ छ ।

सालैजो भाकामा गाइएको ‘हाई गोरी’ भन्ने बोलको गीतको ऐतिहासिकताको आडमा अहिले हजारौं लोगगीतको जन्म गराइदिएको छ । ‘हाईगोरी’ बोलमा झ्याउरे गाउने मनवीर मुखिया र गो¥या श्रीस तथा पछिल्लो समयमा नेपाली लोकगायनमा रुचाइएका पर्वतका गायक कुलेन्द्र विश्वकर्माले स्वर दिएको ‘डाँडै फुर्के सल्लो’ बोलको गीतसम्म आइपुग्दा धौलागिरि क्षेत्रमा लोकगीतकोे विकास र उपलब्धिको अवस्थालाई चित्रण गरेको संगीतकार श्रीकृष्णबम मल्लले बताए ।

गाउँका मुखियाले नै बाटो हगे भने अरूले नहग्ने त कुरै भएन नि । मन्त्री, नेता नै हत्यारा, भ्रष्टचारी, गुन्डाहरूलाई बचाउन लाग्दछन् भने त्यो मुलुकमा शान्तिसुरक्षाको कुन कुरा गर्नु र ! आपूmले जनतासँग के भनेर भोट मागेका थिए । निष्ठा र कर्म कता गायो ती महाशयहरूको ? ठूलाबडाकै निष्ठा र कर्म धुलिसात् भएपछि अरू सर्वसाधारणले केमा के मिसाएर बेचे रे, केके नानाभाँति गरे रे भनेर किन आफ्नै टाउकामास्तिर थुक्नु ? खुट्टा तानातानको खेलमा आफ्नो नैतिकता देखाउन खोज्नेले कि त पदबाट राजिनामा दिनुपर्छ कि त जीवनबाटै । तपार्इँ जेसुकै भन्दै गर्नुहोस् । आपूm त निष्ठा र कर्म धितो दिनेमा नपरीकन बेचेर खानेमा पर्नु नै उत्तम हो भन्ने ठान्दछु । नयाँ जमाना भनेको नयाँ जमाना नै हो । नयाँ जमानालाई कसैले नयाँ जमाना भन्दैन भने त्यो नयाँ जमाना नभन्ने सभ्यता मन नपराउने आदि मानव हो । त्यस्ताले नयाँ जमानामा आपूmलाई गाल्दैन भने, नयाँ जमानाको साँचामा आपूmलाई ढाल्दैन भने, गर्धनमा टुप्पी पाल्नैन भने, गुन्युचोलो र दौरासुरुवाल फाल्नैन भने जीवनबाटै राजिनामा दिए हुन्छ
THINK

 what you are capable of, THINK what contributions you can make to your society, your country & your people. From now on don’t listen to others, don’t wait for others, don’t complain about others, trust yourself & make your first move to a better, happy & changed society. You know you can do it, your simple effort can bring a massive change in the society, even if you're tired and exhausted.
सोचाइको गहिराई मा पुग्दा कहिले कहिँ सोचनै मन नलाग्दो रहेछ, फेरी सोचकै कुहिरो मा रन्थनिदा कहिले कहिँ सोच्नै पर्दो रहेछ, सोच भित्रको खोज खोज भित्रको उदेश्य र उदेश्य भित्रका हामी हामी बाहिरको कथा अनि कथा भित्र को ब्यथा यस्तै छ जीन्दगी
साचो माया

 साचो प्रेम पैसा मा बिक्छ कहिल्यै नसोच्नु!
झुटो माया जीवन्त टिक्छ कहिल्यै नसोच्नु!
जिन्दगी मा हजार चोट भोगेको त्यो मान्छे
क्षण भर मै हास्न सिक्छ कहिल्यै नसोच्नु!
झुटो माया को नाटक रच्दै हिड्ने त्यो मान्छे
मेरो लागी मुटु नै झिक्छ कहिल्यै नसोच्नु!
भित्री मन को गहिराई डुबी हेर्नु पर्छ
सधै मुहार हेरेर मात्र ठिक्छ कहिल्यै नसोच्नु!!
 चोट लाग्दा दुख्ने मुटु सबै को एउटै हुन्छ
मेरो मात्र पिड़ा मा'र्मिक्छ कहिल्यै नसोच्नु!
अचम्म छ बा !!!!!

 जमानाले मान्छे बङ्ग्याएको हो कि मान्छेले जमाना बङ्ग्याएका हुन्, भन्ने कुरा छुट्याउनु र कुखुरा पहिले कि अण्डा पहिले भन्ने छुट्याउनु उस्तैउस्तै जत्तिको भएको छ । किनभने ‘इयर फोन’ कानमा नहाल्ने ठिटाठिटी कलेजका विद्यार्थी नै होइनन्; गोजीमा मोबाइल नहुने व्यक्ति व्यक्ति नै होइन । अझ चुइङ्गम खाँदा नपड्काउने केटी, लगाउँदा नतन्किने पेटीको के काम ? खाजा खाँदा पिजा नखाने र हाँस्दा गिजा नदेखाउने त सहरिया नै होइन । कपाल नपाल्ने दादा नभएजस्तै जुँगा नफाल्ने लोग्ने मान्छे नै नहुने पो हो कि भन्ने लागेको छ मलाई त अचेल । बोल्दा अङ्ग्रेजी घुसेन भने, खाजा खाँदा बफ मोमो ठुँसेन भने गाउँले अर्थात् पाखे होइन्छ भन्ने डर छ । दिनदिनै ड्रेस फेरेन भने, टी.भी.मा हिन्दी सिरियल हेरेन भने सहरिया आइमाई नै होइन भन्न सकिने गरी कस्तो जमाना आयो बा !