Wednesday, 15 January 2014
Wednesday, 8 January 2014
भूपिनको पिंढीमा !
आमा भन्दै हुनुहुन्थ्यो,
'आफै आउँन नभ्याए नि
ट्याम् -ट्याम् मा फ़ुन्मा आउँच
चाडबाडमा घर आउँच
आउँच ,दशैंमा त संधैं आउँच
तगारैथिम् ट हाँसो ले'र आउँच
फूलहरु सँ बोल्च
फुलकै फूटो खिचिरन्च !!
खै ,क्या हो कुन्नी
लेख्न नि मिल्नी
पढ्न नि मिल्नी
सुन्न , हेर्न ,बोल्न मिल्नी
कम्पुटर नि बोकेरै आउँच
जाँ गए नि झुन्डारै हिन्च
त्यसै सँ बोल्च
त्यसै सँ खेल्च
कै 'ले सल्लेरी
कै 'ले चौपारी !!
काखै थिम् बस्ला
दुख -सुखको कुरा अर्ला भनो
एकै छिन् बोल्च
छिन् -छिन् मा हराइहाल्च
पढ्न नि कति पर्नी हो
पढेर कहिल्यै सकिन्न आमा भन्च
खै , क्या हो क्या हो
तिमेरुको मेलो
राजनिती भन्दा नि कडा
कस्तो नशा हो ?
कैले काँ ..कैले काँ !
क्यारचौ र बा !
गुँड छाडेर उडिहाले छरछरी
धन्न यो कान्छाको परिबार यतै बस्चन्
तिमेरुको भुपिन् उतै सेट भैहाल्यो
बुढाले छाडेर गा ' नि धेरै भो
ऊ त्यो लठ्ठी छ नि
बुढाले टेक्या लठ्ठी हो
अईले मेरो साथी त्यै भै 'च !!
आउँदै गर्नु है बाबु
तिमेरु नि भुपिन् जस्तै त हौ मेरा लागि ! '
फर्कदै गर्दा बलेवाका डहरहरूमा
मैले घरि-घरि
लठ्ठी जस्तै आफ्नो बाबु
र , जुन जस्तै आफ्नी आमा सम्झें
सम्झें ,
उर्लंदो मर्स्याँङ्गदी र सालघारी सम्झें
साचैं,
अजम्बरी हुने भनेको
यादहरू नै त रहेछ !
साभार भुपीनव्यकुल फसेबूक
https://www.facebook.com/bhupeenvyakul
Subscribe to:
Posts (Atom)