हप्ताअन्तरको बेस्तता पछीको थकानलाई मेट्न आईतबार अबेर सम्म सुत्ने निधो थियो । कार्य बेस्तताले हप्तादिन कटेको पत्तो नपाउदा शरीर थकानले लठ्ठीयको थियो । आईतबार ब्यानै ६ बज्न नपाउदै भाईवर टिर्ररर टिर्ररर बजेको घन्टीले निद्रा खुलाई हाल्यो, पैलो फोन नउठाउने निधो गरेर तेती वास्ता गरीन। फेरी बज्यो, तेस्रो पालीमा यसो हेरे नेपालको नम्बर रच, कस्को नम्बर हो पत्तो भयन। फेरी आयो !
A: हेलो !
केही बेर पछी अली सुनीयो।
B: हेलो !!
A: अँ हेलो !!
के छ यार? थेरै भो नी कुरा न"भाको ? के गर्दै छस्?
B: अँ ! अब त टन्न पैसा कमाईस ! मस्ती को लाईफ छ तलाई ! के समझ्नथीस् हाम्लाई ।
A: हैन यार। कुरा बुझ्छस नी यार त। बिदेशको लाईफ कस्तो छ।
B: साला ! गफ नदेल।
A: अनी अरु? हेलो२
फोन छुस्स काटे आफै
५/७ बर्षको बिदेश बसाईमा यस्ता संबाद थेरै दोहोरीय। बिस्तारै पचाउदै गौयो। समय बित्तै जादा सामान्य हुदै गय।
सायद बिदेशले यि कुरा चाडै सिकायो या पच्दै गय था भयन।
मनमा धेरै कुरा खुलदुल खुलदुल भय, मान्छेहरु किन यस्तो सोच्छन यार? झ्याल खोले, आँखाले भ्या सम्म पर पर हेर, सिरर बतास चली"राको, फरफर पातहरु हल्ली राखेका । चराहरु चिरबिर चिरबिर मनमा अार्को माहोल ल्यायो त्यसले।
टेबलमाथी पानी थियो बोतल मा, पानी पीय घटघटघट। आदा बोतल पनी पिउन सकियनछ, बियर भा तिन लीटर अटाउथो एै पेटाँ, भने आर्को मन ले।
राखे बोतल टेबलमा। अन गरे wifi, हेर फेबु टुईटर हेरे अरु पनी तर मन कतै अल्झेन। दिमाखमा उही फोनको संबाद एकोहोरो आईरह्यो। अझ भनै एक किसीमको तर्क बिर्तक चलीरह्यो धेरै बेर सम्म। कुरोले कुनै भेउ हेट्याउन सकेन।
मान्छेहरु सोच्दा हुन, पैसाको रुख हुन्छ बिदेशमा र मेरोकाम पैसा टिप्ने हो। यहाँ मैले मिनेट, घन्टा, दिन, हप्ता र मैना गन्दै खटीन पर्दैन। हैन भने किन जुन साथीलाई कल गरे पनी उई भन्च?
....... क्रमस