Sunday, 11 March 2018

हिजोका कुरा



स्कुल छाडेको १५ बर्ष पुगेछ। जब SLC (अहिलेको SE) माहोल सुरु हुन्छ,कती छिटो समयको गतीले धेरै उकालीओराली पारगरेछ । ति बचेका सम्झनालेहरु, जुन मष्तिस्कको रिलमा बेरियर बसेका थिय जसले ति पुराना यादहरुलाई आज वर्तमानमा त्यो बिगतको सुनौलो अतितसँग जोडेर नयाँ बिरासत फर्काउने काम गर्दै थिय।
दशैंको बिदा भर्खर सकियर स्कुलहरु भर्खर खुल्दै थिय। शिशिररितुको खुल्ला निलो आकास, चनचल युवती झै छिनछिन रूप बदल्ने त्यो बादल, ति पारिला घाम अनी सिरररर चल्ने त्यो चिसो हावा प्यारो बन्दै थियो सबै लाई । स्कुलेहरु दशैं बिदाका पढाई भन्दा गफ धेरै चुट्दै थिय । तासका गफ, बिदाका भद्रगोल र उपद्रो अनेक अनेक । कुरा सुन्दा स्कुलको माहोल मा फर्कन अझै दुई चार दिन पक्कै लाग्छ। बाकिनै थिय, शुभकामना कार्ड कस्को कस्को नाम पुगो पुगेन कुन केटीले बाल दियन? अरु के के ।
केही दिन छुट्टी भयर होला चउरमा भररर दुबोले मुन्टो उठाउने मौका पायछ। बिदाको पछिल्लो दिन भन्दा केही फरक रुप देखिन्थो । सररर हावा चल्दा पनी दुबोको मुन्टा फररर हल्लेको परपर सम्म देखिन्थो। त्यस माथी चराहरुको चिरबिर चिरबिर र स-साना नानीहरुको गुनगुन आवाजमा स्कुलको माहोल सधै फरक पृथक थियो । हरेक कक्षामा बेग्लै माहोल कोही माहा पढन्ते केही माहा उटपट्याङ, साथीलाई कुर्चीमा बस्नी बेलामा कलम ठाडो पारेर रगतै निकालिदिन्थे ।
१ बजे पाले दाईले हात थररर हुने गरी स्कुलको घन्टी बाहिर ल्यार टिङटिङ बजाय । घन्टीको आवाज चारै तिर फैलियो हावामा । सबै केटकेटी कक्षाबाट बाहिर निस्के भुर्रर कमिला निस्के झै, कोहि खाजा खान, कोहि बुटामुनी गफ चुट्न थाले कोही भने खेल्न । २,४ जना खेलाडी हुम भन्ने जो स्कुलको माहान खेलाडी सम्झन्छन आफुलाई, तिनै हुन खेलाडी स्कुलका, खेल्नकै लागी स्कुल आ को जस्तो गर्छन ती । १ बजेसी भलिबलको जाली झुन्डाई हाल्ने र सकि नसकि उफ्रीउफ्री बल टाढा टाढा पुग्ने गरी सट हान्नु पर्छ तिन लाई । जता केटी छन उतै उतै हान्न पर्ने फेरी । हैन ढंग पुर्यायर खेले हुन्न र भन्या? कि बेलै यस्तो हो वा यिनको पारै यस्तै हो ? कसैलाई बाल छैन । फेरी हेड सरलाई देखे भने कुहियको कर्कलो जस्तो फत्ताफुत्त गल्चन फेरी। जती उफ्रे पनी कहिलै जितेर भलिबलको शिल र मेडल स्कुलमा ल्याको रेकर्ड छैन । हावा काम भन्दा अरु गर्न नआउनी यिन लाई ।
नजिकीदो टेस्ट परिक्षा र SLC को कसैलाई बाल मतलब थियन । स्कुलमा हुनि परिक्षा सदरमुकाम सार्याछ सुरक्षाको कारण भन्दै सर्खाले । जन्ताको सुरक्षा गर्न नस्कने कस्तो निरह सर्खार छ भनेनी यो देशमा ।
देशको माहोल अशक्त छ। राजनिती गतिबिधी बाट मान्छेहरू निरिह, निराश र क्रोधीत छन। राजनैतिक आस्थाको आधारमा मान्छेहरु बिभाजित थिय । कोही नयाँ मान्छे देखेसी संकाले हेर्थे बोल्न डराउथे, सबै तिर भय,त्रास र संकाले थिचेको थियो ।गाँउघरमा हुने सामाजिक र सास्कृतिक र अन्य गतिबिधीहरु निस्क्रिय जस्तै थिय। बिस्तारै मेटिदै हराउदै थिय।
कहिले काही स्कुलमा ५,७ जना झोला बोकेका मुन्छे छिर्थे बिना कारण र अनुमती । कक्षाकोठा बाट हेडसर लाई बोलायर कुरा गर्थे अनी जान्थे । को थिय ति मुन्छे के बात मारे कसैलै सोद्दैनथे । तिन अगाडी हेडसर गलेको देखिन्थे । ति मान्छे आय गय बस कसैले एक आखार कै सोद्दैनथे । न छेऊको चौकीमा गयर कसैले उजुरी गर्न सकोस ? न कसैले तिनलाई छेकथुन गर्न सकुन । मुन्छेहरु गाईगुई गर्थे रातीमा पुलिस त सुत्नलाई पाखा पाखा चहार्छन । अब अरुले के सुरक्षाको आसा गर्नु ।
जब, रेडीयो र टिभी बज्ने सम्चार बज्थे सबैका कान ठाडा हुन्थे ।गाँउघर देखी देश विदेशको खबर सुन्न त्यही सम्चारको भरमा सबैलाई था हुन्तो ।
जब कोही नयाँ मुन्छे स्कुलमा छिर्थे, सन्नाहट छाउथ्यो स्कुलमा सबै मैन हुन्थे । सवाल जवाफ गर्न सबै डराउथे । दिन भरीको कोलाहाल स्कुलमा पनी पर बाट सिरसिर गर्दै आयको हावा कान सम्म आई करायको भान हुन्थो, मान्छेहरु सास रोकेर बसेका हुन कि झै गर्थे । केहीबेर अघीको कोलाहाल छिन भरमै शुन्यमा परिणत हुन्थो । यहाँ के भैराको छ सबै जानाकार थिय तर मुख खोल्न कसैको हिम्मत छैन किन? बस तैचुप मैचुप । बोल्यो कि पोल्यो भन्छन नि त्यस्तै छ समय । ढोका नभयका झ्यालबाट आँखा फुक्लिनी गरी हेर्नु बाहेक अर्को बिकल्प थियन सबै विध्यार्थीको। बाहिर आयर बोल्ने कसैले हिम्मत गर्दैन। न मास्टर न अरु कोही ? यस बारे मुख खोल्न न व्यस्थापनका समितीका मुन्छे अघी सरे न अविभाबक?
धेरै भो स्कुलमा व्यस्थापन समितीको बैठक रोकियको । कसैलाई कही मतलब छैन यस बारे।
सामाजिक शिक्षा पढाउने सरले स्कुल कलेज शान्ती क्षेत्रहुन भन्नु, शिक्षण बाहेक राजनैतिक वा अन्य कार्य गर्न पाईदैन भनु भयको थियो स्कुल हाता भित्र तर आज सरले झुटो बोलेको जस्तो लाग्छ।
गाँऊघरमा फरक अन्वार र फरक हुलियाका मान्छेहरु चहलपहल बिस्तारै बाक्लिदो थियो ।
कहिले काही त झिसमिसे साझमा मुन्छे तोकेरै खाना पकाउन आदेश दिन्थे । खाना पकाउन ईन्कार गरे ज्यान पार्ने धम्की दिन्थे ।
केहीबेला परिवारलाई पकायको खान पस्केर दिनु पर्थ्यो । जन्ताले बेहोर्ने अनेक अनेक सास्थी विभिन्न रुपमा गाँउ पस्दै थिय ।
कहिले काही गस्तीमा आउने आर्मी पुलिस बिना कारण र अनुमती स्कुलमा छिर्थे र हेडसरलाई केरकार गर्थे ।
स्कुल दोहोरो मार थियो । न शिक्षकले ढुक्कले पढाउछन न विध्यार्थीले ढुक्कले पढ्न पायकाछन? कहिले सम्म यस्तो चलिरहन्छ? हिजो सम्म दादागिरी देखाउनेहरु नुन खाको कुखुरा जस्ता भईसकेका थिय। गाँउघरका नाईकेहरु लगाम लगायसरी थिय ।
केही समय पछी, गाँउको मुख्य चैतारीमा एउटा सुचना टास्या छ हिजो राती भनेर गाँउ भरि हल्ला फैलियो ब्यानै । अली ठुला अक्षरमा "हाम्रो क्रान्तीलाई सफल बनाउन तपाईको साथ र सहयोगको खाचो आवश्यक छ" भनेर लेख्या रैच। कृष्ने आफुले सुचना पढेर आयको टोलटोलमा बयान दिदै हिड्यो उसले। कोही हरफ मुन्तिर एरीया ईन्चार्जको दस्तखत गर्याथियो ।
त्यो सुचनाले पुरै गाँउ तर्सित र ससंकित बनायो । सबैजना सुर्य नअस्तावस भन्ने चाहान्थे । जाबो एउटा कागजको खोस्टो बाट पनी मुन्छे तर्साउने र डराउन पर्ने कस्तो समय आयो कुन्नी ?? स्कुलमा केटाकेटीहरुको सङ्ख्या पातलो हुन थाल्यो। SLC को तयारी गर्नु पर्ने हरु सदरमुकाम तिर विस्थापित हुन थाले ।
आफ्नो सन्तानको माया कसलाई हुन्नर? जुगाँका रेखी बसेका देखी अधबैसे युवाहरू स्वाससुत्त गाँउ छाडे ।
हप्ता दिन पछी, क्रान्तिकारीहरूको एक हुल आयर गाँऊमा आमसभा गर्यो । यो देशमा बहुदल र राजा फालेर गणतन्त्र ल्याउन पर्छ, पिछडीयको बर्ग, समुदाय र जातिलाई अधिकार सम्पन्न गराई देशको विकास गर्नु पर्छ । धनी र गरिब बिचको खाडल पुर्नु पर्छ शिक्षा, स्वास्थमा सबैको समान पहुच हुन पर्छ । तपाई हाम्रो पाटी र हाम्रो क्रान्तीलाई सहयोग गर्नुस अबको १० बर्षमा देशले कायापलट फेर्नेछ । त्यसपछी हामी नोकर बाट मालिक हुनेछौ । कम्रेडले एक सासमा सबैकुरा सक्काय । पर्रर्रर्र ताली पिटे सबैले ।
बेलुका रेडियोले सम्चार फुक्यो ।
संकटकालको बेला थियो, त्यसको २,४ दिन पछी आर्मीको एक जत्था गाँउ पस्यो । देखे र भेटे सम्मलाई माओबादी होस् भन्दै भकुर्यो घरघरमा छापा मार्यो, हप्कायो धम्कायो खै कतीले त लात्ता पनी भेटे । अर्को दिन केही हुल मुन्छे पल्लो गाँउबाट छापामार सैलीमा आर्मीले समातेर ल्यायो । आँखा र हात बाधेर चउरमा मुडाझै लडायो । त्यो रमिता हेरेकाहरु ति बिचरा निर्दोस र सामान्य मानिस हुन भनेर कानेखुसी गरे तर अघी सरेर बोल्ने आट कसैले गरेन । बोले आफ्नो त्यै हालन हो भन्ने जानेर ।
फिल्मी शैलीमा रामधुलाई गर्यो आर्मीले, ढाड करङ केके फुस्किनी गरी गोज्यो र फेरी राज्य विरुद लागे ज्यान मार्ने धम्कीदियर छाड्यो ।
राज्यको क्रुरता र दमनको अर्को अध्याय सबैलाई फ्रि मा देखायर छोड्यो आर्मीले ।
साला समाज र राज्यको विवेध बिरुद्द बोल्लन पनी नपाईनी? अनी जात भात र छाला र अन्वार हेरेर किन विवेध पुर्ण समाज निर्माण अर्च त यो सर्खार ?? के त्यसको बिरुद बोल्न नपाउनु? के ति निमुखाको जुनी पापड बेलेर जानी? त्यही विवेध र दमनको विरुद क्रान्ती ति निमुखा जन्ताले आफ्नो र समाजको मुक्तीको लागी सुरु गरेका होईनन् र? कि राज्यसत्ता बाट पालियका र शिहंदरबारको वरिपरी बस्नेहरुले सुरु गर्या हुन? जुनसुकै ब्यबस्था भय पनी राज्यसत्ता किन यती क्रुर र दमानमा उत्रन्च? तिनै निमुखाको पसिना चुसेर तिनैलाई रामधुलाई ?
केही समय पछी समयले कोल्टो फेर्दै गयो । दिनहरु सामान्य हुदै गय। धेरै बर्ष पछिको त्रास र भयमुक्त समाज हुदै थियो । समय जती क्रुर भय पनी, घुम्दैफिर्दै रुम्झाटार भनेझै फेरी दशै आयो गाँउघरमा । मानिसहरुको ओहोर दोहोर, घुमफिर, भेटघाट, खानापिना मोजमस्ती बाक्लीदै गयो । केही बर्ष पहिलाको भन्दा अली फरक बन्दै गयो यसपालीको दशैं। मान्छेहरु फरक किसिमबाट रमाय धेरैबर्ष पछी।
गाँउघरमा हुनी राजनैतिक खेल राजधानी केन्द्रीत थिय तर पनी केही नाईकेहरु गाँउमा आफ्नो बिरासत भुल्न चाहदैनथे वा सकिरहेका थियन्न। कोही यस्ता पनी थिय, जो अरुको नाम बेचेर आफ्नो नाफाको ब्यापार फस्टाउथे । त्योपनी बिना लगानीको । जुनकुरा तिनीहरुको सिदान्त बिपरित थियो । यो सबै कुरा बिगारेको त्यै धमिलोपानी माछा मार्न पल्केकाहरुले नै हो ।
दशैं बिदामा आको छोरो खर्चको कमीले राजधानी फर्कन आनाकानी गरिरहेको थियो । बा को पेन्सन बुज्नी दिन गनेर बसिरहेको थियो ।
बा पेन्सन बुजेर घर फर्केको साझ, एक अपरिचित व्यक्तीले हाम्रो क्रान्तीलाई सहयोग गरै भन्दै बाको नाममा पेन्सन भन्दा डबल रकमको चिट छोडेर गयो । म छाँगा बाट खसेझै भय । बा लाई यो कुरा सुनाउन मेरो हिम्मत आयन । म आफै भित्र भित्र कोपरिय, म आफै पनि समाजको परिवर्तलाई सफल पार्न क्रान्तीलाई सहयोग गर्न पर्च भन्ने मुन्छे हु । शहर छदा क्रान्तीका ठुलाठुला आलेख र क्रान्तिकारी दार्शनिकहरुका किताबका ठेलीहरु पढे तर आज एउटा सानो चिटले म र परिवारमा सृजना गरेको भय र त्रास नमिठो गरी आफ्नै आँखाले देखे र भोगे ।
यो भन्दा अगाडी ३ पटक बा ले चन्दा दिनुभयकै थियो । यो पटकको चिटले नराम्रो सँग निमोठो मलाई आज। यस पटको चिट नितान्त व्यक्तीगत लाभको लागी सोझा सिधालाई तर्सायर मोटो रकम कुम्ल्याउन दुई नम्बरी नाईकेहरूले यस्ता धेरै चिट गाँउमा छरेका थिय । कसले कती रकम उछिट्टाय केई पत्तो छैन ।
दोस्रो बिश्व युद्दमा जापानी सेना सँग मलायको जंगलमा लडाईका काहानी सुनाउदा बाघ झै गर्जने बा, आज दिय किन दिइस भन्न आउछन नदिय किन दियनस भन्न आउछन । राज्य र बिद्रोहिको दोहोरो मारमा पर्दाको अजिबको पिडदाईक काहानी सुनाउहुन्थो । शहर भासियर यि पिडाहरु नदेखे नभोगे पनी पछिल्लो पटक गहिरियरै महसुस भयो, जुन पिडा दसक सम्म जन्ताले झेले । कस्तो के चपायको भात निल्नु न ओकल्नु जस्तो ।
हिजो आज, राज्यको दमन र क्रान्तीकारीको भय र त्रास भोगेका जन्ता अचेल बिकासका बहस गर्छन। हिजो सम्म जजै गर्नेहरू समान हक र अधिकारका ओकालत गर्छन ? तर पनी खै किन हो कुन्नी ? राजनितीमा लुछाचुडी, भागबन्डा र फोहोरी खेल उस्तै छ। अझै पनी २,४ जनालाई सबै तिर हनुमान हुन पर्याछ । गाँउमा कतै रिवन काटे, धुप हाले पैला उसैलाई माला अबिर लगाउन पर्च । अझ केही समय कुरौ यो पनी हट्नेछ ।

Saturday, 21 January 2017

यो मनको हुटहुटी

यो हिउदका पारीला घाम छाना माथी परीसकेको थियो । खाना खायर बसेको थिय, यो मनमा हुटहुटी चल्न थाल्यो? आज के गरेर दिन फाल्ने त भनेर? सुतम कती सुतम यि छोटा दिनमा ? फेरी रात भरी जागाराम बस्नु पर्च । यो घरको काम जती गरे पनी कहिलै नसकिने? चैपारामा तास खेलेको हेरेर दिन फाल्न पटकै मन मानेन ।  तास प्रती उतीसारो लगाब कहीलै गयन । सानो हुदा चिलाउनेको पातमा कोरेर पनी दलमारा खेले साथीहरु सल्लेरीमा  । यसो ठुलै जागर निकाले धापेखोला सम्म पैडीखेल्न जान सकिन्थो । कि त छोलुङ्गे पुल हेर्न कैया सम्म । ठाँउ त धेरै थिय नि जानलाई । त्यो जाँगर काँहा पाई? त्यस माथी सँगै गईदिने कोही छैन । एक्लै के जानु । साथीभाई भा पो मजा आउच । कोही नहुदा त सारै विरक्त्त लाग्ने । यसो गाँउ डुलम भनेर लखर लखर काँ सम्म पुग्ने? एकछिन तनाबै भो । यो सब बेरोजगार भयको सजाय हो जस्तो लाग्च कुनै बेला । आफ्ना दौतरी कोही छैनन् गाँउमा, छन त कि KTM कि विदेश । यो गाँऊमा उही बुडा बुडी र केटकेटीहरु मात्र छन ।
आफु भन्दा सिनियर दाई काकाहरु भेट्नलाई कि साईत जुराउनु पर्च न"भा उही दशैं कुर्नु पर्च त्यो पनी मुस्किलले । धन्न सबै गाँउमा १२ कक्षा सम्मको स्कुल छ र केटाकेटी देखिन्छन, यिनै हुन साथी भने पनी दैत्तरी भने पनी । अरु त तेस्तै हुन । दुई चार दिन आक्कल झुक्कल आउने लाहुरेहरुको के कुरा, पुरै लाहुरे पारा हुन्च । भेट्नै गार्हो, भेटे बोल्नै गार्हो । सबैका आ-आफ्नै टन्टा । 
साँज एक व्यापारी भन्दैथे, जाबो दश रुप्पेको चिया त उधारोमा खोच्चन मुन्छेले यहाँ अनी कसरी व्यपार गर्ने ? उधारो बाडेर के व्यपार गर्नु? मनमा घिउका लड्डु खान सजिलो छ, गरी खान सारै गार्हो छ । हैन अरुको व्यपार न"भानी धुकुटी र रैसीको व्यपार भने निकै फस्टाछ । 

गाँउमा यत्रो लम्पसार परेको चैउर छ । अचेल कोई मुन्छे कोही देखिन्न त्यहाँ? भयका पनी आउन छाडे याँ । कुनै बेला थियो, फुडबल र क्रिकेट खल्ने हरुको लर्को हुन्तो ओल्लो देखी पल्लो छेउ सम्म । हेर अचेल सुनसान छ । हैन कस्तो समय आयो हँ? 
रुखैरुखले डमक्क भा"छ गाँऊ पनी, जङल जस्तो । तन्नेरीहरु गाँउमा नभय पनी बुडाबुडी र केटाकेटीहरु छन । जेनतेन धानेका छन गाँउ समाज । सक्नेले खेती गरेका छन नसक्नेका बाझै छन । देखेर र सम्झेर ल्याउदा बिरक्त लाउच । पाँच घर पुग्दा दुई घर खाली भेटिन्च । ताला चाबी ठोकीचच्न । आगान भरी घास भरियको छ । कस्तो बिरानो लाग्ने भाछ गाँउ । कती समय कुर्न पर्नी हो ? कैले बाट टोलै रित्तै हुन्च ।अचेल, कुनै बेलाको उज्यालो र भरीभराउ घर अहीले अध्यारो र कुरुप छ ।  मुन्छे बस्नै छाडे, धन्न तुलसीको मोठले घर कुरेर बसेको छ, त्यो पनी कैले सम्म हो?
अचेल चैतारामा बसेर गफ लडाउनेहरु कमै भेटिन्चन । भयकाले पनी फेरी साना कुरा केही गर्ने होईनन्, अम्रिका र जापान लाख र करोड बाहेक, तल्लो बाट अम्रिका । के भा छ कुन्नी सबैलाई? सबै पैसाकै पछी दैडेका छन । यो पैसाको छनकले बसी सक्नु छैन । 
केही बर्ष पहीला छोरा विदेश पुग्दा नाक फुलाउनेहरु, अहिले छोरा नफर्कीने भो भनेर पुरै चिन्तामा । पैसा कमाउन पठायको उतै भासिने भो भन्नी चिन्ता । के गर्ने बुडेसकालमा पैसाले साहार नदिने रच । 
कती चाडो मुन्छे यसरी परीवर्तन हुदा रचन, समाजमा उस्तै  परीवर्तन भाको छ । तर विकाशमा किन सधै पछी ? यसको जवाफ खोज्न सारै सकस छ । हुनत मुन्छे भा पो विकाश हुन्च । १२ कक्षा नसक्दै पासपोट बनाउन हतार छ सबैलाई अहिले । हुर्केका गाँउमा बस्नै मान्दैन्न ।



Friday, 1 April 2016

२ रूप्येको खुशी

जब म कक्षा २ पढ्दा, साथमा हुने २ रुपयाले धेरै खुशी दिन्थो। कक्षा ५ मा हुदा पहीलो पटक जिन्सको पेन्ट लगाउदा साथीहरूको अगाडी आफैलाई हिरो सम्झन्थे म, यो मन तेसै फुरूङ हुन्थो। 
जब खल्तीमा मोबाईल बोक्न थाले दुनीयाको भाग्यमानी सम्झन्थे आफैलाई। 
समय बित्दै जादा, म पनी प्रदेसी भय। आज थोर थेरै कमाउन सक्ने भाको छु, मन लागेको ठाउमा जान र मन लागेको कुरा खान सक्ने भयको छु। देश विदेश देखे तर पनी खल्तीमा २ रुपया हुदा जत्तीको खुशी कैईलै भईन।

Saturday, 6 February 2016

आफ्नै कथा

  


रहर वा बाध्याता आआफ्नै होलान, समय र परिस्थीले सबैमा परीवर्तको नयाँ आसा देखाउछ वा भयका आसा हरू मेटायर लैजान्छ । फरक यती मात्र हो की, कसैको सुखत सुरुवात र सुखत अन्त हुन्छ भने कसैको ठिक बिपरीत हुन्छ । यो समय पनी बडो गजबको हुदो रैछ, न कसैको बाहु बस्छ, न कसैलाई पर्खन्छ, आफ्नो रफ्तारमा गतीसील भईरहन्छ । २०,२२ मै परदेश झर्नु कसैको रहर वा ईछ्या नहुदो हो । समयको खेल भन्नु भन्दा पनी आफ्नो समाजको परीस्थीती, वातावरण र परीवारको आर्थीक अवस्था यसको मुख्य कारण रहन्छ । त्यसमाथी  झन बर्तमान समयमा, मुख्य गरी युवाहरुलाई आफ्नै समाजले परदेश आउन बाट रोक्न सकी रहेको छैन । त्यसको लागी आफ्नै समाजले सजस वातावरण बनाउदै गयको छ, कसैको रहर होला कसैको बाध्याता तर समस्याको सहजीकरणमा परदेशनै समस्याको सरल उपाय निकाल्छ समाजले । आफ्नो उर्जा सील समय आफ्नो माटोमा खर्च गर्ने न वातावरण बनायो न प्रेरणानै गर्यो, गर्यो त केवल परदेशको धन, दौलथ, सुख सयल देखाउने काम गर्यो। त्यहाँको दुःखको कल्पना सम्न गर्न सिकायन । आफ्नै गाँउमा केही गर्छु भन्दा से रुपीया नपत्याई कोर्के आँखा लगाउनेहरु बिदेशको भिजा लागेको थाहा पाउदा बधाईको पात्र बनाउथे। अझ आवश्यक परे बिना धीतो तम्सुकमा सैछाप गराउछ । मतलब, अब दिन फिरे वा भीजा लाग्नुलाई प्रगती गरेको सम्झन्थे उनीहरु। साला! अघी सम्म बोझ ठान्ने हरु, ठुलो प्रगती ठान्थे त्यसलाई। आफ्नो समाजमा स्थापीत गर्नु भन्दा बिदेशीयको राम्रो ठान्ने वातावरण आफै सृजना गर्दै छै, हाम्रो समाजमा । परदेश नलागे सम्म मान्छे नगन्ने हाम्रो समाजले, सानै देखी लाहुरे हुने वा बिदेश जानेको मनो ईच्छा बिकास गरायो । यतै उत्पाद र रोजगारी आफै सृजना गर्न सहयोग र प्ररणा दिलाउन सकेन, यसको सिकार युवाहरु र हाम्रो समाज आफै भयको छ।
 विस्तारै विस्तारै समाजमा पर निर्भरति तर्फ लम्कदै थियो र अहीले त्यसको गती बढ्दो छ। पैषा कमाउनेहरु शहर केन्द्रीत हुदैछन, बच्चा बच्ची पढाउने बहाना होस वा जागीरको बहाना होस। गर्न सक्ने बलीया बाङ्गा सबै विदेश तीर, खेत बारी बिस्तारै बाँझै छाड्दै छन। 
विदेसको र शसरको प्रभाब ह्वाततै बढेको छ।  से रुपीया कमाई न भयकाले हजारको फुर्ती लडाकै हुन्छ। गाँउमा बसेर यूरोप, अम्रीकाको फुई लगाउछ तर आफ्नै गाँउको महत्व बुझ्दैन। समाजमा सहयोग, सदभाब र भाईचारा धमीरो लाग्दै गयको समाजलेनै बुझीरहेको हुदैन वा बुझेर नबुझे जस्तो गर्या हो? 


सबै कुरा नराम्रो मात्र छ भन्ने होईन, पुर्णीमाको रातमा एउटै जुनले जती उज्यालो दिन्छ, हजारै ताराहरुले त्यो दिन सक्दैनन् । कुरा के भने, काम भन्दा कुरा धेरै भय, जुन रुपमा सोचाई र जिवन स्तरमा परिवर्तन भयको छ बिकासको हीसाबले त्यो भयन फरक यै हो । तर पनी यो १०/ १५ बर्षमा गाँउले धेरै काचुली फेर्यो तर त्यो समय अनुकुल हुन सकेन, नयाँ पुस्तालाई परीवर्तनको हावाले उडायो तर गाँउलाई छुन सकेन। पैषा हुनेहरु गाँउ छोड्ने अनी काँ हुन्थो र प्रगती? यो गाँउ र समाज याँ सम्म आउनमा, देशामा चलेको माओबादीको गृहयुध्द पनी यसको मुख्य कारण पनी हो । मागे जती चन्दा दिनु पर्ने दवाब वा युवाहरुलाई आफ्नो समुहमा लैजाने कारण पनी समाज आंतकीत भा थियो। यस्तो परिस्थीतीमा जसले पनी सेफ ल्याडीङ खोजेकै हुन्छ र बिदेशीने क्रम तेसोको उपज पनी हो ।
देशको कमजोर सर्खार समस्या समाधानमा निरीह थियो भने देशको कुराजनिती बाट पिल्सीयका एउटा गाँऊका जन्ताहरुको जिवनमा कसरी असर गर्छ भन्ने एउटा उदारण थियो यो।

आज फर्केर हेर्दा, समय कसरी बित्दो रहेछ? जिवनका भोगाईहरुनै त्यसको मापन गर्ने सुचक बन्दा रहेछन, तिनै सुचकहरुले बिगतलाई यादगार बनाउदा रहेछन। 
अन्तमा आफैलाई सोच्दछु ? म किन गाँऊमा अटाईन?

Saturday, 26 December 2015

फोकटको ट्याम मा लेखेको

बाबुरामको नयाँ शक्ती, मर्नी बेला हरीयो काक्रो जस्तै हो।
अबको केही समय ग्यास र पेट्रोलका ट्रक गन्दैजानी भो दिनहरू।
मधेसीहरुको तान्डब कैले सम्म? समस्याको चाडो समाधान खोज सर्खार?
आजको पढाई।
तराई, मधेस हाम्रै हो। तराई जाऊ अभियान सुरु गरै। राज्य विरोधीलाई सिमाना कटाऊ, यसैमा सबैको जय हुन्च।
बाबुराम जस्तो पाखन्डी नेता कोही छैन, जो अौँषी र पुर्णीमा मा रुप फेर्छ। 
बन्दले छो छैन तलाई?
ओली युगको सुरुवात 
राजनिती हो पनी हो हैन पनी हो। पुकदा
मन्डले देखी अहीलेका खुङखार कम्नीष्टहरूको मन्त्रीमन्डल हुनी भो। गणतन्त्रको उपाहस।
कमल थापका गणेशलाई फुडबल मन्त्री बनाउछन् की नाई?
के भो त ? नभस सर्खार छोडीन्छ । घुर्की लगाऊने त हो
भैतीक योजना मन्त्रालय बिजय गछेदराको तिनपुष्ते होर भन्या? 
सरीता गिरीले पाटी होईन देश नै छोडे हुन्छ।
आज बडा दशैको पैलो दिन, सम्पुर्ण हिन्दुहरूमा शुभकामना।
दशै नजिकीदै गर्दा घरको निकै याद आउदो रच।
पापी साउले छुट्टी दियन
अफर भेट्यो भने 
हसायो एैले त ठुला ले
अब धेरै छैन
गरीबलाई के दशै के तिहार।
त्यो पातकी शन्सरबार दिल्ली जाने रे।
काडमान्डौमा हुनीको दशै पेट्रोल पम्पमा हुनी भो।
राजनितीमा हुने म्याच फिक्सीङ फुडबलको भन्दा सयौ गुणा घातक।
देशमा हुदा त मलमा जादा पनी रमाईलो हुन्थो, आज दशैको छैठौ दिन, साला परदेशमा तातो भुत्लो कैई छैन।
दशैं को मुखमा सर्खारलाई मन्त्री बिस्तारको चटारो
दाई भाउजुलाई नमस्कार भाई लाई प्यार।

आज घरको निकै याद आको छ आमा, घर सम्झे, बा आमा सम्झे, दाई भाई सम्झे, मामा घर सम्झे, साथी भाई सम्झे, टिका र जमरा सम्झे सबैको सम्झनाले यो मन अमीलो भा"छ । यहाँ न दशैं न तिहार।
दशैंको कार्जेक्रम छ भन्दै थे, जान पर्नी।
दशैं कार्यक्रम
ढाका टोपी सिरैमा ढलक्क ढल्कीयो।
विजया दशमीको मंगलमय शुभकामना।सबैको जय होस्।
दशैं विषेस
हेर फिरीकोले काम गरेको
लोप्पा
उसो भा देशले महीला राष्ट्र प्रमुख पाउने भो।
नपढ्नी त होईनन् है यिनले पनी
विध्यालाई अग्रीम बधाई
एकै दिन हुने कामा दुई दिन कसरी हुन्छ सक्नु छ बजेट । सन्द्रभ राष्ट्रपती र उप को निर्वाचन र सपथ।
जुलुस नहुने कै रैन्छ।
घरबाट दाउर ल्यानस्?
पुनको बिजय सँगै नेपलको संक्रमणकालको अन्ते।
मा का फुई, देश दशकै पछी धकेल्ने कुन माईकालाल थियो त? पानी माथीको ओबानो  हुने?
अछे दिन आगय 
माओबादीको १० बर्षको क्रान्ती केही कम्रेड लाई मा घर केहीलाई मन्त्री र पुनलाई उपराष्ट्रपती बनायर सँगै सकीयो।
बिरगन्जमा गोली चल्यो रे।
आज पुलीसले एक भिजलान्तेलाई ढलायछ बिरगन्जमा।
आखिर मर्ने गरीबनै हुन चाहे त्यो नेपाली होस् या भारतीय ।
यती लामो समय बितीसक्दा पनी प्रमुख दल मधेस झर्न नसक्नु दुखद 
लाजमर्दो
आफ्नो दुःख त छदैछ त्यस माथी नाकाबन्दीले टाउको दुखायो।
चित्र बहादुरले पनी उप प्र सहीत मन्त्री पड्काचन 
उखान टुक्काको देशले चिनीने भो देश। मन्त्रीको उखान सधै हिट लीष्टमा।
त्यार लागो?
पर्देशी भन्दै मन बुझाऊनी। अरू क्यार्न सकीयो र?
त्यारले छोयन खै?
अभाबमा पनी बाँचेको भन्दै सबैलाई धन्देबाद देचन ओली ले, 
पयै फुल्दा त्यो लेक बेषी
अगाडीको भुडी पछाडी सिसामा देखीयछ।
त्यारको परीकाकार पाक्दै छ।
लक्ष्मी पुजाको शुभकामना 
के गर्ने देश अन्सारको भेष, जाँ भा नी पुजा गर्न परो।
मेरो जन्म दिनमा शुभकामन व्यक्त गर्नु हुने सम्पुर्ण साथी भाई र आफन्त प्रती आभार प्रकट गरादछु साथै दिपावली शुभकामना
त्यार यस्तै छ।
रंगोली।
तिहार 
त्यै काठमाडौमा छ क्यारे सचिवालय।
यत्रो अभाब र नाकाबन्दी हुदा मुख उक्काउन नसक्ने सार्क को के काम? 
नेपालीलाई भोट गर्न कसैले नभेट्ने भय, नपत्याए हिरो लाई हेरे हुन्छ।
ब्यापार गर्न जाने चिलाउलेका गेडाको त पैसो पर्दो रच। 
राजनितीले पलायन बादी क्या फाईदा पुर्याछ 
ग्यासको, पेट्रोलको, जागीरको, धारामा, पासपोर्टको सबैमा लाईन। लाईनभोजिन्दगी
औषधीको गाडी पनी बाँकी राखेन भने, ति आन्दोलनकारी हुन की आंतककारी? 
सर्खार समस्याको चाडो समाधान खोज?
मान्छे मारेर शान्तीपुण आन्दोलन भन्ने?
आज याँ पनी भारतीय एम्बेसी घेर्ने कार्यक्रम छ क्यारे।
यो पो काईदा
हैट
गु खाने गबार, बाबुरामको नयाँ शक्ती
बाबुरामको नया शक्ती "नयाँ बोतलको पुरान रैसी" जस्तै हो।
चित्रबहादुरलाई सम्झीन्छन सबैले। जब संघीयताको कुरो आउच ।
अघीको साझासवालमा अन्डा संगको अध्यक्ष सोध्नु थ्यो, कुखुरा पैला कि अन्डा पैला?
भाई फुटे गभार लुटे
जब घरमा आगो बल्छ, छिमेकीलाई रमीत बन्च। के निभाउन सहयोग आसा गर्नु।
चाडै मधेसमा सितलहर चलोस अनी ठाँऊमा आउचन सब।
बाबुराम पढा लेखा मुन्छे हुन तर उनको दिमाख ठिक ठाँउमा छैन।
कता का लाउरे हुन?
जय नेपाल
श्वत पत्र शन्नी के जात हो? हिमाली, पहाडीया वा मधेसी कुनहो?
परीस्थीती खराब बन्दै छ दिन दिन, गरीबको चुलो निभ्यो कस्सलाई चिन्ता भो? 
बृहत साईकल र्याली आयोजन, सबै जना सहभागी बनै।
हाम्रो नेपाल हामी नेपाली ।
मानविय संमबेदना हराउदैछ, मानीसलाई जिउदै जलाउदै छन।
१० जना मुन्छे जम्मा पारेर जे गरे पनी हुनी रच? तिनलाई कानुनले नछुने रच? 
अब उपेन्द्र यादब र राजेन्द्र महतोलाई आन्दोलनकारी ले गोली हानेर मारे भन्ने सुन्न मात्र बाँकी छ। 
आज पनी च्या बिस्कुट खा,र निस्के डाम्नाहरू
अब केही बेरमा मानब साङ्गोका फोटाहरू पोस्टीनीको बाढी आउच।
थापाकाजी फेरी दिल्ली?
घाँसहरुको वार्ता छ रे आज पनी?
गरीबमार आन्दोलन देशको लागी ग्यास्ट्रीक भो। असर नपरेको कोई भयन?
२०० सहयोग गरेको सम्मान पत्र लिन आईज भन्चन बा, सम्मान कार्यक्रम नगरी बचेको खर्च पनी उतै सहयोग गर्देउ भन्दीय।
मेरो अंकललाई दैवले खोस्यो 
हावा खुस्केको टायर जस्तो भा"छ जिवन, न छोड्न सकिन्छ न त कुदाउन नै सकिन्छ।
जय नेपाल। नाकाबन्दी अझै खुलेन?
गरगहना, घनमाल लुट्थे पैला, अब सिलीन्डर लुट्दैछन।
परिस्थीको उपज
गिर्रे मन्त्री शक्ती नाम मात्रका शक्ती रैचन।
बाबुराम
१० बर्षमा माओबादीले देशलाई पुजीबादमा ल्याए, अर्को १० बर्षमा बाबुरामको नयाँ शक्तीले देशलाई समाजबादमा पुर्याउछ। हेर देशले छलाङ मारेको। 
ग्यास नपायर दाउरामा पकाउन परेको छ, अझै ठुला कुरा गर्न छाड्ने होईनन्।
नुनको सोझो गर्नेहरु सबै भा,दुताबासमा जम्मा भा,छन। ति कसरी यो देशका नेता भय?
भुकम्प पछी बालुवाटार घेर्न पुगेको संग्रौला आज बिरगन्ज नाकामा धर्ना दिन पुगेछ। छेपारो जस्तो रूप फेर्ने कस्ता मतीभ्रष्ट वुद्धीजीबी।
समुन्द्र जती शान्त र सालीन देखीन्छ तेसको भित्रीरूप भयानक र कुरूप हुन्छ।
पेट्रोल बम, कुकर बम, सुतली बम......... मेडईननेपाल
गरी खाना कती गार्रो हो भन्या, बाउको कमाई मा रमाय जस्तो नहुने। 
बाउ सँग रिस उठ्दा आमालाई घुर्काय जस्तो रैन्च जिवन।
मर्दले आटे बर्ष दिन, आईमाईले आटे एकै छिन रे ? नबुझी सक्नु कुरो। 
हैन नेपालको भिक्टोरी दिवस कैले पर्च? हं?
जय नेपाल
भु पिडीतलाई दुईछाक जोहो गर्न बेवस्था गरीयोस, स्मारक ओली मरे पछी बनाम्ला पशुपतीमा। 
गर्रो छ।
मधेसमा दानबहरूको अधीकार हनह भै"रा छ। मधेसेले गरी खान दियनन्।
चिसो बढ्दैजादा मधेसको आन्दोलन तुहीयर जान्छ। समस्या समाधानमा ईछुक छैनन् आन्दोलनकारी।
ईनारको पानी छुन नदिने बिभेद मधेसमै छ। काँ को जल ल्यार जानकी मन्दीर पबित्र बनाय ?
मधेसा नेताहरू धेरै भय, समस्याको समाधान गर्न कठीन छ। 
भडासहरू
रातो पासपोट देखाई सालीले।
पिया बस्ती रे 
मेरा प्यारा देश बासीहरु
 हगाई भान्दा पदाई ठुलो, नेपालमा क्रीसमस मनाउनेहरुको पार देख्दा। 
बोल्ले साथी कम र गफाडी साथी धेरै बनायो मियीयाले ।
जन्ता भोकै छन। मन्त्रीमात्र थप्ने ओली सर्खार मुर्दाबाद।
देश लुट्दै ओली सर्खार।
उखान टुक्काले देश चल्नी भय चित्र बहादुर र ओली दशककै सफल मन्त्री हुन्थे ।
स्कुलमा पियनको दरबन्दी थप्दा नियमकानुन चाहीने, साला सर्खार टिकाउन मन्त्रालय टुक्राउने। ओली सर्खार मुर्दाबाद।
बर्तमान परीपेक्षेमा बाबुराम भन्दा कमल थापा सफल।
बाबुरामलाई उछिन्ने भो ओली सर्खारले
राजेन्दरको टाउको फुटगया, ऐहे खुसीका बात।

Monday, 5 October 2015

गत एक मैना देखी का टुईटहरु यता पनी छन है

भोली पुर्नीया रे, ब्यानै छ मेलो आज।
फुर्रे नेपाली फुटबल।
बाटै थुनेर कन्सर्ट गर्या हुन र भन्या? तेस बारे सर्खारलाई कै जान्कारी गराय की नाई?
माग्ने र धुर्मुसेको आफ्नै गाई जात्रा।
गाईजान्रा विषेस के रह्यो आज नेपालमा?
नेपालका मधेषी भारतीय हुन भने? किन बिहारमा आन्दोलन गर्दैनन्? नाग्रीता दियर उतैराख?
मा एक ह्यास ट्याग चलाउन पर्ने भो भारतीय गृर्रे मन्त्रीबारे, जे पायो तै बोल्न पाईन्छ?
युवा ले अस्लील बनाय।
यस्तो पनी हुदो रैच जिन्दगीमा कैलेकाँही।
आज साईलो भाईको बर्थडे रैच।
यो गीत जस्तै यो देश कैले सम्म रहने हो? 
आङकाजी पनी खोरमा पुगेछ। मुख छ भन्दैमा बोल्न पाईन्छ?
पालुङटारको गोरूले सल्यान गाँऊको बिउ खायो।
कान्छी ल्याउदा जेठी जिल खायो।
अपराधीक थलो बन्दै छ सु-पस्चिम
आज कृष्ण अष्टमी। 
गरी खान देऊ।
जेठी भन्छे पानी, कान्छी भन्छे घाम! म एक्लो बुढो कतातिर जाम्!' आफ्नै गित गाउदैछन बाबुराम।
कोमल ओलीको उत्ताउलो प्रतुत हेर्न जान पर्ने भो।
बिदेशको तिज।
तिजको कार्जक्रम गर्दै छन याँ।
डिस्को मा तिज।
देशको राजनितीक अस्तीरताले आन्तरीक रिफ्युजीलाई बढावा पुर्याको छ।
 ९८ का पोई ९८ कै बखान गर्दै रैच
टोले गुन्डा साजन पक्राऊ।
घरमा आगो झोसेर हार गुहार गर्ने हामी कस्ता?
मधेका जन्ता किन आतङककारी जस्ता हुदै छन्? 
मान्छे मारेर बनायको संबिधानको के काम?
आज कोई नमरुन देशमा ।
छोरी दिने बा र जन्म दिने बा 
देशले संविधान पाउने भो
संवीधान प्राप्ती पछी देश सिगापुर र स्विजरल्याड बन्ला भन्नी डर भो।
संबीधानमा धारा मात्र पास भय पानी पास भयन?
पलम्बरलाई पनी पास गर्न परो।
नेतालाई मन परी बोल्न नपाईने धारा पनी पास गरीयोस् ।
मुन्छे कस्ता छन भने, पुलीसले खोरमा हाल्दा पनी हर्सोउलालास रिहा गर्दा अबीर जात्रा गर्चन। आङकाजी 
तिजको शुभकामना।
नयाँ को प्रश्न थपीयो नेपालमा ।
तिज अब बेदनाको पोको रहेन। गरगहना, वाईन, हुस्की र चुस्कीको बोतलभो। 
आज कती धारा पास भय? कतीमा पानी आयो?
साला। आज फेरी ४ जानको परान खायो संविधानले।
आज सम्म ॐकार परीवार के भन्न बुझ्न सकीयन।
आँखा तर्छे मोरी
असन्तुष्टीलाई समेट्न सकिन्च। तर २,३ गते चै खुसीयाली मनाउन पर्च।
तिजको बेलामा फकाई फकाई ल्याउचन, पन्चमीको भोली पल्ट रुदै पठाउचन। @पुरानोगित।
२ र ३ गते फेरी कती मर्नी हुन देशमा ।
बाबुराम आदी हुन ६क्का हुन। खुसी पनी आदी हुने, नाग नाच पनी ननाच्ने दिपावली पनी नगर्ने।
डेनीस राजकुमारको सेल्फी।
हे बुडा भुकम्प आउदाको भोलीपल्ट बालुवाटारमा धर्ना बस्याथेउ । भली पनी त्यै गरे। 
विरगन्जमा फेरी मार्यो रे एक जना।
च्यापत्ती
गच्छेदारको ल्याङ ल्याङ सत्ताको लागी वार्गेनीन गर्न हो।
नेपालको संविधान २०७२ घोषणा।
माघ ८ बिर्साय आज।
लामै बोले त नेम्वाङ।
प्रचन्ड एका एक उचाईमा पुग्ने भाषण ठोक्दै छन त?
तर के बुझे तेत्ती फरक हो।
ट्रेन चडीयो, तर भन्नुपर्च
दक्षीण एसीयाको भुत हो भारत, अरुको खुसी देख्न सक्दैन 
बन्दै गरोस। चाईनाको रेल गाडी लास्सा आईपुग्याछ 
भारतीय च्यानल र सिनेमालाई पनी नेपालमा नाकाबन्धी गर्नु पर्च।
युरोपको संकट।

नेपालमा भा"भय माईकले हान्थे, यता अन्डाले हानेछन् ।
बाबुरामको काम सधै जुवा खेल्ने, कैले बिपामा, कैले मदेश रे दिल्लीमा ।
बा ले ईन्डीयामा भाडा माझे थे
छोराले युरोपमा माझ्दै छ।
बा, ठाँऊमात्र फरक भो काम फरक भयन ।
ठुल्लदाईका ठुलै गफ।
मान्छेको दिमाखमा कती सम्म भाईरस हुदोरच, अब पुलीसलाई पनी बाहुन पुलीसले रे ।
बाबुरामको दिमाखले सक्नेजती गरे, अब उपाय न"भासी राजीनाम दिय ।
भोको पेटमा राष्टीयताको नारा लगायर के गर्ने, राष्टीयताले पेट नभरीने रच।
लाखको खाटमा सुत्नेहरु
आज जनकपुरबाट लखेटीय बाबुराम, कैले देशबाटै लखेटीयको सुन्न पर्च यी कालले ।
बिहारको राजनितीमा भबिष्य छ बाबुरामको।
सबैले अब प्रचड पथमा साईकल चलाउ किन चाहीयो डिजेल पट्रोल? 
सिमापारी खाना खासर,वारी पट्टी होहल्ला गर्ने कसरी नेपाली भय?
कती डिजेल पेट्रोल कुरेर बस्ने? अब गाँउ फर्क अभीयान चलाउ । दाउरा, गुईठा जिन्दाबाद।
नागरीक भयका बाबुराम सर्खारी सुरक्षा गार्ड सहीत किन? 
फ्याट लार।
दारी बा को कार्यकाल पनी सफल रयो।

Sunday, 16 August 2015

भाईवरको टिर्ररर टिर्ररर

हप्ताअन्तरको बेस्तता पछीको थकानलाई मेट्न आईतबार अबेर सम्म सुत्ने निधो थियो । कार्य बेस्तताले हप्तादिन कटेको पत्तो नपाउदा शरीर थकानले लठ्ठीयको थियो । आईतबार ब्यानै ६ बज्न नपाउदै भाईवर टिर्ररर टिर्ररर बजेको घन्टीले निद्रा खुलाई हाल्यो, पैलो फोन नउठाउने निधो गरेर तेती वास्ता गरीन। फेरी बज्यो, तेस्रो पालीमा यसो हेरे नेपालको नम्बर रच, कस्को नम्बर हो पत्तो भयन। फेरी   आयो ! 
A: हेलो ! 
केही बेर पछी अली सुनीयो।
B: हेलो !!
A: अँ हेलो !!
के छ यार? थेरै भो नी कुरा न"भाको ? के गर्दै छस्? 
B: अँ ! अब त टन्न पैसा कमाईस ! मस्ती को लाईफ छ तलाई ! के समझ्नथीस् हाम्लाई । 
A:  हैन यार। कुरा बुझ्छस नी यार त। बिदेशको लाईफ कस्तो छ। 
B: साला ! गफ नदेल। 
A: अनी अरु? हेलो२ 
फोन छुस्स काटे आफै 


५/७ बर्षको बिदेश बसाईमा यस्ता संबाद थेरै दोहोरीय। बिस्तारै पचाउदै गौयो। समय बित्तै जादा सामान्य हुदै गय। 
सायद बिदेशले यि कुरा चाडै सिकायो या पच्दै गय था भयन। 


मनमा धेरै कुरा खुलदुल खुलदुल भय, मान्छेहरु किन यस्तो सोच्छन यार? झ्याल खोले, आँखाले भ्या सम्म पर पर हेर, सिरर बतास चली"राको, फरफर पातहरु हल्ली राखेका । चराहरु चिरबिर चिरबिर मनमा अार्को माहोल ल्यायो त्यसले।
टेबलमाथी पानी थियो बोतल मा, पानी पीय घटघटघट। आदा बोतल पनी पिउन सकियनछ, बियर भा तिन लीटर अटाउथो एै पेटाँ, भने आर्को मन ले। 
राखे बोतल टेबलमा। अन गरे wifi, हेर फेबु टुईटर हेरे अरु पनी तर मन कतै अल्झेन। दिमाखमा उही फोनको संबाद एकोहोरो आईरह्यो। अझ भनै एक किसीमको तर्क बिर्तक चलीरह्यो धेरै बेर सम्म। कुरोले कुनै भेउ हेट्याउन सकेन।
मान्छेहरु सोच्दा हुन, पैसाको रुख हुन्छ बिदेशमा र मेरोकाम पैसा टिप्ने हो। यहाँ मैले मिनेट, घन्टा, दिन, हप्ता र मैना गन्दै खटीन पर्दैन। हैन भने किन जुन साथीलाई कल गरे पनी उई भन्च? 
....... क्रमस