Friday, 6 August 2010

वाल्यकालपश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिणपूर्वतिर एउटा रमाइलो र घमाइलो बलेवा गाउँ छ । बलेवामा अहिले तीनवटा गाविस पैयुँपाटा, नारायणस्थान र अमलाचौर पर्छन् । मेरो जन्म नारायणस्थान ३ विक्रम सम्बत् २०४४ साल मा गरीब किसान परिवारमा भएको हो ।आमा चन्द्रकला र बाबु कृष्ण बहादुर को म दोश्रो सन्तान हुँ । मेरो एक दाजू र २ भाई छन .
म पश्चिम नेपालको परम्परागत खरको छानो भएको होचो घुमाउने (बाटुले) घरको अँध्यारो कुनामा जन्मेको हुँ । यो घर हजुरबाले बनाएको भन्नुहुन्थ्यो । पूर्वपट्टी एक सानोआँखीझ्याल र होचो ढोका छ । आँखीझ्याल नजिकै उत्तर दक्षिण फर्केको ओछ्यान छ । यो ओछ्यान सबैको वाल्यकालपश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिणपूर्वतिर एउटा रमाइलो र घमाइलो बलेवा गाउँ छ । बलेवामा अहिले तीनवटा गाविस पैयुँपाटा, नारायणस्थान र अमलाचौर पर्छन् । मेरो जन्म नारायणस्थान ३ विक्रम सम्बत् २०४४ साल मा गरीब किसान परिवारमा भएको हो ।आमा चन्द्रकला र बाबु कृष्ण बहादुर को म दोश्रो सन्तान हुँ । मेरो एक दाजू र २ भाई छन .
म पश्चिम नेपालको परम्परागत खरको छानो भएको होचो घुमाउने (बाटुले) घरको अँध्यारो कुनामा जन्मेको हुँ । यो घर हजुरबाले बनाएको भन्नुहुन्थ्यो । पूर्वपट्टी एक सानोआँखीझ्याल र होचो ढोका छ । आँखीझ्याल नजिकै उत्तर दक्षिण फर्केको ओछ्यान छ । यो ओछ्यान सबैको पर्यो हुन्थीयोकिसानको घरमा साँझबिहान प्रयोग हुने उत्पादनका साधन, आँसी, बाउसो बञ्चरो, फाली करुवा, नाम्लो आदि राख्ने ओब्रो र ठाउँठाउँमा खोपाहरूको व्यवस्था त्यस्ता घरको बिशेषता नै हो । घरभित्र चुलो, चौको, अँगेनो, मोहीपार्ने (दहीमथ्ने), ठेकाभाँडा राख्ने निश्चित ठाउँको तारतम्य मिलाइएको हुन्छ । त्यति सानो घरमा स- परिवार कसरी अटे होला अहिले आश्चर्य लाग्छ । त्यसमा पनि सिकुवामा ढिकी र ढोकाको छेवैमा कोदो पिस्ने जाँतो गाड्ने रोस सबैतिर थियो । म जन्मेको घर अहिलेसम्म पनि छ । बाहरूछुट्टिएर भिन्नहुँदा त्यो घर बाको अंशामा परेको थियो । आजभोली म घर जाँदा जन्मेको ठाउँमा बसौंबसौं हुन्छ ।
हुन्थीयोकिसानको घरमा साँझबिहान प्रयोग हुने उत्पादनका साधन, आँसी, बाउसो बञ्चरो, फाली करुवा, नाम्लो आदि राख्ने ओब्रो र ठाउँठाउँमा खोपाहरूको व्यवस्था त्यस्ता घरको बिशेषता नै हो । घरभित्र चुलो, चौको, अँगेनो, मोहीपार्ने (दहीमथ्ने), ठेकाभाँडा राख्ने निश्चित ठाउँको तारतम्य मिलाइएको हुन्छ । त्यति सानो घरमा स- परिवार कसरी अटे होला अहिले आश्चर्य लाग्छ । त्यसमा पनि सिकुवामा ढिकी र ढोकाको छेवैमा कोदो पिस्ने जाँतो गाड्ने रोस सबैतिर थियो । म जन्मेको घर अहिलेसम्म पनि छ । बाहरूछुट्टिएर भिन्नहुँदा त्यो घर बाको अंशामा परेको थियो । आजभोली म घर जाँदा जन्मेको ठाउँमा बसौंबसौं हुन्छ ।