Monday, 29 July 2013

झस्काएर गई

सपनीमा आई आज, झस्काएर गई
निको भा को घाऊ फेरी, चस्काएर गई

सचीकोझैँ मुहार् उस्को, ईन्द्रै मात खाने
नयनका वाँण दिल्मा, धस्काएर गई 

निदरीमा सँगै थिई, खेल्दै लुकामारी
खुले आँखा मुटु मेरो, खस्काएर गई

स्वप्न बनी देखीएर, भागी कता कता
अँगालोमै बेरी कसी, मस्काएर गई

Sunday, 21 July 2013

गुरुपूर्णिमा

हिन्दू धर्मावलम्बीले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई आज सोमबार गुरुपूर्णिमाका रूपमा मनाउँदैछन्। द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् गुरु पूर्णिमाकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो।

चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यलाई दर्शन दिएकाले यो दिनलाई गुरुपूर्णिमाका दिनमा मनाउने परम्परा बसेको हो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई प्रथम सर्वश्रेष्ठ गुरु मानिन्छ र आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ। यो पूर्णिमाको दिन गुरुका रुपमा ज्ञानको पूजा गरिन्छ। अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी आफ्ना शिष्यलाई उज्यालोतर्फ लानुहुने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट आशीर्वाद थाप्ने चलन छ। संस्कृत भाषामा 'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञान हटाउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ। हिन्दू मान्यताअनुसार सङ्गीतलगायत ६४ कला सिकाउने, गायत्री–दीक्षामन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन्। विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो। त्रेतायुगमा रामसहित उनका भाइ र द्वापरयुगमा भगवान् कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ। गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश गुरु पूर्णिमाकै दिन दिनुभएकाले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने गरिआएका छन्।

Friday, 19 July 2013

यो गाउँको हैजा अरुतिरै लैजा…

हिजो साउने संक्रान्ति। यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। हिजोबाट गर्मीको अन्त्य र जाडोको सुरुवात हुन्छ भन्ने मान्यता पनि छ। हिजोकै दिनबाट सूर्य कर्कट रेखाबाट मकर रेखातर्फ लाग्छ भन्ने ज्योतिषी मान्यता छ। यो दिनलाई नेपाली हिन्दू धर्मावलम्वीहरुले ठाउँ अनुसार फरक फरक ढंगले मनाउने गर्छन्। सानो हुँदा हामीलाई यो पर्वको खुवै चासो रहन्थ्यो। त्यसैले लुतो फाल्ने दिनको प्रतीक्षामा रहन्थ्यौं।
भौगोलिक भाषामा साउने क्रान्तिलाई कर्कट क्रान्ति भने पनि खासगरी गाउँघरतिर लुतो फाल्ने दिन भनेर चिनिन्छ। 'एउटा गाउँको लुतो अर्को गाउँमा लैजा' भनेर रात परेपछि ठूलो स्वरले करायो भने त्यो गाउँका मानिसलाई वर्षभरी लुतो लाग्दैन भन्ने जनविश्वास छ।


प्राय गाउँमा मध्य असारदेखि खेत रोपाइँ सुरु हुने भएकोले स्कुलमा बर्खे बिदा हुन्थ्यो । सक्ने ठूलाहरु बिदा भरी खेतमा काम गर्थे हामी साना केटाकेटी भने गोरु र बाख्रा चराउन खट्टिन्थ्यौँ

हामी तीन भाइ (दुई दाइ) ले दुई हल गोरु र लगभग ५० वटा बाख्रालाई दिनभरी पहरा दिन्थे। जता जता गोरु र बाख्रा जान्थे हामी त्यतै। बर्खा मास आँप पाक्ने मौसम भएर पनि होला हामी गोठालो जाने भनेपछि मख्ख पर्थ्यौ। उसो त गोठालो गएपछि पढ्ने टन्टा पनि हुन्नथ्यो। गाइबाख्रा फुकाएर वन पुर्‍याएपछि हाम्रो काम भनेकै आँपको रुख हेर्दै हिँड्ने। कुन रुखमा आँप पाकेको छ, कुनमा कति फलेको छ? यसरी रुखको टुप्पो हेर्दै हिँड्दा कतिचोटी लडेर घुँडामा घाउ समेत लाग्थे।
सानो बेला बारीमा केही फलेको देख्यो कि मुखबाट पानी आइहाल्थ्यो । मनमनै लाग्थ्यो 'टिपेर खान पाए कस्तो मज्जा हुन्थ्यो।' त्यही भएर हजुरआमाले हामीलाई भन्नुहुन्थ्यो 'खानाका काल।
हाम्रो बारीमा नभएका फलफूल कमै थिए। बोटभरी बेलौती, नास्पाती, रुख कटहर, भुइँ कटहर, सुन्तला, कागती, अनार, भोगटे, जुनार लगायतका सबै । तर, ती हामीले चाहेको बेला र मन लागेको बेला सजिलै खान पाउँदैन थियौँ । यसको लागि साउने संक्रान्ति पर्खनै पर्थ्यो । साउने संक्रान्तिपछि चाहिँ हजुरआमाले 'खाओ' भनेर स्वीकृति दिएपछि मात्रै खान पाउँथ्यौँ।
असारतिरै खान खोज्यो भने हजुरआमाले भन्नुहन्थ्यो, 'साउने संक्रान्ति नै आ'छैन खान हुन्न।'
'किन नि आमा ?'
'लुतो फालेसी मात्रै खाने,' हजुर आमाको उत्तर हुन्थ्यो।
अनि हामी त्यही दिनको प्रतीक्षामा ‌औंला गनेर बस्थ्यौ।
जब साउने संक्रान्तिको दिन आउँथ्यो हामी बिहानैदेखि खुशी हुन्थ्यौँ। हामीमा चमकधमक नै बेग्लै हुन्थ्यो। 'ल गोठालो जाँदा लुतो फाल्ने सबै कुरा ल्याओ है,' हजुरआमाको उर्दी हुन्थ्यो।
फलफूल खाने धोकोलाई पोको पारेर बसेका हामी आजैको दिन देखि धित मर्ने गरी फलफूल खान पाइन्छ भनेर चाँडै नै खाना खाइवरी गाइबाख्रा फुकाएर वन छिर्थ्यौ।
वनमा पुगेपछि तीन जनाले लुतो फाल्न चाहिने कुकर डाइनो, पानी सरो, भलायोको पात, अनि सुकेको पातीको सिठो खोज्न व्यस्त हुन्थ्यौँ।
लुतो फाल्ने भएर होला हामीले घरमा चाँडै गाइबाख्रा लगे पनि गाली खादैनथ्यौँ यो दिन।
गोठालोबाट घर फर्केपछि खाजा खाइवरी फेरी हाम्रो काम भनेको बारीमा भएजति फलफूलको जोडी खोज्ने काम सुरु हुन्थ्यो ।
नासपाती, अमिलो (निबुवा), कागती, सुन्तला, भोगटे, जुनार, अनार लागयतका फलफूलका जोडी र केराको पात। लुतो फाल्न चाहिने आवश्यक सामग्री जोहो गरिसकेपछि तुलसीको मठ नजिकै केराको पात माथि राख्थ्यौँ ।

जब झिसमिसे साँझ हुन्थ्यो हजुरआमाले दियो बालेर मठमा ल्याउँदै भन्नुहुन्थ्यो, 'ल है लुतो फाल्ने बेला भयो आओ।'

हामी हस्याँङफस्याँङ गर्दै मठछेउ जान्थ्यौँ ।
हजुरबाले मन्त्र पढ्दै पुजा गर्न थाल्नुहुन्थ्यो अघि बटुलेर ल्याएको सामाग्रीलाई। हामी पातीको सिठा बाल्न थाल्थ्यौँ। हजुरबाले पुजा गरिरहँदा हामीलाई कतिखेर लुतो फालुम्ला भन्ने लाग्थ्यो। यती नै बेला वल्लोगाउँ पल्लो गाउँमा पनि लुतो फाल्ने तयारी हुन्थ्यो। हरेक गाउँलेको घरमा जुनकिरीको पिलिकपिलक बत्ति जस्तै घरको मठमा दियो बलेका हुन्थे।
हाम्रो घर पारी ठ्याक्कै धादिङको ढोला र खाल्टे गाउँ थियो । हजुरबाले ल अब लुतो फालो भनेर भन्नुभएपछि हामी जोडले कराउँथ्यौँ, 'गाउँको हैजा ढोलालीलाई लैजा। वा अरु कुनै गाउँको नाम लिएर झन् जोडले चिच्याउँथ्यौँ। चुनाव हुने वर्ष वा चुनाव हुँदैछ भने त हामी मन नपर्ने दलको ठूलै नेताको नाम लिएर समेत यो पालीको हैजा ….नेतालाई लैजा भनेर नामै तोकेर भन्थ्यौँ। फेरी अर्को गाउँबाट हामीतिर लक्षित गरेर त्यसको जवाफ आउँथ्यो।
लुतो फालेर साँच्चै हैजा जाने हो हैन अहिलेसम्म मलाई थाहा छैन तर पनि आफ्नो गाउँघरतिरको यो चलन अहिले हराउँदै गएको छ। साउने संक्रान्तिको दिन घरमा फोन गरेको हजुरबाले लुतो फाल्नको लागि सबै तयार पार्नु भएको रहेछ । एक्कासी लाग्यो : अब घर गएको बेला सबैखाले फलफूल खान पाइन्छ।

म मुकुन्द

आफ्नो बंश मासेर शाहबंशको सेवा गर्ने प्रचण्डे की जेठी बुहारी प्रभा बोगटीको पेटमा छोरो आएको Ultra Sound Report हेरेर नाति तुहाई कन बुहारी धपाइएको हो .


दोश्री बुहारी सिर्जना त्रिपाठी ले पनि छोरो नै पाएकी हुदा घर न घाटकी बनाइएकी छे.
बाउ चाहिले पनि पहिलेइ हेरिभ्याई सकेकी साहिली बुहारी बिना मगर्नी ले पनि छोरो नै पाइछे भने यो पनि स्वयम् Bomboy मा बेचिन्छे , छोरी पाए मात्र घरजम हुने हो.

तर प्रचण्डे स्वयम् भने चौथो बेतमा पनि छोरो नजन्मेको भए आत्महत्या गर्नेथियो. र प्रचंडे ज्ञानेन्द्रको राजनीतिमा नलागेको भए त्यसका छोरी हेम्जाका गुरुङ ले पनि लाने थिएनन.
...
बाबुरामको छोरो ३ बर्ष पछि दबाइएको छ, अनुहार आकार रुप रंग केहि नमिल्ने मुसा जत्री छोरीको न्वारान भट्टराई ले गरिदियो.
गनाउने बुढो कृष्ण प्रसाद भट्टराई अपुताली पर्यो, गोर्खाली पाडो नारायण काजि अबिबाहित सुतेको छ।
माडेको छोरो पाल्ने शेरबहादुर का कुरै नगरु ! छोरो Abortion गराई छोरी मात्र पाल्ने गनगन थापा घर्ती हरुका पनि ब्यथा उस्तै छन. चिम्पान्जी मोहन बैद्य पनि अपुत्रो नै हो.

पापी जाली छद्म राजनीति गर्ने CID नेताहरुका सन्तान किन मासिन्छन् ?
छोराहरुले मालिक ज्ञानेन्द्र हरुका पोल खुलाउछ्न, गाडधन थाहा पाउछ्न. त्यसैले कैयन केटाहरुको भ्रुण हत्या भैरहेको छ.
छोरा भनेका रानिबासका तामा जस्ता हुन्, धर्ति छेडेर आकाशमा सास फेर्छन सुसेली हाल्छन, भाषण ठोक्छ्न.
जब कि छोरी बिचारी हरु बासका नांग्ली पट्यास सरह झरेर घरघर गइ कुनामा रोइबस्ने जात हो.

बाचुन्जेल बिरेन्द्र, BP लाइ पीर दिने गणेशमान को छोरो प्रकाशमानले Black Mailing गरेर पद खायो, त्यसै गर्लान सबैका छोराले भनेर अपुत्रो बस्ने कबोल गराएर केटाहरुलाई राजनीतिमा घुसाइएको हुन्छ .
तर म बिचरो मुकुन्द भने इन्दिरा फेला नपरेकी ले धर्मका जुम्ल्याहा टुशाहरु हान्ने रहरमै सिमित भएको बिडम्बना पुर्ण अबस्था छ. यद्यपि आउदो मंशिर को लगनमा MIss Nepal कोही त होली नै तर यस बर डाड़ोमा एउटी पिपल सारेर जगाइने नै छ.

मन्दिर जस्तो मेरो आत्मा माथिको गजूर जस्तो शीर मा अढाई Kg . तौल को श्रीपेच 
चट्ट सुहाउछ ,थाम्नु म र मेरा सन्तानको बाध्यता हुनेछ.
प्रचण्डे, बाबुरामे र मोहन वैद्य चिम्पान्जी का जाली खप्परमा प


रिवार नियोजनको साधन ठिक्क सुहाउने हो.

बिचरा कम्निस्ट , मंगोल , पशु र आइमाई माथि दया गर !


आन्द्रा सुकाएर म रास्ट्रपति हुनेछु, लोभी, मोटे,भुडे हरु चिनी रोगले मरून !
भोलि हिमालयको मापदण्ड नै म हुनेछु, म भन्दा मोटा फर्सिहरु माथि चौथी खेलिनेछ. म भन्दा अग्ला चिलाउने हरु ढलाइने छन्.
शहर बनियो ठग्न , मलद्वार बनियो हग्न !
शहरमा खेतबारी छैन गाइभैसी छैनन् तर यिनर्कै भुडी ठुल्ठुला कसरी भए ?
गाउमा गाइ दुब्ला छन्, शहरमा किर्ना कसरी मोटाए ?
गाउमा सुन्तला ओइलाइरहदा शहरका ऐंजेरु कसरी पाउलिए ?


गाउले कुमारी केटीहरु बुढिकन्या बस्दा शहरिया भालुहरुको धुमधाम बिहे किन गरिदैछ ?
बजारमा मात्र बिकास गरेर देश बन्दैन, खलेगारो खुर्केर मात्र धान फल्दैन. छेउकुना मा खनजोत गरि मलजल पुर्याउनु पर्छ.

अपशब्द नेपाल भन्न प्रतिबन्ध लाउ,
शुभनाम Mukunda Land जप्दै स्वर्ग जाउ !
अब नेपाली भन्ने दमाइ दाइलाई मात्र हो। महेन्द्रमाला को काल्पनिक पृथ्वीनारायण शाह भन्ने झुठा कथा को पात्र मात्र हो, सबैको प्यारो म मुकुन्द घिमिरे आजको जिउदो यथार्थ हुं।
जितेपछि इतिहास लेखिन्छ, ऐना जस्ता पुराना किताबले दृश्य उल्टो देखाए, 


कसैलाई फेरी राजा चाहियो भने
 म मुकुन्द घिमिरे स्वयम् श्रीपेच लगाई दिन मन्जुर छु. भाइमारा, इतिहास ढटुवा शाह बंश गयो , हिन्दुराजा घिमिरे बंश स्थापित हुन तयार छ.

आमा



आफ्नो भन्नु तिमि नै थियौ तर आज छोडी गएउ
मलाई खुसि दिलाउन किन यति दुख सहेउ

पुर्णिमा को जुन तिमि आधारात मै लुके पछी
औसी सदबाहार भयो नजर तिम्रो झुके पछी

बध्याताले छाडी गएउ कसैकोनि साथ छैन
आँखा बाट आँशु खस्दा पुछी दिने हात छैन

आमा तिम्रो याद आउदा आँशु धारा पिउदैछु म
मातृ प्रेमको भिरबाट लडेर नि जिउदै छु म

तिम्रो हाँसो खुसि देख्न दुख पिडा खपीदिन्छु
जीवनको हरघडिमा तिम्रै नाम जपी दिन्छु

तक्दिरलाइ दोष दिदै आफ्नै टाउको ठोक्दै छु म
विरहको गित गाउदै दुख पिडा पोख्दै छु म

आमा तिमीलाई आजभोलि सपनीमा देख्ने गर्छु
बियोगको पिडा बोक्न नजाने नि लेख्ने गर्छु

Tuesday, 16 July 2013

साउन, हरियो चुरा, हाम्रो संस्कृति र भित्रिएको विक्रिति


जब साउन महिना लाग्छ तब महिलाहरूले हातलाई हरियो चुरा र मेहन्दीले सजाउन थाल्दछन् । एकातिर साउने सोमबारमा ब्रत बस्न महिलाहरू अग्रसर भईरहेका हुन्छन् भने अर्को तिर उनीहरू बिदेशी सँस्कृतिको नक्कल गर्न तर्फ लालाइत हुँदैछन् । साउन लाग्न नपाउँदै उनीहरू रंगी बिरंगी हुनको लागि बजार तथा ग्रमीण क्षेत्रका चोक चोकमा रहेको चुरा पसल र श्रृंगार पसलमा चाहार्न थाल्दछन् ।
साउनमा ब्रत बस्ने कुरा त एक हिसाबले राम्रो कुरा पनि हो । विज्ञानले पनि पुष्टि गरेको छ कि एक स्वस्थ्य मानिस हप्तामा एक दिन ब्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाईदा नै गर्दछ । तर असक्त तथा बिरामी पनि सोमबार भन्दै सकि नसकि ब्रत बसेको देख्दा कता कता काउकुती लागेर आउँछ अनि सहानुभुती पनि हुन्छ उनीहरूप्रति । आँफू अस्वस्थ्य छ भने आखिर ब्रत के का लागि ? यो कुरा तपाईँ तमाम आमाहरू तथा दिदी बहिनीहरूप्रति तेर्साउँदछु ।
साउनमा हातमा मेहन्दि र हरियो चुराले सजिँदै

फलानी त ब्रत बसी म किन नबस्ने ? पल्लाघरे सुन्तली त ब्रत बसेकी छे सानी तँ बस्दिनस् ? यस्तो वाक्य सुन्ने गरिन्छ हाम्रो समाजमा । ब्रत त स्वेच्छिक रूपमा बस्ने हो न कि अर्काको करकापमा । अनि फेरि शरिरले नसकी नसकी ब्रत बसेर के फल प्राप्त गर्न सकिन्छ ? उल्टै आफ्नो आत्माले श्राप गर्न थाल्दछ । किनकी बिरामी अवस्थामा त सन्तुलीत आहार विहार तथा उचित आराम आवश्यकता पर्दछ ।

आखिर किन लागाउँछन् त महिलाहरूले आफ्ना हातमा साउनमा हरियो चुरा अनि थरि थरिका मेहन्दीहरू ? भन्ने गर्छन् यो हाम्रो संस्कृति हो, साउनमा हरियो चुरा अनि मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुन्छ, सर्प दंशबाट जोगिइन्छ आदि आदि । तर न त यो हाम्रो पूर्विय संस्कृतिको उपज हो, न त माथि भनिए जस्तै हरियो चुरा र मेहन्दी लगाउँदा घर परिवारमा कुनै अनिष्ट हुनबाट बचाउँछ । वास्तबमा यो हामी नेपालीहरूको अर्काको नक्कल चोर्ने परिपाटि हो ।
खै, कुन दर्शन अथवा कुन धर्मको धार्मिक ग्रन्थ वा दर्शनशास्त्रमा भनेको छ साउन महिनामा हरियो चुरा अनि मेहन्दी लगाउनु पर्छ भनेर ? कि मैले कुनै त्यस्तो धार्मिक ग्रन्थ र दर्शनशास्त्र पढ्न नपाएको हुनुपर्छ या त यो सबै अवाफा कपोल कल्पित र देखासिकी गर्ने प्रचलन हो हामी नेपालीहरूको । मैले महिलाहरूले प्रयोग गर्ने सामानहरूको बिरोध गरेको होईन । मैले त एउटा बिसंगती र बिकृतिको बारेमा सानो कुरा उठान गर्न मात्र चाहेको हुँ । हो ! चुरा तथा मेहन्दी महिलाहरूको श्रृंगारका बस्तु हुन् । यो उनीहरूको गहना हो तर के श्रृंगारको बस्तु भन्दैमा कपोलकल्पित कुराहरूको पछाडि लाग्नु राम्रो हो त ? अनि यसैलाई आफ्नो संस्कृति तथा प्रचलन हो भन्दै अन्धो भक्त भएर अनुशरण गर्नु के उचित हुन्छ र ?
यस्तरी रंगाउँछन् आफ्ना हातहरू

अझै आधुनिक दिदी बहिनीहरू जो समाजका शिक्षित वर्गमा पर्दछन् उनीहरूले पनि यसलाई आफ्नो संस्कृतिको रूपमा वकालत गर्नु कतिको न्यायोचित कुरा हो ? नबुझेकाहरूले त अनुशरण गरे ठिकै छ । तर एउटा शिक्षित मानिसले अन्धोभक्त हुनु, के उचित कुरा हो त ? यो बारेमा खै कहिले सोँच्ने हो ? बेलैमा बिचार पु¥याउन सकियो भने अनाहकमा करोडौँ रूपैयाँ बिदेशीने थिएन होला ।
सायद एउटा कुरा तपार्इँहरू कतिलाई थाहा होला भने धेरैलाई थाहा नहुन पनि सक्छ । जुन हाम्रा दिदी बहिनीहरूले लगाउने चुरा अनी मेहन्दी छ त्यो हाम्रो देशमा उत्पादन हुँदैन । सबै भारत तथा तेस्रो मुलुकबाट आयातीत वस्तुहरू हुन् । साउन महिनामा यसको बढी नै खपत हुने गरेको छ । यसबाट ठुलै रकम बिदेशीने क्रम जारी छ । अनि व्यापार घाटाको त कुरै नगरम् ।
जुन हरियो चुरा र मेहन्दी तपार्इँले लगाउनुहुन्छ त्यसको मूल्य कमसेकम पनि ५० रूपैयाँ भन्दा बढी नै हुन्छ । अनि कुरा एक जनाले मात्र लगाउनेको होइन यहाँ त महिलाहरूको जनसंख्या करिब १ करोड ३७ लाखको हाराहारी रहेको तथ्य नेपालको राष्ट्रिय जनगणना २०६८ को नतिजाले देखाएको छ । जसमध्ये थोरैमा पनि १ करोड महिलाहरूले मात्रै यो महिनामा हरियो चुरा र मेहन्दी लगाए भने पनि करिब करिब ५० करोड नेपाली रूपैयाँ बिदेशीने कुरा प्रष्ट हुन्छ ।
आफु सिंगारिनको लागि हातमा चुरा र मेहन्दी लगाएको हो भने आखिर साउन नै किन कुर्नु प¥यो र ? के सिंगारिने समय अरू छैन र ? फुर्सदको समय पनि त हुन्छ नि, जुनबेला कुनै पनि काम नभएको समय हुन्छ । यो त रोपाईँको चटारो हुने समय हो । उता रोपाई गर्न भ्याई नभ्याई हुने गर्दछ भने यता श्रृंगारको सामान खरिद गर्नको लागि महिलाहरूलाई फुर्सद नै हुँदैन ।
साउनमा फस्टाउने साउजीको व्यापार
अब यो हिलाम्य हुने समयमा कताको फुर्सद निकालेर हातमा हरियो चुरा र मेहन्दी लगाउन दगुर्ने होला नि ? बरु साउनको महिनामा लुटतो फाल्ने, खिर खाने आदि इत्यादी गरेर संस्कृतिको जगेर्ना तर्फ लाग्ने हो कि ? यसै त हामी नेपाली कला र संस्कृतिमा धनि छौँ यसमा विकृति भित्राएर दरिद्र बन्ने कुचेष्टा नगर्दा राम्रो हुने थियो होला ।

Saturday, 13 July 2013

आउनुहोस्, दस्तालाई दोस्तीमा बदलौं


“मेरो घर सिराहाको लाहान हो। पहिला अँगालो हालेर सँगसँगै हिंडेका साथीभाई पनि अहिले पराई जस्ता लाग्छन्। आफै जन्मेको ठाउँ जाँदा पनि इराक र अफगानिस्तान गए जस्तो लाग्छ।” एकजना मित्रले केही दिनअघि मात्रै मसँग यो कुरा गरेका थिए। उनी को हुन र के हुन, म खोल्न चाहान्नँ। (गोपनियताको हक)
यस्तो अनुभूति अहिले सबै जाति र समुदाय (मधेसी, पहाडी, दलित, जनजाति, क्षत्री, ब्राह्मण) सबैले गरीरहेको म पाउछु। हिजो हाम्रो समाज यस्तो थिएन। आज किन भयो? उत्पिडनको परिणाम यस्तै हुन्छ भन्लान कतिपयले। एउटा समुदाय प्रति अर्को समुदाय त्रसित र सशंकित हुनुपर्ने कस्तो परिणाम हो यो? के हामी सहि बाटोमा त छौं ?
जसले उत्पिडनको कारणले यसो भएको हो भन्छ उसको ‘सनक’ प्रति मेरो केवल करुणा भाव छ। उसको मनको हिंसक तत्वले पोखिन चाहीरहेको छ र पोखिने बाटो खोजीरहेछ भनेर म बुझ्छु। उत्पिडनकै कुरा गर्ने हो भने मेरो पुर्खा र म आफै पनि कुनै मधेसी, जनजाती वा कुनै अमुक पछाडी पारिएको समुदाय भन्दा कम उत्पिडित होइन। अझ मधेसी र जनजातिबाट समेत उत्पिडित भएको हुँ म र मेरो पुर्खा। त्यसको बदला लिन के म सबैको घाँटी न्याक्दै हिडौं अहिले ? एउटा विवेकशिल मान्छेले त्यसो गर्न सुहाउछ ?
फेसबुकमा मलाई (जबरजस्ती) एड् गरिएका अनेकौं ग्रुपहरुमा भएका वहस र टिप्पणीहरु पढ्छु। अनेकौं जाति र समुदायको नाममा खोलिएका ति ग्रुपहरुमा कसैले पहाडेलाई गोली ठोक्ने सम्मका कुरा लेखीरहेको छ। कसैले हामी मुलबासी भएकोले अरु जहाँबाट आएका हुन् उतै लखेटौं भनेर लेख्न भ्याउछ। कसैले कथित उच्च जाति हाम्रा शत्रु हुन भनेर लेख्दैछ। कसले दियो यो कुबुद्धी ? बुद्धको यो तपोभूमीमा एकाएक हामी एकअर्काको रगतको प्यासी किन हुन खोजीरहेका छौं?
इतिहासका कुरा मानवशास्त्रीहरुलाई बुद्धिविलास गर्नको लागि छोडीदिउँ अहिलेलाई। ति बुढाहरुसँग हिजोको भूत मात्रै छ तर हामीहरुसँग कठोर वर्तामान र अनिश्चित भविष्य छ। हाम्रो चिन्तन यसलाई उज्ज्वल बनाउन केन्द्रित हुनुपर्छ न कि तँ फलाना समुदायको म फलाना समुदायको भनेर लड्नमा।
म दोष युवा पुस्तालाई दिन चाहान्नँ। यो जोशले भरिएको पुस्ता अबोध बालक झैं छ। जे अह्रायो त्यही गर्छ। केही नेता, केही प्रध्यापक, केही डाक्टरहरुले नयाँ पुस्ताको दिमागमा भाइचारा होइन, भाइरस भरिदीए। भाइरस फैलदैछ।
हाम्रा अग्रज भनाउदाहरुले शसक्तिकरणको नाममा जातीय र क्षत्रीय लडाकु दस्ता बनाउन सिकाएछन्। इतिहासमा भएको उत्पिडनको कहानीमा फुलबुट्टा भरेर नयाँ पुस्तालाई अर्को समुदाय प्रति घृणा र वैरभाव फैलाउन सिकाएछन्। सबैले बुझौं, इतिहासको कुरा सम्झेर अहिले गलत ठाउँमा उर्जा खेर फाल्ने समय होइन यो। समयमै बुझेनौं भने,  पछि हामीले पश्चाताप गर्नको लागि समेत समय पाउने छैनौं। आउनुहोस्, दस्तालाई दोस्तीमा बदलौं।
मैले यस्ता कुरा गर्दा धेरैले ब्राम्हणवादीको चाकडी गरेको भने। कसैले भाडाको चम्चा भने। मेरै प्रियजनहरुले समेत तेरो  अघायो र यस्तो कुरा गर्न थालिस् भने तर मलाई अफसोस् छैन।
म सबैसँग विनम्र अनुरोध गर्छु, कसैले हेपिएको महशुस गर्छ भने हेपिने वातावरण सिर्जना नगरौं। पछाडी पारिएको महशुस गर्छ भने अगाडी ल्याउन सहयोग गरौं। अधिकार माग्दा अरुलाई शत्रु नभनौं। अधिकार दिदा आफ्नो भाग खोसिएको पनि नठानौं। जे गरेर हुन्छ विभाजनको रेखा मेट्न तिर लागौं। फेरि भन्छु, आउनुहोस्, दस्तालाई दोस्तीमा बदलौं।