स्कुल छाडेको १५ बर्ष पुगेछ। जब SLC (अहिलेको SE) माहोल सुरु हुन्छ,कती छिटो समयको गतीले धेरै उकालीओराली पारगरेछ । ति बचेका सम्झनालेहरु, जुन मष्तिस्कको रिलमा बेरियर बसेका थिय जसले ति पुराना यादहरुलाई आज वर्तमानमा त्यो बिगतको सुनौलो अतितसँग जोडेर नयाँ बिरासत फर्काउने काम गर्दै थिय।
दशैंको बिदा भर्खर सकियर स्कुलहरु भर्खर खुल्दै थिय। शिशिररितुको खुल्ला निलो आकास, चनचल युवती झै छिनछिन रूप बदल्ने त्यो बादल, ति पारिला घाम अनी सिरररर चल्ने त्यो चिसो हावा प्यारो बन्दै थियो सबै लाई । स्कुलेहरु दशैं बिदाका पढाई भन्दा गफ धेरै चुट्दै थिय । तासका गफ, बिदाका भद्रगोल र उपद्रो अनेक अनेक । कुरा सुन्दा स्कुलको माहोल मा फर्कन अझै दुई चार दिन पक्कै लाग्छ। बाकिनै थिय, शुभकामना कार्ड कस्को कस्को नाम पुगो पुगेन कुन केटीले बाल दियन? अरु के के ।
केही दिन छुट्टी भयर होला चउरमा भररर दुबोले मुन्टो उठाउने मौका पायछ। बिदाको पछिल्लो दिन भन्दा केही फरक रुप देखिन्थो । सररर हावा चल्दा पनी दुबोको मुन्टा फररर हल्लेको परपर सम्म देखिन्थो। त्यस माथी चराहरुको चिरबिर चिरबिर र स-साना नानीहरुको गुनगुन आवाजमा स्कुलको माहोल सधै फरक पृथक थियो । हरेक कक्षामा बेग्लै माहोल कोही माहा पढन्ते केही माहा उटपट्याङ, साथीलाई कुर्चीमा बस्नी बेलामा कलम ठाडो पारेर रगतै निकालिदिन्थे ।
१ बजे पाले दाईले हात थररर हुने गरी स्कुलको घन्टी बाहिर ल्यार टिङटिङ बजाय । घन्टीको आवाज चारै तिर फैलियो हावामा । सबै केटकेटी कक्षाबाट बाहिर निस्के भुर्रर कमिला निस्के झै, कोहि खाजा खान, कोहि बुटामुनी गफ चुट्न थाले कोही भने खेल्न । २,४ जना खेलाडी हुम भन्ने जो स्कुलको माहान खेलाडी सम्झन्छन आफुलाई, तिनै हुन खेलाडी स्कुलका, खेल्नकै लागी स्कुल आ को जस्तो गर्छन ती । १ बजेसी भलिबलको जाली झुन्डाई हाल्ने र सकि नसकि उफ्रीउफ्री बल टाढा टाढा पुग्ने गरी सट हान्नु पर्छ तिन लाई । जता केटी छन उतै उतै हान्न पर्ने फेरी । हैन ढंग पुर्यायर खेले हुन्न र भन्या? कि बेलै यस्तो हो वा यिनको पारै यस्तै हो ? कसैलाई बाल छैन । फेरी हेड सरलाई देखे भने कुहियको कर्कलो जस्तो फत्ताफुत्त गल्चन फेरी। जती उफ्रे पनी कहिलै जितेर भलिबलको शिल र मेडल स्कुलमा ल्याको रेकर्ड छैन । हावा काम भन्दा अरु गर्न नआउनी यिन लाई ।
नजिकीदो टेस्ट परिक्षा र SLC को कसैलाई बाल मतलब थियन । स्कुलमा हुनि परिक्षा सदरमुकाम सार्याछ सुरक्षाको कारण भन्दै सर्खाले । जन्ताको सुरक्षा गर्न नस्कने कस्तो निरह सर्खार छ भनेनी यो देशमा ।
देशको माहोल अशक्त छ। राजनिती गतिबिधी बाट मान्छेहरू निरिह, निराश र क्रोधीत छन। राजनैतिक आस्थाको आधारमा मान्छेहरु बिभाजित थिय । कोही नयाँ मान्छे देखेसी संकाले हेर्थे बोल्न डराउथे, सबै तिर भय,त्रास र संकाले थिचेको थियो ।गाँउघरमा हुने सामाजिक र सास्कृतिक र अन्य गतिबिधीहरु निस्क्रिय जस्तै थिय। बिस्तारै मेटिदै हराउदै थिय।

कहिले काही स्कुलमा ५,७ जना झोला बोकेका मुन्छे छिर्थे बिना कारण र अनुमती । कक्षाकोठा बाट हेडसर लाई बोलायर कुरा गर्थे अनी जान्थे । को थिय ति मुन्छे के बात मारे कसैलै सोद्दैनथे । तिन अगाडी हेडसर गलेको देखिन्थे । ति मान्छे आय गय बस कसैले एक आखार कै सोद्दैनथे । न छेऊको चौकीमा गयर कसैले उजुरी गर्न सकोस ? न कसैले तिनलाई छेकथुन गर्न सकुन । मुन्छेहरु गाईगुई गर्थे रातीमा पुलिस त सुत्नलाई पाखा पाखा चहार्छन । अब अरुले के सुरक्षाको आसा गर्नु ।
जब, रेडीयो र टिभी बज्ने सम्चार बज्थे सबैका कान ठाडा हुन्थे ।गाँउघर देखी देश विदेशको खबर सुन्न त्यही सम्चारको भरमा सबैलाई था हुन्तो ।
जब, रेडीयो र टिभी बज्ने सम्चार बज्थे सबैका कान ठाडा हुन्थे ।गाँउघर देखी देश विदेशको खबर सुन्न त्यही सम्चारको भरमा सबैलाई था हुन्तो ।
जब कोही नयाँ मुन्छे स्कुलमा छिर्थे, सन्नाहट छाउथ्यो स्कुलमा सबै मैन हुन्थे । सवाल जवाफ गर्न सबै डराउथे । दिन भरीको कोलाहाल स्कुलमा पनी पर बाट सिरसिर गर्दै आयको हावा कान सम्म आई करायको भान हुन्थो, मान्छेहरु सास रोकेर बसेका हुन कि झै गर्थे । केहीबेर अघीको कोलाहाल छिन भरमै शुन्यमा परिणत हुन्थो । यहाँ के भैराको छ सबै जानाकार थिय तर मुख खोल्न कसैको हिम्मत छैन किन? बस तैचुप मैचुप । बोल्यो कि पोल्यो भन्छन नि त्यस्तै छ समय । ढोका नभयका झ्यालबाट आँखा फुक्लिनी गरी हेर्नु बाहेक अर्को बिकल्प थियन सबै विध्यार्थीको। बाहिर आयर बोल्ने कसैले हिम्मत गर्दैन। न मास्टर न अरु कोही ? यस बारे मुख खोल्न न व्यस्थापनका समितीका मुन्छे अघी सरे न अविभाबक?
धेरै भो स्कुलमा व्यस्थापन समितीको बैठक रोकियको । कसैलाई कही मतलब छैन यस बारे।
धेरै भो स्कुलमा व्यस्थापन समितीको बैठक रोकियको । कसैलाई कही मतलब छैन यस बारे।
सामाजिक शिक्षा पढाउने सरले स्कुल कलेज शान्ती क्षेत्रहुन भन्नु, शिक्षण बाहेक राजनैतिक वा अन्य कार्य गर्न पाईदैन भनु भयको थियो स्कुल हाता भित्र तर आज सरले झुटो बोलेको जस्तो लाग्छ।
गाँऊघरमा फरक अन्वार र फरक हुलियाका मान्छेहरु चहलपहल बिस्तारै बाक्लिदो थियो ।
कहिले काही त झिसमिसे साझमा मुन्छे तोकेरै खाना पकाउन आदेश दिन्थे । खाना पकाउन ईन्कार गरे ज्यान पार्ने धम्की दिन्थे ।
केहीबेला परिवारलाई पकायको खान पस्केर दिनु पर्थ्यो । जन्ताले बेहोर्ने अनेक अनेक सास्थी विभिन्न रुपमा गाँउ पस्दै थिय ।

कहिले काही गस्तीमा आउने आर्मी पुलिस बिना कारण र अनुमती स्कुलमा छिर्थे र हेडसरलाई केरकार गर्थे ।
स्कुल दोहोरो मार थियो । न शिक्षकले ढुक्कले पढाउछन न विध्यार्थीले ढुक्कले पढ्न पायकाछन? कहिले सम्म यस्तो चलिरहन्छ? हिजो सम्म दादागिरी देखाउनेहरु नुन खाको कुखुरा जस्ता भईसकेका थिय। गाँउघरका नाईकेहरु लगाम लगायसरी थिय ।

केही समय पछी, गाँउको मुख्य चैतारीमा एउटा सुचना टास्या छ हिजो राती भनेर गाँउ भरि हल्ला फैलियो ब्यानै । अली ठुला अक्षरमा "हाम्रो क्रान्तीलाई सफल बनाउन तपाईको साथ र सहयोगको खाचो आवश्यक छ" भनेर लेख्या रैच। कृष्ने आफुले सुचना पढेर आयको टोलटोलमा बयान दिदै हिड्यो उसले। कोही हरफ मुन्तिर एरीया ईन्चार्जको दस्तखत गर्याथियो ।
त्यो सुचनाले पुरै गाँउ तर्सित र ससंकित बनायो । सबैजना सुर्य नअस्तावस भन्ने चाहान्थे । जाबो एउटा कागजको खोस्टो बाट पनी मुन्छे तर्साउने र डराउन पर्ने कस्तो समय आयो कुन्नी ?? स्कुलमा केटाकेटीहरुको सङ्ख्या पातलो हुन थाल्यो। SLC को तयारी गर्नु पर्ने हरु सदरमुकाम तिर विस्थापित हुन थाले ।
आफ्नो सन्तानको माया कसलाई हुन्नर? जुगाँका रेखी बसेका देखी अधबैसे युवाहरू स्वाससुत्त गाँउ छाडे ।
आफ्नो सन्तानको माया कसलाई हुन्नर? जुगाँका रेखी बसेका देखी अधबैसे युवाहरू स्वाससुत्त गाँउ छाडे ।
हप्ता दिन पछी, क्रान्तिकारीहरूको एक हुल आयर गाँऊमा आमसभा गर्यो । यो देशमा बहुदल र राजा फालेर गणतन्त्र ल्याउन पर्छ, पिछडीयको बर्ग, समुदाय र जातिलाई अधिकार सम्पन्न गराई देशको विकास गर्नु पर्छ । धनी र गरिब बिचको खाडल पुर्नु पर्छ शिक्षा, स्वास्थमा सबैको समान पहुच हुन पर्छ । तपाई हाम्रो पाटी र हाम्रो क्रान्तीलाई सहयोग गर्नुस अबको १० बर्षमा देशले कायापलट फेर्नेछ । त्यसपछी हामी नोकर बाट मालिक हुनेछौ । कम्रेडले एक सासमा सबैकुरा सक्काय । पर्रर्रर्र ताली पिटे सबैले ।
बेलुका रेडियोले सम्चार फुक्यो ।
बेलुका रेडियोले सम्चार फुक्यो ।
संकटकालको बेला थियो, त्यसको २,४ दिन पछी आर्मीको एक जत्था गाँउ पस्यो । देखे र भेटे सम्मलाई माओबादी होस् भन्दै भकुर्यो घरघरमा छापा मार्यो, हप्कायो धम्कायो खै कतीले त लात्ता पनी भेटे । अर्को दिन केही हुल मुन्छे पल्लो गाँउबाट छापामार सैलीमा आर्मीले समातेर ल्यायो । आँखा र हात बाधेर चउरमा मुडाझै लडायो । त्यो रमिता हेरेकाहरु ति बिचरा निर्दोस र सामान्य मानिस हुन भनेर कानेखुसी गरे तर अघी सरेर बोल्ने आट कसैले गरेन । बोले आफ्नो त्यै हालन हो भन्ने जानेर ।
फिल्मी शैलीमा रामधुलाई गर्यो आर्मीले, ढाड करङ केके फुस्किनी गरी गोज्यो र फेरी राज्य विरुद लागे ज्यान मार्ने धम्कीदियर छाड्यो ।
राज्यको क्रुरता र दमनको अर्को अध्याय सबैलाई फ्रि मा देखायर छोड्यो आर्मीले ।

साला समाज र राज्यको विवेध बिरुद्द बोल्लन पनी नपाईनी? अनी जात भात र छाला र अन्वार हेरेर किन विवेध पुर्ण समाज निर्माण अर्च त यो सर्खार ?? के त्यसको बिरुद बोल्न नपाउनु? के ति निमुखाको जुनी पापड बेलेर जानी? त्यही विवेध र दमनको विरुद क्रान्ती ति निमुखा जन्ताले आफ्नो र समाजको मुक्तीको लागी सुरु गरेका होईनन् र? कि राज्यसत्ता बाट पालियका र शिहंदरबारको वरिपरी बस्नेहरुले सुरु गर्या हुन? जुनसुकै ब्यबस्था भय पनी राज्यसत्ता किन यती क्रुर र दमानमा उत्रन्च? तिनै निमुखाको पसिना चुसेर तिनैलाई रामधुलाई ?
केही समय पछी समयले कोल्टो फेर्दै गयो । दिनहरु सामान्य हुदै गय। धेरै बर्ष पछिको त्रास र भयमुक्त समाज हुदै थियो । समय जती क्रुर भय पनी, घुम्दैफिर्दै रुम्झाटार भनेझै फेरी दशै आयो गाँउघरमा । मानिसहरुको ओहोर दोहोर, घुमफिर, भेटघाट, खानापिना मोजमस्ती बाक्लीदै गयो । केही बर्ष पहिलाको भन्दा अली फरक बन्दै गयो यसपालीको दशैं। मान्छेहरु फरक किसिमबाट रमाय धेरैबर्ष पछी।
गाँउघरमा हुनी राजनैतिक खेल राजधानी केन्द्रीत थिय तर पनी केही नाईकेहरु गाँउमा आफ्नो बिरासत भुल्न चाहदैनथे वा सकिरहेका थियन्न। कोही यस्ता पनी थिय, जो अरुको नाम बेचेर आफ्नो नाफाको ब्यापार फस्टाउथे । त्योपनी बिना लगानीको । जुनकुरा तिनीहरुको सिदान्त बिपरित थियो । यो सबै कुरा बिगारेको त्यै धमिलोपानी माछा मार्न पल्केकाहरुले नै हो ।
दशैं बिदामा आको छोरो खर्चको कमीले राजधानी फर्कन आनाकानी गरिरहेको थियो । बा को पेन्सन बुज्नी दिन गनेर बसिरहेको थियो ।
बा पेन्सन बुजेर घर फर्केको साझ, एक अपरिचित व्यक्तीले हाम्रो क्रान्तीलाई सहयोग गरै भन्दै बाको नाममा पेन्सन भन्दा डबल रकमको चिट छोडेर गयो । म छाँगा बाट खसेझै भय । बा लाई यो कुरा सुनाउन मेरो हिम्मत आयन । म आफै भित्र भित्र कोपरिय, म आफै पनि समाजको परिवर्तलाई सफल पार्न क्रान्तीलाई सहयोग गर्न पर्च भन्ने मुन्छे हु । शहर छदा क्रान्तीका ठुलाठुला आलेख र क्रान्तिकारी दार्शनिकहरुका किताबका ठेलीहरु पढे तर आज एउटा सानो चिटले म र परिवारमा सृजना गरेको भय र त्रास नमिठो गरी आफ्नै आँखाले देखे र भोगे ।
यो भन्दा अगाडी ३ पटक बा ले चन्दा दिनुभयकै थियो । यो पटकको चिटले नराम्रो सँग निमोठो मलाई आज। यस पटको चिट नितान्त व्यक्तीगत लाभको लागी सोझा सिधालाई तर्सायर मोटो रकम कुम्ल्याउन दुई नम्बरी नाईकेहरूले यस्ता धेरै चिट गाँउमा छरेका थिय । कसले कती रकम उछिट्टाय केई पत्तो छैन ।

दोस्रो बिश्व युद्दमा जापानी सेना सँग मलायको जंगलमा लडाईका काहानी सुनाउदा बाघ झै गर्जने बा, आज दिय किन दिइस भन्न आउछन नदिय किन दियनस भन्न आउछन । राज्य र बिद्रोहिको दोहोरो मारमा पर्दाको अजिबको पिडदाईक काहानी सुनाउहुन्थो । शहर भासियर यि पिडाहरु नदेखे नभोगे पनी पछिल्लो पटक गहिरियरै महसुस भयो, जुन पिडा दसक सम्म जन्ताले झेले । कस्तो के चपायको भात निल्नु न ओकल्नु जस्तो ।
हिजो आज, राज्यको दमन र क्रान्तीकारीको भय र त्रास भोगेका जन्ता अचेल बिकासका बहस गर्छन। हिजो सम्म जजै गर्नेहरू समान हक र अधिकारका ओकालत गर्छन ? तर पनी खै किन हो कुन्नी ? राजनितीमा लुछाचुडी, भागबन्डा र फोहोरी खेल उस्तै छ। अझै पनी २,४ जनालाई सबै तिर हनुमान हुन पर्याछ । गाँउमा कतै रिवन काटे, धुप हाले पैला उसैलाई माला अबिर लगाउन पर्च । अझ केही समय कुरौ यो पनी हट्नेछ ।