Sunday, 3 March 2013

केही पाउन को लागि केही गुमाउनै पर्ने

केही पाउन को लागि केही गुमाउनै पर्ने हुन्छ त्यही धुर्ब सत्य लाई अंगाल्दै म अघि बढी रहे। कति रात लाई दिन झै बिताए कति दिन लाई रात पारे तेसै मा रमे दु:ख सुख झेले आतिए कयौ दिन मातिए कयौ दिन रोए कराए ब्यथा ले च्याप्दा छट्पतिये बर्बराए आँफै लाई धिकारे पुन आफु ले आफुलाई सम्हाली अघि बढ्न खोजे सोच्दै न सोचेका प्रहार हरु आए हे भगवान तर पनि बाची रहे हिडि रहे अध्यारो उज्यालो केही देखिएन हिड्नु नै छ भने हिडि रहे अनी फेरी केही सुखी पल हरु पराप्त गरे तिनै खुशी का पल हरु मा दु:ख जति जलाई दिए अनी म खुशी देखिए समाज को नजर मा मान्छे को नजर मा तिओ सुख धेरै लामो समय कहाँ तिक्थ्यो र फेरी उड्थ्यो बारम्बार उड्थ्यो थाहै नदिकन आउथ्यो उडायेर लान्थ्यो म बाहिर हासी हासी त्यसलाई बिदाइ गर्थे । अनी फेरी म जुवा खेल्न वाध्य हुन्थे म सँग अरु केही न भए पनि येही एउटा जिन्दगी छ भनेर येही जिन्दगी लाई नै दाउ मा राख्थे तेती बेला येस्तो आनन्द आउथ्यो म आफु लाई आफुले भाग्यमानी ठान्थे अरु केही न सके पनि मैले मेरो परिवार को निम्ती मेरो जिन्दगी चडाउन सकेको छु भन्ने लाग्थ्यो मैले सोच्दैन्थे उनी हरु लाई म भतिक रुप मा पनि उतिकै जरुरत छु भन्ने म त खाली केही पाउन को निम्ती केही गुमाउनै पर्छ भन्ने सिधान्त मा अढिग मान्छे आज को यो रात सम्म त थाहा छैन कही कतै मैले जितेकै छु भने जस्तो पनि लागेको छ तर अब मैले जहाँ मलाई अबतरण गर्नु छ त्यहा पुग्न को लागि स्पस्ट सँग दुई वटा खुड्किला छन् । यो सँग जुध्ने सहास म सँग छैन भनौ म जुध्नै मिल्दैन अब यो खेल लाई कस्तो मोड दिने भगवान लाई मात्र थाहा छ । पूर्ण रुप मा भगवान को हात मा छ म मात्र हेरी बस्ने छु । चाहेरै पनि मैले यहाँ केही गर्न सक्दिन म मात्र मैदान को फुट्बल हुँ थाहा छैन के हुने हो