Sunday, 30 December 2012



प्रसव हुँदा पोखिएका, खुन भुल्दिन म !
दश धारा चुसाएको, थुन भुल्दिन म !!

बाआमा नै पहिलो गुरु, क ख चिनाएथे !
स्लोक भन्दै पढाएको, धुन भुल्दिन म !!

बाल्यकालमा जिद्दि कस्तो, माग कतिकति !
अभाव हुनै नदिएको, गुण भुल्दिन म !!

घरबाटै रासन पानी, माया पनि कस्तो !
पठाएको दाल चामल, नुन भुल्दिन म !!

इच्छाहरु अनेकौं छन्, बाआमाका कठै !
पढाउन बेचेका ती, सुन भुल्दिन म !!

Saturday, 29 December 2012

29 dec 2012

हाँसो, खुसी, दुुःख र सुख सँग पैठेजोरी खेल्दा ४ बर्ष बितेको पत्तैै भयनछ । जब घर जानी दिन नजिक हुदैजादा घरको न्यास्ो लाईराछ ।

Tuesday, 25 December 2012

सन् २०१२ !!!


यसरी सन् २०१२ मेरो जीवनको महत्वपूर्ण वर्षको रुपमा रहनपुग्यो । यस एक वर्षको अवधिमा  म नेपालको कना कुनासम्म पुग्न नसके पनी । नेपालका गाउँ गाउँ, शहर शहर र कुनाकुनाका बस्तीहरुसंग साक्षात्कार गर्न नसके पनी आफ्नो परीभेस बाट टाढा हुदा को न्यास्रोपनको राम्रै संग अनुभव भयो । प्राकृतिक मनोरम स्थल भ्रमण  गर्न अवसर बाट बंचीत हुनु परो । द्वन्द्व पीडीत बासिन्दाको दर्दनाक पीडाको अनुभव गर्न नसके पनी । सामाजिक रीतिरिवाजको बारेमा बढी नै जानकारी लीने ईछ्या पलायो । मुग्लान पस्नेहरुको मार्मिक कथा सुनियो र अनुभब पनी गरीयो । त्योभन्दा पनि बढी यस वर्ष मैले आफुले आफैंलाई चिनें ।

Sunday, 23 December 2012





यो घोड़े जब्रों हुदै काली को तीर म़ा धेरै पानी बगेछ ! मेरा अतीत का पलहरु पनी पानी संगै बगेछ्न !सायद ती दिन हरु भेट्न अब  समुन्द्रमै पुग्नु पर्छ होला !



Monday, 17 December 2012

Running in the Rain (Found it in google)




We live at the ends of the world -far so far -unreachable to each other-unseen to each other-known and at the same time unknown to each other. I ignore you and you ignore me. I am indifferent to you and you are indifferent to me. Year(s) went away- but it remains same -doesn’t it? I don’t have to prove -you don’t need it too. Why don’t you and I untie the knot that we created for ourselves? Aren’t we living in zero -that we created for ourselves? Everything is damn inconsistent but why the hell are we designed in such a way that the feeling -every feeling-happiness or sadness so are so static? You grow-I grow-the world grows -seasons changes-but why feelings don’t?

This November breeze coming right from the closed window -strikes at the soul-freezes it and makes it numb. I enjoy this numbness. I enjoy this striking freezing pain. I enjoy your flash-backing memories. I enjoy the painful feeling of our good times. I wonder always – Why imagining of holding your hand was so much satisfying than catching the real hands of yours? But why the real hug of yours crossed away the boundary of satisfaction 1000 times more than that imagination gave?

The warm hug of yours which transferred the smell of your body in my clothes first, my body in the second and thirdly and most importantly my soul. You know — I have kept the dress I wore that day (your favorite) as it is –it smells of you — I never washed it because of the fear of losing your smell — it might go away with the air –but what about my soul that smells of you?

Do you remember I gave you two roses that day? One white and other yellow ? Symbolizing many things but why not I dared giving you the red one?– Because you were snatching me the right to love you that very day – you remember knowing that you could never ever snatch away the right from the one you gave your heart to. The very day you deleted me from your facebook account — I accepted that – the next day you didn’t respondto 100 calls of mine–I accepted that–Then when you responded –you called it the last conversation –I accepted that. I knew the very fact that the very day you deleted me from your life I accepted that–Quietly–Silently–Sincerely.

This is the very same November when your departure from my life was fixed–choice or an obligation –God doesn’t knows –you know it better–most probably I may know it –but I pretend and I believe that I don’t know anything. I hate hate hate November –I hate November…But I love it as well –It brings you back again–It revives memories back again–It makes me feel good again with the most bad thing I faced in my life. What more bad can it be than the reality that –you have lost the key and the lock remains locked forever and you lack and you will forever lack the guts to crash the lock..

And –When November drops ~ It gifts me with a feeling of yearning of you and your memories again ~It makes me feel happy that once in lifetime I had met you ~once in lifetime there were you beside me ~ once in lifetime you had held a promise~ a promise of loving ever and a promise of never returning back. A promise of never ever returning back ….

Today is the 27th and I wait for another version of the November Rain so ardently…..

On a different note : Certainly, I never want November to be rained out. Like previous years – I certainly did wait for November Rain. On the 12th day – Sky fell -it had to give me drops-November had to had fulfill my desires and certainly it was fulfilled. Hadn’t I had heard the Guns n Roses song during my teens and seen the video of Axl Rose crying impatiently and singing so widely- my passion for November Rain would not have been such strong -Well I believe it though I am not that GNR fan.

Friday, 14 December 2012


क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा 

सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । ‘तातै खाऊँ जलि मरूँ’ पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर यत्ति मेरो यत्ति तेरो त्यत्तिको भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । ‘बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर’ भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ, नाम हराउन सक्छ, यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र, पुनः पीडादायी अध्याय उल्टन सक्छ । त्यस्तै विदेशमा रहँदा हुने आफ्नोपनको अभाव र पीडालाई गीतका थुँगामा उनेर हुदय छुने भाव प्रेषण गर्ने काम गीतमा भएको छ ।

Saturday, 8 December 2012



Mr Bean funny video: English humor in Norway



https://www.youtube.com/watch?NR=1&feature=endscreen&v=bOThSCuEkoU

Friday, 7 December 2012

नियतिको असिनाले, चुटेको छ यतिबेला ,
चारै तिर बाट भाग्य, फुटेको छ यतिबेला ।

पराईको कुरै छाडौ ,आफन्त नै बैरी भा'छन् ,
आफ्नै छाँया सँग साथ, छुटेको छ यतिबेला ।

...

प्रयत्न त गरेकै हो, सकेसम्म राम्रै गरौ,
नतिजामा निराशा नै, जुटेको छ यतिबेला ।

बोल्ने बोलि रुखो भा'छ ,कदम उल्टो चल्दै गा'छ,
नजोडिने गरि मुटु, टुटेको छ यतिबेला ।

मरीमरी गरेकै छु,कर्म गर्न छोड्'या छैन,
फल सबै कस्ले कस्ले, लुटेको छ यतिबेला ।
‘अञ्जुली थापी, मुलको पानी, गाउँले पारामा (मेटेको तिर्खा बिर्सिएको छैन तिर्तिरे धारामा’ – पेदाङ गाउँको पहरामा पानी पिउंदै काका शेखर।

Saturday, 1 December 2012

अंङ्गार


अंङ्गार सरी-मन भएका मान्छे को भीड मा छु~
अहंकार अनी-धन भएका मान्छे को भीड मा छु~

कती रूखो बोली बोल्छन् यँहा का मान्छे हरू~
काँडा सरी-बच्चन भएका मान्छे को भीड मा छु~
...

देख्दीन् कतै दया र माया देख्छु त केवल घृडा र नफरत~
असभ्य अनी अराजक-तन भएका मान्छे को भीड मा छु~

ओठ खोलेर साँस लिदा नी महसुष हुन्छ घुट्न को~
जंङ्रगली चिन्तन-मनन् भएका मान्छे को भिड मा छु~

बाँच्न नै धेरै गाह्रो छ यँहा हाँस्ने त आशा मारी सके~
जिउँदो लाश सरी-जिवन भएका मान्छे को भिड मा छु~

अंङ्गार सरी-मन भएका मान्छे को भिड मा छु~
अंहकार अनी-धन भएका मान्छे को भिड मा छु~

Monday, 26 November 2012

जय  डीभी ।


मैले वर्षैपिच्छे डीभी भरेको थिए। झण्डै पन्ध्र वर्षको अन्तरालमा डीभी पर्‍यो। शुरुमा त भुइँमा न भाँडामा भए साथीभाइसँग भेट हुँदा फूलका गुच्छा र फोनमा शुभकामनाले मेरो दिमाग आकाशमा उडेथ्यो। लाग्थ्यो आमाले शुभ दिनमा जन्माइछन्। म अमेरिका गएँ। गाउँमा हल्लीखल्ली नै भएछ फलानो अमेरिका गएछ। दुई चार दिनसम्म गाउँमा कुराकानी भयो। पछि म अमेरिका नै बसेँ। मैले गाउँ सम्झन नसकेपछि गाउँलेले पनि मलाई बिर्से, वास्तै गरेनन् किनभने म मेरो स्वार्थका लागि मात्र गएको थिएँ, अरूको लागि होइन, मेरो कुरा गरेर साध्य पनि थिएन, मैले गाउँलाई चटक्क बिर्सेर डीभी परेपछि अमेरिका छिरेको थिएँ। अहिले म अमेरिकामा छु।
म कृत्रिम कुरामा रमाएको छु। घर छ, कम्प्यूटर, वासिङ मेसिन छ, ग्यारेजमा पजेरो छ, सारा विलासी वस्तु छन्, कुनै कुरामा कमि छै्रन। मैले स्वर्ग अनुभव गरेँ। दुई/चार वर्ष रमाईलो गरी बिते। तर म अहिले सम्झन्छु म अमेरिका भए पनि म अमेरिकन हुन सकेको छैन। न मेरा निला आँखा छन्, न खैरो कपाल छ, न म कुहिरे नै भएको छु। परिचयको क्रममा नेपालबाट आएको नेपाली नभनी धर नै पाउँदिन। अमेरिका बसेर म किन नेपाली भएको छु म आफैँलाई थाहा छैन। नेपाल टाढा छ, म नेपालमा पनि छैन र पनि अमेरिकन हुन नसक्नु भएको बाँदर, कुकुर, भालु विरालो मान्छे हुन नसक्नु जस्तै त हो। अर्काको घरमा अर्काले दिएको मिठो एका गाँसमा मान्छेको घरमा रमाउने जनावरको के हैसियत हुन्छ र? खान्छ केवल पुच्छर हल्लाउँछ, पशु न हो। 
त्यहाँ भएको सबै बस्तु नेपालमा छ तर नेपालमा भएको कुरा त्यहाँ रहेन रैछ। त्यहाँ सगरमाथा छैन, गौतम वुद्ध पनि त्यहाँ जन्मेका होइनन्। प्राकृतिक गुफा, मठ मन्दिर, छाँगा, छहरा झर्ना, लालीगुराँस पनि छैन। अमेरिका रित्तो छ प्राकृतिक रूपले तर कृत्रिम हाँडाचिण्डा धेरै छन् मानवले बनाएका। त्यसको वयान गरी साध्य छैन। मान्छेलाई कृत्रिम वस्तु मन पर्दैन। त्यसैले मान्छे चै अमेरिका जाँदोरहेनछ, जापान स्वीट्जरल्याण्ड, वेलायत, जर्मनीमा मान्छे रहेछन्। उनीहरू अमेरिका जाँदैनन् किनभने मान्छेले त कृत्रिम वस्तु निर्माण गर्न सक्दो रहेछ। भैँसीलाई हरियो चस्मा लगाइदिँदा सुकेको पराल खाए जस्तै भुइँमा न भाँडामा भएर म पनि अमेरिका गएको थिएँ। मान्छे अमेरिका जाँदैन किनभने अमेरिकामा मान्छे छन्। मान्छेले भालु, वानर नचाउँछ, नाँच मान्छे रमाईलो मानेर हेर्छ। 
नाच्ने किन नाँच्छ उसलाई नै थाहा छैन, केवल नाच्छ, दिनैपिच्छे नाच्छ, बाँचुन्जेल नाच्छ। उसको जन्म नाँचनुको पर्याय हो। मलाई थाहा लाग्यो मान्छे आफ्नो जन्मस्थान छोडेर जाँदैन। वेलायत, जापान, स्वीटजरल्याण्डमा मान्छे रहेछन्। उनीहरू देश छोड्दैनन्, अर्काको घर राम्रो देख्ने, अर्काको दासत्वमा सुखी हुने त कुकुर विरालो हो र आफ्ना आमाबाबु, बासस्थान छोडेर मान्छेको घरमा रमाउँछ। अमेरिकाको भाषा साथै लवाईखवाई बेग्लै छ नेपालको भन्दा। तर मैले त्यहाँको ढुङ्गा छामेँ नेपालको जस्तै कडा छ। माटो सुँघेँ नेपालको जस्तै गनाउँछ। रुखका बोक्रा चिमोट्दा उस्तै छन्। पानी उस्तै छ तलतिरै बग्छ। आकाशमा हेर्‍यो चन्द्रसूर्य तारा नेपालबाट देखे जस्तै देखिन्छ। सास फेर्ने हावा उस्तै छ तर म किन नेपाल छोडेर अमेरिकामा रमाएँ? त्यसैले म मान्छे होइन। वास्तवमा म मान्छे भए त आफ्नो घर बनाउँथे। सारा वस्तु भरिपूर्ण हुँदाहुँदै पनि मैले घर बनाउँन सकिन। म जस्तै पशुको जमात बढ्दो छ। अर्काले दिएको एक गाँस मिठोमा रमाउने म जस्ताले कहिल्यै घर बनाउँदैनन्। घर बनाउन धेरैको मद्दत चाहिन्छ एकजनाले घर बनाउँनै सक्दैन। म एक्लै भएको महसूस गरेको हुँदा जग खन्नेदेखि धुरी कस्दासम्म मेरो हाडखोड मक्किन्छ भन्ने मलाई डर छ, त्यसैले म घर बनाउँदिन। मलाई थाहा छैन मेरा बालबच्चा नालीमा फालिन्छन वा आश्रममा बाच्छन्। मलाई मुतको न्यानो छ। मैले भविष्य हेर्नु पनि छैन। सन्तान जतासुकै जाउन्, जेसुकै खाउन्। म कृत्रिम रमाईलोमा रमाउन चाहन्छु। जय  डीभी ।

क्षेत्री बढे, ब्राह्मण घटे/मातृभाषा बढे, नेपाली मातृभाषी घटे-

काठमाडौँ, मंसिर ११ (नागरिक) - राष्ट्रिय जनगणना २०६८ को आज सार्वजनिक गरिएको अन्तिम प्रतिवेदन अनुसार मुलुकमा जम्मा १२५ वटा जातजाति र १२३ मातृभाषा देखिएको छ। 
 

क्षेत्री बढे, ब्राह्मण घटे
देशका प्रमुख १० जातजातिमध्ये अग्रस्थानमा क्षेत्री रहेका छन्। उनीहरुको संख्या झण्डै १ प्रतिशतले बढेर १६.६ प्रतिशत पुगेको छ। पहाडी ब्राह्मणको जनसङ्ख्या भने घटेको छ। २०५८ सालमा १२.७ प्रतिशत रहेकोमा हाल १२.२ प्रतिशत देखिएको छ।
हाल मगर, थारू, तामाङ, नेवार र कामी क्रमशः ७.१, ६.६ र ५.८ प्रतिशतसहित तेस्रो, चौथो र पाँचौं प्रमुख जातजातिहरूको स्थानमा रहेका छन्। सबै भन्दा कम जनसङख्या कुसुण्डा जातिको(२७३ जना मात्र) देखिएको छ।
मातृभाषा बढे, नेपाली मातृभाषी घटे
देशभित्र अक्सर बसोबास गर्ने व्यक्तिहरूले बोल्ने मातृभाषाको सङ्ख्या १२३ वटा देखिएको छ। विगतको जनगणनामा ९२ वटा मातृभाषाको सङ्ख्या प्राप्त भएको थियो।
गत २०५८ सालको जनगणनामा ४८.६ प्रतिशत व्यक्तिहरूको मातृभाषा नेपाली रहेकोमा हाल मातृभाषाको रुपमा नेपाली भाषा बोल्ने जनसङ्ख्या ४४.६ प्रतिशत देखिएको छ।
नेपालीपछि मातृभाषाको रुपमा बढी बोलिने भाषाहरूमा मैथिली (११.७ प्रतिशत), भोजपुरी (६.० प्रतिशत), थारु (५.८ प्रतिशत), तामाङ (५.१ प्रतिशत) र नेवार (३.२ प्रतिशत) रहेका छन्। बज्जिका ३ प्रतिशत, मगर ३ प्रतिशत र डोटेली ३ प्रतिशत छन्।

यस पटक तराई क्षेत्रमा मैथिली र भोजपुरी बहुल क्षेत्रमा हिन्दी भाषालाई मातृभाषा लेखाउन अभियान चले पनि हिन्दीलाई मातृभाषा मान्नेको संख्या शीर्ष १० भित्र परेको छैन। बरु २.६ प्रतिशतका साथ उर्दु १० नम्बरमा परेको छ।
८० प्रतिशत हिन्दु

देशमा प्रमुख १० धर्म देखिएकोमा सबैभन्दा बढी हिन्दु देखिएका छन्। हिन्दुको संख्या १० वर्षअघि भन्दा बढेको छ। २०५८ सालमा हिन्दु ८०.८ प्रतिशत रहेकोमा यस पटकको जनगणनामा ८१.३ देखिएको छ।
दोस्रो ठूलो संख्या बौद्ध धर्मावलम्बीहरुको छ। कूल जनसंख्याको ९ प्रतिशत बौद्ध छन्। तेस्रोमा इस्लाम (४.४), किरात (३), क्रिश्चियन (१.४) र प्रकृति धर्म मान्ने 0.४ प्रतिशत रहेका छन्।

Wednesday, 21 November 2012

जीवन भनेको नै सङ्घर्ष


जीवन भनेको नै सङ्घर्ष, उतार–चढाव, घुम्ती गोरेटो हो, यसमा विभिन्न बाधा–अडचन र मोडहरू आउनु त स्वाभाविक नै हो । जीवनको जुन लक्ष्य र गोरेटोमा म हिँडिरहेको थिएँ र छु, गोरेटो त्यही हो । खालि यत्ति हो कि कहिलेकाहीँ काँडाहरू आउँदारहेछन् र त्यो गोरेटो भत्किएजस्तो देखिँदोरहेछ । निश्चय नै अहिले मेरो निकै व्यक्तिगत जीवनमाथि भएको घटनालाई बढाइचढाइ व्याख्या गरेर भत्किएजस्तो देखाइएको छ, तर यो घटनापछि मलाई झन् सशक्त रूपमा अघि बढ्न शिक्षा मिलेको छ ।

Sunday, 18 November 2012

जुनले समेत मुख छोपेको रातमा 


सधैँको त्यो शून्य सडक । त्यही शून्य गल्ली र म एक्लो यात्री । गन्तव्यको खोजीमा भौतारिरहेको म एक लक्ष्यविहीन यात्री । जुनेली रात । झ्याउँकिरीको 'झ्याउँ झ्याउँ' र कुकुरको 'भुङ् भुङ्'मा रत्तिँदै आफ्नो दुलो खोज्दै लम्किरहेको म उही यात्री । बाटोको मार्गदर्शक झैँ सदा ठिङ्ग उभिइरहने त्यो बिजुलीको पोलको बत्ती पनि 'झ्याप्प झ्याप्प' र 'झिम्म झिम्म' गर्दैछ । त्यो कहिले निभ्दै त कहिले बल्दै आफ्नो दैनिकी गुजारिरहेको छ । पोल नजिकैको कन्टेनरमा आफ्नो बासस्थान बनाएर बसेको एउटा भुस्याह कुकुर मलाई टाढैबाट देखेर भुक्छ- 'भुङ्…भुङ्…भुङ्…भुङ्' । तर त्यसको भुकाइमा कटुता छैन । न त रीस नै । एक किसिमको मिठास छ त्यसको भुकाइँमा । यस्तो लाग्छ त्यो मलाई भुकेर गाली नगरी नतसा्रइ मेरो स्वागत गरिरहेछ । मेरो आगमनमा खुसी भई दुई चार शव्द मिठो बोल्दै छ । म त्यसको नजिक पुग्नासाथ त्यो मलाई देखेर आफ्नो बाङ्गो पुच्छर झन् बाङ्गो पार्दै हल्लाउँछ सायद मलाई स्वागत गर्न र मलाई एकचोटी गज्जवसँग नाक हल्लाई हल्लाई 'स्वाक स्वाक' र 'सुक सुक' गर्दै सुँघ्दछ । ऊ आफ्नो देवे्र हात सकि नसकी मतिर बढाउँदछ सायद पहिलो भेटमा हात मिलाउन । उसको दाहिने हात गएको महिना एउटा ट्याक्सीले किचिदिएर भाँचिएको थियो । म उसको देब्रे हात समात्छु र एकछिनसम्म सुम्सुमाउँछु । खल्तीबाट रुपियाँगोटाको दुईवटा िपंकी बिस्कुट झिकेर उसको सामुन्ने छरिदिन्छु । ऊ दङ्ग परेर बिस्कुट चपाउन थाल्छ । म भने आफ्नो गन्तव्यतिर लम्कन्छु । ऊ बिस्कुट छाडेर मलाई परसम्म छोड्न आउँछ । केहीबेर हिँडेपछि ऊ पुनः आफ्नै बासस्थानतिर फर्कन्छ । 
समयको चक्र 

समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला ,त्यसको कुनै लेखाजोखा छैन। जुवाडेको हिसाबकिताबजस्तै। बालापनको सखीहरु एकादेशको राजकुमारजस्तै भइसक्यो। को कहाँ के गर्दैछन्, कस्ता भए अत्तोपत्तो छैन। म सम्झन्थेँ समयलाई मान्छेले पछि लगाउनु पर्छ न कि मान्छेलाई समयले। तर, मैले सोचेजस्तो हुँदोरहेनछ। समय मान्छेको माउते नै रहेछ। करै लाग्दो रहेछ समयको बन्धनभित्र बाधिनको लागि मान्छेले। 

Thursday, 15 November 2012


युरोप सुन्दर छ।





युरोप सुन्दर छ। त्यहाँको कुरुपतालाई त्यहीँको सौन्दर्यले लुकाएको छ। युरोप सम्पन्न छ। त्यहाँको विपन्नतालाई त्यहीँको सम्पन्नताले किचेको छ। युरोप समृद्ध छ। त्यहाँका अभावहरुलाई त्यहीँको समृद्धिले थिचेको छ। युरोप शान्त छ। त्यहाँको अराजकता र अशान्तिलाई त्यहीँको कडा सुरक्षा र नियमकानुनले बाँधेको छ।
युरोप घुमेर आउनेहरुको अनुभव र प्रतिक्रिया यस्तै सुनिन्छ। सवैको यस्तै नहोला। तर धेरैको यस्तै सुनिन्छ। शायद, ईशान गौतमले पनि यस्तै खालको अनुभव र अनुभूति सँगालेका छन्। उनको नियात्रा कृति 'मयालु बतास अनि रङहरु' पढ्दा यस्तै महसुस हुन्छ।
विद्यावारिधि गर्न अष्ट्रिया पुगेका ईशान गौतम विद्यावारिधिको उपाधिमा डा.ईशान मात्र बनेर फर्किएनन्, उनी आफ्नो मन र मस्तिष्कमा एउटा कृति पनि लिएर फर्किए। उनको मन र मस्तिष्कमा रहेको त्यही कृति प्रकाशित भएर सार्वजनिक बनेको छ –'मायालु बतास अनि रङहरु' शीर्षकमा।
ईशान कीटविज्ञानमा विद्यावारिधि गर्न विद्वतवृत्ति प्राप्त गरी अष्ट्रियाको भियना पुगेका थिए। तर आफ्नो अध्ययनको क्रममा उनी अष्ट्रियाको भियनामा मात्र रहेनन्। उनी जर्मनी,इटली ,बेलायत, स्लोभानिया, क्रोएसिया जस्ता मुलुकमा पनि पुगे। उनले धेरै कुरा देखे र भोगे पनि। प्रशस्तै नयाँ अनुभवहरु पनि बटुले। अध्ययन भ्रमणका क्रममा विभिन्न ठाउँमा पुग्दाका तिनै घटना,अनुभव र अनुभूतिलाई यो कृतिमा उतारेका छन् ईशानले।
यो पुस्तकमा लेखकको युरोप यात्राका क्रममा लेखककै अध्ययनसँग जोडिएका प्रसङ्गहरु छन्। पुस्तकमा लेखक छन्, विभिन्न देशका विभिन्न ठाउँहरु छन्, विभिन्न चरित्रहरु छन्, विभिन्न समाजका विविध विशेषताहरु छन्, प्राकृतिक सौन्दर्यहरु छन्, अनेक खालका संस्कृति र संस्कारहरु छन्। लेखक प्राकृतिक सौन्दर्यसँग मजासँग खेलेका छन्। नयाँनयाँ ठाउँहरुमा भुलेका छन्। ठाउँठाउँको रहनसहनसँग रमाएका छन्। तैपनि आफ्नो उद्देश्यमा भने गम्भीर बनेका छन्। आफ्ना बौद्धिक प्रस्तुतिहरुमा सक्रियतापूर्वक लागेका छन्। आफ्नो प्रमुख उद्देश्यमा सफलता प्राप्त गरेका छन्। आफ्नो संस्मरणात्मक अभिव्यक्तिलाई आफ्नै विद्यावारिधिको सेरोफेरोको यात्राका अनुभवहरुमा रोचक पारामा लिपिबद्ध गराएका छन्।
यात्रा आफैंमा रमाइलो हुन्छ। यात्राको रमाइलोकै कारण यात्रा साहित्य पनि एउटा रोचक विधाका रुपमा लोकप्रिय रहेको छ। त्यो रोचक विधाको मर्म र मान्यतालाई आफ्नो कृतिमा स्थापित गर्ने काम ईशानले गरेका छन्।
यात्रा साहित्य आख्यानात्मक हुनसक्छ, वर्णनात्मक हुनसक्छ, विवरणात्मक पनि हुनसक्छ। यात्राका अनुभव र अनुभूतिलाई कुन ढङ्गमा,कुन स्तरमा र कुन शैलीमा प्रस्तुत गर्ने र कतिसम्म प्रभावशाली बनाउने भन्ने कुरा लेखकमै भर पर्ने कुरा हो। त्यो लेखकको सिर्जनात्मक क्षमता र शैलीमा निर्भर गर्ने कुरा हो। ईशान गौतमले आफ्नो भ्रमणका अनुभव र अनुभूतिलाई रोचक किसिमले प्रस्तुत गरेका छन् यो नियात्रा कृतिमा। लेखकले यो कृतिमा आफ्नो सिर्जनात्मक क्षमताको प्रदर्शन राम्रैसँग गरेका छन्।
यात्रा साहित्यमा निजात्मकताको जति महत्व हुन्छ, निर्वैयक्तिकताको पनि त्यतिकै महत्व रहन्छ। लेखकको आफ्नै मात्र एकालाप पाठकलाई मन पर्दैन भने लेखकको उपस्थिति विनाको सामाजिक वर्णनले पनि यात्रा साहित्यको विशिष्टतालाई कमजोर बनाउँछ। ईशान गौतम यी दुवै कुरामा सचेत भएर प्रस्तुत भएका छन् यो कृतिमा। उनको उपस्थितिसँगै सामाजिक घटना र अनुभव–अनुभूतिहरु प्रस्तुत भएका छन्। आफूलाई समाजसँग भिजाउन र समाजलाई आफ्ना अनुभूतिहरुमा उभ्याउन सिपालु देखिएका छन् ईशान।
कतिले यात्रा साहित्यलाई अतिशयोक्ति र आत्मप्रशंसाको माध्यम बनाउने गरेका छन्। तर ईशान त्यो कुराबाट टाढा छन्। उनले देखेको र भोगेको कुरालाई कृतिमा उतारेका छन्। उनको यो कृति पढ्दा अतिशयोक्ति र आत्मप्रशंसाको अनुभव कतै पनि हुँदैन।
यात्रा साहित्यको प्रभावशालिता यात्रामा पनि निर्भर गर्छ। यात्रा जस्तोसुकै होस्,त्यसको प्रस्तुतिमा पनि निर्भर गर्छ। यात्रा सामान्य पनि हुनसक्छ। विशेष वा अविस्मरणीय पनि हुन सक्छ। यात्रा सामान्य रहँदैमा यात्रासाहित्य पनि सामान्य नै हुन्छ भन्न सकिन्न। यात्रा विशेष वा अविस्मरणीय हुँदैमा यात्रासाहित्य पनि विशेष हुन्छ भन्न सकिन्न। यो लेखकको कलाकौशल र क्षमतामा भर पर्ने कुरा हो। यात्रा सामान्य खालकै रहे पनि लेखकले आफ्नो कल्पनाशीलता,प्रस्तुतिकरण र शिल्पशैलीबाट त्यसलाई रोचक बनाउन सक्छ। यात्रामा कुनैअविस्मरणीय ठाउँ वा घटनाप्रसङ्गहरु भए भने त्यो यात्रा आफैंमा महत्वपूर्ण बन्नजान्छ। त्यस्तो यात्रालाई लेखकले आफ्नो कलात्मक क्षमतामा प्रस्तुत गर्दा त्यसले प्रभावशाली यात्रासाहित्यको स्वरुप प्राप्त गर्छ। ईशान गौतमको यो नियात्रा कृतिमा कतिपय प्रसङ्ग र अनुभवहरु सामान्य लाग्छन् भने कतिपय अविस्मरणीय रहेका छन्। त्यस्ता अनुभव र प्रसङ्गहरुलाई लेखकले रोचक ढङ्गले प्रस्तुत गरेका छन्।
ईशान गौतम कल्पनाशील छन्। उनको कलात्मक चेतना राम्रो छ। उनमा राम्रो अभिव्यक्ति कला छ। सरल र सरस लेखनशैलीको क्षमता छ। तर पनि उनले यो कृतिको केही ठाउँमा अभिव्यक्तिलाई अनावश्यकरुपमै जटिल बनाएको महसूस हुन्छ। शब्द र वाक्यको जटिलताले अभिव्यक्तिको अर्थ नै अन्धकारमा परे झैं लाग्छ। जस्तै उनी एकठाउँमा लेख्छन्–“स्खलित स्वरहरु उद्भ्रान्त बादलका। अश्रुधार। हावा। झङ्कृत हुन्छ तुमुल रवले भूमण्डल। दिगन्तमा गुञ्जिन्छ विपुल विद्युत्वाणी। एकक्षण उद्भासित हुन्छन् पहाडहरु। विस्तारहरु।”
यस्ता अभिव्यक्तिको प्रयोग ठाउँठाउँमा भएको छ। सरल ढङ्गले अभिव्यक्त गर्न सकिने प्रसङ्गलाई समेत क्लिष्टरुपमा प्रस्तुत गरेको पाइन्छ। संस्कृत शब्दहरुको प्रयोग आवश्यक नहुँदानहुँदै पनि प्रयोग गरिएको छ। संस्कृत शब्दहरुको प्रयोगका क्रममा कतैकतै शब्द नै विग्रिएको पनि पाइन्छ।
केही कमजोरी रहे पनि ईशान गौतमको यो नियात्रा कृति पठनीय रहेको छ। आधुनिक युरोपको यात्रालाई एउटा कृतिमा उतारेर नेपाली नियात्रा साहित्यमा नयाँ रङ थप्ने काम ईशान गौतमले गरेका छन्।
http://www.youtube.com/watch?v=ABRd8L_mKmc&feature=related

दिपावलीको रौनक सधै एकनास को नरहने......


 पहिले पहिले तिहार आउदा मन यति धेरै फुरुङ्ग हुन्थ्यो लाग्छ कि दुनिया मा संसार भरि को खुसियाली र आनन्द एकै पटक आउथ्यो.... घर घर मा बत्ति हरु सजाएर बल्दा कसको राम्रो, कसको धेरै बत्ति, कसले घर अगाडी केरा को थम्बा को गेट राम्रो बनायो, कोस्ले धेरै बम ल्याएको छ, को संग रकेट बम छ, कति माथि गएर पड्क्यो, डाईस कहाँ खेलाउदै छन्, कसको पाना चार पर्यो, आफु संग पैसा हुदैन थ्यो तर कैले पुलिस आउला र भुइँ मा खसेको पैसा टिपौला भन्ने सपना, देउसी ग्रुप मा को कोषलाई लाने, कसले भट्याउने, कुन घर मा धेरै पैसा दिन्छन, घरपेती उठेन भने के बिगार गर्ने, पैसा कसले बोक्ने, चामल को संग राख्ने आदि.... तर आजकल येस्तो उत्साह केहि नहुने.....

Monday, 12 November 2012




मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, छिनमा खुर्सानी सुकाउने भदौको झलमल्ल घाम जस्तो । अनि, मति यही नै हो जो छिनमा उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर मात्र होइन, पूर्वबाट पश्चिम र पश्चिमबाट पूूर्व हानिन पनि बेर लाउँदैन । यति मात्र कहाँ हो र ! यो आकाशबाट पाताल र पातालबाट आकाश भयो भने पनि अचम्म मानिहाल्नु पर्दैन । कुरो बुझ्नु भो कि नाइँ ? नबुझे एकछिनमा बुझ्नु हुन्छ । 

मैले जिन्दगीमा थुप्रै भूलहरू गरेको हूँला।



मैले जिन्दगीमा थुप्रै भूलहरू गरेको हूँला। कतिपयलाई सायद चित्त पनि दुखाएको हूँला। यो प्रतिस्पर्द्धात्मक जिन्दगीमा आफू अगाडि बढ्दा अरूलाई मैले पछाडि धकेलेको पनि हुन सक्छु। जानेर वा नजानेर मैले केही शत्रु पनि बनाएको हूँला। विद्यार्थीकालमा कहिलेकाहीँ चोरेर पनि जाँचमा पास गरेँ हूँला। जवानीमा लफङ्गो भएर प्रेमका अनेक खेलहरू त खोलेकै हुँ र घरपरिवारलाई दुःख पनि दिएँ नै हूँला। उद्योग र व्यापार गर्ने क्रममा 
मैले कहिलेकाहीँ नैतिक सिद्धान्तलाई शतप्रतिशत पालना नगरेको पनि हुन सक्छ। तर एउटा कुरा छातीमा हात राखेर अहिले पनि म गर्वका साथ भन्न सक्छु — जिन्दगीमा म कसैको टाउकोमा टेकेर माथि उक्लेको छैन र कसैलाई बिगारेर आफू बनेको छैन। बस्, म एउटा सभ्य र असल मान्छे बन्न खोज्छु, असल काम गर्न खोज्छु। सकभर अरूको चित्त दुखाउने र अरूलाई बिगार्ने काम म गर्न चाहन्नँ। अन्जानमै पनि कसैको चित्त दुखेको हुन सक्छ, त्यसमा म के गर्न सक्छु र?

Sunday, 11 November 2012


खेलीगीत र चन्द्रदत्त पाँडे अर्थात् पाँडे बा

- तुलसी प्रवास

लोकगीतका विभिन्न प्रकारहरूमध्येको महत्वपूर्ण एउटा गीत ‘खेली’ हो । खेली गीत नेपाली ग्रामीण समाजका उपज हुन् । यिनको स्रोत पनि गाउँ नै हो । गाउँका बूढापाकाले जसरी गाउँछन् त्यो नै यसको मूल स्वरूप हो । गाउँका बूढापाकाहरू नै यस गीतका जन्मदाता र संरक्षक हुन् । यसलाई फरक –फरक लयमा गाउन सकिन्छ । खेली गीतको विषयवस्तु मूलतः प्रेम नै हो । दोस्रो, यसको विषयवस्तु धर्म, संस्कार हो । पूजाआजा तथा विभिन्न धार्मिक कार्यहरूमा खेली भजनको रुपमा पनि यसलाई गाउने गरिन्छ । त्यसैगरी खेलीगीत भावपूर्ण लोकगीत हो । यसमा प्रेम, करुणा, भक्ति आदिजस्ता भावहरू अभिव्यक्त भएका हुन्छन् । यो गीत रोचक र आकर्षक गीतका रूपमा विकसित भएको छ । जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हुँदैन त्यस्तो समाजमा खेलीगीत अझै मौलाउन सक्दछ । खेलीगीतमा अन्जानमै भए पनि लय, छन्द, विम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू भित्रिएका हुन्छन् ।
‘खेल’ मूल शब्दमा ‘ई’ प्रत्यय लागेर ‘खेली’ शब्द बनेको हो । लोकगीतका सन्दर्भमा यसको अर्थ एक प्रकारको गीत भन्ने बुझिन्छ । हाँसखेलका रूपमा व्यक्त हुने अर्थात् कुनै पूजा–आजा, रोदी आदिमा युवायुवतीहरू जम्मा भएर व्यक्त गर्ने सरस र प्रेमपूर्ण अभिव्यक्तिलाई खेली भनिन्छ । यो गीत कहिले भजन बनेर, कहिले प्रेमगीत बनेर त कहिले चुड्का बनेर नेपाली समाजमा गुञ्जिँदै आएको छ । यस खेली गीतलाई विभिन्न विद्वान तथा अनुसन्धानकर्ताहरूले आ—आफ्नै तरिकाले खेली, ख्याली, आँधीखोले भाका, रोइला, चुड्का, लोइरो गीत आदि नामले पुकारेको पाइन्छ । ख्यालख्यालमा गाइने, खेलेर गाइने तथा यही भाकामा दोहोरी खेल्ने भएकाले यसलाई खेली नै भन्नु सान्दर्भिक देखिन्छ । गाउँघरका बूढापाकाहरूले पनि यस्ता गीतहरूलाई खेली नै भन्ने गरिएको पाइएको छ । ब्राहमण, क्षेत्री लगायतका जातिमा प्रचलित यो गीत घर, गोठ, वन, पाखा, आदि ठाउँमा गाइन्छ । बाजाका रूपमा खैँजडी, मुजुरा लगायतका बाजा बजाउँदा रमाइलो भए पनि यसको गायनमा बाजाको अनिवार्यता हुँदैन । त्यस्तै यसमा नृत्यको पनि अनिवार्यता हुँदैन । यो गीत विभिन्न लयमा गाइन्छ । यो गीत रोचक र आकर्षक गीतका रूपमा विकसित भएको छ । यस लेखमा खेलीगीतका एकजना प्रतिभाशाली वृद्धको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ ।
स्याङ्जा जिल्ला थुमपोखरा गा.वि.स. वडा नं.५ स्थित तिवारीपसल भन्ने ठाउँमा गा.वि.स. भवनको पछाडि एउटा सानो र एक्लो घर छ । त्यही घरमा एक दम्पती आफ्नो दुःख सुख जीवनयापन गर्छन् । यी जोडी कुनै समयमा दोहोरी गीतका सक्कली नायक÷ नायिका थिए ।
उमेरले ८०(असी) नाघेका वृद्घ चन्द्रदत्त पाँडे अर्थात् सारा खोलाभरि पाँडे बाका नामले प्रसिद्घ उनी खेलीगीतका महानायक नै हुन् । सामान्य लेखपढ मात्र जानेका पाँडे बाले १६ वर्षको उमेरदखि नै गीत गाउन सुरु गरेका हुन् । उनी गीतमै सवाल जवाफ गर्छन् । गीतमै बात मार्छन् । कोही नौलो मानिस देख्यो कि गीतमै उसको परिचय सोध्ने देखि लिएर गीतकै माध्यमबाट प्रशंसा, गुणगान गाउन थाल्दछन् । यस्तो अद्भूत प्रतिभा छ उनीभित्र । पाँडे बाको सम्बन्धमा गाउँलेहरू अनेक चर्चा गर्छन् । उनका पहिले पहिलेका गीत गाउँदाका क्षणहरू आज सबैका लागि किंवदन्ती जस्तो बनेका छन् । गाउँलेहरूको मुखबाट सुनिएको एउटा सत्य तर किंवदन्ती जस्तो लाग्ने प्रसङ्ग यस्तो छ ः —
पाँडे बा सानैदेखि गीत गाउन खप्पिस थिए । घरमा आर्थिक अवस्था राम्रो नभएकाले उनी पेखुमा तत्कालीन राजासाहेब खाँणहरूकहाँ गोठालो बसेका थिए (पाँडे बाकै मुखबाट भनिएको ) । दिनभर साहुकहाँ काम गर्थे साँझ परेपछि उनी गीत गाउने ठाउँ खोज्दै हिँड्थे । त्यतिबेला भुम्रेबजार (अहिलेको वालिङ नगरपालिका) अत्यन्तै प्रसिद्घ थियो । जताततैबाट गाउँलेहरू नुन,तेल, मरमसला र अन्य सामान लिन भुम्रे आउने गर्थे । मोटर बाटो खनिएको थिएन । डोकोमा सामान बोकेर आउने र साँझ त्यतै बस्ने गर्दथे । यसरी बस्ने बेला रातपरेपछि उनीहरू रोदी बस्थे । ठिटा—ठिटीहरू रातभर दोहोरी गाएर बस्ने क्रममा कोही त्यतैबाटै बिहे गरेर भाग्ने चलन थियो । पाँडे बा पेखुमा गोठालो बस्थे, तल सुर्कौदीमा रोदी गाउन जान्थे । यसरी गाउँदै जाँदा एउटी महिलासँग उनको पिरती बस्यो । गाउँदा —गाउँदै उनीहरूले तीन दिन र तीन रात बिताए । अनि ती महिला जो विवाहित थिइन् र श्रीमान इण्डिया थिए, तिनैसँग उनले गीतकै माध्यमबाट विवाह गरे । विवाह गरेको केही समय पछि कुनै रोगको कारण उनकी श्रीमती अन्धी भएपछि पाँडे बा मर्माहत भए । उनले पत्नीको उपचार गराउने निधो गरे । अर्काको घरमा गोठालो बसेको मानिससँग उपचार गराउन लैजाने सुको पैसा थिएन । थियो त उनीसँग केवल गीतको खानी थियो । प्रतिभै प्रतिभा मात्र थियो । त्यतिबेला सिद्घार्थ राजमार्ग बनिसकेको थियो र वलिङदेखि काठमाडौं बसहरू चल्न थालिसकेका थिए । उनी पत्नीलाई लिएर बसमा चढे । बसमा चढेपछि उनले आफ्नो सिटमा बसेर गीत गाउन सुरु गरे । बसको ड्राइभर, कन्डक्टर खलासी सबैको प्रशंसा गर्दै उसको रुपरङ्ग चाल,चलनको बयान गर्दै गीत गाउन सुरु गरे । उनको सिट वरिपरि बस्ने मानिसहरूको समेत प्रशंसा गर्दै गीत गाउन सुरु गरे । गीतकै माध्यमबाट आफ्नी पत्नी अन्धी भएको, आफूसँग पैसा नभएको र काठमाडौँ उपचार गराउन लैजान लागेको कुरा बताएपछि गाडीका स्टाफ, यात्रीहरू सबैले उनीलाई सहयोग गरे । एक रुपैयाँ नतिरी उनी काठमाडौँ उत्रे । वीर अस्पताल पुगेर पत्नी भर्ना गरे । त्यहाँ पनि डाक्टर नर्स लगायत अस्पतालका सबैलाई गीत सुनाएर निःशुल्क उपचार गरेर पत्नीलाई आँखा देख्ने बनाएर गीत गाउँदै घर फर्के । यो उनको स्मरणमा अझैँ पनि ताजै छ । यसबाट हामी उनको अद्भूत क्षमता सजिलै बुझ्न सक्छौँ ।
नेपाली लोकगीतको यस्तो जिउँदो महाकाव्य आज गाउँमा फालिएको छ । उनका गीतहरू बाएँखोलाको भेलजस्तै उर्लँदै बग्दै हराएर गएका छन् । उनी एकै पटकमा १२ वटा लय ÷भाका निकालेर गाउने दावी गर्छन् । यति मीठो स्वर, लय र यति मार्मिक शब्द छन् उनीसँग कि जसलाई यहाँ लिपिवद्घ गर्न म असमर्थ छु ।
वर्तमान समयमा नेपाली लोकगीतको बजार तातेको छ । जता गयो, जता हे¥यो, जता सुन्यो लोकगीत नै लोकगीत छन् । एउटा कार्यक्रममा स्टेजमा गयो भने एउटा लोकगायकले एक लाख रुपैयाँसम्म कमाएका प्रसङ्गहरू बेलाबेलामा मिडियामा आउँछन् । कोठाभित्र बसेर चार— पाँच वटा लयलाई मिश्रण गरेर आफ्नो नयाँ लय सिर्जना गर्ने र आफूलाई लोकगायक हुँ भन्नेहरू देख्दा लाज लागेर आउँछ । लोकगीतमा ‘लोक’ अर्थात् समाज प्रतिबिम्बित हुनुपर्छ । लोकका आवाजलाई मात्र लोकगीत भन्न सकिन्छ । ती सबै हराउँदै गएको वर्तमान अवस्थामा पाँडे बा एउटा जिउँदो लोकमहाकाव्य हुन् । उनी अब डाँडापारिका जून भैसकेका छन् । असी बर्ष नाघिसकेका वृद्घलाई समयमै चिनेर समयमै उनीभित्रको प्रतिभा , उनका गीतहरू रेकर्ड गराउन सक्यौँ भने नेपाली लोकगीतले वास्तविक स्वरुप भेट्ने थियो कि ? कहिँ छ होला र त्यस्तो उदार मन ??
अन्त्यमा तिनै पाँडे बाद्वारा गाइएका केही गीतहरू उल्लेख गर्न चाहन्छु ः

पोखरीको पानी, चामल धोए चौलानी, सम्झेकै त हौला नि ।
म त स्याङ्जा जिल्ला, बैनी पाल्पा जिल्लाकी, माया लाउन मिल्ला कि ?
भन्छन् दाइ गाउँलेले, बोले हाँसे लइभ्यायो, घरिबारे भैभ्यायो ।
खर काटेर राखे, भाटा काटी छाइदिउँला, डबल माया लाइदिउँला ।
उराठिलो मन, बतासिलो चौपारी, यो बैनीले सौपारी (शोक) ।
पोखरीको पानी, कल्ले लयो खोलेर, के काम लायो बोलेर ।
जगतै उज्यालो, जूनले र घामले, सीताले र रामले ।
गाई कराउँदै गोठ, बाच्छी कता गैछर, अचाल के काम रैछ र ।
मैले माया लाको, तिम्लाई हैन उनलाई हो, घामलाई हैन जूनलाई हो ।
पारि वनपालेमा, चिलाउनेमा चील बस्यो, ए दाइ तिम्लाई दिल बस्यो ।
दिल बसेको फूल, सुके पनि लाउनी हो, अब कहिले आउनी हो ।
अब भेट हुनी, अब आउने दशैँलाई, नभने है कसैलाई ।
तिमी भन्दा खेरि, असिना र पसिना, एकछिन कतै बसिन ।
धन्नै आउनुभयो, उतै मया रसिलो, उकाली पाइ असिलो ।
तेतै पाइ परेको, तेतै सालिम लर्केको, दिलमयालाई पर्खेको ।

तिहार आजदेखि सुरु भयो

हामीले धूमधामका साथ मनाउने रमाइलो चाड तिहार आजदेखि सुरु भएको छ। पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र लक्ष्मीपूजा, चौथो दिन गोवर्द्धन र म्हपूजा र पाँचौँ दिन भाइटीका। हिन्दू नै भए पनि नेपालमा बाहेक यसरी तिहार अरुतिर कतै मनाइँदैन। तिहारको विशेषता नै यही हो। दीपावली र दीवाली त लक्ष्मीपूजालाई मात्र जनाउने शब्द हो।
यसो हेर्दा लाग्न सक्छ, यो व्यर्थको कालो कागलाई किन पूजा गर्नुपरेको होला। तर हैन, हाम्रा पूर्वजहरुले बित्थामा कागको पूजा गरेका हैनन्। काग कति बुद्धिमान चरा हो भनेर त वैज्ञानिकहरुले अहिले गरेका 

Tuesday, 6 November 2012


सयपत्री र मखमली फुलिरहनेछन, धानका बाला झुलिरहनेछन !




दोबाटोमा बर्षौं पहिलेदेखि सानो चिया पसलमा चिया फिट्ने भाउजुको पसल उस्तै देखेँ । उकालीमा ढुङ्गाको भारी बोक्ने भरियादाईको जिन्दगी त्यस्तै भेटेँ । गाउँमा छँदा कहिले कसो पसिने साईलीको भट्टीमा केही परिवर्तन भेटिन, आफु पढने सरकारी स्कुलको रुपरङ्गमा केही नयाँपन देखिन । तर पनि मनलाई शान्ति मिल्यो, म संगैका धेरै दौंतरीहरुलाई सही सलामत भेटेँ, निर्मल भेटेँ, निश्चिन्त भेटेँ र अनि निश्वार्थ भेटेँ । परापूर्वकाल देखिका संस्कृति र सभ्यताप्रति अझै चिन्तीत देखेँ, बेलगाम भित्रिएका बिदेशी बेथितिहरु प्रति सजग भेटेँ । खुशी लाग्यो मलाई, जव सवै दौंतरीहरु राजधानीको प्रदुषण र राजनेताहरुको दुर्गन्धबाट अछूतो भेटेँ ।
गाउँको छेवैको झुपडीमा आरन थापिबसेका कामीदाईको झुपडीपनि रङ्गीएको भेटेँ, म संगै खेल्ने उन्को छोरा १० वर्ष बिदेशमा बसेको कमाईको फल देखेँ । मेरो घर संगैकि दमिनि बज्यैको नातीनातिनाहरु गृहकार्य गर्दै गरेको भेटेँ, बज्यैको आखाँमा छोरा बिदेशमा अकालमा मरेको दुख संगसंगै नातीनातिनाहरुबाट भविष्यमा सुखको आसा सहितको सानो त्यान्द्रो देखे । टपरीमै सही सवैले मिलिजुली, बाँडीचुडी खाएको देखेँ, झ्याउरे र लोकदोहरीमा मन फुकाएर संगसंगै नाचेको भेटेँ । राजधानीको उकुसमुकुस भन्दा नितान्त बेग्लै प्रवृत्ति देखेँ, मनोविकारले ग्रसित राजधानीका पात्रहरु भन्दा सक्षम, स्वाभिमानी, स्वकर्मी र स्वधर्मी पात्रहरु भेटेँ । आफैलाई नियालेर हेरेँ, आफ्नो मनोदशासंग दरिद्रता जागेर आयो । गाउँठाउँका पात्र र प्रवृत्तिसंग डाहा लागेर आयो ।
आखिर किन यति विघ्न सरल, सहज र सरस छन त गाउँले पात्र र प्रवृत्तिहरु ? उत्तर पनि सजिलै पाएँ, उनीहरुको हाँसोमा कुनै स्वार्थ छैन, उनीहरुको रोदनमा कुनै आशक्ति छैन । कसैसंग जित्नु छैन, कसैसंग हार्नु छैन, केही गुमाउनु छैन, केही पाउनु छैन । नेताहरु, प्रधानमन्त्रीहरु र धेरै मन्त्रीहरु यिन्ले पचाईसके, राजादेखि राष्ट्रपतिसम्मको शासन यिन्ले डकारीसके । यिन्लाई थाहा भईसक्यो राजनेताहरुको मोल, यिन्ले थाहापाईसके तिन्ले ओढने थरिथरिका थाङने खोल । यसैले यी निश्चिन्त छन- आफनो सुरक्षित भविष्यसंग, यसैले यी र्निविकल्प देख्छन आफना पौरखहरुलाई । नेताहरु भनेका अजम्वरी छैनन, न त अमर नै रहनेछन – यिन्लाई थाहा छ नेताहरु रहेपनि नरहेपनि, नेताहरु भएपनि नभएपनि – पाखाभरि सयपत्री र मखमली फुलिरहनेछन, खेतैभरि धानका बाला लहलह झुलि रहने छन् ।

Sunday, 28 October 2012

केही लामो अन्तरालमा घर आइपुग्दा

केही लामो अन्तरालमा घर आइपुग्दा भित्र सघन अनुभूति जाग्छ । घरको सीमारेखा टेक्ने बित्तिकै सबै रूखबिरूवालाई छोऊँजस्तो लाग्छ । ढुङ्गा, माटो सबैको स्पर्श पूर्व परिचितजस्तो लाग्छ । अनि अपनत्वको अनुभूतिले मन ढुक्क हुन्छ, हलुको हुन्छ र सुरक्षाको अनुभूति पनि हुन्छ । आँगनीको डिल, तुलसीको मोठ अथवा घरबारीको डिलतिर उभिएका रूख–बोट अनि आँगन यत्रतत्र जुनै मौसममा पनि, जुनै याममा पनि खै केको सम्मोहन जाग्न पुग्छ अब त यसको सीमारेखा नाघेर कतै नजाऊँ जस्तो पनि लाग्छ ।

Thursday, 25 October 2012


युद्धको पीडा

- हरिहर खनाल
copy.

मेरो जीवनमा यसरी आमुल परिवर्तन आउला भन्ने कुरा मैले सपनामा पनि सोचेकी थिइन । समयको चक्रमा पिसिँदै जाँदा कतिपय कुराहरू त कल्पना नै नगरेका भए पनि तिनीहरूले साकार रूप लिँदा रहेछन् भन्ने कुरा अहिले मलाई आभास भैरहेको छ । विगतबारे जब घोरिएर सोच्छु, म आफै स्तब्ध हुनपुग्छु । यसरी आफ्नो जीवनलाई फर्केर हेर्दा म आपैm दङ्दास पर्छु । कहिलेकाहिँ त सोच्तै नसोचेका र सामान्यतया असम्भव लाग्ने कुराहरू पनि ब्यवहारिक जीवनमा भने साँचो साबित हुन आइपुग्दा रहेछन् । सहनु मात्रै
सक्नुपर्छ, जीवनका अनेक रूप देख्न पाइन्छ भन्ने कुरा साँचो रहेछ । 

किशोर बयमा हिँड्दै गर्दा मेरा पनि थुप्रै सुनबुट्टे सपना थिए । साथीहरूसित तेलकासा खेल्दा र त्यसरी नै अरू कुनै काममा व्यस्त रहेका बेला म फुक्काफाल हुन्थेँ । एक प्रकारले भन्दा मेरो मन विल्कुलै हल्का हुन्थ्यो र म जेमा लागिरहेकी हुन्थेँ त्यसैको परिवेशमा घोलिएर म त्यसै हराउँथेँ । म हराउनु भनेको मेरो मन हराउनु हो । अघिपछि भुमरीमा परेर चुँडिएको चङ्गासरि हुने मेरो मन त्यसरी उफ्रँदै खेल्दा कता हराउँथ्यो कता । त्यसको कुनै लेखो हुन्थेन । 

हाम्रो टोल–छिमेक, गाउँघर र सहर सबै ठाउँका युवा–युवती किशोरावस्था पार गर्न पाउँदा नपाउँदै सरकार कि विद्रोही दुईमध्ये एकको नजिकमा पुग्थे । पुग्नु पथ्र्यो । त्यसो गर्नु एक प्रकारको वाद्यता नै थियो । हाम्रो देश गृहयुद्धको चपेटामा नराम्ररी फस्न पुगेको थियो । जो कोहीका लागि पनि वार कि पारको स्थिति थियो । 

देशमा चरम बेरोजगारी ब्याप्त थियो । सरकारी जागिर पाउन त्यति सरल र सहज थिएन । देशको कृषि मनसुनमा भर पर्नु परेजस्तै सरकारी जागिर खान र पाउका लागि भनसुनको निकै ठूलो हात थियो । देशको प्रशासन यन्त्र नातावाद, कृपावाद र घुसखोरीको विषालु छायामुनि असाध्यै नराम्ररी जकडिन पुगेको थियो । सरकारको त्यस्तो पक्षपातपूर्ण नीतिको जति बिरोध र टिका–टिप्पणी गरे पनि त्यसको कुनै अर्थ थिएन । काग कराउँदै छ पिना
सुक्दै छ भनेजस्तो स्थिति थियो । त्यसैले हाम्रो देशका अधिकाङ्स युवाहरू कि त विदेश हानिएका थिए कि भने विद्रोही सेनामा भर्ती भएका थिए । 

विगतलाई फर्केर हेर्दा त्यसै कहाली लागेर आउँछ । अहिले यति बेला त म गाउँका प्रौढ महिलाहरूलाई पढाउन र स्वरोजगारका लागि प्रशिक्षण दिने एक जना दक्ष महिलाका रूपमा काम गर्दैछु र समयको यो रेखामा उभिएर पछाडितिर फर्केर हेर्दा के त्यो मेरो आप्mनै जीवन थियो त ? भन्ने पनि लाग्छ मलाई । मेरो यस प्रकारको सोचाइको अर्थ के हो भने मेरो त्यो कहाली लाग्दो विगतको दुर्घटना सामान्यतया सबै मानिसका जीवनमा आइ लाग्दैन । तथापि युद्धको पीडा भोग्न विवस त्यो समयका मेरा दौँतरीहरू, गाउँलेहरू र स्वजनहरू त्यो बिडम्बनापूर्ण समयको शिकार हुन पुगेका थिए । जतिसुकै प्रयत्न गर्दा पनि बिर्सन नसकिने त्यो त्रासदीले सायद मेरो जीवनभर मलाई मेरो आफ्नै छायाँले हरदम पछ्याएसरि पछ्याइरहने छ । 

हाम्रो गाउँ सरदर नेपाली गाउँहरूजस्तै एउटा पिछडिएको पहाडी गाउँ हो । पश्चिमी नेपालको यो दुर्गम गाउँमा समकालीन सहरले उपभोग गरिरहेको सुख र सम्पन्नताको कल्पना गर्नुसम्म पनि एउटा फजुल कुरा गरेजस्तै हो । मानिसहरू बिहान उदाएदेखि बेलुकी अस्ताएसम्म आफ्ना कामधन्दामा, खेतीपातीमा र घरब्यवहारमा तल्लिनतापूर्वक लागिरहन्थे । परिवर्तनप्रति जागरुक हाम्रा गाउँलेहरू समयका पदचापहरूसित एकाकार भएर अघि बढ्ने कुरामा समेत सधैँ उत्सुक थिए । त्यसैको प्रतिफल भन्नुपर्छ, गाउँका मेरा दिदी बहिनी र 
साथी सँगती पनि स्कुल जाने सुविधा उपभोग गरिरहेका थिए । त्यै मेसोमा म पनि स्कुल पढ्ने सुबिधा उपभोग गर्ने एउटी भाग्यमानी चेली हुन पुगेकी थिएँ । 

हाम्रो स्कुल एउटा सहशिक्षालय थियो । स्कुलमा मेरा धेरैजसो मिल्ने साथीहरूमा केटीहरू नै बढी थिए । तर केटाहरूलाई पनि हामी बिना हिचकिचाहट हामीसित मिलेर अतिरिक्त कृयाकलापहरूमा भाग लिने छुट दिइका थियौँ । अझ सरल शव्दमा भन्ने हो भने हामी केटा र केटीमा त्यति धेरै विभेद नै गर्दैनथ्यौँ । 

समयको चक«मा बेरिँदै जाँदा थाहा नै नपाइकन मेरो शरीरमा परिवर्तनका रेखाहरू कोरिँदै गएछन् र म बिस्तारै बैँसका खुट्किला चड्न थालिछु । त्यै समयमा हुनुपर्छ, पल्लो गाउँको मेरो सहपाठी जीवनसित मेरो मन विस्तारै लहसिन थालेछ । अर्को शव्दमा भन्दा हामी दुईबीच प्रेमको बिजाङ्कुरण हुन पुगेछ । हाम्रो त्यो प्रेम बिस्तारै झाङ्गिदै गयो र त्यसले क«मशः आकार लिन थाल्यो । उसले त्यसलाई कसरी लिएको थियो कुन्नि, तर मैले भने हाम्रो प्रेमलाई एउटा नयाँ सिर्जनाको प्रारम्भ, एक आपसको समर्पण र एउटा सुन्दर बगैँचाको निर्माणका रूपमा ग्रहण गरेकी थिएँ । युवा भावुकतामा चुर्लुम्म डुबेको हामी दुईबीचको प्रेमले कालान्तरमा एउटा स्पष्ट आकार लियो र हामीले जीन्दगीभर एक आपसमा नछुट्टिने प्रण गर्दै प्रणयसुत्रमा बाँधिने निर्णय ग¥यौँ । 

माध्यमिक तहको पढाइ पूरा भएपछि उच्च शिक्षा लिने मेरो निकै ठूलो धोको थियो तर त्यो पूरा हुन सकेन । घरबारे भएपछि जीवन र म, हामी दुवैको पढाइमा पूर्णविराम लाग्यो । हामी प्रणयसुत्रमा बाँधिएको केही समयसम्म त हाम्रो जीवन आनन्दपूर्वक नै बित्यो । हामी दुवै उमेरदार थियौँ र पाखुरी बजारेर खानका लागि हामीलाई कुनै किसिमको असजिलो लाग्थेन । हाम्रो आफ्नै खेतीपाती थियो । त्यो धेरै नभए पनि दश नङ्री खियाएर काम गर्दा हिउँद–बर्खा धान्ने अन्न उब्जन्थ्यो । हाम्रो परिवारको आकार पनि मध्यम प्रकारको थियो । सासु, ससुरा, एकजना देवर र हामी दुई । देवर स्कुल जान्थे, सासु, ससुरा घर–ब्यवहार समाल्नु हुन्थ्यो, हामी मेलपात । चखेवा–चखेवीको जोडीजस्तो थियो हाम्रो जीवन । जता जाँदा पनि सँगै, जे गर्दा पनि सँगै । कति मानिसहरू त हाम्रो पिरती देखेर रीस र डाह पनि गर्थे । तर हामी अरूले के भन्छन् भन्ने कुराको कुनै मतलब राख्तैनथ्यौँ र आफ्नो काममा तल्लिनतापूर्वक लागिरहन्थ्र्यौँ । पाखुरी बजारेर खानु हाम्रालागि असाध्यै आनन्नदायक काम लाग्दथ्यो । 

समय बित्दै जाँदा हाम्रो देशमा, हाम्रो समाजमा र हाम्रो गाउँघरमा हामीले कहिल्यै कल्पना नै नगरेका घटनाहरू घट्न थाले । शान्त पोखरीजस्तो हाम्रो गाउँमा एकाएक हुरी आयो । भएभरका युवा युवतीहरू गाउँबाट हराउन थाले । तिनीहरू कता लागे सुरुमा हामीलाई थाहा थिएन । पछि हामीले बुझ्यौँ, तिनीहरूमध्ये केही जनमुक्ति सेनामा भर्ती हुन पुगेछन्, केही सरकारी सेनामा । यसरी, स्वच्छ हावा र चिसो पानी पिएर रनवन घन्काउँदै गीत गाएर हिड्ने तन्देरी तरुनीहरू कि यो कि त्यो सेनामा भर्ती हुन थालेछन् । हामी समालिएर बस्न खोजे पनि परचक्रीहरूको चुक्लीका कारण त्यहाँ बसिरहने स्थिति रहेन । बेला–कुबेला सरकारी फौजले गाउँमा मार्च गर्न थाले । त्यसपछि भने गाउँमा आतङ्कको एउटा साम्राज्य नै कायम भयो । मानिसहरू डरले भित्रभित्रै थर्कमान हुन थाले । समय बित्दै जाँदा गाउँका मानिसहरू दुई कित्तामा बाँडिए, परिवर्तनकारी र प्रतिक«ान्तिकारी । द्वन्द्वको असाध्यै नराम्रो चपेटामा हाम्रो गाउँ विस्तारै भासिँदै गयो । त्यो अन्योलपूर्ण स्थितिबाट मुक्त भएर सुखपूर्वक एउटा शान्त जीवन जिउने अभिलाशा लिएर जीवन र मैले एक दिन गाउँ छाड्ने निधो ग¥यौ र तराईको बाटो लाग्यौँ । 

तराइमा पुगेपछि मात्रै हामीलाई थाहा भयो, हाम्रो देशको हरेक ठाउँ एकै प्रकारको भुमरीमा भासिन पुगेको रहेछ । त्यो देखेर मेरो मन झनै आत्तियो । हुरीमा परेको चरीसरि आत्तिएर मैले जीवनको अनुहारमा हेरेँ । मेरो मनको कुरा बुझेझैँ गरी उसले मेरो हात समातेर मलाई सान्त्वना दिने लवजमा भन्यो : हेर कल्पना, तिमी नडराउ । हरेस खाएर कुनै काम छैन । परेको टर्छ । म भएसम्म तिमीलाई के को फिक्कर ? ज्यानको बाजी लगाएर म तिम्रो रक्षा गर्ने छु । सँगै जिउँला, सँगै मरुँला । मेरो विस्वास गर । जीवनले त्यसो भन्दा मेरो मन प्रफुल्ल भएर आयो । मैले त्यसपछि लामो सास फेरेँ र मनलाई आस्वत पार्ने प्रयत्न गरेँ । 

हामीले पहाड घर छाडेर त्यो ठाउँमा पुगेको पनि त्यति बेला छ महिना कटिसकेको थियो । म दुई जिउकी भएको त त्यति बेला दश महिना लागिसकेको थियो । हामीहरू निमेकमाउलो गरेर जीवन गुजार्दै थियौँ । हामीहरू निकट भविश्यमा हाम्रो प्रेमको प्रतीकका रूपमा यस धरतीमा पदार्पण गर्न लागिरहेको हाम्रो सन्ततिका बारेमा सुनबुट्टे कल्पनाका सप्तरङ्गी पूmलहरू उन्दै थियौँ । त्यै समयमा अचानक हाम्रो गाउँको आकाशमा काला बादलका मुस्लाहरू मडारिन थाले । हामी वरिपरिको वातावरण क्रमशः अँध्यारो गुम्बजमुनि पुरिन थाल्यो । हामीहरू समय समयमा छिमेकी गाउँहरूमा घटेका दुर्दशापूर्ण घटनाहरूका विषयमा अनेक थरि कुरा सुन्थ्यौँ । छिमेकी गाउँहरूका विषयमा सुनिएका त्रासदीपूर्ण घटनाहरूले हाम्रो आँतै चीसो भएर आउँथ्यो । त्यो त्रासदीको कालो चक« हाम्रो आकाशमाथि पनि क्रमशः फैलँदै गयो । 

मेरो जिउ हलुङ्गो भएको भर्खर तीन दिन भएको थियो । विस्तारै ल¥याङ्त¥याङ गरेर बच्चालाई दुध खुवाउनसम्म सक्ने भए पनि मेरो शरीरबाट ब्लिडिङ् पूर्ण रुपमा रोकिइसकेको थिएन । त्यै बेला हाम्रा छिमेकी गाउँमा सरकारी फौजले धाबा बोलेको हल्ला सुनियो । हेर्दाहेर्दै हाम्रो आफ्नै गाउँमा समेत एक्कासी कोलाहल मच्चियो । तिनीहरूले गाउँका हरेक लोग्नेमान्छेलाई समातेर कुटपिट गर्दै बन्दी बनाउन थाले । त्यसपछि सबै स्वास्नीमान्छेहरूलाई स्वजनहरूकै अगाडि सामुहिक रूपमा इजेत लुट्न थाले । त्यो बिभत्स खबर सुनेपछि मेरो मुटु डरले थरर काँप्यो । जङ्गलमा फैलिएको हुरीको डढेलोसरि हाम्रो गाउँमा पसेको त्यो आतङ्कको कालो छायाँले हाम्रो आँगनमा पनि पाइला टेक्यो । हाम्रो छाप्रोमा पसेको फौजको एक झुन्डले पहिले जीवनलाई समाते र पाता कसेर लडाएर पिटे । तीन दिनको नवजात शिशुलाई च्यापेर मैले सकिनसकी त्यसको प्रतिवाद गर्ने प्रयत्न गर्न खोजेँ । तर व्यर्थ । मेरो केही लागेन । मेरो त्यो प्रयत्न बगरेको अगाडि उभिएको पाठाको जस्तो मात्र हुन पुग्यो । एकै छिनमा ऊ भुइँमा पछारियो र हलनचल भएर लड्यो । त्यसपछि के भयो खै त्यो कुरा म यो मुखले कसरी व्याख्या गरूँ ? तिनीहरूमध्ये एक जनाले मतिर मसिनगन तेस्र्यायो र अर्कोले मेरा शरीरका लुगा थुत्न थाल्यो । मैले न्वारानदेखिको बल निकालेर त्यसलाई पर धकेलेँ र “म तीन दिनकी सुत्केरीलाई पनि हातपात गर्न तँलाई लाज लाग्दैन पाजी ?” भनेर त्यसको मुखमा थुकिदिएँ । तर मेरो केही शिप लागेन । तिनीहरू सबै मिलेर निर्लज्ज तरिकाले भुइँमा लडाए । कुनैले मेरा हात समाते कुनैले खुट्टा । अनि कुनैले मेरा कपडा च्यातेर फ्याँके र मलाई लुटे । तिनीहरूको प्रतिकारमा मैले तिनीहरूका हात र जे पायो त्यही टोक्न थालेँ, तर मेरो केही लागेन । 

आफ्नै आँखा अगाडि आफ्नी जहान बलात्कृत भएको टुलुटुलु हेरेर बस्न विवस मेरो लोग्ने जीवन वेदनाले सायद पागल भयो होला भन्ने ठानेँ मैले । होसमा आउँदा मैले मेरो शरीर पूरै रगतको आहालमा डुबेको पाएँ । मेरो नवजात शिशु अलिपर कुनामा आँखा चिलेर घाँटी खिर्खि¥याउँदो आवाजमा रोइरहेको देखेँ । मैले विस्तारै आँखा उठाएर यताउता हेरेँ, त्यहाँ मैले जीवनलाई कतै पनि देखिन । म ज्युँदै मरेजस्तो लाग्यो मलाई । एकछिनसम्म त भाउन्न भएर टाउको फुट्लाजस्तो भयो मलाई । म विस्तारै समालिने प्रयत्न गरेँ र सकिनसकी घस्रिँदै मेरो नवजात शिशुतिर गएर उसलाई तानेँ र आफ्नो बक्षस्थलतिर टाँसेँ । 

बिस्तारै उठेर मैले यताउता हेरेँ, गाउँघर र टोलछिमेक पूरै चकमन्न थियो । एउता अत्यासलाग्दो चकमन्नता व्याप्त थियो त्यहाँ । निकै बेरपछि मेरा छिमेकीहरू विस्तारै यताउता गर्न थालेका मैले देखेँ । तिनीहरूका हातगोडा र शरीर त चलेका थिए, तर त्यहाँ कुनै प्राण बाँकी रहेजस्तो थिएन । तिनीहरू विल्कुनै निर्जीवजस्ता देखिन्थे । तिनीहरूमध्ये एक जनासम्म पनि पुरुष थिएन त्यहाँ । बाल, वृद्ध, वनिता सबै झरीपछिको औँसीको रुझेको रातजस्तै मलिनु अँध्यारो अनुहार लिएर निःशव्द यताउता गर्दै थिए । पूरै गाउँ शोकको भुमरीमा डुबेको थियो । क्षतविक्षत तन र थिलथिलिएको मन लिएर तिनीहरू सकिनसकी चल्बलाइरहेका थिए । 

त्यो त्रासदीपूर्ण दुर्घटनाको एक हप्तापछि विस्तारै हाम्रो गाउँ सामान्य अवस्तातिर फर्कन थाल्यो । घरबार छाडेर हिँडेका पुरुषहरू फेरि गाउँमा देखिन थाले । प्रायः बन्द भएका ओठहरू चल्मलाउन थाले । तर ती ओठहरू पहिलेकै झैँ खुल्न भने सकिरहेका थिएनन् । 

त्यसको तीन दिनपछि मेरो लोग्ने जीवन साँझपख एकाएक घरको आागन टेक्न आइपुग्यो । उसले आँगनमा पाइला राख्ने वित्तिकै मेरो हृदयको एक कुनामा कतैतिर अलिकति राहत महसुस गरेँ मैले । वेदना र ग्लानीले शिथिल भएको मेरो मनको एक कुनामा अलिकति आशाको त्यन्द्रो पलायो । मैले आफैँलाई आस्वस्त पार्ने प्रयत्न गर्दै म अलिकति उज्यालो हुने प्रयत्न गरेँ । त्यो उज्यालो प्रकट रूपमा भने 
मैले बाहिर ल्याउन सकिन । आँगनको बीचोबीचमा उभिएर जीवनले मलाई एकोहोरो हे¥यो, निकै बेर, निःशव्द । वाणी विहीन त्यसको त्यो हेराइले म भित्रभित्रै आतङ्कित भएर थरर काँपेँ । एकोहोरो मतिर हेरिरहेको त्यसले भतिर आएर मेरो नवजात शिशुलाई लियो र एउटा क्रुर आवाजमा भन्यो, “ कल्पना, अब तँ मसित छैनस् । तँ तेरो सुर गर् । म तँजस्ती बिटुलिएकी आइमाइसित बस्तिन । ”

जीवनका ती शव्दहरू सुनेर मेरो शरीर पूरै शिताङ्ग भयो । म एकैचोटी छाँगाबाट खसेसरि भएँ । मैले विस्तारै आपूmलाई समाल्ने प्रयत्न गरेँ र उसको अनुहारतिर गहिरिएर हेरेँ । जीवनभर कस्तै दुःखकष्टमा पनि नछुट्टिने प्रण गरेर मलाई आस्वस्त पार्ने मेरो प्रिय मान्छे,, हर्कुलसकोजस्तो हिम्मत र छाती भएको मेरो मर्द लोग्ने जीवनको एक अंश पनि देखिन मैले त्यसको अनुहारमा । एकछिन त कतै त्यो मान्छे मेरो लोग्ने जीवन नै त हो ? भन्ने प्रकारको प्रश्न उठ्यो मेरो मनमा । मैले त्यसको अनुहारमा गहिरिएर हेरेँ । मान्छे उही भए पनि पूरै स्वरूप फेरिएको थियो त्यसको । जसको लागि भनेर मैले आफ्नो जन्मथलो, आफ्ना इष्टमित्र, आफ्ना साथीभाइ, आफ्ना आमाबाबु र आफ्ना याबत् चिज त्यागेर आपूmलाई पूर्ण रूपमा समर्पण गरेर हिँडेकी थिएँ त्यो मेरो मायालु जीवन त्यहाँ थिएन । मैले देखेँ, त्यसको अनुहारमा एउटा हिंस्रक जनावरको आवरण टाँसिएको थियो । त्यहाँ एउटा आदिम कुरूप पुरुष मेरो अगाडि थियो । सम्हालिन खोज्दै मैले बिस्तारै भनेँ, “ यसमा मेरो के दोष छ जीवन ? तिमीलाई थाहा छ, हाम्रो पूरै गाउँ एउटा अपल्पनीय पीडाको सागरमा डुब्न पुग्यो । एकाएक आई लागेको अथाह विपत्ले हामी सबैको हृययमा कहिल्यै पनि नपुरिने एउटा गहिरो घाउ पारेर गयो ।” मैले उसलाई सम्झाउने प्रयत्न गरेँ । 
“तँ जे भन् कल्पना, म तेरो कुरा सुन्नेवाला छैन । तँ बिटुली भैसकेकी छेस् र म अब तँसित बस्न सक्तिन । अब म मेरो सुर गर्छु, तँ तेरो सुर गर् ।” यति भनेर जीवन मेरो बच्चा लिएर त्यहाँबाट हिड्ने तर्खर गर्न थाल्यो । मेरो लोग्ने भनाउँदो त्यो पुरुषको तुच्छ कुरा सुनेर म अवाक् भएँ । त्यसले मेरो तन र मन दुवै चुँडालेर त्यहाँबाट अलप हुन खोज्दै थियो । मैले अलिकति हिम्मत बटुलेर भनेँ -“ठीक छ जीवन । दिनको उज्यालोमा, सारा गाउँसँगै हामीमाथि जवरजस्ती थोपरिएको यो अनिच्छित युद्धको त्रासदीबाट पीडित हामी र हाम्रो जीवनलाई तिमीले बुझेर पनि बुझ पचाउँछौ भने मेरो भन्नु केही छैन । तिमी र म हिँजोको हाम्रो प्रणयको सुरूको समयदेखि आजसम्म सँगै थियौँ । मैले भनेको सुन्छौ र मान्छौ भने हाम्रो विगतको त्यो त्रासदीपूर्ण अवस्थाको दोषी तिमी वा म कोही पनि होइनौँ । यो हाम्रो समयको एउटा कुरूप क्षणको बज्र प्रहारमा पर्न पुग्यौँ हामी । तिमी यो मान । तिमी यो कुरा महसुस गर । तर तिम्रो छाँट देखेर म त तर्सिइरहेकी छु । मैले यति भन्दासम्म मेरो अनुहारतिर ताकेर हेरिरहेको उसले फेरि पनि तिनै शब्दहरू दोहो¥यायो । 
“ तँ जे भन् कल्पना, अब म तँसित बस्तिन । अब तँ तेरो सुर गर् ।” त्यसको त्यो सम्वेदनाहीन कुरा सुनेर मलाई निकै झोँक चल्यो । त्यसपछि मैले त्यसलाई दृढ स्वरमा भनेँ -“त्यसो भए ठीक छ । म जसरीतसरी जिन्दगीको यो उबडखाबड बाटो हिड्ने प्रयत्न गरुँला । तिमी जे इच्छा लाग्छ त्यो गर ।” यति भनेर मैले उसको काखको बच्चा समातने प्रयास गरेँ । 
“यो म तँलाई दिन्न । यो मेरो छोरो हो ।” त्यसले त्यसको कठोर अनुहार मतिर ताकेर उत्तर दियो । मलाई लाग्यो, एउटा गरुङ्गो घनले बेजोडले ठोकेझैँ उसका मुखबाट निस्केका प्रत्येक शव्दले लगातार मेरो मुटुमा हिर्काइरहेका छन् । 
“मैले यसलाई दश महिनासम्म मेरो शरीरभित्र पालेँ, अब पनि यसको आँत भरेर यसलाई ज्युँदो राख्न मैले मेरो छाती चुसाउनु पर्छ, । नत्र हेर जीवन, तिम्रो र मेरो प्रेमको निसानी यो अबोध शिशु घाँटी सुकेर मर्छ ।” मैले निकै भावुक भएर त्यसलाई सम्झाउने प्रयत्न गरेँ । “त्यसको तँ चिन्ता नगर् कल्पना । त्यो कामको जिम्मा मेरो हो । सके म यसलाई गाईको दुध खुवाएर हुर्काउँछु, नसके पनि बट्टाको दुध पिलाउँछु । ल, तँ बस्, म हिडेँ । ” यति भनेर ऊ फरक्क पछाडि फक्र्यो र बाटो लाग्यो । उसले मेरो हृदयको टुक«ा, मेरो डेड हप्ताको शिशुलाई काखमा च्यापेको थियो । त्यो लमकलमक गर्दै लगातार अगाडि बढ्दै गयो । त्यो गएको बाटोलाई पच्छ्यउँदै “जीवन ! जीवन !!” भन्दै म केही परसम्म पुगेँ, तर त्यसले मेरो आवाज सुनेको नसुन्यै ग¥यो । त्यसले पछाडि फर्केरसम्म हेरेन । त्यो एउटा घुम्तीमा पुगेपछि मेरो दृष्टिबाट लोप भयो र एकाएक बिलायो । म त्यहीँ थचक्क बसेँ । 

धागो चुँडिएको चङ्गासरि मेरो जीवन पनि हिँड्दाहिँड्दैको बाटो भासिएर अनायासै एउटा गहिरो र अँध्यारो खाडलतिर धकेलिन पुगेको थियो । अब के गर्ने होला भन्ने कुराले म बिलखबन्दमा परेकी थिएँ । कहिल्यै कल्पनासम्म नगरेको स्थितिमा पुगेकी थिएँ म । म रुन खोजेँ, तर अचम्म । मेरा आँसु सबै सुकिसकेका रहेछन् । मेरा आँखाबाट एक थोपा पनि आँसु झरेन । म त्यसैत्यसै विक्षिप्तजस्ती भएँ । एक मन त मलाई आत्महत्या गरूँजस्तो लाग्यो । तर बिस्तारै मैले आफ्नो मनलाई आफै सम्झाउन थालेँ । एक बारको जुनी । यो सुन्दर सन्सार फेरि हेर्न पाइने होइन । दुःख–सुख र आपत् बिपत त हाम्रो जीवनका अभिन्न अङ्ग नै हुन् । मैले आपूmलाई यसै भनेर सम्झाएँ । 

के गरौँ र कसो गरौँको दुबिधाबीच छट्पटिइरहेको मेरो मनलाई मैले धेरै कोणबाट सम्झाएँ । अझ यसो भनौँ, आफैले आफैलाई सान्त्वना दिएर जीवनको कठिन बाटोमा हिड्न मैले कोसिस गरेँ । यसरी त्यो अन्तिम दुर्घटनाको लगत्तै म त्यहाँबाट हिँडेँ । कहाँ जाने ? मेरा अगाडि चारैतिर बाटाहरू थिए, तर ती सबै अस्पष्ट गोरेटाहरूमा छरपष्ट भएको रौँका त्यान्द्रासरि वा भीषण खडेरीको मारमा परेर धाँजा फाटेको जमिनसरि दिशाहीन थिए । म निकै अलमलमा परेँ । मैले मनलाई बाँधेर आखिर एउटा निधो गरेँ । घर फर्कने । जन्म दिने आमा त आखिर आमा नै हुन् । आमाको सम्झनाले मात्र पनि मेरो दुखेको मुटुमा थोरै मलम लगाएजस्तो मलाई अनुभूति भयो । मैले त्यसपछि आफ्नो बाटो समातेँ । 

सुरुमा त मलाई सबैले गाली गरेर दपेट्ने हुन् कि भन्ने ठानेर निकै डर लागिरहेको थियो, तर त्यसो भएन । धेरै समयपछि एकाएक आँगन टेक्न पुगेकी मलाई देखेपछि एकछिनसम्म त घरका सबै मानिस ठाउँका ठाउँ उभिएर मलाई हेर्न थाले । म घरको पिँढीमा बसेपछि आमाले मेरो टाउको मुसार्नु भयो । उहाँका ओठहरू विस्तारै फिरफिर गर्न थाले, तर उहाँ एक शव्द पनि बोल्नु भएन । उहाँका आँखाका कोस रसाएर आँसुका ढिका खसे । भाइ–बहिनी म नजिकै आएर मलाई समात्दै लुटपुटिन थाले । 

समयको गतिसँगै हामीहरू सु्स्तसुस्त हिँड्दै गयौँ । त्यही क«ममा विगतको दुःखदायी समयका हाम्रा अकल्पनीय पीडाहरूलाई पनि हामीले विस्तारै बिर्सँदै गयौँ । समय बित्दै जाँदा मैले मेरो जीवनमा फेरि विस्तारै गति पलाएको अनुभव गर्न थालेँ । मैले जीवनमा जस्तोसुकै दुःख आई पर्दा पनि आफ्नो मनलाई निरास हुन दिइन । मलाई जीवित राख्ने तत्व भनेको मभित्रकै आशा र विश्वासको त्यान्द्रो थियो सायद । 

अब के गर्ने । विगतलाई बिर्सेर आगतका दिनको गोरेटो कोर्ने सन्दर्भमा घरिघरि यस्तो प्रश्न उठ्ने गथ्र्यो मेरो मनमा । म निस्कि«य जीवन जिउन सक्ने खालकी नारी पनि थिइन । फेरि विवाह गर्ने ? फेरि घरबार बसाउने वा अरू क्यै गर्ने ? घरजम र विवाहको कल्पनासम्मले पनि मेरो मुटु हल्लाइदिन्थ्यो । मैले मेरो गाउँघर र समाजलाई अन्तरदृष्टिले हेर्ने प्रयत्न गरेँ । अशिक्षाको भुमरीमा पिल्सिएको मेरो समाज एउटा आदिम समाजभन्दा कत्ति पनि फरक थिएन । गाउँका नारीहरू प्रायः निरक्षर थिए । युवाहरू बेरोजगार थिए र तिनीहरू रोजगारीको खोजीमा गाउँ छाडेर लाखापाखा लागेका थिए । केटाकेटीहरूका लागि गाउँमा एउटा माध्यमिक विद्यालय थियो र तिनीहरू त्यहीँ गएर समय बिताउँथे । 

मैले गाउँका निरक्षर महिलाहरूका आँखा खोल्ने अठोट गरेँ । एक दिन मैले गाउँका केही महिलाहरूलाई जम्मा गरेर मेरो योजना सुनाएँ । मेरो भत्किएको जीवनको रामकहानी हाम्रो टोलछिमेक र गाउँघरका प्रायः सबै मानिसहरूलाई थाहा थियो । त्यस अर्थमा सबै मप्रति सहानुभूतिशील थिए । थप, मैले गाउँमा शिक्षाको दियो बाल्ने प्रयत्न गरेको देख्ता गाउँलेहरू सबै रमाए । त्यसमा पनि महिलाहरू त झन् धेरै खुसी भए । चुलो चौकाको अँध्यारो कुनाबाट बाहिर निस्केर उज्यालो क्षितिजतिर चियाउन पाउने आशामा तिनीहरू निक्कै प्रफुल्ल भए । 

यति बेला म गाउँका अशिक्षित महिलाहरूलाई पढाउन व्यस्ततापूर्वक लागिरहेकी छु र यसले गर्दा मेरो कहाली लाग्दो विगतलाई बिर्सन पनि मलाई सजिलो भैरहेको छ । जव म तल्लिनतापूर्वक आफ्नो काममा लाग्छु, ममा एक प्रकारको नयाँ जाँगर पलाउँछ । मेरो शरीरका नशानशामा नयाँ जोश र जाँगरको नविन रक्तसन्चार हुन्छ । तर घरिघरि भने मेरो छोरा र मलाई त्यति धेरै माया गर्ने मेरो लोग्ने भनाउँदो मूर्ख पुरुष जीवनको सम्झनाले मलाई व्याकुल बनाउँछ । मेरो मुटुको टुक«ा यति बेला कस्तो भयो होला ? त्यो मलाई खोजेर कति छट्पटाउँदो हो भनेर म त्यसैत्यसै मर्माहत हुन्छु । मेरो छोराको सम्झनामा उद्धेलित भएको मेरो मनलाई कहिलेकाहीँ त कति धेरै प्रयत्न गर्दा
पनि समाल्न सक्तिन र मेरा आँखाका कोस रसाएर व्हारव्हारती बाहिर निस्केका आँसुका धारालाई लुकाउन सिरानीमाथि अनुहार टेकाएर म निकै लामो समयसम्म घोप्टो परिरहन्छु । 

शिशिर ऋतुको एक बिहान, म बाहिर आँगनमा बसेर घाम तापिरहेकी थिएँ, एउटा अखबारको पानामा गएर मेरा आँखा अडिए । युद्धले क्षतविक्षत भएको एउटा अफ्रिकी मुलुक सुडानमा स्वास्थक्षेत्रसित सम्बद्ध कार्यमा लागेकी एक जना नेपाली महिला डाक्टर अरुणा उप्रेतीको “वाहिदाको पूmलबुट्टे तन्ना” शिर्षकको त्यो लेख पढ्दैजाँदा मेरो शरीर जिरिङ्ग फुलेर आयो र मेरा रौँ ठाडा भए । के मेरो र वाहिदाको नियति एउटै रहेछ ? मलाई थाहा लाग्यो, त्यो हो रहेछ । विश्वभरका पीडित नारीहरूको दर्दको पीडा एकै किसिमको रहेछ । मानवजातिको इतिहासमा कालो धब्बा लगाउने यो अप्रिय युद्ध आखिर किन हुन्छ ? किन ? म त्यसको उत्तर खोज्ने प्रयत्न गर्छु, तर व्यर्थ । मरो त्यो प्रयत्न बालुवामा पोखिएको पानीसरि त्यसै हराएर, त्यसै बिलाएर जान्छ । मेरो मन झनै उद्धेलित हुन्छ । त्यो अनिच्छित युद्धलाई समाप्त पार्नका लागि म आपूm एक पटक सिंहिनी भएर गर्जूँजस्तो लाग्छ मलाई । 

एउटा अनिच्छित र पीडादायी विगतको भुमरीमा फन्फनी घुमिरहेको मेरो जीवनका ती क्षणहरूलाई म सधैँका लागि बिर्सन चाहन्छु र मेरो आगत जीवनको नयाँ बिहानीमा मलाई शितल छहारी र उज्यालो प्रकाश दिने नयाँ दिनको प्रतीक्षामा रहने प्रयत्न गर्छु म । तर मैले जति प्रयत्न गर्दा पनि मेरो त्यो दुःखदायी विगतको सम्झनाले मलाई चिथोर्न भने छाड्दैन । 

आफ्नो कामका बीच कहिलेकाहीँ मेरो दिमाग विल्कुलै खाली भएको महसुस गर्छु म । त्यस्तो समयमा मेरो मनमा निरन्तर एउटा प्रश्न उठ्ने गर्छ : आपूmलाई सन्सारकोसर्वश्रेष्ठ प्राणी ठान्ने मानिसको जात यति धेरै अविवेकी र क्रुर किन ? यति धेरै निर्घिणी किन ? तर म केवल प्रश्न गर्छु । मेरा प्रश्नहरूको उत्तर कतैतिरबाट पनि पाउँदिन । तर मेरो मन कस्तो जिराहा छ भने मलाई त्यसले निरास पार्ने कुरै गर्दैन । म ठान्छु, एक न एक दिन यी प्रश्नहरूको पनि उत्तर मिल्ने छ । अवश्य पाइने छ । यही आशामा म जिन्दगीको गोरेटोमा हिँडदै यहाँसम्म आइपुगेकी छु । मभित्रको आशावादीपन नै त हो मेरो जिन्दगी ! मलाई यस्तै लाग्छ । आपत् विपतका समयमा मलाई सहारा दिएर डो¥याउँदै सुमार्गमा लगाउने मेरो यही सकारात्मक सोच नै त हो मेरो जिन्दगी !!

२१ मार्ग २०६६ 
धापासी ७, काठमाडौं

पुरातात्विक नोट-


पुानो कापी भेटें। ३० बर्षअघि तत्कालीन राजा वीरेन्द्रले अल्पविकसित राष्ट्रहरुको तर्फबाट गरेको सम्बोधन भाषणको अंश टिपेको रहेछु। भाषणको अंश यस्तो छ: 
"अल्पविकसित देशको एक गरीव व्यक्तिले पौष्टिक आहारा खानै पाउँदैन। विश्वमा यस्ता गरीवको संख्या करोडौं छ। उस्लाइ कुनैपनि रोग लाग्न सक्छ। उस्को आयु छोटो छ। उ छाप्रोमा बस्छ, जहाँ गरिवी एवं दरिद्रताले उस्लाइ सधैं घेरिराखेको हुन्छ। न त उस्ले पढेको छ, न उस्मा कुनै शीप छ। नियमित तवरले उस्ले खान पाउँदैन। एक छाक खायोभने अर्को छाकको चिन्ताले सताइरहेको हुन्छ। लुगा लगाएको भएपनि उस्को त्यो लुगा झुत्रोमात्र हुन्छ। उ नाङ्गै खुट्टाले हिंड्छ। फोहोर, अल्पहार र सरुवारोगले उस्को शरिरमा प्रभावचिन्हहरु छाडेका हुन्छन्। जन्मैदेखि मृत्युपर्यन्त उ दरिद्रै रहन्छ। कतिपय त बाल्यकालमै मरिसकेका हुन्छन्। वाँच्योभने पनि अभाव र विपन्नताले उस्लाइ अन्त्यसम्मै छाड्दैन।"
त्यस्मा मैले यस्तो थपेको रहेछु:
"आफ्नो आर्थिक स्थितिअनुरुप पारिवारिक सन्तुलन मिलाउन नजानेर उस्कै सन्तान बढी हुन्छन्। यस्ले उस्को दरिद्रता र घरको अव्यवस्थालाइ झन् बढाउँछ। बर्षेनी र धेरै सन्तान जन्माउनुपरेकोले उस्की श्रीमतिको स्वास्थ्य क्षीण हुँदै जान्छ। पौष्टीक आहारको कमि र लगातार धेरै सन्तान जन्माउनुपरेकोले उस्लाइ आफ्नै शरिर भार हुन थाल्दछ। विपन्नता, शारिरिक दुर्वलता र अधिक सन्तानको भारले थिचिएर ती सन्तानका आमालाइ पारिवारिक जीवन नै एउटा वोझ र अभिशाप लाग्न थाल्दछ। यसरी, होनहार जीवन पारिवारिक वोझ र अभावभित्रै पिल्सिएर तथा खुला हावामा सास फेर्नसमेत् नपाएर वाँच्ने सङ्घर्ष र छटपटीमै समापन हुन्छ।"

Wednesday, 17 October 2012


कोशेली 


आज बिहान कान्तिपुर कोशेली (शनिवार २७ असोज , २०६९) मा प्रसिद्ध साहित्यकार कृष्ण धरावासीको 'हिटलरको आँगनमा उभिएर' आलेख पढ्दै गर्दा मेरो आँखा ''विदेशी खासगरी योरोप र अमेरिकेली आइएनजिओलेले नेपालमा दह्रो जरा गाडेर रहेको हिन्दु संस्कृति र .................नेपालमा हिन्दु संस्कृति कमजोर हुँदा यहाँका जनजातिहरूको संस्कृति त झन् विलय नै हुन पुग्छ, त्यसलाई बचाएर राख्ने भनेको पनि यही मूल संस्कृति नै हो'' लेखिएका हरफमा अडिए | धरावासी कम्युनिस्टधारका लेखक र चिन्तक हुन् | उनी हिन्दु-संस्कृतिका उपज भए तापनि आफुलाई धार्मिक आधारमा विभाजन गरेको मन पराउन्न | उनले लेखेको सत्यलाई स्वीकार गर्ने आँट 'राजनैतिक भक्त' वा  'भोट-भक्त'मा नहोला तर उनले नेपालको सत्य लेखेका छन्, बोलेका छन् | धेरै साहित्यकारमा यस्तो वीरता विरलै पाइन्छ | नेपालीपन र नेपालीमनले तिनलाई धन्यवाद दिन अह्रायो किनभने कम्युनिस्ट साहित्यकारहरू नेपालको वस्तुगत सत्यसंग डराउँछ |  झन् मानवाधिकारवादीहरू सत्यलाई आत्मसात् गर्नै चाहन्नन् | काठमाडौँको सम्भ्रान्त वर्गमा हुर्किएको नागरिक समाजले 'आइएनजीओ'बाट धन-आशिर्वाद पाउने कुरा कसैबाट लुकेको छैन | उनीहरूबाट 'सत्य'को आसा कसरी गर्न सकिन्छ ? 

मेरो क्रिश्चियनहरूसंग कुनै वैरभाव छैन | मेलै केही बाल्यकालका केही महत्वपूर्ण वर्षहरू 'क्रिश्चियन विद्यालय'मा बिताएको हूँ | आजपनि कतिकति वेला बाइबलका भजनहरू मेरो मुखमा आइपुग्छन् | मलाई राम्रो लाग्छ | वि. स. तिर २०५४ ललितपुरको कुरा हो | मैले दर्शनशास्त्रमा विद्यावारिधि  गरेर फर्केपछि  जागिर खोज्दै थिएँ | मेरो सम्पर्क भयो एकजना 'धर्म-प्रचारक' संग | मलाई जागिर चाहिएको थियो, उनले मलाई आफ्नो चर्चका 'पास्चर'संग भेट गराए | पास्चरले एक जना 'गोरे' कहाँ मलाई लगे | 'गोरे'ले दुईदिन पछि सोझै भने 'धर्म परिवर्तन गरेर, धर्म प्रचारमा लाग्नुहोस्, हामीलाई तपाईं जस्ता विद्वानहरूको ठूलो खाँचो छ | दश लाख रुपैयाँ र घरको ब्यबस्था हामी गर्छौँ | छोराछोरीले 'नर्वे'मा फ्री मा पढ्न पाउनेछन् |'' मैले विचार गरेर जवाफ दिने वचन दिए | दशलाखको रापले मलाई कताकता पगालिरहेको थियो | फेरी उनीकहाँ म गइन तर  दशलाखको रापले आजपनि मैले 'गल्ति त गरिन' भनेर बेलाबखतमा सताउने गर्छ | आज असंख्य नेपालीहरू आफ्नो मूल संस्कृतिबाट पलायन गरिरहेको कुराले मलाई पोलिरहेको छ | धरावासीहरूलाई पोलिरहेको छ | पोले पनि 'धेरै'जसो बोल्न र लेख्न सकिरहेका छैनन् | केहीले  'शासकहरूको' नूनको सोझो गर्न बोल्न र लेख्नबाट आफुलाई अलग राखेका छन् | 

आज दशैको पहिलो दिन, देशभरी घटस्थापनाको चटारो छ | मैले बिहानै फेसबुक खोल्दा  दशैँ,तिहार र छठको शुभकामनाबाट आफ्नो पेज भरिभराउ पाएँ | केहीलाई 'लाइक' भने केहीलाई हेरें मात्र | केही 'जनजातिआदिवासी'को थर भएका मित्रहरू 'दशैतिहार' बहिस्कार गर्न अनुरोध गर्दै रहेछन् भने तिनको खण्डन गर्नमा आफ्ना शब्दहरू खर्च गरीरहेको पाएँ | मलाई टिप्पणी गर्न मन लाग्यो |कसरी र के लेखूँ, एकैछिन् एकोहोरिएं | यो मेरो एकोहोरोपनमा नेपालीपन रोइरहेको थियो | केही नेपाली मित्रहरू दशैतिहारप्रति यतिबिघ्न उग्र हुन् सक्छन् भन्ने मैले सोचेकै थिइन | आखिर, ९०% नेपाली जनताले कुनैनकुनै रूपमा दशैँतिहार त मान्छन् नै !! आफु क्रिस्चियन, मुस्लिम वा अन्य दशैँ-तिहार नमान्ने अमुक धर्म वा समुदायको 'अनुयायी' भएकोमा दशैँ-तिहार नमान्नु प्राकृतिक कुरा हो | यदि कसैले कुनै चाड मान्न जवर्जस्ती गरिनु हुन्न तर अरूको 'आस्था'मा प्रहार गर्नेले आफ्नो धरातल बुझ्नै पर्छ | नेपालीहरूले हिन्दु-चाडमात्र मान्दैनन् | नेपालीहरूको विविधताअनुसार चाडवाड पनि असंख्य छन् | पहाडीले 'टीको' थापेर तिहार मान्छन् भने मधेशीले 'दशहरा' मनाएर | तामांग-गुरुंगले सेतो अक्षता लाउँछन् भने बाहुनक्षत्रीले रातो | यदि कसैले दशैँतिहार मान्दैन भने 'तास' खेलेर वा अरूले मनाएको हेरेर रमाउन सक्छन् | नेपाली संस्कृति र संस्कारमा 'अर्काको संस्कृति'लाई अवमूल्यन गर्ने कुरा 'आइएनजीओ'को गोजीबाटबाट 'नवदीक्षित क्रिस्चियनहरूबाट' नेताहरूको दिमागमा पसेको हुनुपर्छ | 

मेरो पहिचान नेपाली हो र त्यो पहिचान नेपालमा रहेका जीवन्त संस्कृति, परम्परा र आस्थाबाट बनेको हो | मेरो नेपालीपनको पहिचान मलाई मेरो संस्कृतिले दिन्छ | मलाई 'पहाडे बाहुन' हुनुमा जति गर्व छ, त्यतिनै गर्व मेरो देश राई, लिम्बु, मगर, गुरुङ, किराँत, बोन्पो, बौद्ध र अन्य परम्परागत सांस्कृतिक समुदायबाट चिनिन्छ भन्ने कुरामा छ | मैले आफ्नो संस्कृति, परम्परा र बोली जोगाउन गरेका सबै अहिंसक आन्दोलनहरूको सतप्रतिशत समर्थन गर्छु | बहुलता मेरो र नेपालीको पहिचान हो भने सांस्कृतिक आस्था मेरो आत्मा | कसैले मेरो बोन्पो, किराँत वा अन्य परम्परागत संस्कृतिमा प्रहार गर्छ भने 'मेरो आस्था'मा प्रहार भएको ठान्छु | देशको जनसंख्याको अनुपातका कारण 'दशै- तिहार' कद केही अग्लो छ | यसले अन्य चाडपर्व र आस्थामा कुनै फरक नपरोस् |  'हिन्दु धर्म मान्दैनौं' भन्ने बौद्धहरूलाई जवर्जस्ती ॐकार परिवारको सदस्य बन्नु पर्ने हठ हिन्दुहरूले त्याग्नुपर्छ भने बौद्धहरूले पनि 'हिन्दुत्व'नै आफ्नो उद्गमस्थल भएको कुरामा सोच पुर्याउन पर्छ | किराँत धर्मावलम्बीहरुको ॐकारले तिनीहरूलाई बौद्ध र हिन्दुको निकटतम नातेदार रहेको प्रमाणित गर्छ | यस्तो मित्रतापूर्ण परिवेशलाई 'विथोल्न प्रयत्नगर्नेहरू' कमसेकम नेपाली संस्कृति र आस्थाका मित्र हुनै सक्दैनन् | यही मेरो भन्नु हो | 

बाहुनक्षेत्री होस् वा जनजातिआदिवासी 'थर'लेख्दैमा कसैको साँस्कृतिक पहिचान र आस्था जोगिन्न | संस्कृति र आस्थाको नाममा 'आदिम युगमा' फर्कने कुरा पनि बाहियात हुनेछ | आफ्नो चालचलन, आस्था र संस्कृतिलाई जोगाउन एवं प्रवर्धन गर्न अर्काको अस्तित्वलाई नकार्न पर्दैन | कुनै पनि जातजाति वा बर्णाश्रमको व्यक्तिले 'मेरो नाक यस्तै हुनुपर्छ' भन्ने शर्त तय गरेर जन्म लिएको हुन्न तर आफु उभिएको धरातल के गर्दा सुरक्षित र विकसित हुन्छ भन्ने कुरा हामीले विचार पुर्याउनै पर्छ | मन्दिर, गुम्वा, थान, चालचलन, मूर्तिपूजा, चाडपर्व र स्वीकार नेपालीहरूका पहिचान हुन् | मन्दिर, मूर्ति, चालचलन, संस्कृति र परम्परालाई धिक्कार्ने वा गालिगर्नेहरू नेपाली संस्कृति र परम्परालाई विगार्न, भिडाउन चोरबाटोबाट छिरेका 'पिसाच' हुन् | यी बाट सावधान हुनै पर्छ | हामी सबै परम्परागत नेपालीहरूले 'यिनको' अहिंसक तवरले साझा प्रतिकार गर्नुपर्छ | रामेछापको गुम्वामा 'हग्न' उक्साउने, मूर्ति र परम्परागत आस्थालाई 'शैतानको जालो' भनेर पैसा बाड्नेहरूसँग साझा संयन्त्र निर्माण गरेर भिड्नु पर्छ | एउटा नेपालीले अर्का नेपालीको साँस्कृतिक पर्वको विरोध गर्नुको सट्टा हाम्रा  संस्कृति र आस्थालाई 'शैतानको जालो' भनेर आस्था परिवर्तन गर्दै हिड्नहरू विरुद्ध सचेतता अपनाउनु उचित हुन्छ |

नेपाली संस्कृतिको रक्षा हुनुपर्छ भन्ने मनसाय रहेका अधिकार कर्मी र नागरिक समाजका प्रतिनिधिहरूको नेपाली समाजमा कमि छैन | तर धेरैजसो काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मेका र हुर्केका समाजकर्मी र नागरिक समाजको खोल ओढेर नेपालीहरूको पहिचान मेट्न प्रतिज्ञारत छन् | समाज सेवाको खोलमा 'धर्मपरिवर्तन गराउन लागिपरेका' आइएनजीओ र तिनको 'खुला गोजीमा पल्केका नेताहरूको असल चरित्रका वारेमा चर्चा गरेर समय वर्वाद गर्न चाहन्न | यी मानवाधिकारका ठेकेदारहरूले आस्था परिवर्तनको मारमा परेर मासिँदै गएका हिमाली भेकका गुम्बा, काठमाडौं उपत्यकाका मन्दिर र चैत्यको रोदनलाई सुन्न सक्दैनन् तर एउटा लेख लेखेर आफ्नो परम्परागत आस्थाप्रति कुरा राख्नेलाई 'पश्चगामी, प्रगति विरोधी, धार्मिक सहिष्णुता बिथोल्ने शक्ति' भएको एकोहोरो आरोप लगाउँछन् | डलरको खेती र विलासितापूर्ण जीवनका लागि 'सांस्कृतिक' बलिदानीहरूलाई के भन्ने !!! एकजना सरकारका मन्त्रीले नै यस्तो आस्था परिवर्तनको नेतृत्व गरिरहेको कुरा 'हिमाल'ले छापेको कुरा धेरै वितेको छैन | 

नेपाली समाजमा रहेको एकात्मकता नदेख्ने राजनेताहरू, नेपाली जनतालाई भिडाउन इतिहासको अपव्याख्या गर्दै विद्वतता देखाउने विश्वविद्यालयका प्राध्यापकहरू र सांस्कृतिक पहिचानलाई 'गोरा'का हातमा सुम्पन तयार नागरिक समाजका स्वयम्भूहरू आफ्नो विरासत नासिंदा रम्न सक्छन् तर एउटा सचेत नागरिकलाई यसले पीडा दिन्छ | किराँती होस् वा हिन्दु, मगर होस् वा बोन्पो, लिम्बु होस् वा माझी मेरो लागि शरीर कै एउटा अंग हुन् | जुन संस्कृतिमा प्रहार भए पनि मेरो अस्तित्व नै लुटिन्छ | अस्ति मात्रै पाकिस्तानमा एकजना क्रिस्चियन बालिकालाई तालिवान अतिवादीले गोली हानेर मार्ने प्रयत्न गरे | सौभाग्यवस उनी बच्न सफल भईन् | संसारका क्रिस्चियनहरूले मानवअधिकारको चर्को आवाज उठाए तर केही दिन अघिमात्र पाकिस्तान मै एउटी हिन्दु बालिकालाई बलजफती मुस्लिम बनाएर विबाह गरियो, चार जना हिन्दुहरूलाई घाँटी रेटेर मारियो - लन्डन लगेर उपचार गरिएन | बालिकाप्रति मेरो सद्भाव छ तर यसले क्रिस्चियनहरूको 'द्वेध चरित्रलाई' उजागर गरेको छ | हामी नेपालीले दशैको शुभअवसर पारेर 'आस्था परिवर्तन र साँस्कृतिक विनाशको' यस दुष्चक्रलाई  मिलेर पराजित गरौं, आफ्ना आपसी समस्या पछि मिलाउने बाचा गर्दै |

नेपाल र नेपालीको जय होस् |