मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, छिनमा खुर्सानी सुकाउने भदौको झलमल्ल घाम जस्तो । अनि, मति यही नै हो जो छिनमा उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर मात्र होइन, पूर्वबाट पश्चिम र पश्चिमबाट पूूर्व हानिन पनि बेर लाउँदैन । यति मात्र कहाँ हो र ! यो आकाशबाट पाताल र पातालबाट आकाश भयो भने पनि अचम्म मानिहाल्नु पर्दैन । कुरो बुझ्नु भो कि नाइँ ? नबुझे एकछिनमा बुझ्नु हुन्छ ।
No comments:
Post a Comment