Sunday, 24 February 2013

छाडिदिउँ अब विदेशका कुरा




विदेशका कुरा छाडिदिउँ, आफ्नै देश घुम्न पाउनु पनि सौभाग्य रहेछ । भूगोलका अनगिन्ती रूपहरू, त्यही भूगोलसँग सिँगौरी खेलेर आदिकालदेखि उभिएका मानिस, तीनका बस्ती र मान्छेले सिर्जना गरेका सदियौँका चलढालहरू– सबैलाई नजिकबाट देख्न पाउनु आफैँमा अनुपम मौका हो । naresh


Tuesday, 19 February 2013

जिन्दगीका ५ यथार्थहरु



यथार्थ १ :- आमा भन्दा विश्वाशिलो अरु कोही हुँदैन ।
.
यथार्थ २ :- गरिवको कोही पनि साथीहुँदैन ।
.
यथार्थ ३ :- मानिसहरु राम्रो बिचारको होइन
राम्रो पहिरनको सम्मान गर्छन् ।
.
यथार्थ ४ :- इज्जत मात्र पैसाको हुन्छ,मान्छेको होइन ।
.
यथार्थ ५ :- मानिस जस्को खुशीकोलागी संघर्श गर्छ,
उसैले नै उस्लाई दु:ख र पिडा दिन्छ ।

Saturday, 16 February 2013

 किन होला ? मैले निम्न कुराहरु पाउन सकिन 


आज भन्दा १८ बर्ष अगाडि जब म १० बर्स को थिये ।
म बद्लिये कि समय बद्लियो मलाई थाहा भएन ।
त्यो बेलामा साइकल चलाऊँदा जती खुशी लाग्ने थियो ।
आज बाइक चलाऊदा पनि त्यो खुशी पाउन सकिन ।
त्यो बेलामा ट्याक्टर चड्दा जती मज्जा अाउँथ्यो ।
आज दुनियाँ को ठुला जहाज चड्दा पनि त्यो मज्जा पाउन
सकिन ।
आज ठुला र महँगो डिस्को बार मा पनि गएँ ।
तरपनी त्यो बेलामा देउसिरे खेल्दै ना- चे
जती रमाइलो पाउन सकिन ।
आज सम्म आधा संसार देखिसके झिलिमिली बिदेसी यो शहर
मा बस्छु ।
तरपनी आफ्नो गाउ जती रमाइलो पाउन सकिन ।
आज महिना को ५० हजार तलब थाप्छु ।
तरपनी त्यो बेलामा बाउ ले १०
रुपैयाँ दिदा जतिको खुशी हुन सकिन ।
आज 5 star hotel को खान खान्छु ।
तरपनी मेरी आमाले पकाएको गुन्द्रुकको झोल
जस्तो मिठो पाउन सकिन ।
समय सगै बद्लिन खोज्छु अलिकती अलिकती मोर्डन खोज्छु

हिड्दा खेरी लडे भने आमा ! पानी भन्छु ।
तरपनी मदर वाटर भन्नै जानिन