Wednesday, 23 January 2013


नमस्ते !!!

नमस्ते  हाम्रो विनम्रता हो । संस्कृति हो । यसको मान गर्नु आफ्नै सम्मान गर्नु हो । नमस्ते चाहिने व्यक्तिले त्यसको सम्मान गर्नुपर्छ । हाम्रो नमस्ते धेरै सजिलो र वैज्ञानिक पनि छ । जापानीहरूको जस्तो पूरा शरीर झुकाएर निहुरिएर पनि गर्नु पर्दैन । अंग्रेजहरूको जस्तो हात अँठ्याएर समात्नु पनि पर्दैन, अंगालो मारेर किस खानु पनि पर्दैन । हाम्रै तथाकथित घरानियाँहरूको डाडु जस्तो हात बनाएर निधारमा लगेर ‘दर्शन’ गर्नुभन्दा अथवा ब्राह्मणवादी पुरानो प्रचलन अनुसार गन्धे खुट्टामा निधार टाँस्नुभन्दा परपरैबाट समुस्कान नमस्ते गर्नु धेरै सरल, सहज र सम्मानजनक लाग्छ मलाई । तर यस्तो राम्र्रो संस्कृति र परम्परालाई नमस्ते गर्ने र खाने दुवै पक्षले उत्तिकै गम्भीरताका साथ लिएर यसको सम्मान गर्नुपर्छ !

Friday, 18 January 2013

सत्य तितो हुन्छ

‎*****सत्य तितो हुन्छ 

आज रातीको घटना हो 
एउटा जवान छोराको बुवा 
जो अस्तीनै
छोरा बिरामी हुँदा
रुदै पैसा उठाएर
छोरा को उपचार गरेर
निको पारेर घर ल्याउनु भयो

समय एकनास हुँदैन
आज उनिहरु सम्पन्न छन
तर
आज उस्को बुवा को
मानसिक सन्तुलन
थोरै गुमेको छ ।
अनी घरको भर्याङ मुनी
सुत्ने स्थान मिलेको छ ।
यो जाडो मा पनि

हिजो राती
घर बाहिर चिसो खाटमा सुत्न पुग्नु भएछ
र आज बिरामी भएर
गाउलेहरुले उपचारको लागि लगे
छोरा गएन .........

अनी म सोच्न वाध्य भए
यस्तो दु:ख गरेर सन्तान हुर्कायो
पछी त्यही सन्तानको कारणले
दिन रात रुनु पर्छ कस्तो बिडम्बना ????
सानोहुन्जेल मर्छनकी भन्ने डर
ठुलो भए पछी मार्छनकि भन्ने डर

छोराछोरी बिरामी हुँदा बुवाआमाले रुदै रुदै उपचार गर्न लान्छन
तर त्यही बुवाआमा बिरामी हुँदा
प्राय: किन बेसहारा हुन्छन ?
तपाईंलाई कस्तो छ???? भनेर सोध्ने
छोराछोरी किन हुँदैनन ??????
**************************
एउटा बुवाले १० जना सन्तान पाल्न सक्नुहुन्छ
तर
१० जना सन्तानले किन एउटा बुवा पाल्न सक्दैन ??????
*********************************
लामो जिन्दगीको पहिलो पाइलामा लड्खडाउदा
त्यो बालकलाई बुवाले आफ्नो हातको सहारा दिनुहुन्छ
र उस्का आवश्कताहरु सकेसम्म पुरा गर्दै हुर्काउनु हुन्छ
तर त्यही बुवा
आफ्नो जिन्दगीको आन्तिम पाइला
बेसहारा भएर रुदै,लड्दैउठ्दै-लड्दैउठ्दै हिंड्नु हुन्छ ।
एउटा लठ्ठीको सहारामा 

2013 visit nepal.
नानि कान्छा !


तैले अस्ति फोन गरेको रैछस..
म घरमा थिइन,
यहाँ छिमेकमा एकजना बुढा मान्छे बित्नु भएर,म त्यही गएकी थिएँ l 
फर्किदा मलाई नि नातिनी ले नै सुनाइ l 
बोलि सुन्न सार्है मन लागेथ्यो, 
तैले आज पनि 'आमा' भनेर बोलाउदा खेरि,
तेरो पहिलो बोलि फुट्दा मलाई,
'आमा'भनेर बोलाको उस्तै जस्तो लाग्छ l 
एक बोलि सुन्न लाइ पनि लालायित हुन्छु म,
खैर केहि छैन सन्चो-बिसन्चो थाहा पाइहालें,
म 'बुढी' लाइ पुगिगयो नि l 

अनि तैले मलाइ सम्झेर 'कम्पुटर' मा केहि लेखेको रैछस,
तल्ला घर कि 'सानी' ले 'मुबेल'बाट पढेर सुनाइन l 
अनि मैले पनि उनी सानिको मद्दत ले यो खबर त सम्म पठाउदै छु l 
पुग्छ कि पुग्दैन ?
म 'भट्याउदै' छु,
अनि उ लेख्दै छ l 

तैले दुख मनाउ गरिछस,
मेरो दांत को बारेमा.
के भयो त, 
सार्है दुखे, फुकाल्न लगाईदिएँ l 
सके भोलि पर्सि लगाउला,
नसके नि के भाको छ र ?
बुहारी ले खाने कुरो पिसेरै पनि खान देकै छे l 
गिलो-सारो जेनतेन खाइ नै राखेकी छु,
फेरी दांत खोल्ने बित्तिकै लाइहालने नि हैन नि लाटा,
केहि समय पर्खिनु पर्छ, डाक्टर ले भनेको !
चश्मा भाचियो भनेर किन दुख मनाउ गर्छस ?
काम चलेकै छ नि,
खाँचै भाको छैन,
हेर्न भाकै छ, 
फेरी तेरा छोरा-छोरी नै मेरा निम्ति 
आँखा का नानि-ज्योति छदैछन नि,
बाहिर फेर निस्कने बेलामा,
नाति ले हात समाएर/डोर्याएर लैजान्छ, ल्याउछ,
मलाई पुगिगयो नि,
अनि किन पिर लिन्छस l 

तेरो कमि महसुस हुन देकी छैन बुहारी ले l 
मेरो चिन्ता गर्न भन्दा बरु उसैलाई सम्झाईदे,
कहिले काँही 'मजेत्रो' ले मुख ढाकेर सुँक्क-सुँक्क गर्छे !

यहाँ को बारेमा पिर लिन पर्दैन नानि तैले,
यहाँ गाउँ-समाज, छिमेकी,
अनि हाम्रै परिवार छ,
हामी ४ जना छौं,
बरु त्यहा त एक्लै छस l 
आफ्नो ख्याल गरेस,
बेलामा खाने-सुत्ने-उठ्ने गरेस l 

तेरो लागी नाक-कान का पहेला सामान मात्र के भयो,
म मेरो मुटु कलेजी नै बेची दिन सक्छु,
तेरो लागी,
तेरो खुशीको लागी,
किन कि तँ नै मेरो मुटु/कलेजो होस,
मलाई जिउन को निम्ति अर्को मुटुको के नै जरुरि पर्छ र ?
त्यस्ता कुरा किन सम्झिन्छस अब,
जो बिते, सकिए !
अब सम्झेर केहि फाइदा छैन नानि...!! 

'सन्तुलित आहार' को कुरो गरेर कता कता घोचिस,
हामि गरिब दुखियालाइ बिहान बेलुकी कै समस्याले सताउने l 
यहाँ नि झन्नै झन्नै उस्तै हालत छ,
चामल भन्दा नि 'कनिका' नै 'निका' लाग्न थालेका छन् l 
खै कसरि टार्छे-पुर्याउछे बुहारी ले ?

केटाकेटी नै बरु कहालिन्छन कहिले काही,
भनेको नपुग्दा,

ठुलो चै त बरु अलि बुझ्न थालेको छ,
छैन भन्ने पत्तो पायो भने,
भुँडी थिचेर, घोप्टो परेर नि सुत्छ,
सानी केटि बरु झगडिया छे,
जिद गर्छे l 

तलाई थाहा छ,
कहिले काँही घरमा खाना बनाउन लाइ केहि नहुदा,
बुहारी ले 'पानी' मात्रै पकाउछे,
धेरै बेर सम्म,
ता कि,
मिठो खाने कुरो पाक्दैछ अनि खान पाइएला भन्ने लोभै लोभ मा,
नानि हरु सुतुन भन्ने उदेश्यले...l 
जब आँखा खुल्छ उनीहरुको,
'खोइ.हाम्रो भाग' उनीहरु चिच्याउछन्,
अनि हामी हरु,
'तिमेरु निदाएको ले गर्दा,तिमि हरु लाइ नराखी कन हामीले मात्रै खायौ,
अब फेरी पकाइदिने भन्दै,
उनीहरुको भोको पेटलाइ आस्वासन को 'परिकार' ले,
थुमथुम्याएर केहि क्षण लाइ भए पनि शान्त गर्छौ ll 
सानी नानि,
तेरै मात्र कुरो गर्छे,
'बाबा' आए पछी मासु ल्याएर खाने ल आमा'...l 
उसको अबोध बोलिले मुटु छिनाल्छ मेरो !
म उसलाई 'हस' भन्दै काख मा राखेर,
कपाल सुम्सुम्याउदै सुताउने प्रयास गर्छु,
उसलाई म राजा-रानी राज कुमारी को कथा सुनाउछु,
उ मलाई,
'आमा....भात को कथा भन्नु न.... 
खसी काटेको,
अनि मासु भात खाको कथा भन्नु न'... भन्छे ll 
उसकी आमा ओढ्ने ले मुख छोपेर हुंक्क..हुंक्क गर्दै कुनामा बसेर रोइ दिन्छे,
म आफै डाको छोडेर रुन मन लाग्छ,
तर पनि सम्हालिन्छु,
यिनी हरुको तोते बोलिमा पनि तेरै झल्को आउछ l 
गरिब लाइ किन मान्छे बनाउनु परेको होला, भगवानले ...!!

होस हुन दे यस्ता कुरा, 
नसम्झी केहि पनि...!
सधै जिन्दगि एकनास को हुदैन,
हामी पनि यत्ति सारो थिएनौ नै..!
तेरो बाबा को 'मुटु'को रोग,
सकेसम्म को औसधि उपचार,
अनि मृत्यु,
कलिलै उमेर बाट ब्यबहिरिक जिम्मेवारी आइलाग्यो तँलाई l 
अनि फेरी युद्दकाल मा जर्जर भएको हाम्रो पारिवारिक अवस्था,
अझै बसाईं नै सर्नु पर्ने बाध्यता.....

त्यसबेला देखि कै ऋण ले थिच्यो तँलाई/हामीलाई !!
अब सम्झेर के गर्नु छ र..?
हुने हार-दैब नटार भन्छन,
जे होला !
यत्तिको अबश्था सम्म ल्याएकै छस,
आज राम्रो होस भन्ने शुभासिस तलाई...म बुढी को l 

घर व्यवहार सम्झेर काम गरेस,
धेरै चिन्ता नगर्नु,
घर को पिर नगरेस,
आज भोलि त मैले पनि,
'बृध्द' भत्ता पाउन थालेकी छु,
अड्को पड्को भर अभर,
घर को नुन-भुटुन त्यसैले नि चल्छ l 
बरु कसरि हुन्छ,
साहुको चर्को ब्याज बाट छुटकारा पाउन पाए,
दुख जिलो गरेर यतै, 
संगै बसेर रुखो-सुखो खान पाए,
मलाई पनि सन्तोक हुने थ्यो !
म पनि अब अस्ताउन लागेको घाम जस्तै भएँ,
मेरो नि केहि भर हुन्न नानि..
सक्छस भने यसपाली को दशैँ चै नछुटा....!
तेरी...
आमा !!
अझै कति छन् कति कुच्याउनुजस्ता अनुहारहरु ! 

कतै देख्नासाथ वा सम्झिनासाथ मलाई झनक्क रिस उठ्ने यी अनुहारहरुका बारेमा लेख्न बस्ता यो रचनाको शीर्षक ुयी स्साला अनुहारहरु भनेर लेख्न मन लागेको थियो । तर हाम्रो समाजले यी कुच्याउनुजस्ता अनुहारहरुलाई गाली गर्नुहुन्न सम्मान गर्नुपर्छ भनेर मलाई बालकैदेखि घोकाएको हुँदा म अन्तहृ्रदयको आवाजलाई दबाउँदै यो साला समाजको मर्यादा गर्छु र त्यो शीर्षक फिर्ता लिन्छु । 
शीर्षक फिर्ता लिए पनि म आफ्नो आक्रोश व्यक्त गर्ने क्रममा ठाउँठाउँमा स्साला शब्दको प्रयोग गर्छु र मनमा गुिम्सरहेको रिसको बादललाई तितरबितर बनाउने प्रयास गर्छु । 
रिसभन्दा पनि टिठलाग्दा एकजोर अनुहारबाट म प्रहारको प्रारम्भ गर्छु । किन त्यहीँबाट प्रारम्भ गर्छु भने मेरो प्रारम्भ नै त्यहीँबाट भएको हो । यो महामारी र महारोगहरुले भरिएको पृथ्वीमा आपैँु दुःखको महासागरमा पौडिरहेको बेला थप दुःख थप्न मलाई किन जन्माएका होलान् मेरा बाआमाले ! यो एउटा आश्चर्यजनक प्रश्न लाग्छ मलाई । एउटा म नजन्मिँदैमा यो पृथ्वी रोकिने थिएन क्या रे ! के संसारमा अरबौँ-खरबौँको सङ्ख्यामा शुक्रकीट र डिम्बहरु नाश भएका छैनन् र ! त्यही नाश हुनेमध्येमा मलाई पारिदिएको भए त्यहीँबाट हाइसन्चो सुरु हुने थिएन त !
लौ भैगो मेरो दुर्भाग्य म जन्माइएँ रे ! नपढाइदिएको भए हुन्थ्यो नि ! मस्तको हरिलठ्ठक गोठालो बनाइदिया भए खाइलाग्दो हली हुन्थेँ मानाको भात खान्थेँ गोठ जान्थेँ गोबर सोर्थेँ दूध दुन्थेँ मोइ पार्थेँ घ्यू खान्थेँ जिउ बनाउँथेँ । एउटी स्वास्नी भेट्टाउन २८-३० वर्ष कुर्नै पर्थेन १५-१६ वर्षदेखि नै मोज गर्थेँ । यतिन्जेलमा ८-९ जना छोराछोरीको बाउ हुन्थेँ सके हजुरबाउ नै भइसक्थेँ । चाउरी पर्थेँ फुलिसक्थेँ परिपक्क र मान्यजन भइसक्थेँ । 
स्याला… ल हेर त मेरो फुकिढल ज्यान ! चालीस वर्ष उमेर पुग्दा ४० केजीभन्दा मास्तिर छैन । कमाइको नाममा एउटा एक हजारको लोठ ती बूढा बाबुआमाका हातमा राखिदिया छैन । स्वास्नीको नाकको फुली पनि बाँकी नराखी खाइसक्या छु । यस्तो पानीमरुवा कुपुत्रलाई पनि पढेलेखेको जानेसुनेको हाम्रो गौरव हाम्रो सुपुत्र भन्दै चाउरी परेको छाती फुलाउँदै हिँड्ने बाआमालाई सम्झिएर म झोँक देखाउँु कि सहानुभूति प्रकट गरुँ । 
मास्टरमास्टर्नीका नङ्ग्रयाउनुजस्ता अनुहारहरु पनि म सधैँसधैँ सम्झने गर्छु । कहिले कान तानेर कहिले हात बानेर कहिले क_िन्सरी उखेलेर कहिले कुखुरो बनाएर पढाए पड्केहरुले । कक्षामा तेस्रो-चौथो पनि हुन नदिई फुक्र्याएर थपथप्याएर पुरस्कार र प्रोत्साहन दिएर सधैँ प्रथम द्वितीय हुने बनाए । दिन नबिराई स्कुल जाने र रिठ्ठो नबिराई पढ्ने लत बसालेर तिनीहरुले मलाई डरलाग्दो दुव्र्यसनमा फँसाए । तिनै चाउरे अनुहारहरुले गर्दा आज जुँगा फुल्न लाग्दा पनि लेख्ने पढ्ने तिस्रना मेटिँदैन । बरु झन्झन् भोक बढिरहन्छ झनझन् तिस्रना चढिरहन्छ ।
उसबेला पढ्न नजानेको भन्दै डिकलाल अधिकारीलाई जस्तै नानटुङ् झा सरले तिघ्रामा भाटैभाटाले हानेर लखेटेको भए यसबेला म पनि ऊजस्तै मलेसियाबाट भटाभट नोटका बिटा पठाइरहेको हुन्थेँ होला । लौ हेर त कक्षाको प्रथम विद्यार्थी स्याला म लन्ठु एउटा पिलपिले जागिर खाएर मीठो खान माग्ने छोराछोरीको सातो खाइराुछु । पाँच कक्षामा पाँचैपल्ट फेल भएर तिघ्रामा भाटाका पचपन्न डाम बोकेर पढ्न छोडेको डिकेले घरमात्रै पाँचवटा बनाइसक्यो । मलाई भिरको चिन्डो बनाउने ती मास्टरमास्टर्नीहरु…… ! किट् किट् किट् किट् किट् ! सुन्नुभो मेरा दाँत किटकिटाएको । 
स्कुलको कुरा सम्भिँुदा सम्झनायोग्य साथी हीराबहादुर लम्सालको सुमधुर सम्झना आउँछ । बरु उसले मलाई ठूलो उपकार गर्न खोजेको थियो । स्कुलको माछापोखरी सफा गर्ने क्रममा उसले हुत्याएर मलाई पोखरीमा डुबाइदिएको थियो । वास्तवमा उसले मेरा सारा झन्झट दुःख र हैरानीहरुलाई डुबाइदिन खोजेको थियो तर हरि इङ्नामलगायतका केही उल्लू केटाहरुले मलाई पोखरीबाट निकालेछन् पानी छदाएछन् र अस्पताल लगेर बचाएछन् । यिनै तथाकथित साथीहरुले मलाई धकेली-धकेली अप्ठ्यारा खोँचतिर हुलिरहेका छन् । तँ यस्तो तँ उस्तो तँ भलाद्मी पढाइमा राम्रो गुरुहरुको पि्रय पात्र बाबुआमाको आज्ञाकारी भाइबहिनीको संरक्षक कार्यालयको इमान्दार गाउँटोलको सहयोगी पत्नी छोराछोरीको प्राणप्यारो आदि इत्यादि भनेर मलाई भड्खालोतिर धकेल्ने ती दुष्ट अनुहारहरुलाई के थाहा मेरा तिनै कथित गुणहरुका कारणले मेरो कुन दुर्गति भइरहेको छ आज । नपत्याए लौ सुन्नोस् घनश्याम दाइको कथा ।
घनश्याम दाइ हाम्रो गाविसभरिमा फटाहाका राजा । न पढाइमा रुचि न घरमा काम सघाउने न बाबुआमाको डर न गुरुहरुप्रति कुनै श्रद्धा । बाबुको कोटको गोजी छिँड पार्नेदेखि आमाको कानको ढुङ्ग्री उखेल्नेसम्मका शुभकार्यमा पटकपटक अग्रसर । बोराका चामल उघाउनेदेखि बाले बर्खाभरि कमाएर उधारोमा बेचेको धानको दाम उठाएर कहिले दिल्ली कहिले दार्जिलिङको पर्यटनमा जानु उनका लागि दालभात खाएजस्तै सरल कर्म । 
लोहार बूढालाई कोदालाका बिँडले थला बसाएर झन्डैझन्डै मृत्युको मुखमा पुर्याएको घटनाको प्रत्यक्षदर्शी मैले पोल खोलेको भए म पनि आज यसरी उनकै कथा लेखिरहेको हुने थिइनँ सायद । भोलिपल्ट पुलिसले आएर खोजतलास गर्दा पनि अपराधी पत्ता लागेन । घनश्याम दाइले बूढालाई हिर्काएर फर्किँदा मलाई पनि पैनीपैनी पानीबाट दौडाएका थिए । पुलिसले पाइतालाको डाम नभेटोस् भनेर पो रैछ । बच्चैमा उनी सिद्धहस्त अपराधीजस्ता रहेछन् । 
उनको वीरताको कथा अब लामो छैन । कक्षा नौमा पढ्दै गर्दा कक्षा सातमा पढ्ने एउटी किशोरीलाई समात्ने प्रयास गरेको होम सरले रङ्गेहात पत्रेुर गिट्टीमा तीन घण्टा घुँडा टेकाएपछि घनश्याम दाइको जीवनमा भयङ्कर परिवर्तन आयो । घुँडा टेकेकै दिन बेलुका स्कुल छुट्टी भएपछि घर जाँदै गरेका होम सरलाई एकान्त पारेर इँट्टाले घुँडा फुकालेर भागेका घनश्याम दाइलाई हामीले पन्ध्र वर्षपछि राजधानीमा फेला पार्यौँ ठूला सून व्यापारीका रुपमा । ुघनश्याम बाबु नामले प्रख्यात । होम सरका घुँडा फुकालेर दिल्ली पुगेको र दिल्लीमा एउटा ठूलो सुन पसलमा १२ वर्ष काम गरेको कुरा उनी गर्छन् तर उनले त्यहाँबाट फर्किँदा कसरी करोड रुपैयाँ ल्याए त्यो चाहिँ भन्दैनन् । त्यस विषयमा थप कुरा सोध्ने आँट पनि कसैले गर्दैनन् घनश्याम बाबुलाई ।
अहिलेको कुरा एकदमै बेग्लै छ । हाम्रो परिवारका सबै सदस्यहरुको आतेजाते खातेपिते हाइहाइ सबै घन दाइतिर सरेको छ । ुअपराधी घनेु भनेर बा पनि भन्दैनन् अचेल । अचेल सबैको माया उतै जान्छ । सेल कुराउनी चामल तेल गुन्द्रुक सिन्की सबै उतै । चारजना छोराछोरीलाई अलपत्र पारेर दाजुसँग आएकी बिहारी भाउजू मेरी श्रीमतीका अगाडि कता हो कता देवी नै भएकी छन् । 
देख्यौ त साले अनुहार हो पैसाको चमत्कार खूब मलाई असल इमानदार भलाद्मी आज्ञाकारी भन्थ्यौ नि ! त्यसो भनीभनी मलाई लाटो मरन्च्याँसे गोबरगणेश र हरिलट्ठक बनायौ होइन बेकुफ हो ! 
मलाई पोखरीमा घँचेट्ने हीराबहादुर दुई-दुईपटक सांसद् भएर क्या सानदारसँग ब्लडप्रेसर प्लस सुगर जस्ता खानदानी रोग बोकेर प्राडोमा गुडिरा'छ आपु स्साला भने ग्याँस्टिक जस्तो घटिया र सर्वहारा रोग अँठ्याएर पैदल उडिरा'छु । 
भड्खालाहरुमा जाकिने क्रममा अर्को एउटा भ्वाङमा खुट्टा परेछन् । साहित्यसिर्जना भन्ने एउटा उल्लू कर्म पनि हुँदोरहेछ यो संसारमा । त्यस भौडीमा फँसेपछिका कुरा झन् के गर्नु ! केही पाठकहरुबाट केही सम्पादकहरुबाट केही समालोचक र प्रशंसकहरुबाट म प्रताडित छु आक्रान्त छु आतङ्कित छु । तिनीहरु राम्रो लेख्छस् लेख् लेख् भनेर जब उक्साउँछन् मेरो निद्रा हराउँछ भोक भाग्छ आराम अस्ताउँछ सुख सिद्दिन्छ चयन चर्किन्छ आनन्द अत्तालिन्छ मथिङ्गल मडारिन्छ टाउको टन्किन्छ । मध्यरातमा ब्युँझदा पनि नयाँ केही लेख्न नसकेकोमा अरुको भन्दा राम्रो लेख्न नसकेकोमा असन्तोष र असन्तुष्टिले छटपटी भइरहेको हुन्छ । स्साला ! कस्तो कुलतमा फँसिएछ यस्तो 
मेरो छिमेकी ज्ञानबहादुर गुरागाईँ बिहान नौ बजेसम्म लम्पसार परेर सुत्छ र टोलै थर्काएर घुर्छ । दिउँसो अफिसमा जागिर खान्छ बेलुका भट्टीमा रक्सी खान्छ राति ओछ्यानमा स्वास्नीलाई खान्छ र बिहानभरि समयलाई खान्छ । न बज्यालाई एक अच्छेर लेख्नुपर्छ न कुनै विकृति विसङ्गति देख्नुपर्छ । राजाले सत्ता लैजाओस् कि प्रधानमन्त्रीले सिरपेच लाओस् कुनै नेताले आची खाओस् कि कुनै प्रशासकले घूस ज्ञानबहादुरलाई बाल मतलब छैन । ऊ घुर्न छाड्दैन मात्न छाड्दैन चुरोट उडाउन छाड्दैन तास खेल्न छाड्दैन स्वास्नी कुट्न छाड्दैन । न कसैले उसलाई तेरो कविता राम्रो भएन भन्छ न राम्रो व्यङ्ग्य लेखिस् यार भन्छ । 
मलाई पनि त कहिलेकाहीँ लम्पसार परेर सुत्न मन लाग्दो हो कहिलेकाहीँ शूरवीर सुब्बाजस्तै बेस्कन मातेर झमझम पानी परिरहेको सडकमा ओल्लो छेउ र पल्लो छेउ गर्दै अर्धनग्न भएर गीत गाउँदैगाउँदै हिँड्न मन लाग्दो हो । गीत गाउँदैगाउँदै सधैँ एउटै घरमा कत्ति जानु विपीन काकाजस्तो बेलाबेला गोप्य रुपमा राखिएकी अवैध कान्छी श्रीमतीका घरतिर गएर उतै रात बिताउन मन लाग्दो हो । यो अलि बढी भएको भए कम्तीमा पनि बिहानभरि थप्यानीका चियादोकानमा चिया र चुरोट तान्दै जर्ज बुसदेखि कमरेड प्रचण्डसम्मका भित्री योजनाका बारेमा ठूलाठूला गफ हान्न त मन लाग्थ्यो होला नि गाँठे हो ! 
त्यस्ता आनन्ददायक क्षणहरुको कल्पना गर्दागर्दै टुप्लुक्क एउटा पाठक मुन्टिन्छ र कुनचाहिँ एउटा कविताको प्रशंसा गर्न थाल्छ । अथवा अर्को कुनै प्रशंसक मर्छ र कुनै निबन्धले मन छोएको कुरा गर्छ । अथवा एउटा समालोचक आउँछ र कुनचाहिँ एउटा कथामा प्रयोग भएको कुनै एउटा शब्दप्रति आपत्ति प्रकट गर्न थाल्छ । बेकुफ अनुहारहरु ! एक मिनेट सुस्ताएर बस्न दिँदैनन् एउटा मीठो कल्पनासम्म गर्न दिँदैनन् ।
यस्तैयस्ता थुप्रै रिसउठ्ता झर्कालाग्दा वाक्कलाग्दा दिक्कलाग्दा चिथोर्नुजस्ता निचोर्नुजस्ता कोपर्नुजस्ता अनुहारहरुले मलाई तसा्रइरहन्छन् दिनरात । मलाई भुतुक्कै मर्न नदिएर बिस्तारै बिस्तारै मार्ने उद्धव गणेश अाजु गोविन्द श्रीहरि पुरुषोत्तम अनिरुद्र र विनयहरुका अनुहार सम्झ्यो कि कि्रकेट हान्ने मुङ्ग्राले हानेर किच्याइदिऊँ जस्तो लाग्छ । मलाई अलिकति समस्या पर्यो कि ुकति चाहियो लैजाु भन्दै जहिले पनि र जति पनि ऋण सहयोग गर्ने यिनीहरुले मलाई चयनले सुत्न दिएका छैनन् । पढ्न होस् कि बिहे गर्न घर खर्च होस् कि बिरामी उठाउन घडेरी उकास्न होस् कि घर बनाउन व्याज पनि नमागी तमसुक पनि नलेखी सापटी दिने यिनीहरुले मलाई दिनमा भोक न रातमा निद्रा बनाएका छन् । म कल्पना गर्छु टाउकामा एक पैसा पनि ऋण नभएको दिन कस्तो हुँदो हो ! तर त्यो दिन आउनेछैन जबसम्म उल्लिखित प्रकारका उल्लू अनुहारहरुले मलाई छाड्नेछैनन् ।
मलाई जागिर दिने अड्डाका हाकिमहरुलाई म कसरी बिस्रन सक्छु र ! जसले एउटा इमानदार गधा सम्झेर मलाई अन्तर्वार्तामा उत्तीर्ण गराए र मलाई धोवीको गधा बनाए- घरको न घाटको । यिनीहरुले यो मरन्च्याँसे जागिरमा नअल्झाइदिएको भए सायद म अरब वा कोरिया वा जापानका धोवीहरुको गधा हुँदो हुँ । टन्न हरियो घाँस वा दाना खान पाउँदो हुँ । यसबेला मुकुन्दे गिरीले मलेसियाबाट मालामाल दाम पठाएजस्तो म पनि पठाउँथे होला । नभए पनि दुर्गा उप्रेतीले जस्तो यौन कथा र सेक्सी उपन्यास बेचेर घट्टेकुलोमा तीन तले घर बनाइसक्थेँ होला । मलाई पिलपिले जागिरमा पँुसाउने स्साला नेपाली धोबीहरु ! 
अझै कति छन् कति कुच्याउनुजस्ता अनुहारहरु ! तर यति गाली गरिसकेपछि तिनीहरु आपैँु ठेगान लाग्लान् भन्ने मलाई आशा छ । ठेगान नलाग्ने जब्बर कोही बाँकी छौ भने ल आओ साले हो एकएक गरेर ! 
बिजयादशमीको हार्दिक मँगलमय शुभकामना।



बिहान घरमा फ़ोन गरेँ, आमाले उठाँउनु भो।
बिजयादशमीको सुभकामना दिएँ।
अनि सोधेँ"
आमा मासु पक्यो त?"
भन्नु भो
"पाक्दै छ बाबु अनि तिमी पनि मनाउँ है।"
आमाको मन राख्न हस् भनेँ।
तर के मनाउनु छ र!
बिहान आखाँ मिच्दै काममा आयो,
झिसमिसेमा कोठा पुगीन्छ।
दिनभरिको थकाई के जाँगर चल्छ र!
आलु र प्याज भुलुक्क उमाल्यो खायोँ।
यहाँ त यस्तै छ साथी दशैँ।
समयको साथ पाउनुहुने भाग्यमानी मित्रहरुले सुखी र
खुशीका साथ भरपुर दशैँ मनाउनु होला।
बिजयादशमीको हार्दिक मँगलमय शुभकामना।

Wednesday, 2 January 2013

1 jan 2013

आज १ जनवरी २०१३, ४वर्ष को लामो अन्तराल पछी धेरै चुनैती हरू को सामाना गर्दै आफ्ननो जन्मभुमी फर्कने शुभ साहीत जुरेकोछ । लामो समयको विदेश बसाईमा
अनेकै दुःख सुखको सामाना गर्रदै जिवनमा घटेका विभिन्न सहज र असहज परिस्थीती बाट पाठ िसक्दै जिवन जिऊनुको मज्जा लिईदै समय बितेको पत्तै भयनछ । आफ्नो परिवेस बाट टाढा अनी यहाँको समाजमा सहज घुलमील हुन नसक्दा मनमा एक किसीमको खटपटी र ऊकुसमुकुसले आकुल ब्याकुल बनाऊदो रैछ । जब म एक्लै हुन्छु मनमा अनेक ऊब्जीयका विभिन्न विचार र भावनाले मलाई भाबुक बनाऊछ अनी सोचको गहीराईमा पुग्छु अनी मनमा विभिन्न कुराहरूको तरङग उत्पन्न हुन्छ सायद ति मनमा उम्लीयका गुम्सावट लाई पोख्ने माध्यम र साथी नभयको ठुलो अभाबको महसुस हुन्छ मलाई अनी फेशबुक र टुईटरको साहारा लिदै आफ्ना गुम्सावट पोख्ने ठुलो कोसीस गर्छु तर तीनै कोसीस छिनभरमै फुस्रा लाग्छन ती निर्जीव माध्यमा न त तिनमा कुनै सामिप्य हुन्छ न त कुनै साहानुभुती, अनी आफै सँग पर्श्न गर्छु किन मानीसहरू विदेश आऊछन ? तर यो पर्श्न को सहज जवाफ मै सँग्ग हुदैन, म आफै तेसको शिकार भाको । जब म यस्तै समय र परिस्थीती बाट गुज्रीन्छु अनी आफुले आफुलाईनै सम्हाल्छु आफु भन्दा फरक पृस्टभुमीका मानीसहरूको जिवन शैली निआल्ने कोसीस गर्छु पत्र पत्रीका र अरूका जिवनी पढ्न ठुलो भोक लागेर आऊछ ।बाबा आमाले भनेका कुराहरू सम्झन्छु घरको दुःख अनी म जवान हुदैगर्दा आफ्नो पकेट खर्चको लागी आमा सँगको झगडा, भात नखाई स्कुल गाको कुरा सीनेमाको पर्दामाझै झल्ल याद आऊछ अनी फेरी पुरनो पर्श्नको स्मरण हुन्छ । सायद यी कुराहरू को पुनवृत पछी विदेशीनुको कारण एै हो भन्ने लाग्छ । अनी मन हलुको भयको आभास हुन्छ ।
समय र परीभेषले मानीस लाई छोटो समयमा अनैठो पाठ सिकाऊदो रैछ फरक भाषा,भुगोल,सँस्कृती र सँस्कारले मानीसको सोचाई र जिवशैलीमा छोटो समय धेरै परीवतन ल्याऊदो रैछ त्यो कुरा विदेशले सिकायो मलाई । समयको महत्व र परिशमको पाठ राम्रै सँग सिकायो जुनकुरा आजको घटनाले दिमाखकको बत्ती पनी राम्रै सँग बालीदियो । बुडा पाकालेे भन्ने गर्थे बनको काडालाई तिखार्न पर्दैन भने जस्तै मानीसले समय परिस्थीती र उमेरले मानीसलाई तिखार्दै लादो रैछ ।
जब जहाजले भुई छोडो मेरो मनपनी हावामा तैरिन थालो, जहाजको गतीलाई पछी पार्दै मेरो मन ऊई गाऊघरका लहरा पहरामा हरहरी मन उड्न थालो बितेका पलहरूको स्मरणले मनमा एक किसीमको आतुरता पैदा गरायो कती बेला पुगु बनायो । मलाई थाहाँ छ मेरो कुनै मोल छैन त्यहाँ न त मैले केई गर्न सकेको छु यैले सम्म तर पनी मेरा लागी त्यो गाँऊ कोपेनहेगन को ४डबल मुल्य भन्दा बढी लाग्छ । धर्ती मा पाईला टेकेको र हिड्न देखी दकुर्न सिकेको ठाँऊ स्वर्ग भन्दा सुन्दर छ ।