Friday, 12 December 2014

गोर्खा भर्तीले फेरीयको परीचय

देश संबिधन निर्माणको प्रकृयामा छ । माघ ८ मा संबिधान आउला नआउला त्यो आफ्नो ठाँऊमा छ । तर नयाँ संबिधानमा सबै जात, धर्म, वर्ण, लिङ्ग, पेशा र समुदायको सुनिस्चीत र समान हुनु पर्छ भन्नेमा कसैको बिमती छैन र त्यो अहीलेको टड्कारो आवश्यकता पनी हो । 

अहीले विभिन्न समुदाय, जात र वर्गका संगठीत भई आफ्नो जाती अनुसारको, भुगोल अनुसारको अथवा आफ्नो चाहान अनुकुलको पहीचान स्थापना हुने गरी राज्यको पुन संरचना हुनु पर्छ भन्ने माग उठाइ रहेका छन । एक पटक ठन्डा दिमाखले सोच्न पर्ने हुन्छकी नेपाल जस्तो वहु सास्कृतीक, वहु जातीय, वहु भाषिक र धार्मीक सहीसुणता भयको देशमा जातको आधारमा राज्यको पुन संरचना गर्नु कत्तीको आधुनीक र दिर्घ कालीन हुन्छ? 
के अब हामी हरु जातीय सिमानामा मात्र सिमीत हुने ? के आर्थीक र पुर्वाधार विकासमा सहज होला हुन्छ त्यो ? विश्व एक खुला समाज भयको छ र वेतारे ईन्टरनेटले खुल्ला र प्रतीस्पर्धात्मक बनायको छ । 
हामी भने आधुनीक विश्वका ठुला ठुला कुरा गर्ने उदारण दिदै फलानो र ठिस्कानो देशले यसो गरो उसो गरो भन्न तर आफ्नोमा गर्नु पर्दा कीन यस्तो? 


प्रशंग बदलौ 

म क्षेत्रीको बाहुल्यता भयको समाजमा हुर्केको मान्छे सबैको एउटै धर्म (हिन्दु) भय पनी समाजमा विभिन्न जातका मानिस हरु बसोबास गर्दछन र सबैको समान र उत्तीकै दायीत्व छ । गाँउमा प्राय सबै लाहुरे  (भारतीय सेना) मा छन । भुपीन अंकलको निवन्ध संग्रह "चैविस रिलमा" भने झै "आगनको डिलबाट एक ढुङ्गा फाल्यो भने लाहुरेको टाउकोमा नलागी भुईमा झर्दैन" । हो साच्चै त्यस्तै छ गाँउमा पनी तर अहीले तुलनात्मक रुपमा कम हुदै गयको छ लाहुरे सङख्या । समय अनुसार सबैकुरा फेरीन्छ भन्छु म हो त्यै हुदै छ । 
गाँउमा लाहुरे हुने युवाहरुको पहीलो रोजाई हुन्थो । राम्रो कमाई, समाजमा ईज्जत र मरे पनी परिवार पाल्छ भन्छन बुडापाकाले गाँउमा ।
बाहुन लाई भन्दा क्षेत्री लाई बढी र क्षेत्रीलाई भन्दा गुरुङ, मगर  लाई बढी प्राथामीक हुन्थो रे भर्ती हुदा । हो त्यसैको प्रभाबले होला मेरा बा पनी आफ्नो थर परीर्वतन गरी भर्ती हुनु भयको रे । 
बा को कागजाग अन्सारको हामी छोरा हरु पनी सम्पुर्ण कागजातमा थर परीवर्न छ र हाम्रो जातीय पहीचान र परीचय सोई अन्सारको भयको छ । हामी त्येसैमा गर्व गर्छौ । अब भुगोलको कुरा गर्दा हामी बसोबास गरेको ठाँउमा हाम्रा बाजे बसाई सरी आउनु भयको रे हामी सँगै आगन जोडीयका खडका हरु छन उनीहरु पनी पृथ्वीनारायणले गोरखा राज्यमा विजय प्राप्त गरे पछी त्यहा बाट आई बसोबास गरेका हुन भन्ने भनाई छ । त्येस्तै गाँउमा रहेका नेवार समुदाय पनी अन्यत्र ठाँउ बाट आई बसोबास गरेको भनिन्छ । त्यै उत्पत्ती भयको त कोइ रहेनछ । विगतका कुरा खोतल्दै जाने हो भने मानीसको पहीचान बाँदर सम्म नपुग्ला भन्न सकिन्न । त्येसैले हाम्रो पहीचान मानब जाती हो र भुगोलको सिमा भित्र हामी नेपाली हौ र नेपाल भित्रका हामी ४ वर्ण ३६ जातका फुलवारी हौ ।

कहीले काही सुनिन्छ देशको प्रशानीक र राजनैतीक क्षेत्रमा आफ्नो जाती अनुकूल अनुसार प्रतीनिध्त्व भयन, हाम्रो जातीलाई पछी पारे भन्ने । त्यो एक साँघुरो सोचाई भन्छु म । आजको खुल्ला र प्रतीस्प्रधात्मक समाजमा क्षेमता र प्रतीभा भयका मानीसहरु लाई के जात र धर्मले र सिमानाले छेकेको छ र? पाकिस्थानकी १७ वर्षे मलला युसुफले सानै उमेरमा नोवेल शान्ती पुरस्कार प्राप्त गरीन । उनको क्षेमता र साहसलाई तिलीवानको गोलीले पनी रोक्न सकेन । 
त्येसैले आफु ठिक भय सबै ठिक र आफु बेठिक भय सबै बेठिक भन्ने  सोचाई लाई सधैका लागी त्यागै ।

Thursday, 20 November 2014

जीवन

भनिन्छ – जीवन नै एउटा नटुङिगने यात्रा हो । हरेक मानिसले चाहेर पनि नचाहेर पनि अनगिन्ति यात्राहरू पार गर्नुपर्ने रहेछ । जीवनको यो लामो यात्रामा विभिन्न घुम्ती, मोड, उकाली ऒरालि हरू पार गर्नु पर्ने रहेछ 

Thursday, 2 October 2014

दशैमा प्रदेसाँट आमालाई चिठ्ठी !


दशैमा आमालाई चिठ्ठी !

 पुज्जनीय बा आमा मा प्रदेसी छोराको तर्फ शिर नुगाई ढोग छ ।
तपाई हरुको आशीरवाद र नवदुर्गे भवानीका कृपाले पत्रको मिती आराम छु । तल्तीर बोई, छामा, मामा घर र माथी छाम सबैलाई नमस्कार सुनाईदीनु ।
दाई भाउजुलाई नमस्कार र भाई लाई प्यार 
आमा घर तिर दशैको चहलपहल कस्तो छ ? दशैको आगमन सँगै गाँऊमा चहलपहल बड्दै होला  तन्नेरीहरु गाउ फर्कदै होलान । वल्तीर पल्तीरका लाहुरेहरु घर फर्कीदै होलान साच्चीकै सबैको जम्का भेट गराउछ यो दशैले । 
आज दशैको टिका नलगायको पनी ७ बर्ष पुगेछ आमा । के गर्ने आमा थेरथोर पैसा कमाउला आफ्नो भविष्य राम्रो बनाउला र परीवारमा खुसी ल्याउला भन्दै विदेश लागे पछी घर फर्कीने साहीत जुराउन मुस्कील पर्दो रच आमा । दिन बिते, मैना बिते वर्ष बिते  तर म घर फर्कने साहीत जुरेन आमा । यहाँ त के दशै के तिहार आमा "कानो गोरु लाई न औँषी न पुर्नीया" भने जस्तै छ । दिन रात नभनी मरी मरी काम गर्नु पर्छ यहाँ । त्यस माथी वचनले टोक्दा त झन यो मन घुरुक्कै रुन्च , के गर्ने अर्काको देशमा गुलामी हुन आँसी सबै कुरा पचाउन पर्दो रच आमा । पढाई त बाहाना मात्रै भा छ । पढाईमा भन्दा काममा धेरै समय बित्छ। कसरी पढ्ने, फेरी काम नगरे यहाँको महङी उस्तै छ त्यस माथी स्कुलको फिस उस्तै छ।घरमा साउको ब्याज त छदै छ। 
आज घरको निकै याद आको छ आमा, घर सम्झे, बा आमा सम्झे, दाई भाई सम्झे, मामा घर सम्झे, साथी भाई सम्झे, टिका र जमरा सम्झे सबैको सम्झनाले यो मन अमीलो भा"छ। यहाँ न दशैं न तिहार 

यसपाली घरमा खसी ल्याउनु भो की नाई ? बा लाई ठुलो खसी ल्याउन भन्नु हौ आमा । छोराहरु प्रदेश लासी घर पनी शुन्ने भाछ है आमा यस पाली त दाई भाई जम्मा भा छन घरमा पनी खुसी छाय होला मलाई था,छ आमा हजुरको मन कती खुसी छ भनेर त्यस माथी भाउजु घर आउनु भयको छ । हाम्रो कुनै सुर्ता नगर्नु है आमा हामी पनी यहाँ समय अनुकुल मिलाँर टिका लगाउछौ रमाईलो गर्नेछौ । 

आमा अर्को वर्ष त सबै परीवार जम्मा भयर दशै मनाउला टिका लगाई रमाईलो गरैला । नवदुर्गे भवानीले घर फर्कीने साईत जुराउने छीन आमा । 
आमा प्रदेस लाँ,सी धेरै कुरा देखीयो, सिकियो र जानीयो । साच्चै भन्दा दुःख पनी दियो प्रदेसले सुख पनी दियो, कती पल्ट रुवाको छ कती पल्ट हसाँको तर धेरै पल्ट रुवाको छ आमा । कती पल्ट मनका कुरा मनमै गुम्सीयर हराका छन कस लाई गयर सुनाउ खै ? याँ त आमा सबै स्वार्थै स्वार्थले भरीयका मुन्छे छन आफ्नो भन्नी कोईछैन । थेरै कुरा गर्नु छ आमा यो मनलाई हलुका पार्नु छ समय मिलायर गुम्सीयका पुन्तुरा फुकैला आमा । 

तर पनी आम म एक दमै खुसी छु । दुख पछी सुखको ढोका खोल्छ भन्ने था हुदै गा"को छ ।
समयले कसो कोल्टो नफेर्ला र आमा। 
अन्तमा बाबालाई स्वास्थेको राम्रो ख्याल गर्नु, गारो सारो काम नगर्न भन्नु । 

बाँकी कुरा भेटमा गरैला।

Friday, 4 July 2014

स्मृतिमा मेरा बा

जीवा लामिछाने


बाले छाडेर जानुभएको क्षण मैले फेरि त्यही पुरानो दिन सम्झिएँ । २०४३ साल भदौ २० गतेको त्यो बिहान मेरो स्मृतिमा सबैभन्दा गढेर रहेको दिन हो । रातभरि परेको पानीले राप्ती नदी बहुलाएको थियो । गाउँले  मानिसहरू भन्थे, त्यस्तो बाढी यो नदीमा त्यसअघि कहिल्यै देखिएको थिएन । नदीको किनारामा सयौं मानिस तमासे भएर उभिएका थिए । छन्नु महतो दाइ, हामीलाई राप्ती नदी तार्न ठूलो आँट बटुलेर आए ।
२०४३ सालमा ओभरसियर उत्तीर्ण भएपश्चात छोटो समय कृषि विकास बैंक अन्तर्गत साना किसान परियोजनामा सेवा गरेपछि सोभियत संघमा उच्चशिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयमा छात्रवृत्तिको आवेदन दिएर म परिणामको प्रतीक्षामा थिएँ । छात्रवृत्ति स्वीकृत भएको जानकारी पाएपछि विदेश जाने सबै कागजी प्रक्रिया पुरा गरेर परिवारसँग विदावारी हुन चितवनस्थित मातृभूमि पदमपुर गाउँ पुगेको थिएँ । दुई रातमात्र घरमा बसी मस्को प्रस्थानका लागि मैले जसरी पनि काठमाडौं फर्कनु थियो । तर त्यस दिन मेरो भविष्य र मबीच विक्षिप्तझैं बनेको राप्तीले खतरनाक अवरोध सिर्जना गरिदियो । मैले जतिसुकै ढिपी गरे पनि त्यस्तो भेल तर्न कसले पो स्वीकृति दिन्थ्यो र ? म हताश र निराश हुँदै गए । अन्ततः मेरो परिस्थितिलाई महसुस गरेर पुराना परिचित छन्नु दाइले तार्ने आँट देखाए । आमाले रुँदै विदा गर्नुभयो, बुबाले भने मसँगै जाने अडान लिनुभयो । मैले उहाँलाई सम्झाउन खोजेँ, 'म त जसरी पनि आज राप्ती तरेर जानैपर्ने भयो, तर तपाईं यो जोखिममा म सँगै नहिँडिदिनुस !' बुबाले त्यो दिन भनेको कुरा मैले कहिल्यै बिर्सेको छैन ।
भन्नुभएको थियो, 'परिवारमा सबैभन्दा बढी आशा गरेको छोरो तैं होस्, तैं आज यसरी राप्तीमा हामफाल्छस् भने म पनि यहाँ किन बस्नु ? म पनि जान्छु, तँ सँगसँगै' ।
हामी छन्नु दाइको हातमा प्राण जिम्मा लगाएर डुंगामा चढेका थियौं । रिसाएको हात्तीजस्तो उर्लिएको राप्तीको भुल्कोमा डुंगा कहिले आकाश कहिले पाताल गरिरहेको थियो । बुबा र म एकअर्कोलाई यसरी समातेर बसेका थियौं, मानौं बग्नैपरे पनि प्राण रहेसम्म छुट्टिनु नपरोस् । पानीको छालले निथरुक्क भिजिसक्दा पनि डर र आशंकाले हाम्रो मुखबाट एक शव्द निस्किएन । नदी किनारमा उभिएर सयौं मानिस हामीलाई पारी पुगेको देख्न अधैर्य भएर पर्खिरहेका थिए । किनारमा पुगेर हामीले हात हल्लाएपछि मात्र विस्तारै सबै तितर-बितर भए ।
नदी तरिसकेर निकै बाटो काटिसक्दा पनि हामी बोलेका थिएनौं । मैले लिएको त्यो हठपूर्ण निर्णय ठीक थियो कि थिएन भनेर मेरो मनमा भने ठूलै द्वन्द्व चलिरहेको थियो । आज सम्झन्छु, ठीक-बेठीक जे भए पनि मेरो त्यो दिनको निर्णय यस्तो भयो, जसले हाम्रो परिवारकै भविष्यको रेखांकन गरिदियो । अनि आज बाको शोकको घडीमा उहाँलाई सम्झिरहेछु, कस्तो मन र छातीले मलाई माया गर्नुभएको रहेछ । मसँगै राप्तीमा बग्न डुंगामा चढ्नुभएका मेरा बा ८४ वर्षको उमेरमा अन्नपूर्ण अस्पतालको आईसीयुमा सायद मलाई नै कुरेर अन्तिम सास फेरिरहनुभएको थियो । असार ५ गते जब म काठमाडौं उत्रेँ, उहाँको होश त थिएन, तर मलाई लाग्छ, उहाँको कुनै न कुनै चेतनाले मलाई नजिक पायो होला । डा. वसन्त पन्तसँग आईसीयुमा गएर बुबाको शरीर स्पर्श गरेँ ! उहाँलाई बा भनेर बोलाएँ ! विस्तारै आँखा चलाएझैं गर्नुभयो ! म काठमाडौं आइपुगेको चौबीस घन्टा पनि नपुगी उहाँले यो संसारलाई त्यागिदिनुभयो । शरीर र आत्माको सम्बन्धको बारेमा दर्शनशास्त्रले यति धेरै भनेको सुनिन्छ, तर आफूलाई परेपछि सबै कुरा गौण हुँदारहेछन् । हरेक पिता प्रत्येक सन्तानका लागि महान हुन् । तिनको मृत्युलाई कसरी स्वीकार गर्नु ? यसबेला उहाँले कुनै समयमा पाठ गर्दै गरेको उहाँको आफ्नै भाषामा सरलीकृत गीताको श्लोक सम्झना आइरहेछ ।
लुगा पुराना जसरी त्याजेर, नयाँ लुगा मानिस लिन्छ, फेरि
त्यस्तै बूढा देहहरू त्याजेर, यो जीवनले लिन्छ, नयाँ शरीर
मनले भनिरहेछ, मेरा बाको आत्मा कुनै नयाँ शरीरमा प्रवेश गरोस्, कहिल्यै नमरोस् । अजर-अमर बनोस् ।
वि.सं. १९८७ साल चैत २ गते कास्की जिल्लाको हर्पाकमा जन्मनुभएका मेरा बा रविलाल लामिछाने र मंगली लामिछानेका पुत्र हुनुहुन्थ्यो । गुरुङ जातिहरूको बाहुल्य रहेको त्यस गाउँमा उनीहरूसँगै खेल्दै उहाँको बाल्यकाल बित्यो । गरिबहरूको त्यस बस्तीमा अझ गरिब त्यो ब्राह्मण परिवारले उहाँलाई कुनै औपचारिक शिक्षा दिनसक्ने अवस्था थिएन । सानै उमेरदेखि खेतीपाती र वस्तुभाउमा लाग्नुभएका उहाँले आफ्ना बुबा र मावली बाबाट सामान्य लेखपढ गर्न सिक्नुभएको रहेछ । १९ वर्षको उमेरमा २००६ सालमा १४ वर्षीया हरिकला आचार्यसँग विवाह भएपछि कलिलै उमेरमा दयनीय आर्थिक अवस्थाबाट मुक्ति पाउन नवविवाहित श्रीमतीलाई घरमै छोडेर विवाह भएकै वर्ष रोजगारीको खोजीमा भारतका गोरखपुर, आसाम, मद्रास आदि ठाउँहरूमा कठोर श्रमिक जीवन बिताउँदै लाहोरसम्म भौंतारिनु भएछ । निकै वर्ष विदेशी भूमिमा समय बिताएर कमाएको थोरै रकम बोकी घर फर्किएर २०१९  सालमा हर्पाकबाट चितवनको पदमपुर गाउँमा बसाइँ सर्नुभयो ।
धेरै वर्ष भारतमा बसेर फर्किएको हुँदा उहाँलाई मानिसहरूले 'लाहुरे बाजे' भन्ने गर्थे । यही नामले पछिसम्म उहाँलाई पदमपुरवासीले चिने ।
खेतीलाई नै प्रमुख पेसा मान्ने नेपाली समाजमा उहाँले पनि आफूसँग भएको थोरै पैसाले चितवनको पनि सुगम नमानिने पदमपुर गाउँमा अलिकति जग्गा जोड्नुभयो । त्यतिले मात्र नपुगेपछि अरूको जग्गा अँधिया, ठेक्कामा समेत कमाउन थाल्नुभएछ । चार छोरा र एक छोरीका मातापितालाई थोरै आम्दानीबाट यी सबैको लालनपालन र शिक्षादीक्षा पुर्‍याउनु सजिलो थिएन । तैपनि आफूले  पढ्न नपाएको कुरालाई सम्झँदै सन्तानलाई शिक्षा दिलाउन उहाँहरूले गरेको प्रयत्न कम संघर्षशील छैन ।
मेरा बा मेरो जीवनको पहिलो गुरु हुनुहुन्थ्यो, उहाँबाट मैले असंख्य कुराहरू सिकेँ । प्रत्यक्ष, अप्रत्यक्ष रूपमा उहाँबाट सिकेका कैयौं विशेषताहरूले आज मलाई विदेशमा कठिनाइहरूसँग जुध्न मद्दत पुर्‍याइरहेका छन् ।
मैले बाबाट मेरो जीवनमा सिकेको सबैभन्दा ठूलो कुराचाहिँ आर्थिक अनुशासन हो । त्यसबेला गाउँमा आजको जस्तो बैंक वा सहकारीहरू थिएनन् । अशिक्षति किसानहरूले आफूसँग भएको रकम घरमा राख्नु असुरक्षति ठानी बालाई राख्न दिन्थे । सबैले विश्वास गरेका लाहुरे बाजे नै गाउँको बैंक घर बनेका थिए । उहाँले पनि झर्को नमानी सबैको हिसाब राखिदिने र उनीहरूलाई आवश्यक परेको बेला उपलब्ध गराइदिनु हुन्थ्यो । सामान्य लेखपढ गर्ने व्यक्तिले धेरैको हिसाब त्यसरी राखिदिनु सजिलो थिएन । हिसाब राखेर मात्र नहुने, उनीहरूको आर्थिक व्यवहारसमेत मिलाइदिनुपर्ने, किनबेच गरिदिनुपर्ने, ऋणधन सबैमा सहभागी हुनुपर्ने । एउटा सामान्य लेखपढ भएको मान्छेले त्यत्रो हिसाब कसरी राख्नुहुन्थ्यो होला, सोचेर म आज पनि चकित हुन्छु । तर उहाँको हिसाब राख्ने तरिका एकदम नै सरल र वैज्ञानिक थियो । उहाँ कापीमा प्रत्येक व्यक्तिका लागि एक-एक पाना छुट्याउनु हुन्थ्यो । पानाको देब्रेपट्टि मिति, त्यसपछि विवरण अनि आएको र गएको रकम अनि अन्त्यमा बाँकी रकम गरी छुट्याउनु हुन्थ्यो । म कक्षा चारमा पुगेपछि 'अब तैंले यो हिसाब-किताब हेर्नु' भनेर मलाई जिम्मा दिनुभयो । सुरु-सुरुमा दिक्क लागे पनि विस्तारै मलाई रुचि बढ्दै गयो । मलाई हिसाब राख्ने यो तरिका सारै सजिलो लाग्छ ।
आज पनि म यही तरिकाले आफ्नो व्यक्तिगत लेनदेनको हिसाब राख्ने गर्छु ।
बाले आफ्नो पुरानो कृषि पेसालाई कहिल्यै त्याग्नु भएन । कृषि नै सबैभन्दा उत्तम पेसा हो भन्ने उहाँको विश्वास पछिसम्म पनि अटुट रह्यो । त्यसैले मैले रूस बसाइको क्रममा कमाएको पहिलो रकमबाट परिवारका सबै दाजुभाइदिदीलाई कमाइ खान पुग्नेगरी जमिन किनेंँ । त्यो दिन बाको अनुहारमा देखिएको खुसी र गर्वलाई म कहिल्यै बिर्सन सक्दिनँ ।
मस्कोमा व्यवसाय सुरु गरेर हामी त्यहीं बस्न थालेपछि पनि म लगातार नेपाल आइनै रहन्थेंँ । मेरो कामको व्यस्ततालाई देखेपछि उहाँले कहिल्यै सबै थोक छोडेर यतै आइज भनेर मलाई भन्नुभएन । अझ एकदिन भन्नुभयो, 'छोराले घर रुँघेर हुँदैन, संसार हेर्नुपर्छ ।
घरबाट टाढा नजानेको प्रगति पनि हुँदैन । हुर्केका सन्तानले बाबुआमाको काख छोडेनन् भने तिनीहरूले प्रगति गर्दैनन्' । उहाँ आफैं पनि १९ वर्षको उमेरमा विदेशिनुभएको थियो । मलाई भन्नुहुन्थ्यो, 'धन सम्पत्ति भनेको हावा हो, अहिले आउँछ, अहिले जान्छ । सधैं रहिरहने भनेको विश्वास हो । व्यवहारमा इमान हुनुपर्छ । अरूको एक पैसो खानु हुँदैन । अर्काको खाएर भन्दा अरूलाई दिएर मानिस धनी हुन्छ । अरूको नखानु, अरूलाई दिनु । प्रकृतिले पनि सधैं अरूलाई दिन्छ ।'
मस्कोमा हामी नयाँ घरमा सरेको भन्ने सुनेपछि एकपटक फेरि मस्को जाने रहर गर्नुभएकोले सन् २०१० को दशैंपछि रूस प्रस्थानको लागि भिसा लगाएर तयार बस्नुभएको थियो ! त्यसैबेला उहाँको देब्रेपट्टि गर्धनमा एउटा गिर्खो देखियो । हेर्दा सामान्य देखिने त्यो गिर्खो पिलो होला भन्ने अनुमानले भरतपुर अस्पतालमा त्यसलाई फुटाइयो । त्यसपछि त्यो गिर्खो झन् डरलाग्दो भएर आयो । त्यसलाई भरतपुरमा जचाउँदा मेटास्टास्टिक कार्सेनोमा भनियो । त्यसपछि काठमाडौंमा पुनः परीक्षण गर्दा त्यसलाई सार्कोमा नामक क्यान्सर भनियो । डाक्टरहरूकै कुरा नमिलेपछि हामीले उहाँलाई सन् २०१० को डिसेम्बरमा दिल्लीको राजीव गान्धी क्यान्सर अस्पताल लग्यौं । त्यहाँ पुगेपछि फेरि अर्को रोगको नाम सुनियो, आनोप्लास्टिक लार्जसेल लिम्फोमा । क्यान्सर हो भन्ने थाहा भएपछि बाले निक्कै हरेश खान थाल्नुभो । तर सुरुमै रोग पत्ता लगाएर पुनः भरतपुर क्यान्सर अस्पतालमा केमोथेरापीबाट उपचार गर्न पाएकाले त्यस्तो घातक रोगबाट पनि उहाँलाई बचाउन सफल भइएको थियो । तर त्यसको दुई वर्षपछि एकरात बाथरुममा चिप्लिएर लड्नुभएछ । टाउकोमा रगत जमेर सबड्युरल हेमाटोमा भएकोले त्यसको वीर अस्पतालको न्युरो विभागमा उपचार गरियो । समयमै त्यसको उपचारत भयो, तर उहाँ मानसिक र शारीरिक रूपले निकै थकित अवस्थामा घर र्फकनुभयो । थाहा पाएदेखि सधैं ऊर्जावान र उत्साहित देखिने बामाथि त्यस्तो कमजोर अवस्थामा झन् ठूलो बज्रपात भयो । उहाँले एक वर्ष अघिमात्र आफ्नै जेठा छोराको शवमा फूल चढाउनुपरेको थियो । आफैंले जन्माएको सन्तानलाई 'अघि लगाउनु परेको' शब्दमा व्यक्त हुन नसक्ने पीडाले उहाँलाई असाध्यै गलायो ।
बाको आध्यात्मिक विश्वासलाई कदर गर्दै सबै परिवार जम्मा भएर २ चैत २०७० मा उहाँको जन्मदिन पारेर चौरासीको पूजा लगायौं । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि फेरि अस्पताल भर्ना गरिएको थियो । परिवारका सबैले काठमाडौंमा उहाँको सेवा गरिरहेका थिए । असार ५ का दिन बिहान म काठमाडौं उत्रेँ । बालाई फेरि त्यसै दिन आईसीयुमा सारिएको रहेछ । उहाँको अवस्था एकदम नै कमजोर भइसकेकोले अब भेन्टिलेटरमा राखेर दुःख दिनु उपयुक्त छैन भन्ने डाक्टर पन्तको सल्लाह बमोजिम मैले त्यही अनुसारको कागजमा सही गरिदिएँ । भोलिपल्ट बिहान उहाँको प्राण गयो ।
उहाँको तेह्र दिनको वैदिक विधि पुरा गरियो । बाको काजकिरियाको क्रममा सबैका जीवनमा र सबैका घरमा अनिवार्य आइपर्ने यो कठोर विधिलाई बढीभन्दा बढी सहज बनाउन सकिएन भने यो लोपै हुनसक्छ भन्ने कुरामा हामी सचेत हुनुपर्ने रहेछ भन्ने बोध गरेको छु !
मैले हाम्रो मृत्यु संस्कारका केही अव्यावहारिक कुराको अवज्ञा गरेँ र मलाई विश्वास छ, बाको आत्माले त्यसको समर्थन गर्नेछ !
अब मेरा बा भौतिक रूपमा यस संसारमा हुनुहुन्न । हामी उहाँलाई अब तस्वीरमा मात्र देख्नेछौं, रेकर्ड भएका उहाँका शब्दहरूमा सुन्नेछौं । पञ्चभौतिक तत्त्वले बनेको यो शरीर त्यसैमा गएर विलिन भएको छ । सम्झन्छु, बाकै स्वरमा गीता वाक्य.....
'अवश्य जन्मने मर्छ, मर्नेको जन्म नित्य छ नभई नहुनेमाथि शोक गर्नु अनित्य छ ।'
तर छातीमा टाँसेर राप्तीको छाल कटाइ मलाई अनन्त सम्भावनाको संसार देखाइदिने बाको मृत्युलाई कविताको दर्शनले जतिसुकै 'नभई नहुने' भने पनि मनको शोक कम हुनसकेको छैन । 

Wednesday, 15 January 2014

किन मनाइन्छ माघे संक्रान्ति ?

मकर संक्रान्ति भनिने माघे संक्रान्तिको वैज्ञानिक अर्थ छ । माघ एक गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ । यस दिनदेखि सूर्य उत्तरतिर ढल्किँदै जाने र रात छोटो हुन थाल्छ । संक्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो । माघे संक्रान्तिलाई चिसो याम सकिएर गर्मीलाई स्वागत गर्ने भनेर पनि बुझ्ने गरिन्छ । महिनौंको चिसोबाट शरीरको अङ्गहरु थाकेका हुन्छन् । शरीरबाट चिसो घटाउन घिऊ, चाकु, तिल, तरुल, पालुङ्गो आदि उपभोग गर्न सकिने सांकेतिक प्रचलन हो यो । यी सामाग्रीहरु खानाले शरीरमा ताप पैदा गर्ने तथा विभिन्न पौष्टिकता प्रवाह हुने धर्मशास्त्रीय तथा वैज्ञानिक मान्यता छ । यस दिन शरीरमा तेल पनि मालिस गर्ने प्रचलन छ । शरीरमा गढेर बसेको चिसो फ्याँक्न तेल मालिसले आन्तरिक तापमान वृद्धि गर्न सघाउ पुग्दछ ।

Wednesday, 8 January 2014

भूपिनको पिंढीमा !




आमा भन्दै हुनुहुन्थ्यो,
'आफै आउँन नभ्याए नि
ट्याम् -ट्याम् मा फ़ुन्मा आउँच
चाडबाडमा घर आउँच 
आउँच ,दशैंमा त संधैं आउँच
तगारैथिम् ट हाँसो ले'र आउँच
फूलहरु सँ बोल्च
फुलकै फूटो खिचिरन्च !!

खै ,क्या हो कुन्नी
लेख्न नि मिल्नी
पढ्न नि मिल्नी
सुन्न , हेर्न ,बोल्न मिल्नी
कम्पुटर नि बोकेरै आउँच
जाँ गए नि झुन्डारै हिन्च
त्यसै सँ बोल्च
त्यसै सँ खेल्च
कै 'ले सल्लेरी
कै 'ले चौपारी !!

काखै थिम् बस्ला
दुख -सुखको कुरा अर्ला भनो
एकै छिन् बोल्च
छिन् -छिन् मा हराइहाल्च
पढ्न नि कति पर्नी हो
पढेर कहिल्यै सकिन्न आमा भन्च
खै , क्या हो क्या हो
तिमेरुको मेलो
राजनिती भन्दा नि कडा
कस्तो नशा हो ?
कैले काँ ..कैले काँ !

क्यारचौ र बा !
गुँड छाडेर उडिहाले छरछरी
धन्न यो कान्छाको परिबार यतै बस्चन्
तिमेरुको भुपिन् उतै सेट भैहाल्यो
बुढाले छाडेर गा ' नि धेरै भो
ऊ त्यो लठ्ठी छ नि
बुढाले टेक्या लठ्ठी हो
अईले मेरो साथी त्यै भै 'च !!

आउँदै गर्नु है बाबु
तिमेरु नि भुपिन् जस्तै त हौ मेरा लागि ! '

फर्कदै गर्दा बलेवाका डहरहरूमा
मैले घरि-घरि
लठ्ठी जस्तै आफ्नो बाबु
र , जुन जस्तै आफ्नी आमा सम्झें
सम्झें ,
उर्लंदो मर्स्याँङ्गदी र सालघारी सम्झें
साचैं,
अजम्बरी हुने भनेको
यादहरू नै त रहेछ !

साभार भुपीनव्यकुल फसेबूक 
https://www.facebook.com/bhupeenvyakul