Monday, 26 August 2013

खस बाहुन, क्षेत्री

कुरा नयाँ होइन तर सान्दर्भिक भयो । त्यसैले केही लेख्नु जरुरी ठानेँ । म लिंग, नश्ल, वर्ण र रंगका आधारमा समाज र राज्यको परिभाषा खोज्ने प्राचीन मानव चेतनाको पक्षधर होइन । वर्तमानका मेरा सर्वजाति अभिभावक, संगी र भावी सन्ततिहरूबीच परस्पर घृणा फैलाउने र बदलाको भावना सिर्जना गर्ने कुरा म सोच्नसम्म पनि सक्तिनँ । तसर्थ, मेरै विगत र सन्निकट इतिहासको अतिव्याख्या, अल्पव्याख्या र अपव्याख्या भइरहेकाले तथ्य र यथार्थको उजागर गर्नु यो लेखको पहिलो अभिलाषा हो । इतिहासका नाममा चर्को स्वरले आफ्ना मनोगत स्वार्थहरूलाई भरमार व्याख्या गर्ने वर्तमानको नांगो ‘राजनीतिक’ प्रवृत्तिलाई खबरदारी गर्नु दोस्रो अभिलाषा हो ।

कुरा वर्तमानबाटै थालौँ । म नेपालको मेची महाकाली फैलिएर जुगौँदेखि बसोबास गरिरहेको   । खस बाहुन, क्षेत्री ! एनेकपा (माओवादी) र केही कम्युनिस्ट कलेबरका जनजाति नेताहरूले हिजोआज चित्रण गर्ने गरेको सदिऔँदेखिको शासक र शोषणको पर्याय । नेपालको अन्तरिम संविधान–२०६३ को शब्दमा भन्दा म अन्य जाति । मेरो परिचय सत्ता राजनीतिको उन्मादले पटकपटक परिवर्तन गरिरहन्छ, जसले गर्दा मेरो विगत, वर्तमान र भविष्यको परिचय सत्ता स्वार्थका उन्मादी व्याख्याताहरूले आफ्नो अनुकूल व्याख्या गरे, गरिरहेका छन् र गरिरहने पनि छन् । भविष्यमा म कसरी परिचित हुन्छु, ठ्याम्मै थाहा छैन । तर, मेरो इतिहास, विगत र वर्तमानका बारेमा तपाईंलाई भन्नै पर्ने अब मसँग केही तथ्य, यथार्थ र सन्दर्भहरू छन् ।

अढाई सय वर्षअघिको नेपालको कुरा गर्ने हो भने यहाँ बाइसी चौबिसी राज्य थिए । ती राज्यमा वंशजका आधारमा राजा हुन्थे, शाह वंश, सेन वंश, मल्लवंश आदि । वंशजका आधारमा राजा हुनु भनेको जात वा सम्प्रदायको प्रतिनिधित्व गर्नु होइन । त्यसैले यस्ता राज्य व्यवस्थालाई इतिहासकारहरूले जहानियाँ शासन भने । त्यसबेला मेरो परिचय वंशीय राज्यको रङ्क थियो ।
मलाई पढाइएको इतिहासकै शब्दमा भन्दा विसं १८३० को सुरुआतसम्ममा गोरखाका शाहावंशीय राजा पृथ्वीनारायण शाहले बाइसी चौबिसी राज्यहरू एकीकरण गरी नेपाल देश बनाए । राजा पृथ्वीनारायणले १८३१ साउन २२ गतेको मुलुकी लाममोहरमा ‘किरात–लिम्बुवान क्षेत्र लिम्बू कुलभाइलाई दियौँ’ भनी लेखिदिए ।

यसैगरी रणबहादुर शाहले १८४३ सालमा लाममोहोर लगाई तिरो लिने अख्तियारी उनीहरूलाई दिए । राणाकालमा ठेक्काथितिअनुसार ३० रुपियाँ उठ्ती हुने ६० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई सुब्बाको दर्जा र १५ रुपियाँ उठ्ती हुने ३० मुरी खलाखेत सरकारलाई बुझाउनेलाई राई दर्जा दिए । अहिले त्यही राणा शासकले दिएको दर्जा कमरेड अशोक राईहरूको चिनारी भएको छ । किपटीयाले आफ्नो किपटमा चलानीद्वारा अरू जातका मानिसलाई बसाउन पाउँथे । यसरी बसाइएका मानिसलाई रैती भनिन्थ्यो । उनीहरू रैतीबाट तिरो असुल्थ्ये । तिरोका अतिरिक्त सुव्बा जिम्मावालहरूले रैतीबाट असुल्ने ठेकीबेठी, नगद नजराना, झारा, दशैँभाग पर्थे ।

त्यसबेलाका अरू नानाभाँती थितिको अहिले धरै बयान नगरौँ । कमरेड सूर्य कन्दङवाले किसान मुक्तिका लागि सुब्बा जिम्मावालको यही शोषणका विरुद्ध आठराईभेगमा संघर्ष गरेर आफ्नो कम्युनिस्ट राजनीतिक यात्रा सुरु गरेका थिए । यसरी नेपालमा जग्गा नापी सुरु नभएसम्म म रैती भएँ । र, मैले चिठी पाउने ठेगाना थिए–वल्लो किरात, माझ किरात, पल्लो किरात नेपाल आदि इत्यादि । मलाई कतै सुब्बा, कतै राई, कतै घलेले शासन गरे, कतै मुखियाले अनि कतै चौधरीले । ०३५/३६ सालसम्ममा नेपालका धेरै भागमा नापी भइसकेको थियो । नापीपछि ती भेकमा मेरो परिचय शाह वंशीय राजाको प्रजामा बदलियो र म प्रजा भएँ ।

यी थरीथरीका वंशीय शासन र तिनसँग साठगाँठ गरेर राज्य चलाइरहेका सुब्बा, राई, मुखिया, घले र चौधरीका विरुद्ध म इतिहासभरि मुक्तिको संघर्ष गरिरहेँ । मकै पर्व मैमाथि आइलाग्यो, राजद्रोहको भागीदार पनि ठूलो संख्यामा मै बन्नुपर्यो । सर्वस्वहरण, देश निकाला, जेल सजायँ आदि इत्यादि सजायँ मैमाथि आइपरे । यसरी म मुक्तिको आन्दोलनमा वंशीय शासनका विरुद्ध अग्रिम मोर्चामा डटिरहेँ । १९९७ साल होस् कि ००७ साल, ०३६ साल होस् कि ०४६ अनि ०६३ साल । ०४६ सालको जनआन्दोलनपछि म जनता भएँ भनी गर्व गर्न थालेँ । ०५८ सालमा फेरि मलगायत सबै नेपाली जनतामाथि अनिष्ट आइलाग्यो । ०६१ सालमा त वज्रपातै भयो । फेरि ०६३ सालमा शाहवंशको विरुद्धमा अन्तिम लडाइँमा सामेल भएँ । ०६४ पछि अबचाहिँ नागरिक भएँ भनी मख्ख परेका बेला मेरो परिचय अचानक फेरि बदलियो र म सदिऔँदेखिको शासक र शोषणको पर्याय बनेछु ।

तिनै मलाई रंङ्क, रैती, प्रजा बनाउनेहरू नै यो आरोप लिएर चर्को स्वरमा कराउन थाले । कस्तो विडम्बना ! यसैबेला मौकाको फाइदा उठाउन तराईका बाहुन क्षेत्री मैमाथि खनिए– खस बाहुन क्षेत्रीहरू शोषक हौ भनेर । तिमी मधेसी बाहुन क्षत्री अर्थात् वैदिक बाहुन । हिन्दूशास्त्रका हेपाहा थिति तिमीले बसाल्यौ, जयस्थिति मल्ललाई नेपालमा वर्णाश्रम व्यवस्थाको सुरुआत गर्न तिमीले नै सिकायौ, मुलुकी ऐन तिमी झा बाहुनहरूले लेख्यौ । युएनडिपी, नेपालले निकालेको हालसालैको मानव विकास प्रतिवेदनमा नेपालको सबै हिसाबले अति सम्पन्न जातिको सूचकांकमा पनि तिमी तराई बाहुन–क्षेत्री एक नम्बरमा छौ । कस्तो गज्जब ! धान खाने मुसो चोट पाउने भ्यागुतो ।

म सुब्बाहरूको थिचाइमा परेँ तर लिम्बूहरूको होइन । म राईको पेलाइमा परेँ तर किरातीहरूको होइन, म मुखिया, घले र चौधरीको मिचाइमा परेँ तर मगर, गुरुङ र थारूहरूको होइन । त्यसबेला धेरै लिम्बू, धेरै किराती, धेरै मगर, गुरुङ, थारूहरू मजस्तै निरीह जीवन बाँच्न बाध्य थिए । जुन वंशीय, जातीय शासनको स्वभाव पनि हो ।

सत्रौँ शताब्दीसम्म विश्वमा जातीय शासन थियो । त्यहाँ रंगले, नश्लले र लिंगले शासन गथ्र्यो । त्यसबाट मुक्तिका लागि पुँजीवादी, समाजवादी आन्दोलनहरू सुरु भए । प्रजातान्त्रिक र साम्यवादी व्यवस्थाको सुरुआत र वकालत हुन थाल्यो । शोषण, अन्याय, असमानता र विभेदबाट मुक्तिका लागि अनेकन सिद्धान्त प्रतिपादन भए । मार्क्सवादी विचारधाराले समाज वर्गीय हुन्छ र शोषण पनि वर्गीय हुन्छ भन्ने कुरालाई अघि सार्यो । अर्को संरचनावादी विचारधारा आयो । यस विचारधाराअनुसार राजनीतिक तथा राज्य संरचनाले गर्ने स्रोत र शक्तिको असमान वितरणका कारण समुदाय गरिब हुन्छ भन्ने मत सुरु गर्यो । अर्को स्थान विचारधारा भनी सुरु भयो ।

जसअनुसार मानिस गरिब हुन्छन् किनभने उनीहरू कमजोर स्रोतको आधार भएको अनकन्टार स्थानमा बसोबास गर्छन् । यस विचारधाराले स्रोतलाई सीमित गरी मान्छेका आवश्यकताहरू खुम्च्याउने प्रकृतिले नै गरिब बनाउँछ भन्ने मत अघि सार्यो । अर्को सामुदायिक विचारधाराले परम्परागत समुदायमा आफ्नैखाले मूल्य, मान्यता र वर्ग संरचना हुन्छन् । ती मूल्य, मन्यता र वर्ग संरचनाअनुसार नै त्यहाँको भौतिक, प्राकृतिक, बित्तीय र मानव पुँजी एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । सामुदायिक विचारधाराले सीमित र अपर्याप्त यिनै पुँजीहरूका कारण समुदायका बासिन्दा गरिब र विपन्न हुँदै जान्छन् भन्ने मन्यता स्थापित गर्यो ।

यी सबै मत र विचारधाराहरू असमानता, विभेद, अन्याय र शोषणबाट मुक्तिका लागि उपायका रूपमा समस्यालाई बुझ्न सुरु गरिएका थिए । अहिले यहाँ केही माओवादी र जनजाति नेताहरूले भनेजस्तो जातीय राज्य असमानता, विभेद, अन्याय र शोषणबाट मुक्तिको उपाय हो भन्ने सिद्धान्त वा विचारधारा कतै फेला पर्दैन । यदि मुक्ति हुने भए डा. कृष्ण भट्टचनहरूले अन्याय र शोषणमा परेको गिडगिडाहट गर्नुपर्ने थिएन, किनभने ०६४ सालमा नेपालबाट राजतन्त्रको समाप्ति नभएसम्म मुस्ताङमा जिग्मेपरवर विष्ट राजा थिए । र, यो पूर्ण स्वायत्त पनि थियो, जसको प्रमाण हो उपल्लो लोमानथाङ जान विदेशीहरूले जिग्मेपरवरबाट छुट्टै प्रवेशाज्ञा लिनुपर्थ्यो । नीति सिद्धान्त र जनताको सामूहिक तागतभन्दा अन्तैबाट आनन्द खोज्ने नेताहरूका बानीले अहिले जातीय राज्य नै मुक्तिको बोटोका रूपमा चित्रित हुँदै छ । नेता हुँ भन्ने हठबाट जन्मेका यस्ता इच्छा धेरै खतरनाक छन् । मैले सुनेको थिएँ बुद्धि खारिएको हुन्छ, भाँडिएको होइन । तर, शक्ति र सुख भोग गर्ने हडबडे इच्छा नै हाम्रा नेताको चेतना रहेछ । हाम्रा नेतासँग बुद्धिभन्दा बढ्ता आवश्यकताहरू रहेछन्, जसले उनीहरूलाई मूर्ख बनाइरहेछ ।

त्यसैले अहिले मानव मुक्तिका लागि होइन, आत्मस्वार्थको होसियारीले हाम्रा नेताहरू चिच्याइरहेछन् । तिमी नेताहरूले हामी जनतालाई त्यस्तो बालकझैँ ठानेका छौँ, जो क्षितिजलाई आकाश र धर्ती जोडिएको ठान्छ । तर, नेताहरूले नेपाली जनताको चेतनालाई कमजोर ठानेर विरोल्न सक्छु भन्ने दु:स्वप्ना नदेखे हुन्छ । ००७ सालमा राई र सुब्बाहरूले पूर्वी नेपालमा अन्य जाति लखेट्ने अभियान थाल्दा त्यसका विरुद्धमा धेरै लिम्बू र किरातीहरू ध्यानबहादुर राई, मुलुक सिहं राई, बयान सिंह राई, रामप्रसाद राई, अक्कलबहादुर कन्दङ्वा, सेतु कन्दङ्वा, जयप्रसाद लिम्बू, हर्कजंग मादेन र रामबहादुर नेम्वाङहरू सशक्त रूपमा उभिएका थिए । अहिले त नेपाली जनताको ००७ सालको मात्र होइन, ०७० सालको चेतना हो । नेपाली जनताको यो आधुनिक चेतनाले बरु उल्टै भनिरहेछ– तिमी नेताका अहिलेसम्म सार्वजनिक भएका बुद्धि र भूगोलको क्षितिजमा समान गुण छन्, यी दुवै भ्रम हुन् ।

सोर्स ः-  साभार

Sunday, 11 August 2013

मेरो प्यारो, आफ्नै गाँउ

बिना कारण गार्लुग जाने नियतीनै भाको थियो, बिहान,दिउसो वा साझ कुनै बिषेस काम वा कारण चाहीदैन थो । चिया पिउने बाहाना होस  या अरु कुनै,अज भनै चक्कर चल्थो तन्नेरीहरुको फेरी स्कुल कलेज पनी तेतै । साँँच्चै भन्दा बरालीने ठाँउ भाथो गार्लुङ । तन्नेरी हरुको लागी ।म पनी गार्लुङको चउर हुदै यस्सो छेउ बाट एरपोटको चउरको डिल के पुगेथे माछापुछ्ररे र अन्नपुण टुप्पलुक्क उभीय । अहो ।। फुत्कीहाले छ मुख बाट । कती सुन्दर । कसको मन नलोभ्याउला हँ यो ठाँऊले ?आफै सँग प्रश्न गर्छु । आँँखाले नाप्न नसकीने चउर त्यस माथीका हिम दृृष्यले तेस ठाँउले दुर्लभ प्राकृतीक रुप धारण गरेको छ । साँच्चै भन्दा जहाज नआको ठिकै भा छ भन्छ एक मनले । साँझ पख भागदैड गर्ने ओझिलो ठाँउ भाछ । साँझपखको सिरसिर हावा त्यस माथी कालीको सुस्साईले त्यस ठाँउ लाई थप मोहीत तुल्यायको छ । अनायास काँट आयो एक हुल हावा पत्तो भयन ? सल्लाका पात हल्लेसी मात्र मेरो नजर उतै हानीयो । नहानीयोस पनी कसरी ति एकनासे रुख, रुखमाथी बाट देखिने मनमोहक हिमशिखरहरु साँच्चै भन्दा मनै लोभ्याने दृष्य छ त्यो ।

Saturday, 10 August 2013

भर्खर जन्मेकी छोरीलाई बाबुको पत्र

भर्खर जन्मेकी छोरीलाई बाबुको पत्र 
A LETTER TO A NEWBORN DAUGHTER 

प्रिय नानु सम्प्रदा तिमीलाई यो मर्त्यमन्डलमा स्वागत छ । नानु तिमी जहाँ जुनसुकै भूगोलमा जन्मे पनि भोलि आफ्नो देश नेपाल नभुल्नु है ?नानु सम्प्रदा तिमी भोलि हाम्रो देशका पुर्खाहरूलाई सम्झनु है गाऊको माटो शहरको माटो देशको माटो विदेशको माटो छुट्याउनु है । हुन सक्छ तिम्रो बाबाले जीवनमा धेरै संघर्ष गरेको छ तिम्रो प्राप्तीमा तिम्री आमा धेरै तड्पिएकी छन् । तिम्रो बाबा तिम्रो लागि हजारौं काडेतार कुच्दै नयाँ बाटो पहिल्याउने प्रयास गर्ने नै छ । प्रिय नानु सम्प्रदा तिम्रो आगमनमा संसार खुशी भएको छ तिम्री हजुर आमा सात समुन्द्र पारबाट खुशीले बलिन्द्र आशुका धारा बगाउनु भएको छ । तिम्री हजुरबुवा दु:खको अचानोमा घाटी राखेर भएपनि खुशिले गदगद हुनु भएको छ । तर पनि नानु संघर्ष नै जीवन् हो संघर्ष बाट जीवन् सफल हुन्छ भन्ने कुरा सम्झनु । नानु सम्प्रदा तिम्रो लागि अवश्य पनि जीवनमा म धेरै दु:ख गर्नेछु । नानु जीवनमा यी कुराहरू कहिल्यै नभुल्नु है बाबा ,आमा ,जन्मभुमी एवम् हजुर बुवा हजुर आमा साथै उहाँहरू बसेको ठाउ । नानु प्रतिस्प्रधात्मक संसारमा आइसकेपछि धेरै कुराहरू सिक्नु पर्ने हुन्छ । । प्रिय नानु सम्प्रदा तिमी हामिहरूको पवित्र सम्बन्ध हौ । तिमी हाम्रो लागि पवित्र माया हौ । तिमी हाम्रो लागि सुन्दर फूल हौ । तिमी हाम्रो लागि एउटी पवित्र देबी हौ जुन बेला तिमिलाइ समस्या आइपर्छ त्यसबेला तिमिले तिम्रो जन्मदिनमा लेखेको यो बाबाको पत्र पढ्ने प्रयास गर्नु है । नानु जब तिमीलाई समस्या आइपर्नेछ तब तिमिले बाबालाई सोध्नु आमालाई सोध्नु हजुरबुवालाई सोध्नु हजुर आमालाई सोध्नु । उहाँहरूले सदा सदा तिम्रै भलो हुने काम गर्नुहुनेछ । नानु सिप सिक्नमा लाज नमान्नु । नानु नेपाली भाषा सिक्नमा कुनै कन्जुस्याइ नगर्नु ।नेपाली भाषा हाम्रो आत्मा हो, हाम्रो प्राण हो, नेपाली संस्कार हाम्रो पहिचान हो । नानु तिम्रो बाबा आमा जतिसुकै आर्थिक गरीब भएपनि तिम्रो विवाह पश्चात हुने तिम्रो धन सम्पत्ति को रवाफ कहिले पनि नदेखाउनु है तिम्रो जन्म घर नै तिम्रो ईतिहास हो तिम्रो जन्म घर नै तिमी फूल्ने बगैचा हो । समाजले के भन्छ र अर्कोले के भन्छ भन्दा पनि आफूले सोचेर समाज् एवम् परिवारको राम्रो काम गर्ने प्रयास गर्नु है । घाटी हेरेर हाड निल्ने जमर्को गर्नु है । जन्म र मरण त ध्रुव सत्य कुरा हो जन्मे पछि त मर्नै पर्छ । जन्म र मरणको बिचमा नानु बाबा आमाको लागि एवम् समाजको लागि अनुकरणीय एवम् उदहरणीय नारी भएर जिउनु है । समय सन्दर्भलाई आत्मसाथ गर्दै आफ्नो बाटोमा अगाडी बढिरहनु है । धेरै कुरा हरू नानुलाई बाबाको कर्तव्य गर्दै सिकाउनेछु नै । तर पनि नानु सम्प्रदा तिमी जन्मेको दिन तिम्रो आगमन भएको दिन २०१३ अगस्त  १० गतेलाई बिशेष दिन मान्दै यो सानो पत्र तिमिलाइ लेख्ने जमर्को गरेको छू । कुनै दिन नानु सम्प्रदा तिमी मबाट टाढा हुनु पर्‍यो अथवा यस संसारमा म भएन भने नानु तिमिले तिम्रो बाबाले लेखेको यो सानो पत्र सुरक्षित राख्नु जब जब मेरो याद आउनेछ ,जब जब तिमिलाइ समस्या पर्नेछ तब तब यो पत्र पढ्नु र बाबाको निति आदर्श लाई समाउने प्रयास गर्नु है । संसारमा कोहि पनि सन्तुस्ट छैन यो ध्रुव सत्य कुरा पनि मनन गर्नु सबै भोका छन् बिल गेट्स जो संसारको धनी पनि भोकै छन् ओबामा जो संसारको शक्तिशाली पनि भोकै छन् तर बिल गेट्स पैसाको भोका छन् । ओबामा भोटको भोका छन् । जो मानिस दाल भातको भोका छन् तिनीहरूको लागि काम गर्नु । त्यसैले नानु यदि समयले तिमिलाइ ठुलो बनायो भने वस्तविक भोकाहरूको हितमा काम गर्नु त्यही नै तिम्रो बाबाको चाहना हो । नानु भोलि तिमी जहाँ भए पनि मात्र तिमिले तिम्रो बाबा एवम् आमालाई सम्झे पुग्छ । तिमिले तिम्रो हजुरबुवालाई सम्झे पुग्छ ,हजुर आमालाई सम्झे पुग्छ ,तिमिले आफ्नो समाजलाई सम्झे पुग्छ । अनावश्यक स्वतन्त्रता पनि न खोज्नु है । तिम्रो आँशु नै मेरो आँशु हो तिम्रो दु:ख नै मेरो दु:ख हो । तिम्रो सुखमा म सधैं हास्नेछु तिम्रो दुखमा म सधैं रुनेछु । नानु सम्प्रदा तिमी यो धर्तिमा आगमन भएकोमा खुशीले यो मन गद्गद हुँदै जन्म दिनको खुसियालीमा तिम्रो नाममा यो पत्र समर्पण गर्दछु ।

सपाट लीयको :- मित्र लाल पार्दे 

बाबुरामले भने- 'ख्यालख्यालमै बिग्रिएँ'

भाई,मेरो घरमा आउ,नत्र तिम्रै घरमा आउँछु ।
—नाई । आउदिन । मेरोमा पनि नआउनुस् ।
किन ?
—तपाईसग डर लाग्छ । मैले तपाईका नराम्रा कामका बारेमा लछप्पै लेख्यालेख्यै छु । तपाईले ठोक्न के बेर ?
सत्ते! धरोधर्म, केही गर्दिन । तिमीसग म मेरा दुखका कुरा गर्छु ।
ओके ।
                                                      ...................
२०६९ माघ १२ गते । मध्यरातको कुरो । सपनामा बाबुरामले बालुवाटार बोलाए । म पनि सपनामै पुगे । उनले मसंग लामो गफ गरे । गफ गर्दागर्दै डाको छोडेर रोए । प्रधानमन्त्री रोएको देखेर म तर्सिए । अनि ब्युझिए । सपनाका गफ बिर्सने डरले हतारहतार कापीकलम फुकाए । मुखै नधोई सम्झेजति टिपें । त्यै टिपोट हो यो ।
                                                        .................
मैले मुस्ताङ चढें । नौटंगी गर्न चढेको हुँदै हैन । सस्तो टिकटमा अमेरिका उडें । गुरुआमाले दिनुभएको पाचसय डलर देशको खातामा हालें । जनतालाई राहत दिन खोजें । चामल बाड्न खोजें । कन्टेनरका चापी हत्तपत्त बुझाएँ। बाटो बढाए । फोहोर बढारें । जनताका घरघरमा पुगे । जनताका ईमेल लिएँ । रेडियोमा सोझै बोलें । राम्रैराम्रो मात्रै गर्न खोजेको हुँ । मायाप्रेमले यो देशको प्रम बिग्रियो ।
                                                           .....................
Photo:nepaliblogger.com
प्रभु शाहलाई मन्त्री बनाएँ । ज्यानमारा हो त्यो । त्योमात्रै ज्यानमारा हो र बरा ? हामीचाहि होईनौ  ? हाम्रो पार्टीको नेतृत्वमा यस्ता कुरालाई ठुलो मानिदैन । खै दुनियाले बुझेको? अग्नी कमरेड मन्त्री बनेको देखेर प्रभु कमरेडलाई मन्त्री बनाएको थिएँ  । दुनियाले आकाशै खसेझै गरे । त्यो रमेश खरेललले समात्ने आदेश दिएपछि म त जिउँदै मरेझै भएँ। प्रभुलाई मन्त्रीमण्डलमा हुलेपछि मेरा दिनदशा शुरु भए ।
                                                                      ................
आफ्नाको माया लाग्दो रहेछ । मलाई निरस मान्छे भन्ठान्छन । तर, म त्यस्तो छैन । तपाई आफै भन्नुस, मैले प्रभु शाहलाई माया गरिन ? बालकृष्ण ढुंगेललाई माया गरिन ? नागेन्द्र झालाई माया गरिन ? अध्यक्ष पुत्रलाई माया गरिन ? कर्णेल लामालाई माया गरिन ? लक्ष्मीराम घर्तीलाई माया गरिन ? दिज्यूहरुलाई माया गरिन ? म बडो भावुक मान्छे । सप्रिएकालाई मायाको त्यतिसारो खाचो छैन । बिग्रेका मान्छेलाई मायाप्रेम गरेर सुधार्नुपर्छ भन्ने मेरो मान्यता हो । यस्तो बैज्ञानिक मान्यता यस्तो मुढे देशमा कसले बुझ्ने ? अबुझहरुले मलाई सढाएँ । म उल्लुले पनि बुझाउन सकिन । अनि म बिग्रिएँ । 
                                                                         ....................
म किसानको छोरो । गरिब गाउँले । हिसिला मन्त्रीकी छोरी । म जोगीजस्तो मान्छे । लाउनु खानु कमाउनु र रमाउनुको सोख छैन । हिसिलालाई कमाईधमाई बाहेक अर्थोकमा 'इन्ट्रेस्ट' छैन । ‘मेरी स्वास्नीले मलाई डुबाई’ भन्दै चिच्याएर हिड्न मिलेन। आफ्नै श्रीमतीलाई कारबाही गर्ने आँट नेल्सन मण्डेलामा होला, ममा छैन । हिसिलेले मलाई साच्चै डुबाई । कोकोसग हो, मन्त्री बनाएबापत करोडौ खाई अरे । केशव स्थापीतसग खान खोजी अरे । दिदिलाई हाकीम बनाइ । मैले सम्झाउन खोज्दा काचै आउलाझैं गरी । मैले १५ लाखको मुस्ताङ चढे । उल्ले माधव घिमिरेलाई तर्साएर २ करोडको गाडी चढी । ‘नगर है यस्तो’ भन्यो भने ‘टिमीलाई के मतलव?’ भन्दै हप्काउछे । येल्ले छोरीलाई समेत बिर्गान आटी । अहिले मेरो अभागी थाप्लोमा ८ वटा मन्त्रालय छन । सचिवहरुलाई थर्काउदै फाईल खोस्दै हिड्छे अरे । ठेकेदारहरुसग डिल गर्दै हिडछे अरे । म लम्फूले केही गर्न सकिन । महिला हिंसा भयो भन्दै बालुवाटार गेटमा धर्ना दिएका दियै छन् । भित्र म महिलाको हिंसा सहेर बसेको छु । हिसिलाले मलाई नराम्रोसग बिगारी ।
                                                                  .....................
कमरेड सुखदेव मुनी (एस डी मुनी)ले मलाई जिउदै नर्कमा हाले । गुरुबा मानेको थिए, खत्तमै पारे । भारतबिरोधी काम गर्दिन भनेर लेखेको चिठीलाई दुनियाका मुखेन्जी सुनाईदिए । भारतले समेत मलाई डुबाउने खेल खेल्दैछ । 'बिप्पा ले' भन्यो । दिए । 'एयरपोर्ट ले' भन्यो । दिन आटेको दिए, दलालहरुले हल्ला गरिदिए । सबैथोक दिन तयार छु म, उ बजिया चाहि अलिअलि बत्तीपनि दिदैन । मलाई सत्तामा राखिराख्नी अनि पत्तासाफ बनाएर फाल्ने षडयन्त्र हो त्यसको । यतिजाबो बुझदिन म ? तर क्यार्नु ? छोडन सक्दिन । चाउरिन्छु । बसिराख्छु ।
                                                                        ....................
पार्टी फुट्यो । यै एउटा कुरोले मात्रै मलाई सन्तोष दिन्छ । बैद्यसग लाईन मिलाएर कम्ता दुख दिन्थे अध्यक्षले ? नारानकाजी फुलस्केप हो । त्योसग लाईन हुने कुरै आएन । अब कोसग लाईन मिलाउछौ ए औठाछाप अधक्षे ? प्रधानमन्त्री भएपछिको उपलब्धी भनेकै यै भो । मेरो बिरोध गर्ने पापीहरु पाखा लागे । यसमा चाही सन्तोष छ । 
                                                                        .................
कस्तो दिन ट्वीटर खाता खोलिएछ गाठे । यै विश्वदिपेले उक्साएर मर्यो नी । 'ओबामाले चलाउछन । मनमोहन सिहले चलाउछन् । हजुरले किन नचलाउने ' ? भन्यो । लौतनी भनेर खोलियो । अहिले कुकुरलाई झै गाली गरेको लाज पचाएर पढ्नपरेको छ । एउटा मुर्दारले त 'के छ लाले, भात खाईयो' ? भनेर ट्वीटेछ । कसैले लाले भनेका छन् । कसैले ध्वजे भनेका छन् । कसैले कालध्वज भनेका छन । कोही ज्यानमारा भन्छन । प्रधानमन्त्री भएरमात्रै । नत्र तिनलाई गाला फुटने गरी बजाउथे । मैले..............
                                                                            .................
यसै बिग्रिएँ उसै बिग्रिएँ । सुध्रिने चान्स कम देखिरहेछु । तैपनि हार खाएको छैन बाबु । सकेछु भने केही कमाल गरेरै देखाउछु । नयाँ धमाका गर्न सकियो भने पुराना हिसाबकिताब बिर्सिहाल्छन। नेपालीको स्मरणशक्ति अलि कमजोर छ बाबु । स्यानो काम गरिदियो भने ठूला पाप भुलिदिन्छन । काम गर्न सकिन भने पनि टास्सिएर बसिराख्छु । अब यो जुनीमा कुर्सीमा आउन सकिएला जस्तो छैन । ओर्लेपछि मलाई धोबीको कुकुर बनाउछन् । पार्टी बाहिरका शुभचिन्तक सप्पै मास्सिए । पत्रकार 'शत्रु नम्बर एक' भईहाले । पार्टीकाले बिप्पा भनेर लोप्पा खुबाउछन् । यस्तो बेलामा छोडें भने मेरो खैरियत छैन । भारत फकाउछु । अधक्षे फकाउछु । कुर्सी धान्छु । मेरो जय होस् । कमरेड मुक्ति मानवलाई लाल सलाम ! 
                                          --------------------------
यति भनिसक्नासाथ उनी डाको छोडेर रोए ।

@कपी

Saturday, 3 August 2013

को हुन् खस-बाहुन ?

चाणक्यले व्राह्मणलाई चार भागमा विभाजित गरेका छन् । जो व्राह्मण बनमा
बसेर फलफूल, कन्दमूल खान्छ र नित्य श्राद्ध र तर्पण गर्छ त्यो ऋषि हो । जो
व्राह्मण एक छाक खान्छ, ६ कर्म(पढ्नु, पढाउनु, यज्ञादिकर्म गर्नु र गराउनु,
दान दिनु । लिनु) गर्न तयार हुन्छ र पत्नीसँग ऋतुकालमा मात्रै सहवास गर्छ
त्यो द्विज हो । जो व्राह्मण सांसारिक दुनियादारी काम गर्छ, गाईवस्तु
पाल्छ, खेतीपाती गर्छ त्यो वैश्य व्राह्मण
हो र जो खोटो, लाहा, तील, तेल, नीर कुंकुम, मह, घ्यु मदिरा, मासु आदिको
काम गर्छ त्यो शुद्र व्राह्मण हो । साथै उनी यो पनि भन्छन् कि अर्काको काम
बिगार्ने, घमण्डी स्वभाव भएको, आफ्नो स्वार्थ मात्र हेर्ने, अर्काको डाहा
गर्ने, झुट र छलकपटको सहारा लिने, पेटमा कपट राखेर अगाडि मीठो बोल्ने
त्यस्ता व्राह्मणलाई मार्जार या बिरालो भनिन्छ । ईनार, कुवा, तलाउ, बगैँचा,
देवालय भत्काउने म्लेच्छ व्राह्मण हुन् र देवगुठी खाने, गुरुको धन हडप्ने,
परपत्नीलाई संभोग गर्ने र सर्वभक्षीलाई चाण्डाल व्राह्मण भनिन्छ 
ऋषि व्राह्मणहरू अब भेटिदैनन् । द्विज व्राह्मण २।४ वटा पाइएलान् । अब त
हामीले बाहुन भएसकेका वैश्य र शुद्र व्राह्मण मात्र पाउछौँ । मार्जार,
म्लेच्छ र चाण्डाल व्राह्मणको त बिगबिगी नै छ हामीकहाँ ।खसआर्य
समाज पितृसत्तात्मक समाज हो । छोरो बाबुको हो र उसले बाबुको गोत्र, थर,
पुर्ख्यौली समात्नु पर्छ । यो परम्परा पुस्तापुस्तादेखि चली आएको हो । त्यो
हिसाबले बाहुनहरू चार थरी गन्न सकिन्छ अथवा एकै पुर्खाका उपाध्याय, जैसी,
खत्रीछेत्री र दलित हाँगाहरू छन् । त्यसैले उनीहरूलाई उपाध्याय, जैसी,
खत्री र दलित बाहुन भनिन्छ । चारवटै हाँगाका गोत्र, थर मिल्छन् र खत्रीमा
आमापक्षका रगतबाट बनोटमा केही फरक देखिए पनि बाँकी तीन वटामा शुद्ध आर्य
बनोट छर्लङ्ग देखिन्छ । यसै मेसोमा झापामा केही समय अघि गरिएको दलित
बटुकहरूको व्रतबन्ध सही देखिन आउछ तर ती तागाधारी बटुकहरूले डोरी मात्रै
बाँध्ने हुन् कि मनुस्मृतिले भने झैँ पञ्च महायज्ञ या चाणक्यले सुझाए झैँ ६
कर्म गर्ने हुन् या उनीहरू द्विज वा शुद्र के बन्ने हुन्, सो थाहा छैन ।
उनीहरूको व्रतबन्धले खसदलित पनि बाहुन हुन् भन्ने कुरा भने मान्नु पर्छ
किनकि जातच्यूत हुन सक्ने खसबाहुन मात्रै थिए र अरू जातमा सो चलन थिएन ।
त्यसैले अब बाहुनका यी चार हाँगालाई एकै मूल बाहुनमा स्वीकार गरौँ