| चाणक्यले व्राह्मणलाई चार भागमा विभाजित गरेका छन् । जो व्राह्मण बनमा | |
| बसेर फलफूल, कन्दमूल खान्छ र नित्य श्राद्ध र तर्पण गर्छ त्यो ऋषि हो । जो | |
| व्राह्मण एक छाक खान्छ, ६ कर्म(पढ्नु, पढाउनु, यज्ञादिकर्म गर्नु र गराउनु, | |
| दान दिनु । लिनु) गर्न तयार हुन्छ र पत्नीसँग ऋतुकालमा मात्रै सहवास गर्छ | |
| त्यो द्विज हो । जो व्राह्मण सांसारिक दुनियादारी काम गर्छ, गाईवस्तु | |
| पाल्छ, खेतीपाती गर्छ त्यो वैश्य व्राह्मण | |
| हो र जो खोटो, लाहा, तील, तेल, नीर कुंकुम, मह, घ्यु मदिरा, मासु आदिको | |
| काम गर्छ त्यो शुद्र व्राह्मण हो । साथै उनी यो पनि भन्छन् कि अर्काको काम | |
| बिगार्ने, घमण्डी स्वभाव भएको, आफ्नो स्वार्थ मात्र हेर्ने, अर्काको डाहा | |
| गर्ने, झुट र छलकपटको सहारा लिने, पेटमा कपट राखेर अगाडि मीठो बोल्ने | |
| त्यस्ता व्राह्मणलाई मार्जार या बिरालो भनिन्छ । ईनार, कुवा, तलाउ, बगैँचा, | |
| देवालय भत्काउने म्लेच्छ व्राह्मण हुन् र देवगुठी खाने, गुरुको धन हडप्ने, | |
| परपत्नीलाई संभोग गर्ने र सर्वभक्षीलाई चाण्डाल व्राह्मण भनिन्छ | |
| ऋषि व्राह्मणहरू अब भेटिदैनन् । द्विज व्राह्मण २।४ वटा पाइएलान् । अब त | |
| हामीले बाहुन भएसकेका वैश्य र शुद्र व्राह्मण मात्र पाउछौँ । मार्जार, | |
| म्लेच्छ र चाण्डाल व्राह्मणको त बिगबिगी नै छ हामीकहाँ ।खसआर्य | |
| समाज पितृसत्तात्मक समाज हो । छोरो बाबुको हो र उसले बाबुको गोत्र, थर, | |
| पुर्ख्यौली समात्नु पर्छ । यो परम्परा पुस्तापुस्तादेखि चली आएको हो । त्यो | |
| हिसाबले बाहुनहरू चार थरी गन्न सकिन्छ अथवा एकै पुर्खाका उपाध्याय, जैसी, | |
| खत्रीछेत्री र दलित हाँगाहरू छन् । त्यसैले उनीहरूलाई उपाध्याय, जैसी, | |
| खत्री र दलित बाहुन भनिन्छ । चारवटै हाँगाका गोत्र, थर मिल्छन् र खत्रीमा | |
| आमापक्षका रगतबाट बनोटमा केही फरक देखिए पनि बाँकी तीन वटामा शुद्ध आर्य | |
| बनोट छर्लङ्ग देखिन्छ । यसै मेसोमा झापामा केही समय अघि गरिएको दलित | |
| बटुकहरूको व्रतबन्ध सही देखिन आउछ तर ती तागाधारी बटुकहरूले डोरी मात्रै | |
| बाँध्ने हुन् कि मनुस्मृतिले भने झैँ पञ्च महायज्ञ या चाणक्यले सुझाए झैँ ६ | |
| कर्म गर्ने हुन् या उनीहरू द्विज वा शुद्र के बन्ने हुन्, सो थाहा छैन । | |
| उनीहरूको व्रतबन्धले खसदलित पनि बाहुन हुन् भन्ने कुरा भने मान्नु पर्छ | |
| किनकि जातच्यूत हुन सक्ने खसबाहुन मात्रै थिए र अरू जातमा सो चलन थिएन । | |
| त्यसैले अब बाहुनका यी चार हाँगालाई एकै मूल बाहुनमा स्वीकार गरौँ |
Saturday, 3 August 2013
को हुन् खस-बाहुन ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment