यो हिउदका पारीला घाम छाना माथी परीसकेको थियो । खाना खायर बसेको थिय, यो मनमा हुटहुटी चल्न थाल्यो? आज के गरेर दिन फाल्ने त भनेर? सुतम कती सुतम यि छोटा दिनमा ? फेरी रात भरी जागाराम बस्नु पर्च । यो घरको काम जती गरे पनी कहिलै नसकिने? चैपारामा तास खेलेको हेरेर दिन फाल्न पटकै मन मानेन । तास प्रती उतीसारो लगाब कहीलै गयन । सानो हुदा चिलाउनेको पातमा कोरेर पनी दलमारा खेले साथीहरु सल्लेरीमा । यसो ठुलै जागर निकाले धापेखोला सम्म पैडीखेल्न जान सकिन्थो । कि त छोलुङ्गे पुल हेर्न कैया सम्म । ठाँउ त धेरै थिय नि जानलाई । त्यो जाँगर काँहा पाई? त्यस माथी सँगै गईदिने कोही छैन । एक्लै के जानु । साथीभाई भा पो मजा आउच । कोही नहुदा त सारै विरक्त्त लाग्ने । यसो गाँउ डुलम भनेर लखर लखर काँ सम्म पुग्ने? एकछिन तनाबै भो । यो सब बेरोजगार भयको सजाय हो जस्तो लाग्च कुनै बेला । आफ्ना दौतरी कोही छैनन् गाँउमा, छन त कि KTM कि विदेश । यो गाँऊमा उही बुडा बुडी र केटकेटीहरु मात्र छन ।
आफु भन्दा सिनियर दाई काकाहरु भेट्नलाई कि साईत जुराउनु पर्च न"भा उही दशैं कुर्नु पर्च त्यो पनी मुस्किलले । धन्न सबै गाँउमा १२ कक्षा सम्मको स्कुल छ र केटाकेटी देखिन्छन, यिनै हुन साथी भने पनी दैत्तरी भने पनी । अरु त तेस्तै हुन । दुई चार दिन आक्कल झुक्कल आउने लाहुरेहरुको के कुरा, पुरै लाहुरे पारा हुन्च । भेट्नै गार्हो, भेटे बोल्नै गार्हो । सबैका आ-आफ्नै टन्टा ।
साँज एक व्यापारी भन्दैथे, जाबो दश रुप्पेको चिया त उधारोमा खोच्चन मुन्छेले यहाँ अनी कसरी व्यपार गर्ने ? उधारो बाडेर के व्यपार गर्नु? मनमा घिउका लड्डु खान सजिलो छ, गरी खान सारै गार्हो छ । हैन अरुको व्यपार न"भानी धुकुटी र रैसीको व्यपार भने निकै फस्टाछ ।
गाँउमा यत्रो लम्पसार परेको चैउर छ । अचेल कोई मुन्छे कोही देखिन्न त्यहाँ? भयका पनी आउन छाडे याँ । कुनै बेला थियो, फुडबल र क्रिकेट खल्ने हरुको लर्को हुन्तो ओल्लो देखी पल्लो छेउ सम्म । हेर अचेल सुनसान छ । हैन कस्तो समय आयो हँ?
रुखैरुखले डमक्क भा"छ गाँऊ पनी, जङल जस्तो । तन्नेरीहरु गाँउमा नभय पनी बुडाबुडी र केटाकेटीहरु छन । जेनतेन धानेका छन गाँउ समाज । सक्नेले खेती गरेका छन नसक्नेका बाझै छन । देखेर र सम्झेर ल्याउदा बिरक्त लाउच । पाँच घर पुग्दा दुई घर खाली भेटिन्च । ताला चाबी ठोकीचच्न । आगान भरी घास भरियको छ । कस्तो बिरानो लाग्ने भाछ गाँउ । कती समय कुर्न पर्नी हो ? कैले बाट टोलै रित्तै हुन्च ।अचेल, कुनै बेलाको उज्यालो र भरीभराउ घर अहीले अध्यारो र कुरुप छ । मुन्छे बस्नै छाडे, धन्न तुलसीको मोठले घर कुरेर बसेको छ, त्यो पनी कैले सम्म हो?
अचेल चैतारामा बसेर गफ लडाउनेहरु कमै भेटिन्चन । भयकाले पनी फेरी साना कुरा केही गर्ने होईनन्, अम्रिका र जापान लाख र करोड बाहेक, तल्लो बाट अम्रिका । के भा छ कुन्नी सबैलाई? सबै पैसाकै पछी दैडेका छन । यो पैसाको छनकले बसी सक्नु छैन ।
केही बर्ष पहीला छोरा विदेश पुग्दा नाक फुलाउनेहरु, अहिले छोरा नफर्कीने भो भनेर पुरै चिन्तामा । पैसा कमाउन पठायको उतै भासिने भो भन्नी चिन्ता । के गर्ने बुडेसकालमा पैसाले साहार नदिने रच ।
कती चाडो मुन्छे यसरी परीवर्तन हुदा रचन, समाजमा उस्तै परीवर्तन भाको छ । तर विकाशमा किन सधै पछी ? यसको जवाफ खोज्न सारै सकस छ । हुनत मुन्छे भा पो विकाश हुन्च । १२ कक्षा नसक्दै पासपोट बनाउन हतार छ सबैलाई अहिले । हुर्केका गाँउमा बस्नै मान्दैन्न ।