Thursday, 2 October 2014

दशैमा प्रदेसाँट आमालाई चिठ्ठी !


दशैमा आमालाई चिठ्ठी !

 पुज्जनीय बा आमा मा प्रदेसी छोराको तर्फ शिर नुगाई ढोग छ ।
तपाई हरुको आशीरवाद र नवदुर्गे भवानीका कृपाले पत्रको मिती आराम छु । तल्तीर बोई, छामा, मामा घर र माथी छाम सबैलाई नमस्कार सुनाईदीनु ।
दाई भाउजुलाई नमस्कार र भाई लाई प्यार 
आमा घर तिर दशैको चहलपहल कस्तो छ ? दशैको आगमन सँगै गाँऊमा चहलपहल बड्दै होला  तन्नेरीहरु गाउ फर्कदै होलान । वल्तीर पल्तीरका लाहुरेहरु घर फर्कीदै होलान साच्चीकै सबैको जम्का भेट गराउछ यो दशैले । 
आज दशैको टिका नलगायको पनी ७ बर्ष पुगेछ आमा । के गर्ने आमा थेरथोर पैसा कमाउला आफ्नो भविष्य राम्रो बनाउला र परीवारमा खुसी ल्याउला भन्दै विदेश लागे पछी घर फर्कीने साहीत जुराउन मुस्कील पर्दो रच आमा । दिन बिते, मैना बिते वर्ष बिते  तर म घर फर्कने साहीत जुरेन आमा । यहाँ त के दशै के तिहार आमा "कानो गोरु लाई न औँषी न पुर्नीया" भने जस्तै छ । दिन रात नभनी मरी मरी काम गर्नु पर्छ यहाँ । त्यस माथी वचनले टोक्दा त झन यो मन घुरुक्कै रुन्च , के गर्ने अर्काको देशमा गुलामी हुन आँसी सबै कुरा पचाउन पर्दो रच आमा । पढाई त बाहाना मात्रै भा छ । पढाईमा भन्दा काममा धेरै समय बित्छ। कसरी पढ्ने, फेरी काम नगरे यहाँको महङी उस्तै छ त्यस माथी स्कुलको फिस उस्तै छ।घरमा साउको ब्याज त छदै छ। 
आज घरको निकै याद आको छ आमा, घर सम्झे, बा आमा सम्झे, दाई भाई सम्झे, मामा घर सम्झे, साथी भाई सम्झे, टिका र जमरा सम्झे सबैको सम्झनाले यो मन अमीलो भा"छ। यहाँ न दशैं न तिहार 

यसपाली घरमा खसी ल्याउनु भो की नाई ? बा लाई ठुलो खसी ल्याउन भन्नु हौ आमा । छोराहरु प्रदेश लासी घर पनी शुन्ने भाछ है आमा यस पाली त दाई भाई जम्मा भा छन घरमा पनी खुसी छाय होला मलाई था,छ आमा हजुरको मन कती खुसी छ भनेर त्यस माथी भाउजु घर आउनु भयको छ । हाम्रो कुनै सुर्ता नगर्नु है आमा हामी पनी यहाँ समय अनुकुल मिलाँर टिका लगाउछौ रमाईलो गर्नेछौ । 

आमा अर्को वर्ष त सबै परीवार जम्मा भयर दशै मनाउला टिका लगाई रमाईलो गरैला । नवदुर्गे भवानीले घर फर्कीने साईत जुराउने छीन आमा । 
आमा प्रदेस लाँ,सी धेरै कुरा देखीयो, सिकियो र जानीयो । साच्चै भन्दा दुःख पनी दियो प्रदेसले सुख पनी दियो, कती पल्ट रुवाको छ कती पल्ट हसाँको तर धेरै पल्ट रुवाको छ आमा । कती पल्ट मनका कुरा मनमै गुम्सीयर हराका छन कस लाई गयर सुनाउ खै ? याँ त आमा सबै स्वार्थै स्वार्थले भरीयका मुन्छे छन आफ्नो भन्नी कोईछैन । थेरै कुरा गर्नु छ आमा यो मनलाई हलुका पार्नु छ समय मिलायर गुम्सीयका पुन्तुरा फुकैला आमा । 

तर पनी आम म एक दमै खुसी छु । दुख पछी सुखको ढोका खोल्छ भन्ने था हुदै गा"को छ ।
समयले कसो कोल्टो नफेर्ला र आमा। 
अन्तमा बाबालाई स्वास्थेको राम्रो ख्याल गर्नु, गारो सारो काम नगर्न भन्नु । 

बाँकी कुरा भेटमा गरैला।