भर्खर जन्मेकी छोरीलाई बाबुको पत्र
A LETTER TO A NEWBORN DAUGHTER
प्रिय नानु सम्प्रदा तिमीलाई यो मर्त्यमन्डलमा स्वागत छ । नानु तिमी जहाँ जुनसुकै भूगोलमा जन्मे पनि भोलि आफ्नो देश नेपाल नभुल्नु है ?नानु सम्प्रदा तिमी भोलि हाम्रो देशका पुर्खाहरूलाई सम्झनु है गाऊको माटो शहरको माटो देशको माटो विदेशको माटो छुट्याउनु है । हुन सक्छ तिम्रो बाबाले जीवनमा धेरै संघर्ष गरेको छ तिम्रो प्राप्तीमा तिम्री आमा धेरै तड्पिएकी छन् । तिम्रो बाबा तिम्रो लागि हजारौं काडेतार कुच्दै नयाँ बाटो पहिल्याउने प्रयास गर्ने नै छ । प्रिय नानु सम्प्रदा तिम्रो आगमनमा संसार खुशी भएको छ तिम्री हजुर आमा सात समुन्द्र पारबाट खुशीले बलिन्द्र आशुका धारा बगाउनु भएको छ । तिम्री हजुरबुवा दु:खको अचानोमा घाटी राखेर भएपनि खुशिले गदगद हुनु भएको छ । तर पनि नानु संघर्ष नै जीवन् हो संघर्ष बाट जीवन् सफल हुन्छ भन्ने कुरा सम्झनु । नानु सम्प्रदा तिम्रो लागि अवश्य पनि जीवनमा म धेरै दु:ख गर्नेछु । नानु जीवनमा यी कुराहरू कहिल्यै नभुल्नु है बाबा ,आमा ,जन्मभुमी एवम् हजुर बुवा हजुर आमा साथै उहाँहरू बसेको ठाउ । नानु प्रतिस्प्रधात्मक संसारमा आइसकेपछि धेरै कुराहरू सिक्नु पर्ने हुन्छ । । प्रिय नानु सम्प्रदा तिमी हामिहरूको पवित्र सम्बन्ध हौ । तिमी हाम्रो लागि पवित्र माया हौ । तिमी हाम्रो लागि सुन्दर फूल हौ । तिमी हाम्रो लागि एउटी पवित्र देबी हौ जुन बेला तिमिलाइ समस्या आइपर्छ त्यसबेला तिमिले तिम्रो जन्मदिनमा लेखेको यो बाबाको पत्र पढ्ने प्रयास गर्नु है । नानु जब तिमीलाई समस्या आइपर्नेछ तब तिमिले बाबालाई सोध्नु आमालाई सोध्नु हजुरबुवालाई सोध्नु हजुर आमालाई सोध्नु । उहाँहरूले सदा सदा तिम्रै भलो हुने काम गर्नुहुनेछ । नानु सिप सिक्नमा लाज नमान्नु । नानु नेपाली भाषा सिक्नमा कुनै कन्जुस्याइ नगर्नु ।नेपाली भाषा हाम्रो आत्मा हो, हाम्रो प्राण हो, नेपाली संस्कार हाम्रो पहिचान हो । नानु तिम्रो बाबा आमा जतिसुकै आर्थिक गरीब भएपनि तिम्रो विवाह पश्चात हुने तिम्रो धन सम्पत्ति को रवाफ कहिले पनि नदेखाउनु है तिम्रो जन्म घर नै तिम्रो ईतिहास हो तिम्रो जन्म घर नै तिमी फूल्ने बगैचा हो । समाजले के भन्छ र अर्कोले के भन्छ भन्दा पनि आफूले सोचेर समाज् एवम् परिवारको राम्रो काम गर्ने प्रयास गर्नु है । घाटी हेरेर हाड निल्ने जमर्को गर्नु है । जन्म र मरण त ध्रुव सत्य कुरा हो जन्मे पछि त मर्नै पर्छ । जन्म र मरणको बिचमा नानु बाबा आमाको लागि एवम् समाजको लागि अनुकरणीय एवम् उदहरणीय नारी भएर जिउनु है । समय सन्दर्भलाई आत्मसाथ गर्दै आफ्नो बाटोमा अगाडी बढिरहनु है । धेरै कुरा हरू नानुलाई बाबाको कर्तव्य गर्दै सिकाउनेछु नै । तर पनि नानु सम्प्रदा तिमी जन्मेको दिन तिम्रो आगमन भएको दिन २०१३ अगस्त १० गतेलाई बिशेष दिन मान्दै यो सानो पत्र तिमिलाइ लेख्ने जमर्को गरेको छू । कुनै दिन नानु सम्प्रदा तिमी मबाट टाढा हुनु पर्यो अथवा यस संसारमा म भएन भने नानु तिमिले तिम्रो बाबाले लेखेको यो सानो पत्र सुरक्षित राख्नु जब जब मेरो याद आउनेछ ,जब जब तिमिलाइ समस्या पर्नेछ तब तब यो पत्र पढ्नु र बाबाको निति आदर्श लाई समाउने प्रयास गर्नु है । संसारमा कोहि पनि सन्तुस्ट छैन यो ध्रुव सत्य कुरा पनि मनन गर्नु सबै भोका छन् बिल गेट्स जो संसारको धनी पनि भोकै छन् ओबामा जो संसारको शक्तिशाली पनि भोकै छन् तर बिल गेट्स पैसाको भोका छन् । ओबामा भोटको भोका छन् । जो मानिस दाल भातको भोका छन् तिनीहरूको लागि काम गर्नु । त्यसैले नानु यदि समयले तिमिलाइ ठुलो बनायो भने वस्तविक भोकाहरूको हितमा काम गर्नु त्यही नै तिम्रो बाबाको चाहना हो । नानु भोलि तिमी जहाँ भए पनि मात्र तिमिले तिम्रो बाबा एवम् आमालाई सम्झे पुग्छ । तिमिले तिम्रो हजुरबुवालाई सम्झे पुग्छ ,हजुर आमालाई सम्झे पुग्छ ,तिमिले आफ्नो समाजलाई सम्झे पुग्छ । अनावश्यक स्वतन्त्रता पनि न खोज्नु है । तिम्रो आँशु नै मेरो आँशु हो तिम्रो दु:ख नै मेरो दु:ख हो । तिम्रो सुखमा म सधैं हास्नेछु तिम्रो दुखमा म सधैं रुनेछु । नानु सम्प्रदा तिमी यो धर्तिमा आगमन भएकोमा खुशीले यो मन गद्गद हुँदै जन्म दिनको खुसियालीमा तिम्रो नाममा यो पत्र समर्पण गर्दछु ।
सपाट लीयको :- मित्र लाल पार्दे

No comments:
Post a Comment