देश संबिधन निर्माणको प्रकृयामा छ । माघ ८ मा संबिधान आउला नआउला त्यो आफ्नो ठाँऊमा छ । तर नयाँ संबिधानमा सबै जात, धर्म, वर्ण, लिङ्ग, पेशा र समुदायको सुनिस्चीत र समान हुनु पर्छ भन्नेमा कसैको बिमती छैन र त्यो अहीलेको टड्कारो आवश्यकता पनी हो ।
अहीले विभिन्न समुदाय, जात र वर्गका संगठीत भई आफ्नो जाती अनुसारको, भुगोल अनुसारको अथवा आफ्नो चाहान अनुकुलको पहीचान स्थापना हुने गरी राज्यको पुन संरचना हुनु पर्छ भन्ने माग उठाइ रहेका छन । एक पटक ठन्डा दिमाखले सोच्न पर्ने हुन्छकी नेपाल जस्तो वहु सास्कृतीक, वहु जातीय, वहु भाषिक र धार्मीक सहीसुणता भयको देशमा जातको आधारमा राज्यको पुन संरचना गर्नु कत्तीको आधुनीक र दिर्घ कालीन हुन्छ?
के अब हामी हरु जातीय सिमानामा मात्र सिमीत हुने ? के आर्थीक र पुर्वाधार विकासमा सहज होला हुन्छ त्यो ? विश्व एक खुला समाज भयको छ र वेतारे ईन्टरनेटले खुल्ला र प्रतीस्पर्धात्मक बनायको छ ।
हामी भने आधुनीक विश्वका ठुला ठुला कुरा गर्ने उदारण दिदै फलानो र ठिस्कानो देशले यसो गरो उसो गरो भन्न तर आफ्नोमा गर्नु पर्दा कीन यस्तो?
प्रशंग बदलौ
म क्षेत्रीको बाहुल्यता भयको समाजमा हुर्केको मान्छे सबैको एउटै धर्म (हिन्दु) भय पनी समाजमा विभिन्न जातका मानिस हरु बसोबास गर्दछन र सबैको समान र उत्तीकै दायीत्व छ । गाँउमा प्राय सबै लाहुरे (भारतीय सेना) मा छन । भुपीन अंकलको निवन्ध संग्रह "चैविस रिलमा" भने झै "आगनको डिलबाट एक ढुङ्गा फाल्यो भने लाहुरेको टाउकोमा नलागी भुईमा झर्दैन" । हो साच्चै त्यस्तै छ गाँउमा पनी तर अहीले तुलनात्मक रुपमा कम हुदै गयको छ लाहुरे सङख्या । समय अनुसार सबैकुरा फेरीन्छ भन्छु म हो त्यै हुदै छ ।
गाँउमा लाहुरे हुने युवाहरुको पहीलो रोजाई हुन्थो । राम्रो कमाई, समाजमा ईज्जत र मरे पनी परिवार पाल्छ भन्छन बुडापाकाले गाँउमा ।
बाहुन लाई भन्दा क्षेत्री लाई बढी र क्षेत्रीलाई भन्दा गुरुङ, मगर लाई बढी प्राथामीक हुन्थो रे भर्ती हुदा । हो त्यसैको प्रभाबले होला मेरा बा पनी आफ्नो थर परीर्वतन गरी भर्ती हुनु भयको रे ।
बा को कागजाग अन्सारको हामी छोरा हरु पनी सम्पुर्ण कागजातमा थर परीवर्न छ र हाम्रो जातीय पहीचान र परीचय सोई अन्सारको भयको छ । हामी त्येसैमा गर्व गर्छौ । अब भुगोलको कुरा गर्दा हामी बसोबास गरेको ठाँउमा हाम्रा बाजे बसाई सरी आउनु भयको रे हामी सँगै आगन जोडीयका खडका हरु छन उनीहरु पनी पृथ्वीनारायणले गोरखा राज्यमा विजय प्राप्त गरे पछी त्यहा बाट आई बसोबास गरेका हुन भन्ने भनाई छ । त्येस्तै गाँउमा रहेका नेवार समुदाय पनी अन्यत्र ठाँउ बाट आई बसोबास गरेको भनिन्छ । त्यै उत्पत्ती भयको त कोइ रहेनछ । विगतका कुरा खोतल्दै जाने हो भने मानीसको पहीचान बाँदर सम्म नपुग्ला भन्न सकिन्न । त्येसैले हाम्रो पहीचान मानब जाती हो र भुगोलको सिमा भित्र हामी नेपाली हौ र नेपाल भित्रका हामी ४ वर्ण ३६ जातका फुलवारी हौ ।
कहीले काही सुनिन्छ देशको प्रशानीक र राजनैतीक क्षेत्रमा आफ्नो जाती अनुकूल अनुसार प्रतीनिध्त्व भयन, हाम्रो जातीलाई पछी पारे भन्ने । त्यो एक साँघुरो सोचाई भन्छु म । आजको खुल्ला र प्रतीस्प्रधात्मक समाजमा क्षेमता र प्रतीभा भयका मानीसहरु लाई के जात र धर्मले र सिमानाले छेकेको छ र? पाकिस्थानकी १७ वर्षे मलला युसुफले सानै उमेरमा नोवेल शान्ती पुरस्कार प्राप्त गरीन । उनको क्षेमता र साहसलाई तिलीवानको गोलीले पनी रोक्न सकेन ।
त्येसैले आफु ठिक भय सबै ठिक र आफु बेठिक भय सबै बेठिक भन्ने सोचाई लाई सधैका लागी त्यागै ।
No comments:
Post a Comment