Wednesday, 23 January 2013


नमस्ते !!!

नमस्ते  हाम्रो विनम्रता हो । संस्कृति हो । यसको मान गर्नु आफ्नै सम्मान गर्नु हो । नमस्ते चाहिने व्यक्तिले त्यसको सम्मान गर्नुपर्छ । हाम्रो नमस्ते धेरै सजिलो र वैज्ञानिक पनि छ । जापानीहरूको जस्तो पूरा शरीर झुकाएर निहुरिएर पनि गर्नु पर्दैन । अंग्रेजहरूको जस्तो हात अँठ्याएर समात्नु पनि पर्दैन, अंगालो मारेर किस खानु पनि पर्दैन । हाम्रै तथाकथित घरानियाँहरूको डाडु जस्तो हात बनाएर निधारमा लगेर ‘दर्शन’ गर्नुभन्दा अथवा ब्राह्मणवादी पुरानो प्रचलन अनुसार गन्धे खुट्टामा निधार टाँस्नुभन्दा परपरैबाट समुस्कान नमस्ते गर्नु धेरै सरल, सहज र सम्मानजनक लाग्छ मलाई । तर यस्तो राम्र्रो संस्कृति र परम्परालाई नमस्ते गर्ने र खाने दुवै पक्षले उत्तिकै गम्भीरताका साथ लिएर यसको सम्मान गर्नुपर्छ !

No comments:

Post a Comment