नानि कान्छा !
तैले अस्ति फोन गरेको रैछस..
म घरमा थिइन,
यहाँ छिमेकमा एकजना बुढा मान्छे बित्नु भएर,म त्यही गएकी थिएँ l
फर्किदा मलाई नि नातिनी ले नै सुनाइ l
बोलि सुन्न सार्है मन लागेथ्यो,
तैले आज पनि 'आमा' भनेर बोलाउदा खेरि,
तेरो पहिलो बोलि फुट्दा मलाई,
'आमा'भनेर बोलाको उस्तै जस्तो लाग्छ l
एक बोलि सुन्न लाइ पनि लालायित हुन्छु म,
खैर केहि छैन सन्चो-बिसन्चो थाहा पाइहालें,
म 'बुढी' लाइ पुगिगयो नि l
अनि तैले मलाइ सम्झेर 'कम्पुटर' मा केहि लेखेको रैछस,
तल्ला घर कि 'सानी' ले 'मुबेल'बाट पढेर सुनाइन l
अनि मैले पनि उनी सानिको मद्दत ले यो खबर त सम्म पठाउदै छु l
पुग्छ कि पुग्दैन ?
म 'भट्याउदै' छु,
अनि उ लेख्दै छ l
तैले दुख मनाउ गरिछस,
मेरो दांत को बारेमा.
के भयो त,
सार्है दुखे, फुकाल्न लगाईदिएँ l
सके भोलि पर्सि लगाउला,
नसके नि के भाको छ र ?
बुहारी ले खाने कुरो पिसेरै पनि खान देकै छे l
गिलो-सारो जेनतेन खाइ नै राखेकी छु,
फेरी दांत खोल्ने बित्तिकै लाइहालने नि हैन नि लाटा,
केहि समय पर्खिनु पर्छ, डाक्टर ले भनेको !
चश्मा भाचियो भनेर किन दुख मनाउ गर्छस ?
काम चलेकै छ नि,
खाँचै भाको छैन,
हेर्न भाकै छ,
फेरी तेरा छोरा-छोरी नै मेरा निम्ति
आँखा का नानि-ज्योति छदैछन नि,
बाहिर फेर निस्कने बेलामा,
नाति ले हात समाएर/डोर्याएर लैजान्छ, ल्याउछ,
मलाई पुगिगयो नि,
अनि किन पिर लिन्छस l
तेरो कमि महसुस हुन देकी छैन बुहारी ले l
मेरो चिन्ता गर्न भन्दा बरु उसैलाई सम्झाईदे,
कहिले काँही 'मजेत्रो' ले मुख ढाकेर सुँक्क-सुँक्क गर्छे !
यहाँ को बारेमा पिर लिन पर्दैन नानि तैले,
यहाँ गाउँ-समाज, छिमेकी,
अनि हाम्रै परिवार छ,
हामी ४ जना छौं,
बरु त्यहा त एक्लै छस l
आफ्नो ख्याल गरेस,
बेलामा खाने-सुत्ने-उठ्ने गरेस l
तेरो लागी नाक-कान का पहेला सामान मात्र के भयो,
म मेरो मुटु कलेजी नै बेची दिन सक्छु,
तेरो लागी,
तेरो खुशीको लागी,
किन कि तँ नै मेरो मुटु/कलेजो होस,
मलाई जिउन को निम्ति अर्को मुटुको के नै जरुरि पर्छ र ?
त्यस्ता कुरा किन सम्झिन्छस अब,
जो बिते, सकिए !
अब सम्झेर केहि फाइदा छैन नानि...!!
'सन्तुलित आहार' को कुरो गरेर कता कता घोचिस,
हामि गरिब दुखियालाइ बिहान बेलुकी कै समस्याले सताउने l
यहाँ नि झन्नै झन्नै उस्तै हालत छ,
चामल भन्दा नि 'कनिका' नै 'निका' लाग्न थालेका छन् l
खै कसरि टार्छे-पुर्याउछे बुहारी ले ?
केटाकेटी नै बरु कहालिन्छन कहिले काही,
भनेको नपुग्दा,
ठुलो चै त बरु अलि बुझ्न थालेको छ,
छैन भन्ने पत्तो पायो भने,
भुँडी थिचेर, घोप्टो परेर नि सुत्छ,
सानी केटि बरु झगडिया छे,
जिद गर्छे l
तलाई थाहा छ,
कहिले काँही घरमा खाना बनाउन लाइ केहि नहुदा,
बुहारी ले 'पानी' मात्रै पकाउछे,
धेरै बेर सम्म,
ता कि,
मिठो खाने कुरो पाक्दैछ अनि खान पाइएला भन्ने लोभै लोभ मा,
नानि हरु सुतुन भन्ने उदेश्यले...l
जब आँखा खुल्छ उनीहरुको,
'खोइ.हाम्रो भाग' उनीहरु चिच्याउछन्,
अनि हामी हरु,
'तिमेरु निदाएको ले गर्दा,तिमि हरु लाइ नराखी कन हामीले मात्रै खायौ,
अब फेरी पकाइदिने भन्दै,
उनीहरुको भोको पेटलाइ आस्वासन को 'परिकार' ले,
थुमथुम्याएर केहि क्षण लाइ भए पनि शान्त गर्छौ ll
सानी नानि,
तेरै मात्र कुरो गर्छे,
'बाबा' आए पछी मासु ल्याएर खाने ल आमा'...l
उसको अबोध बोलिले मुटु छिनाल्छ मेरो !
म उसलाई 'हस' भन्दै काख मा राखेर,
कपाल सुम्सुम्याउदै सुताउने प्रयास गर्छु,
उसलाई म राजा-रानी राज कुमारी को कथा सुनाउछु,
उ मलाई,
'आमा....भात को कथा भन्नु न....
खसी काटेको,
अनि मासु भात खाको कथा भन्नु न'... भन्छे ll
उसकी आमा ओढ्ने ले मुख छोपेर हुंक्क..हुंक्क गर्दै कुनामा बसेर रोइ दिन्छे,
म आफै डाको छोडेर रुन मन लाग्छ,
तर पनि सम्हालिन्छु,
यिनी हरुको तोते बोलिमा पनि तेरै झल्को आउछ l
गरिब लाइ किन मान्छे बनाउनु परेको होला, भगवानले ...!!
होस हुन दे यस्ता कुरा,
नसम्झी केहि पनि...!
सधै जिन्दगि एकनास को हुदैन,
हामी पनि यत्ति सारो थिएनौ नै..!
तेरो बाबा को 'मुटु'को रोग,
सकेसम्म को औसधि उपचार,
अनि मृत्यु,
कलिलै उमेर बाट ब्यबहिरिक जिम्मेवारी आइलाग्यो तँलाई l
अनि फेरी युद्दकाल मा जर्जर भएको हाम्रो पारिवारिक अवस्था,
अझै बसाईं नै सर्नु पर्ने बाध्यता.....
त्यसबेला देखि कै ऋण ले थिच्यो तँलाई/हामीलाई !!
अब सम्झेर के गर्नु छ र..?
हुने हार-दैब नटार भन्छन,
जे होला !
यत्तिको अबश्था सम्म ल्याएकै छस,
आज राम्रो होस भन्ने शुभासिस तलाई...म बुढी को l
घर व्यवहार सम्झेर काम गरेस,
धेरै चिन्ता नगर्नु,
घर को पिर नगरेस,
आज भोलि त मैले पनि,
'बृध्द' भत्ता पाउन थालेकी छु,
अड्को पड्को भर अभर,
घर को नुन-भुटुन त्यसैले नि चल्छ l
बरु कसरि हुन्छ,
साहुको चर्को ब्याज बाट छुटकारा पाउन पाए,
दुख जिलो गरेर यतै,
संगै बसेर रुखो-सुखो खान पाए,
मलाई पनि सन्तोक हुने थ्यो !
म पनि अब अस्ताउन लागेको घाम जस्तै भएँ,
मेरो नि केहि भर हुन्न नानि..
सक्छस भने यसपाली को दशैँ चै नछुटा....!
तेरी...
आमा !!

No comments:
Post a Comment