साचो माया
साचो प्रेम पैसा मा बिक्छ कहिल्यै
नसोच्नु!
झुटो माया जीवन्त टिक्छ कहिल्यै
नसोच्नु!
जिन्दगी मा हजार चोट
भोगेको त्यो मान्छे
क्षण भर मै हास्न सिक्छ कहिल्यै
नसोच्नु!
झुटो माया को नाटक रच्दै हिड्ने
त्यो मान्छे
मेरो लागी मुटु नै झिक्छ कहिल्यै
नसोच्नु!
भित्री मन को गहिराई डुबी हेर्नु पर्छ
सधै
मुहार हेरेर मात्र ठिक्छ कहिल्यै
नसोच्नु!!
चोट लाग्दा दुख्ने मुटु सबै को एउटै हुन्छ
मेरो मात्र पिड़ा मा'र्मिक्छ कहिल्यै
नसोच्नु!
No comments:
Post a Comment