Sunday, 15 July 2012
गाउँका मुखियाले नै बाटो हगे भने अरूले नहग्ने त कुरै भएन नि । मन्त्री, नेता नै हत्यारा, भ्रष्टचारी, गुन्डाहरूलाई बचाउन लाग्दछन् भने त्यो मुलुकमा शान्तिसुरक्षाको कुन कुरा गर्नु र ! आपूmले जनतासँग के भनेर भोट मागेका थिए । निष्ठा र कर्म कता गायो ती महाशयहरूको ? ठूलाबडाकै निष्ठा र कर्म धुलिसात् भएपछि अरू सर्वसाधारणले केमा के मिसाएर बेचे रे, केके नानाभाँति गरे रे भनेर किन आफ्नै टाउकामास्तिर थुक्नु ? खुट्टा तानातानको खेलमा आफ्नो नैतिकता देखाउन खोज्नेले कि त पदबाट राजिनामा दिनुपर्छ कि त जीवनबाटै ।
तपार्इँ जेसुकै भन्दै गर्नुहोस् । आपूm त निष्ठा र कर्म धितो दिनेमा नपरीकन बेचेर खानेमा पर्नु नै उत्तम हो भन्ने ठान्दछु । नयाँ जमाना भनेको नयाँ जमाना नै हो । नयाँ जमानालाई कसैले नयाँ जमाना भन्दैन भने त्यो नयाँ जमाना नभन्ने सभ्यता मन नपराउने आदि मानव हो । त्यस्ताले नयाँ जमानामा आपूmलाई गाल्दैन भने, नयाँ जमानाको साँचामा आपूmलाई ढाल्दैन भने, गर्धनमा टुप्पी पाल्नैन भने, गुन्युचोलो र दौरासुरुवाल फाल्नैन भने जीवनबाटै राजिनामा दिए हुन्छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment