Wednesday, 17 October 2012
मेरो पहिचान
मेरो पहिचान नेपाली हो र त्यो पहिचान नेपालमा रहेका जीवन्त संस्कृति, परम्परा र आस्थाबाट बनेको हो | मेरो नेपालीपनको पहिचान मलाई मेरो संस्कृतिले दिन्छ | मलाई 'पहाडे बाहुन' हुनुमा जति गर्व छ, त्यति नै गर्व मेरो देश राई, लिम्बु, मगर, गुरुङ, किराँत, बोन्पो, बौद्ध र अन्य परम्परागत सांस्कृतिक समुदायबाट चिनिन्छ भन्ने कुरामा छ | मैले आफ्नो संस्कृति, परम्परा र बोली जोगाउन गरेका सबै अहिंसक आन्दोलनहरूको सतप्रतिशत समर्थन गर्छु | बहुलता मेरो र नेपालीको पहिचान हो भने सांस्कृतिक आस्था मेरो आत्मा | कसैले मेरो बोन्पो, किराँत वा अन्य परम्परागत संस्कृतिमा प्रहार गर्छ भने 'मेरो आस्था'मा प्रहार भएको ठान्छु | देशको जनसंख्याको अनुपातका कारण 'दशै- तिहार' कद केही अग्लो छ | यसले अन्य चाडपर्व र आस्थामा कुनै फरक नपरोस् | 'हिन्दु धर्म मान्दैनौं' भन्ने बौद्धहरूलाई जवर्जस्ती ॐकार परिवारको सदस्य बन्नु पर्ने हठ हिन्दुहरूले त्याग्नुपर्छ भने बौद्धहरूले पनि 'हिन्दुत्व'नै आफ्नो उद्गमस्थल भएको कुरामा सोच पुर्याउन पर्छ | किराँत धर्मावलम्बीहरुको ॐकारले तिनीहरूलाई बौद्ध र हिन्दुको निकटतम नातेदार रहेको प्रमाणित गर्छ | यस्तो मित्रतापूर्ण परिवेशलाई 'विथोल्न प्रयत्नगर्नेहरू' कमसेकम नेपाली संस्कृति र आस्थाका मित्र हुनै सक्दैनन् | यही मेरो भ न्नु हो |
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment